Tuesday, June 6, 2017

क्यान्सर उपचारका लागि बिदेसिनु नपर्ने !

पत्र पत्रिका बाट  -साभार 

http://annapurnapost.com/news/72392

दीपा दाहाल आइतवार, जेठ २१, २०७४ 0 21027 पटक पढिएको

खुल्याे सुविधासम्पन्न अस्पताल



काठमाडौं :  क्यान्सर रोगको पहिचान, उपचार र निदानका लागि अन्तर्राष्ट्रिय मापदण्डमा आधारित सबै किसिमको सेवा-सुविधासहित ललितपुरको हरिसिद्धिमा निजीस्तरबाट नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर सञ्चालनमा आएको छ ।
नेपालमा सरकारी, सामुदायिक र निजीस्तरबाट क्यान्सर अस्पताल सञ्चालनमा रहे पनि यो अस्पतालले क्यान्सर उपचारका लागि बिदेसिनुपर्ने बिरामीलाई केही हदसम्म रोक्ने क्षमता राख्ने सञ्चालकको भनाइ छ । सञ्चालनका लागि गरिएको पाँच वर्षको प्रयासपछि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापा र उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्बोधन गर्नुभएको थियो।
सरकारबाट सय शड्ढया सञ्चालनको अनुमति पाए पनि ८० शड्ढयामा सेवा दिएको अस्पतालले सबै किसिमका क्यान्सर उपचारका लागि आवश्यक सेवा-सुविधा प्रबन्ध गरेको र सोहीअनुसार दक्ष चिकित्सक तथा प्राविधिकको व्यवस्था गरेको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. सुदीप श्रेष्ठका अनुसार एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको अस्पतालमा गरिब बिरामीका लागि निःशुल्क उपचार व्यवस्था मिलाइएको छ । सरकारी नियमानुसार गरिब बिरामीका लागि १० प्रतिशत शड्ढया छुट्याइएको डा. श्रेष्ठले बताउनुभयो ।
नेपालबाट बर्सेनि दुई अर्बभन्दा बढी रकम क्यान्सर उपचारका लागि बाहिर जाने गरेको चिकित्सकको अनुमान छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अस्वस्थकर खानपान र जीवनशैलीका कारण क्यान्सर बिरामी बढिरहेका बेला स्वदेशमै सुविधासम्पन्न अस्पताल सञ्चालनमा आउनु नेपाली स्वास्थ्य क्षेत्रको उपलब्धि भएको बताउनुभयो । उक्त अस्पतालले समयमै आवश्यक, सुलभ र स्तरीय उपचार दिन सके क्यान्सर उपचारका लागि बिदेसिने धनराशि जोगिने अपेक्षा राष्ट्रपति भण्डारीको छ । नेपालबाट बर्सेनि दुई अर्बभन्दा बढी रकम क्यान्सर उपचारका लागि बाहिर जाने गरेको चिकित्सकको अनुमान छ ।
स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सर उपचारका लागि यो अस्पतालले महत्ववपूर्ण भूमिका खेल्नुपर्ने र मुलुकका अन्य अस्पताल तथा सरकारसँग साझेदारी गर्दै बिरामीको जीवन बचाउनुपर्ने बताउनुभयो । क्यान्सरबाट जोगाउन र आवश्यक उपचारको खाँचो रहेका बिरामीका लागि सरकारले प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रम चलाइरहेको र त्यसलाई सफल बनाउन निजीस्तरले पनि साथ दिनुपर्ने मन्त्री थापाको भनाइ छ । आगामी आर्थिक वर्षदेखि क्यान्सरबाट जोगिन र पहिचानका लागि मुलुकका एक हजार स्वास्थ्य संस्थामा क्यान्सरलगायत नसर्ने रोगको परीक्षण सुरु गर्ने सरकारी योजना छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले क्यान्सर उपचारको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने प्रयासमा सरकार रहेको बताउनुभयो ।
१०० शड्ढयाको अनुमति
८० शड्ढया मात्रै सञ्चालन
१० प्रतिशत शड्ढया गरिबका लागि
१३६ करोड लगानी
दैनिक २० देखि २५ जना नयाँ बिरामी
ओपिडीमा ७० जनासम्मको जाँच
सबैभन्दा धेरै स्तन क्यान्सरका बिरामी
फोक्सो र पाठेघर क्यान्सरका बिरामी वृद्धि
लामो कसरतपछि सञ्चालनमा आएको रिसर्च सेन्टरमा क्यान्सर पहिचान, उपचार र निदानका लागि सबै किसिमको सेवा-सुविधा रहेको अस्पतालको दाबी छ । अत्याधुनिक प्रयोगशालाबाट सबै किसिमको क्यान्सरको पहिचान हुने अस्पतालले जनाएको छ । कुनै खास जटिलतामा मात्र पहिचानका लागि नमुना बाहिर पठाउनुपर्ने हुन सक्छ । अस्पतालका अनुसार रेडियोथेरापी सेवाका लागि विश्वमै स्तरीय मानिएको रेडिएसन मेसिन उपलब्ध छ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालको सहयोगमा करिब ४० करोड पर्ने उक्त मेसिन २५ करोडमा खरिद गर्न सफल भएको अस्पतालले जनाएको छ ।
मेडिकल अंकोलोजी सेवा पनि स्तरीय रहेको अस्पतालको दाबी छ । औषधिको मि श्रणका लागि दक्ष प्राविधिक राखिएको छ र अस्ट्रेलियन गाइडलाइनअनुसार बिरामीमा औषधि चलाइन्छ । क्यान्सर शंका गरिएका बिरामीलाई सबै किसिमका विशेषज्ञ चिकित्सकको जाँचपछि मात्रै उपचार प्रक्रियामा सामेल गराइने अस्पतालले जनाएको छ ।
दैनिक २० देखि २५ जना क्यान्सरका नयाँ बिरामी उपचारका लागि पुग्ने उक्त अस्पतालको ओपिडी सेवामा नयाँ र पुरानो गरी ७० जनासम्मको जाँच हुने गरेको छ । सेन्टरका अनुसार अस्पतालमा सबैभन्दा धेरै स्तन क्यान्सरका बिरामी आउने गरेका छन् । यस्तै फोक्सो र पाठेघरको क्यान्सरका बिरामी पनि बढिरहेका छन् ।

No comments:

Post a Comment