Wednesday, June 21, 2017

ई–सेवालाई राष्ट्र बैंकको लाइसेन्स

पत्र पत्रिका बाट  -साभार       http://www.karobardaily.com/news/80135

    supervisor_accountकारोबार संवाददाता   visibility3141
समाचार प्रतिनिधि तस्विर
काठमाडौंः ई–सेवा फोन पे प्रालिले पेमेन्ट गेटवे सेवा प्रदायकको लाइसेन्स् प्राप्त गरेको छ । ई–सेवालाई मंगलबार राष्ट्र बैंकले लाइसेन्स् प्रदान गरेको हो ।
राष्ट्र बैंकले ई–सेवालाई राष्ट्र बैंक भुक्तानी तथा फछ्र्योट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दूरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट (ग्राहक र सेवाप्रदायकको बीचमा मध्यस्तता गरी भुक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्सफर गर्ने) कार्य गर्न भुक्तानी तथा फछ्र्योट अनुमति नीति २०७३ बमोजिम लाइसेन्स् प्रदान गरेको हो । 
राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त भएपछि इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने, “हामीले अबदेखि अझ व्यवस्थित र जिम्मेवार तरिकाले ई–सेवालाई तीव्र रूपमा विकास गर्छौं, क्यासलेस कारोबार बनाउने राष्ट्र बैंकको नीतिलाई सफल बनाउने गरी हाम्रो सेवाको पहुँच बढाउँछौं ।” ई–सेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । 
विगत सात वर्षदेखि सञ्चालनमा रहेको ई–सेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाइल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने ई–सेवाका मुलुकभर २५ हजार बढी जोन पोइन्ट छन् ।
राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेसँगै मुलुकभित्र रेम्यियान्स कारोबार समेत सुरु गर्ने तयारी गरेको कार्यकारी अधिकृत अलीको भनाइ छ । ई–सेवाको मोबाइल एप्स डाउनलोड गरी इसेवा चलाउनेको संख्या डेढ लाख छ भने इन्टरनेटमार्फत ई–सेवा चलाउनेको संख्या ८ लाख रहेको छ ।
यसैगरी जोन पोइन्टमार्फत अप्रत्यक्ष रूपमा इसेवा प्रयोग गर्नेको संख्या ५० लाख नाघेको छ ।  ई–सेवामार्फत मोबाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स्, बस टिकट, मुभी टिकट खरिद जस्ता सयभन्दा बढी सुविधा लिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment