Thursday, June 15, 2017

माइक्रोम्याम्सको क्यानभास २ बजारमा

पत्र पत्रिका बाट  -साभार
http://www.abhiyan.com.np/new/Articles/view/99589
काठमाडौं (अस) । माइक्रोम्याक्सले अनब्रेकेबल (स्क्रीन नफुट्ने) मोडल सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको ‘अनब्रेकेबल क्यानभास २ २०१७’ स्मार्टफोन नेपाली बजारमा बजारमा भित्रिएको हो ।
यसमा बजारमा उपलब्ध अन्य स्मार्टफोनभन्दा उत्कृष्ट प्रोसेसर रहेको कम्पनीको दाबी छ । यो १ दशमलब ३ गिगाहर्ज क्वाड प्रोसेसरद्वारा सञ्चालित छ । यसमा ३ जीबी डीडीआर थ्री र्‍याम छ । फोनमा भएको १३ मेगापिक्सलको रियर क्यामराले आकर्षक फोटो खिच्न सकिन्छ । त्यस्तै, सेल्फीका लागि फोनमा ५ मेगापिक्सेलको फ्रण्ट क्यामरा राखिएको छ ।
यसमा  १४ जीबी रोम र ६४ जीबी एक्स्पान्डेबल एसडी कार्डलगायत सुविधा उपलब्ध छ । फोनमा ३ हजार ५० एमएएच क्षमताको व्याट्री रहेको छ ।  एण्ड्रोइड नेउगेट ७ दशमलब ० अपरेटिङ सिष्टममा आधारित यो स्मार्टफोनको मूल्य १५ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

No comments:

Post a Comment