Wednesday, June 7, 2017

मौरीपालनबाट अठार लाख आम्दानी

पत्र पत्रिका बाट  -साभार

http://www.karobardaily.com/news/79725

  

फाइल फोटो
दाङः तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । 
केसीले मौरीपालन व्यवसायबाट वार्षिक १८ लाख रुपैयाँ आम्दानी गर्छन् । विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गरेका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आएका छन् । 
केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गरेका हुन् । हाल उनले ७०० घार मौरी पालेका छन् । उनले २०६९ सालमा ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ दर्ता गराएका हुन् ।
उनले गत वर्ष पाँच हजार किलो मह बिक्री गरी १२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताए । त्यस्तै एक हजार रानु मौरी उत्पादनबाट पाँच लाख आम्दानी गरेका छन् । ‘वार्षिक १८ लाख भन्दाबढी आम्दानी हुन्छ’, केसीले भने । 
मौरीको घारलाई एक हजार बनाउने उनको लक्ष्य छ । पाँच जनाले रोजगार समेत पाएका छन् । केसीलाई कृषि विकास कार्यालयले गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो । 

No comments:

Post a Comment