Wednesday, June 7, 2017

निद्रामा घुर्नेको उपचार यसै वर्षदेखि

पत्र पत्रिका बाट  -साभार

http://rajdhanidaily.com/2017/06/06/37108/



काठमाडौं / रास– स“गै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला ? यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला ? दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको गणेशमान सिंह स्मृति नाक, कान तथा घाँटी प्रतिष्ठान (ईएनटी विभाग) ले सुल्झाउने भएको छ ।
विभागले यसै वर्षदेखि परीक्षण र उपचार सुरु गर्ने भएपछि घुर्ने मानिस र उसको घुराइबाट दिक्क भएकाको समस्या समाधान भएको हो । नाक, कान, घाँटीसम्बन्धी नसाका कारण राति घुर्ने समस्या बढ्दै गएको जनाउ“दै विभागका प्रमुख प्राडा. राजेन्द्रप्रसाद गुरागाईंले चालू वर्षमा परीक्षण र उपचार कार्य सुरु गर्ने जानकारी दिए ।
ईएनटी विभागले सेवा सुरु गरेको नौ वर्ष पूरा भई १०औं वर्ष प्रवेशको अवसरमा सोमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा गुरागाईंले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘यो वर्ष परीक्षण र उपचार सुरु गर्ने योजनामा छौं,’ उनले राजधानीस“ग भने, ‘यसै वर्षदेखि नाक, कान तथा घाँटी विषयमा पोस्ट ग्राजुएट अध्ययन पनि सुरु गरिनेछ ।


No comments:

Post a Comment