Thursday, June 15, 2017

एक समय माओवादी लडाकु राखिएको चितवनको शक्तिखोर मणि हराएको नाग झै बन्यो

पत्र पत्रिका बाट  -साभार
https://haamrochitwan.wordpress.com/2017/06/15/%e0%a4%9a%e0%a4%bf%e0%a4%a4%e0%a4%b5%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a5%81%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%af%e0%a5%8b-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5/
एक समय नेपाली राजनीतिक वृतमा शान्ति प्रक्रियाको प्रसंग आउँदा सेना समायोजनको विषय बडो जोडतोडका साथ उठने गथ्र्यो । योसँगै सेना समायोजनका बारेमा चर्चा परिचर्चा हुँदा केही यस्ता क्षेत्रको नाम आउँदथ्यो जहाँ माओवादी लडाकुहरु राखिएका थिए । राजनीतिक दलका उच्च पदस्थ व्यक्तिको चहलपहल ,अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिको उपस्थिति र सञ्चार माध्यममा गर्मागर्मी बहस यी सबै नियमित गतिविधि थिए । तर राजनीतिक घटनाक्रमले अहिले यस्ता धेरै क्षेत्र सुनसान जस्तै छ ।
तत्कालीन नेकपा माओवादी र सरकारबीच शान्ति सम्झौता भएपश्चात युद्ध बिर्सजनको औपचारिक घोषणासँगै माओवादीका पूर्व लडाकु क्यान्टोनमेनमा आए । एउटा पार्टीको रेखदेखमा हुर्केका लडाकु शिविरमा आएपछि नेपाली सेनाको मातहतमा रहे । र देशका विभिन्न ठाउँमा अस्थायी शिविर स्थापना भए । अस्थायी शिविरमा उनीहरुको उपस्थितिले शिविर आसपासमा चहलपहल ह्वात्तै बढ्यो । राजनीतिक बृतमा ब्यबस्थापनको कुरा चल्दा शिविर आसपासमा भने व्यापार व्यबसायको चटारो देखिन्थ्यो । सेना समायोजनको औपचारिक घोषणा भएको चितवनको शक्तिखोरमा पनि त्यतिबेला छुट्टै रौनक थियो । तर अहिले शान्ति प्रक्रिया टुङगिएर संविधान आइसकेको अबस्थामा यस्ता क्षेत्र सुनसान जस्तै छ ।
तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरको दैनिक चहलपहल यति धेरै थियो कि शिविर वरपर रहेका गाउँका प्राय घर त होटल जस्तै थियो । खाजा पसल,खुद्रा व्यापारी सबैलाई भ्याई नभ्याई भएपनि अहिले ती सबै चहलपहलहरु एकादेशको कथा झै बनेको छ । शिविरको आडमा व्यबसाय गर्नेहरु कतिपय त विस्थापित भएका छन् भने कति व्यबसायको लागि भरपर्दो स्थान खोज्दै अन्यत्र लागेको देखिन्छ । अहिले गणको रेखदेखमा रहेको यो शिविर आसपासमा सामान्य रुपमा नेपाली सेनाको आवतजावत देखिन्छ । हिजो भिडभाड भइरहने ठाउँमा अहिले सुनसान हुँदा खल्लो लागेको स्थानीय बताउँछन् । विकासका हिसाबले केही सम्बोधन हुनेमा समेत स्थानीयहरु आशावादी भएको उनीहरुको भनाई छ । हिजो साविकैको विकासमा चित्त बुझाएपनि चहलपहल बढेपछि अझ दु्रत गतिमा विकास हुने अपेक्षा थियो । तर फेरि जीवन पुरानै शेलीमा फर्किएको छ ।
शिविर हूँदाको चहलपहल अहिले यसको व्यबस्थापन पश्चात भने कम हुँदै गएकोमा उनीहरुमा खासै दुःख नलागको उनीरुहको भनाई छ । बरु देशमा शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण घटनाको साक्षी आफु र आफ्नो गाउँ शक्तिखोर हुन पाएकोमा उनीहरु गौरव गर्छन्


No comments:

Post a Comment