Sunday, June 25, 2017

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’ २० देशमा २ रुपैयाँ ५० पैसामा कल

पत्र पत्रिका बाट  -साभार    http://aarthiknews.com/2017/06/100104


एनसेलले-ल्यायो-‘इन्टरनेशनल-कल-प्याक
काठमाडौं, असार ९ । एनसेलले ‘इन्टरनेशनल कल प्याक’ को सुविधा ल्याएको छ । जसमा प्रिपेड तथा पोस्टपेड ग्राहकले विभिन्न २० देशमा २ रुपैयाँ ५० पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।
आज अर्थात् शुक्रबारदेखि लागु हुने कलप्याक योजना अन्तर्गत एनसेलका सबै ग्राहकले करसहित २५ रुपैयाँमा १० मिनेट अन्तर्राष्ट्रिय टक टाइमबाट लिन पनि सक्नेछन् । टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् ।
योजनाअन्तर्गत १७१०७ डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । त्यसैगरी एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी निर्देशनअनुसार वा अंगे्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् ।
प्याकअन्तर्गत अन्तर्राष्ट्रिय कलको लागि प्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कल गर्दा लाग्ने विद्यमान शुल्क लाग्ने एनसेलले जनाएको छ । इन्टरनेशनल कल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागि मान्य हुने छ । प्याकको लागि पल्स रेट ३० सेकेण्डको रहने र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनका लागि एस्ट्रिक्स १०१ ह्यास डायल गर्न सक्ने एनसेलले जनाएको छ ।

No comments:

Post a Comment