Sunday, August 27, 2017

पूर्व–पश्चिम राजमार्ग आठ लेनको बनाउने तयारी

पत्र पत्रिका बाट  -साभार http://www.abhiyan.com.np/new/Articles/view/103650

२०७४-०५-५ मा प्रकाशित     २६२८ पटक पढिएको    २ बिचार / प्रतिक्रिया
पूर्व–पश्चिम राजमार्ग आठ लेनको बनाउने तयारी
काठमाडौं । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको स्तरोन्नति तथा विस्तारको काम चालू आर्थिक वर्ष २०७४/७५ देखि शुरू हुने भएको छ । यस राजमार्गलाई स्तरोन्नति गर्दै आठ लेनको सडकको रूपमा विस्तार गर्न आगामी माघदेखि निर्माण कार्य थालिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको हो । यो नेपालको सबैभन्दा लामो राजमार्ग हो । यसको लम्बाइ १ हजार २८ किमी छ । त्यसमध्ये पहिलो चरणमा नारायणगढदेखि बुटवल खण्डसम्म १ सय १२ किलोमिटर खण्डलाई आठ लेनको सडकका रूपमा स्तरोन्नति गर्ने तयारी गरिएको हो । हाल उक्त राजमार्ग दायाँ/बायाँ गरी चार लेनको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्रराज शर्माले एशियाली विकास बैङ्क (एडीबी)को रू. १५ अर्ब ऋणमा पहिलो चरणमा उक्त खण्डको सडक स्तरोन्नति गरिनेछ । त्यसपछि अन्य खण्डको स्तरोन्नतिको कामलाई अघि बढाउने योजना रहेको उनले बताए । उनले भने, ‘निर्माणका लागि अन्तिम तयारी भइरहेको छ, पुस/माघदेखि निर्माण कार्य नै शुरू हुनेछ ।’
मन्त्रालयका अनुसार सो खण्डमा २१ ओटा मोटरेबल पुल निर्माण हुनेछन् । सहसचिव शर्माले उक्त खण्डको सडक स्तरोन्नतिपछि नारायणगढ–पथलैया हुँदै कोशी खण्डसम्मको सडकलाई थप चार लेनमा विस्तार गरिने जानकारी दिए । पूर्व झापाको काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरको बनबासासम्म जोडेको यस राजमार्गलाई विस्तार गर्न एडीबीले गृहकार्य र मन्त्रालयसँग सहकार्य गर्दै आएको छ ।
मन्त्रालयले पश्चिम क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा बढी समस्या देखिएकाले पहिले पूर्वी क्षेत्रका सडक खण्डमा सडक विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएको छ । विसं २०१९ मा निर्माण शुरू गरिएको सो राजमार्गको हालसम्म पनि विस्तार तथा स्तरोन्नति हुन नसक्दा बढ्दै गएको सवारी चाप व्यवस्थापनमा समस्या देखिएको छ ।
मुलुकको भौगोलिक जटिलताका कारण पनि राजमार्गमा हुने सवारी दुर्घटना र पहिला नै कायम भएका राजमार्गहरूको उचित स्तरोन्नति तथा विस्तार हुन नसक्दा यात्रुको सुरक्षामा पनि जटिलता थपिएका छन् । राजमार्गमा क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुने तर राजमार्ग तथा सडकहरू विस्तार नहुँदा सवारी दुर्घटनाका साथै जनधनको समेत क्षति हुँदै आएको छ ।
हाल कायम रहेका राजमार्गहरू साघुँरा हुँदा दैनिकजसो दुर्घटना हुने गरेका छन् भने  खासगरी चाडबाडको बेलामा अत्यधिक सवारीसाधनको आवागमन हुँदा थप समस्या हुँदै आएको छ । सरकारले राजमार्गको स्तरोन्नतिबाट राजमार्ग विस्तार गरी हाल भएको सवारी चाप कम गर्ने, ट्राफिक व्यवस्थापन र सडक दुर्घटनालाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । मन्त्रालयका अनुसार धरान–चतरा–उदयपुर गाईघाट सडक निर्माणका लागि पनि टेण्डर भइसकेको छ । उक्त सडक ३ वर्षमा निर्माण सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ ।

 

भरतपुर अस्पतालमा डायलासिस सेवा

http://www.abhiyan.com.np/new/Articles/view/104052
२०७४-०५-१२ मा प्रकाशित     २८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया
चितवन (अस) । भरतपुर अस्पतालमा आइतवारदेखि मिर्गाैलाको डायलासिस सेवा शुरू भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलासिस गरेर सेवाको शुभारम्भ गरिएको हो । अस्पतालमा १२ उपकरण रहेकाले एकैपटक १२ जनाको मिर्गौलाको डायलासिस गर्न सकिनेछ ।
मरासिनीका अनुसार सेवाका लागि ६ प्राविधिकले तालीम लिएर आइसकेका छन् । अन्य ६ जना तालीममा नै छन् । शुरूमा दुई चरणमा २४ जनाको डायलासिस गरिनेछ । थप प्राविधिक तालीम सकेर आएपछि दैनिक ३६ जनाको डायलासिस गरिने अस्पताल प्रशासनले बताएको छ ।
ती उपकरण सरकारले खरीद गरिदिएको हो भने अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो । समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताए ।
जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको मात्र डायलासिस हुने गरेको छ । राजभण्डारीका अनुसार चितवनसहित छिमेकी जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिनेछ । भरतपुरका दुई मेडिकल कलेजमा १४ र रत्ननगरको मिर्गौला रोग केन्द्रमा ६ ओटा मात्र उपकरण छन् ।
निजीक्षेत्रका मेडिकल कलेजमा उपकरण बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती पाउँदै आएका बेला सरकारी अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा शुरू भएपछि बिरामी लाभान्वित हुने भएका छन् । रासस

कृषियोग्य जमीन प्रकरण : खण्डीकरण रोक्न सरकारको आग्रह

http://www.abhiyan.com.np/new/Articles/view/104060
२०७४-०५-१२ मा प्रकाशित     ९९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया
कृषियोग्य जमीन प्रकरण : खण्डीकरण रोक्न सरकारको आग्रह
काठमाडौं । सरकारले कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीको रूपमा विक्रीवितरण गर्न नपाउने गरी गरेको निर्णयलाई कार्यान्वयन गर्न अझै पनि प्रयास गरिरहेको छ । यसका लागि अन्तरिम आदेश खारेज गर्न माग गर्दै आइतवार भूमिसुधार मन्त्री गोपाल दहित सर्वोच्च अदालत पुगेका छन् । यही भदौ १ गते कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीको रूपमा विक्रीवितरण गर्न नपाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । प्रधान न्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सरकारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले गत साउन २६ गते प्रेस विज्ञप्ति जारी गरी जग्गा प्लटिङ गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिएर वा नलिईकन कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीका रूपमा विक्रीवितरण गर्न/गराउन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । सरकारले गरेको यस्तो व्यवस्थाले संविधानमा भएको सम्पत्तिसम्बन्धी अधिकारको हनन भएको दाबी गर्दै अधिवक्ता जगदीश आचार्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनले रिट निवेदनमा सरकारले गरेको सो निर्णयले नेपालको संविधानले दिएको सम्पत्तिसम्बन्धी हकमा आघात पुर्‍याएको उल्लेख गरेका थिए । सर्वोच्च अदालतले सरकारको निर्णयले सम्पत्तिसम्बन्धी हकमा आघात पुगेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
मन्त्री दहितले दायर गरेको निवेदनमा सरकारले गरेको निर्णयले व्यक्तिको सम्पत्तिसम्बन्धी हक नखोसिने उल्लेख गरिएको छ ।
निवेदनमा संविधानमा भएको एउटा मौलिक हक पालना गर्नको लागि अर्को मौलिक हक पनि कार्यान्वयन गर्न लागेको उल्लेख गरिएको छ । नेपालको संविधानको धारा २५ मा रहेको खाद्य सम्पत्ति हकलाई सुनिश्चित गर्न पनि सरकारी उक्त निर्णय पालना हुनुपर्ने निवेदनमा जोड दिइएको भूमिसुधार मन्त्रालयका सचिव कृष्ण देवकोटाले आर्थिक अभियानलाई बताए ।
सरकारले गरेको निर्णयमा सगोलका अंशियारहरूबीच प्रचलित कानूनबमोजिम अंशबण्डा हुँदा र अदालतको फैसला कार्यान्वयन गर्ने अवस्थामा भने कित्ताकाट गर्न बाधा नपर्ने उल्लेख गरिएको थियो । सरकारको निर्णयमा कुनै ससीम कित्ता जग्गाधनीले एक आर्थिक वर्षमा एकपटकभन्दा बढी कित्ताकाट गरी विक्रीवितरण गर्न नपाउने पनि उल्लेख थियो ।
सरकारले जारी गरेको निर्देशनमा उल्लेख गरिएको थियो, ‘यो निर्देशन जारी हुनुभन्दा पहिले सम्बन्धित निकायको स्वीकृति लिई जग्गा अनुमति प्राप्त गरेको व्यक्ति, फर्म, संस्था वा कम्पनीले जग्गा प्लानिङ गरी ५० प्रतिशत वा सोभन्दा बढी क्षेत्रफल विक्रीवितरण गरिसकेको रहेछ भने वा जग्गा प्लानिङ अनुमतिबमोजिम बाटो, सरकारी, सार्वजनिक जग्गा छुट्याई खुला क्षेत्र निर्धारण गरी त्यस्तो जग्गा नेपाल सरकारको नाममा कायम गरिसकेको रहेछ भने बाँकी जग्गा कित्ताकाट गरी विक्रीवितरण गर्न बाधा पर्ने छैन ।’ तर, भूमिसुधार कार्यालयले जग्गा प्लानिङ अनुमति नलिने व्यक्ति, फर्म, संस्था वा कम्पनीको हकमा उक्त व्यवस्था लागू नहुने भनी उल्लेख गरेको थियो ।
सरकारले खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न कृषियोग्य जग्गामाथिको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्दै उत्पादकत्व वृद्धि गर्नका लागि भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम सो निर्देशन जारी गरेको बताएको थियो । मन्त्रीद्वारा दायर गरिएको निवेदनमा जग्गाको अन्तिम स्वामित्व सरकारको हुने अन्तरराष्ट्रिय प्रचलन नै भएको उल्लेख गर्दै सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश खारेज गरी सरकारी निर्णयलाई कार्यान्वयन गर्नको लागि बाटो खोलिदिन आग्रह गरिएको छ ।
यसैबीच सर्वोच्च अदालतद्वारा दिइएको अन्तरिम आदेश कार्यान्वयन गर्न आनाकानी गरेका कारण सम्बन्धित पक्षलाई अवहेलनामा कारबाही गर्न मागसहित अर्को निवेदन अदालतमा पेश भएको छ । रिट निवेदक जगदीश आचार्यद्वारा पेश भएको निवेदनमा अन्तरिम आदेशको प्रतिलिपि बुझेर पनि सरकारले त्यसको कार्यान्वयन नगरेको उल्लेख गर्दै सम्बन्धित पदाधिकारीहरूलाई अवहेलनामा कारबाही माग गरिएको छ । सम्बन्धित पक्षहरूले भदौ ५ गते अदालतको आदेशको प्रतिलिपि बुझेको रेकर्डबाट देखिएको छ ।

वैकल्पिक ऊर्जाका अधिकांश लक्ष्य पूरा भएनन्

पत्र पत्रिका बाट  -साभार 

https://www.karobardaily.com/news/81834

    supervisor_accountप्रगति ढकाल 
समाचार प्रतिनिधि तस्विर
काठमाडौं : राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम (एनआरआरईपी)को पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रममा एनआरआरईपीका अधिकांश लक्ष्य प्राप्तीमा सरकार असफल देखिएको  छ ।
भूकम्प, नाकाबन्दीलगाायतका समस्या देखाउँदै सरकारले कार्यक्रमको सुरुवातमा तोकिएको लक्ष्यअनुसारको उपलब्धी हासिल गर्न नसकेको स्वीकार गरेको छ ।
ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाका विभिन्न कार्यक्रमहरू लघु तथा साना जलविद्युत् आयोजना, सुधारिएको चुलो, सौर्य ऊर्जालगायतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ५ वर्षअघि सुरु भएको यस कार्यक्रमको पहिलो चरणको कार्यक्रम भर्खरै मात्रै सम्पन्न भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)अन्तर्गत यस कार्यक्रम सचालन गरिएको थियो ।
कार्यक्रमले तोकेको लक्ष्यमध्ये १ लाख ३० हजार वायोग्यास प्लान्ट जडान गर्ने उद्देश्य राखे पनि ५ वर्षमा ८५ हजार ८ सय ५७ मात्रै  प्लान्ट जडान भएको छ । लघु तथा साना जलविद्युत् २५ मेगावट उत्पादनको लक्ष्य राखिएकोमा ११.८ मेगाावाट मात्रै जडान भएको छ ।
यस्तै, ६ लाख घरेलु सौर्य विद्युत् प्रणाली जडान गर्ने लक्ष्य राखिएकोमा कार्यक्रमको अन्त्यसम्म ३ लाख ६२ हजारको संख्यामा मात्रै जडान गरिएको छ । ५ लाख १० हजार सुधारिएको चुलो जडान गर्ने लक्ष्य राखिएकोमा करिब ७ लाख ९ हजार सुधारिएको चुलो जडान भएको छ ।
सुधारिएको चुलो जडानमा भने कार्यक्रमले राखेको लक्ष्यभन्दा प्रगति बढी देखिएको छ । ४ हजार सुधारिएको पानी घट्ट जडान गर्ने लक्ष्य राखिएकोमा ३ हजार ७१ जडान भएको छ ।
 संस्थागत सौर्य विद्युत् प्रणाली १५ सय ५० को संख्यामा जडान गर्ने लक्ष्य राखिएकोमा जम्मा ६ सय ९१ मात्रै प्रगति देखिएको छ । ४ हजार १ सय मझौला साना लघु उद्योग स्थापना गर्ने लक्ष्य राखिएकोमा करिब १२ सय मात्रै जडान भएको छ ।
एईपीसीको तथ्यांकअनुसार नवीकरणीय ऊर्जासम्बन्धी  परियोजनाका ७ वटा  कार्यक्रममध्ये एउटाको मात्रै लक्ष्यभन्दा प्रगति बढी देखिएको र अन्य ६ शीर्षकका कार्यक्रममा भने लक्ष्यअनुसारको प्रगति हासिल हुन सकेको छैन ।
जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले भूकम्प तथा नाकाबन्दीको प्रभाव, अनुदान नीति तथा कार्यक्रम ढिलो स्वीकृती भएका कारण लक्ष्य अनुसारको कार्यक्रमको प्रगति हुन नसकेको स्वीकार गरेका छन् ।
“भूकम्पका कारण पनि नवीकरणीय ऊर्जा कार्यक्रममा क्षति हुन पुग्यो यसकारण पनि काम अगाडि बढ्न नसक्दा लक्ष्यअनुसारको प्रगति हासिल गर्न हामी असफल भएका हौं,” उनले भने, “तर, यस कार्यक्रमले अहिले पनि निरन्तरता पाइरहेको छ, दोस्रो चरणको कार्यक्रममा सर्वसाधारण तथा उपभोक्ताको आवश्यकता तथा मागको आधारमा कार्यक्रमको खाका बनाएर कार्यान्वयन गर्ने योजना छ ।”
व्यवसायीहरूसँगको विश्वस्तता दिलाउनमा भएको ढिलाइका कारण पनि लक्ष्यअनुसारको प्रगति हासिलमा बाधा पुगेको एईपीसीको भनाइ छ ।  सन् २०१२ देखि सञ्चालन हुँदै आएको कार्यक्रम एनआरआरईपीमा करिब १७ अर्ब रुपैयाँ बराबरको बजेट छुट्याएको थियो ।
कार्यक्रम र उपलब्धी
कार्यक्रम                            लक्ष्य      प्रगति

वायोग्याँस प्लान्ट जडान     १,३०,०००     ८५,८५७
लघु तथा साना जलविद्युत् (मेगावाट)    २५     ११.८
घरेलु सौर्य विद्युत् प्रणाली     ६,००,०००    ३,६२,३८४
सुधारिएको चुलो जडान     ५,१०,०००     ७,२९,८५०
सुधरिएको पानी घट्ट     ४०००     ३०७१
संस्थागत सौर्य विद्युत् प्रणाली     १,५५०     ६९१
मझौला लघु उद्योग     ४१००     ११९१
स्रोत –वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र 
बजेटको ४० प्रतिशत नेपाल सरकार, २० प्रतिशत डेनमार्क, १४ प्रतिशत नर्वे, १२ प्रतिशत विश्व बैंक,  ४ प्रतिशत डीएफआईडी, ४ प्रतिशत जीआईजेड र अन्यको सहयोग ६ प्रतिशत थियो ।
सबैभन्दा बढी सहयोग गर्ने डेनमार्क र नर्वे साउनबाट नै यस कार्यक्रमबाट  बाहिरिइसकेका छन् । डेनमार्क र नर्वेले यस कार्यक्रमबाट हात झिके पनि अन्य ७ दाताको भने सहयोग जारी छ । डीएफआईडीले १८.१ मिलियन पाउण्ड (करिब २ अर्ब ३६ करोड रुपैयाँ) र जीआईजेडले ५ मिलियन युरो (करिब ५६ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
केन्द्रका निर्देशक नवराज ढकालले वैकल्पिक उर्जामा क्रमशः अनुदान घटाएर सरल कर्जा प्रवाह गर्ने सरकारी नीतिअनुसार कार्यक्रम कार्यान्वयनमा जोड दिइने बताए ।
ढकालका अनुसार ग्रामीण सर्वसाधारणको  जीवनस्तरमा सुधार गर्न, उनीहरूको रोजगारी तथा उत्पादकत्वमा वृद्धि गर्न, परम्परागत ऊर्जामाथिको निर्भरता घटाउन तथा वैकल्पिक ऊर्जालाई ग्रामीण सर्वसाधारणको सामाजिक–आर्थिक क्रियाकलापमा समाहित गरी दिगो विकास हासिल गर्नका लागि एनआरईपीले सहयोग गरेको छ ।

कालिकोटमा जैतुन खेतीको सुरुवात

पत्र पत्रिका बाट  -साभार 

http://rajdhanidaily.com/2017/08/27/53509/
प्रेमराज सिम्खडा / कालिकोट
जिल्ला कृषि विकास कार्यालय कालिकोटले यो वर्षबाट जैतुन खेतीको सुरुवात गरेको छ । कार्यालयले जिल्लाको पलाता क्षेत्रमा पर्ने पलाता गाउँपालिका र पचाल झरना गाउँपालिकामा जैतुन खेती गर्ने भएको हो । यसका लागि जिल्ला कृषि विकास कार्यालयले २ हजार बिरुवा वितरण गरेको छ ।
खडेरीको उच्च जोखिममा पर्ने जिल्लाको पलाता क्षेत्रका नागरिकको आर्थिक समृद्धिका लागि सुक्खा सहन सक्ने बालीको विकल्पस्वरूप पहिलोपटक परीक्षणका रूपमा जैतुन खेतीका लागि २ हजार जैतुनका बिरुवा वितरण गरिएको हो ।
कालिकोटमा जैतुन खेतीको सम्भावना रहेको र उपयुक्त जमिन भएकाले नर्सरी स्थापना गर्न गत आर्थिक वर्षमा प्रस्तावना समेत आह्वान गरिएको थियो ।
जिल्लाको हिमचुली कृषि सहकारी संस्थाले प्रस्तावना पेस गरको थियो । गत वर्ष आर्थिक वर्षको अन्त्यमा नर्सरी सञ्चालनमा ल्याउन नसकेका कारण यो वर्ष भारतको राजस्थानबाट ६ जातका जैतुनका बिरुवा खरिद गरेर दुई गाउँपालिकाका कृषकलाई वितरण गरिएको कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले बताए ।
उनले पलाता क्षेत्रका किसानले बर्षेनि खडेरीको समस्या झेल्नुपर्ने र कृषि उत्पादन कम हुने गरेका कारण किसानलाई छाक टार्नकै लागि भारत जानुपर्ने बाध्यता अन्त्यका लागि यो खेती उपयुक्त हुने बताए । मध्य पहाडी क्षेत्रमा हुने सुक्खा सहन सक्ने बालीको रूपमा जैतुन खेतीलाई कृषि विज्ञले प्रमाणित गरेपछि कालिकोटमा पनि सुरुवात गरिएको उनको भनाइ थियो ।
जिल्लाको अन्य ठाउँमा स्याउका बिरुवा वितरण गरेजस्तै पलाता क्षेत्रका कृषकलाई जैतुनका बिरुवा वितरण गरेर आत्मनिर्भर बनाउन खोजिएको जिल्ला कृषि विकास कार्यालय बागवानी विकास अधिकृत भक्तिराम शर्माले बताए ।    उनले किसानले बिरुवा लगाएर हुर्काएबापत एक बिरुवाको १ सय रुपैयाँ पनि तीन किस्तामा पाउने बताए ।
यसबाट प्रशोधन हुने तेलको मूल्य निकै उच्च रहेकाले जैतुन खेती व्यवसाय जिल्लामा आम्दानीको मुख्य स्रोत हुने अधिकृत शर्माले बताए । आफूले माटोको परीक्षण गरे पहिलो पलाता र पचाल झरना गाउँपालिकामा जैतुन खेती गर्न उपयुक्त ठानेर प्राथमिकतामा राखेको बताए ।
अन्य ठाउँमा स्याउ आत्मनिर्भर कार्यक्रम भएकाले पहिलो चरणमा पलाता क्षेत्रका दुई गाउँपालिकाका कृषकलाई प्राथमिकता दिएको र पछि जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकामा पनि जैतुन खेतीलाई बिस्तार गरिने उनको भनाइ छ ।
उनले एक नर्सरी स्थापनाका लागि आएको करिब ४० लाख बजेट फ्रिज भए पनि एक सानो नर्सरीको काम भने अगाडि बढेको बताए । यसपालि पलाता गाउँपालिकामा १ हजार ६ सय ५० र पचाल झरना गाउँपालिकामा ३ सय ४० गरी २ हजार जैतुनका बिरुवा परीक्षणका लागि वितरण गरी रोपिएको बताए ।
उनले बाजुराको कोल्टीमा जैतुन खेती भइरहेको र त्यो भूगोलसँग जोडिएको पलाता गाउँपालिका र पचाल झरना गाउँपालिकालाई पनि बढी सम्भावना देखेर परीक्षणका लागि रोजिएको बताए ।
जैतुन खेती कसरी गर्ने, यसको महŒव, प्रशोधन गर्ने तरिका, यसको बजार मूल्यलगायतका विषयमा कार्यलयले यसभन्दा पहिला किसानलाई तालिमसमेत प्रदान गरेको प्राविधिक पशुराम काफ्लेले बताए ।
उनले यसलाई संरक्षण गर्ने तरिकादेखि यसको सबै प्रक्रियाबारे हामीले तालिम दिँदा किसानलाई जानकारी गराएकाले जैतुन खेती प्रभावकारी हुने र दुईदेखि तीन प्रतिशतसम्म मात्र बिरुवा मर्न सक्ने बताए ।
लामो खडेरीको मारमा परेका पीडित किसानहरूको उद्धारका लागि यो जैतुन खेतीले सहयोग प¥याउने स्थानीय जनप्रतिनिधिहरूको विश्वास छ । यो खेतीलाई सबै गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि बडो महŒवका साथ लिएका छन् । पचालझरना गाउँपालिकाका प्रमुख खड्कराज सेजुवालले जैतुनलाई व्यवसायी खेतीका रूपमा गाउँपालिकाका सबै खाली ठाउँमा विस्तार गरिने बताए । उनले यसको स्वामित्व पनि बिस्तारै गाउँपालिकाले लिने गरी काम गर्ने उनको योजना रहेको छ ।

गत वर्षभन्दा एक अर्ब बढीको विद्युत् आयात हुने

पत्र पत्रिका बाट  -साभार 

http://www.karobardaily.com/news/75670
    supervisor_accountरासस  
फाइल फोटो

चुहावट चार प्रतिशतले घट्यो 

काठमाडौः विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । 
हालसम्म प्राधिकरणले नौ अर्ब छ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप छ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ । 
प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष करिब १४ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात भएको जानकारी दिए । उनका अनुसार गत वर्ष १३ अर्ब ९७ करोड २१ लाख ९४ हजार पाँच सय २२ रुपैयाँको विद्युत् आयात गरिएको थियो । चालु आवको अन्त्यसम्म हिसाब गर्ने हो भने करिब एक अर्ब रुपैयाँ बढीको मात्रै विद्युत् थप आयात हुनेछ । 
ऊर्जा सङ्कटलाई समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र केही आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैँले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ । प्रतिशतको हिसावमा गत वर्षभन्दा १.४४ प्रतिशत मात्रै बढी विद्युत् आयात हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । 
गत वर्ष ३२ अर्ब रुपैयाँ कुल आम्दानी गरेको प्राधिकरणले यस वर्ष १२ अर्ब रुपैयाँ बढी ४४ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । गत वर्ष पाँच हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष छ हजार गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । 
यो वर्ष प्राधिकरणले एक अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको र गत वर्ष एक अर्ब ७३ करोड नौ लाख युनिट बिजुली आयात भएको थियो । चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १०५ मेगावाट बिजुली उत्पादन थप भएको उनको भनाइ छ । अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 
हाल विद्युत् प्राधिकरणले साँझ नौ २० मेगावाटसम्म बिजुली आपूर्ति गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको चार यस ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिँदै उहाँले त्यसलाई खपत कसरी बढाउने विषयमा छलफल भइरहेको उल्लेख गरे । 
चुहावट चार प्रतिशतले घट्यो 
प्राधिकरणले देशव्यापी अभियानका रुपमा बढाएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानले हालसम्म करिब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको जनाएको छ । 
त्यसबाट प्राधिकरणलाई एक अर्ब २० करोड रुपैयाँ बराबरको आम्दानी भएको छ । चालु आवको अन्त्यसम्म करिब पाँच प्रतिशत विद्युत् चुहावट कम हुनेगरी कार्य अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । 
हुँदै नभएको महसुलको गलत प्रचार 
कार्यकारी निर्देशक घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णत गलत भएको बताए । विभिन्न आयोजनाले घर भाडामा लिँदा बाँकी रहेको केही रकम प्राधिकरणले तिनुपर्ने हुनसक्ने तर प्रचार गरिएजस्तो ५० करोड रुपैयाँ बक्यौता रहेको भन्ने प्रचार असत्य रहेको बताए । 
प्राधिकरणले लिमिटेडलाई ४४ लाख रुपैयाँ मात्रै महसुल तिर्न बाँकी रहेको र त्यो पनि विभिन्न आयोजनाका नाममा रहेको महसुल मात्रै रहेको जानकारी दिए । प्राधिकरणले लिमिटेडलाई के कति महसुल तिर्नुपर्ने हो सो को जानकारी दिन र आधिकारिक पत्राचार गर्न आग्रह गरेको समेत उनको भनाइ छ ।

पत्र पत्रिका बाट  -साभार 

http://www.karobardaily.com/news/70100

भारतबाट १६० मेगावाट विद्युत् आयात गर्ने सम्झौता

    supervisor_accountकारोबार संवाददाता 
काठमाडौंः नेपाल विद्युत् प्राधिकरण र भारतको एनभीभीएनबीच सन् २०१७ को मेसम्म थप १६० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भएको छ । 
हाल ८० मेगावाट विद्युत् आयात गर्दै आएको प्राधिकरण र एनभीभीएनबीच थप ८० मेगावाट ल्याउन पूरक विद्युत् खरिद सम्झौता (पीपीए) भएको हो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार गर्गबीच सम्झौतामा हस्ताक्षर भएको छ । 
हाल खरिद गरेको ८० मेगावाट विद्युत् यही डिसेम्बरसम्म ल्याउनका लागि सम्झौता भएकोमा यसलाई निरन्तरता र थप ८० मेगावाट आगामी मेसम्म ल्याउने गरी पूरक पीपीए भएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार, आगामी जनवरीदेखि थप ४० मेगावाट र फेब्रुअरीदेखि थप ४० मेगावाट विद्युत् आयात हुनेछ । 
मुज्जफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने सो बिजुलीको प्रतियुनिट ३.६० भारतीय रुपैयाँ रहेको छ । 
“आयात गर्ने ४० मेगावाटको बिजुली तत्कालका लागि काठमाडांै नआई हेटांैडासम्म आउने तथा खिम्ती–ढल्केबर प्रसारण लाइन बनेपछि ८० मेगावाटसम्म लामोसाँघुहुँदै काठमाडौं ल्याउन सकिन्छ ।” उनले भने, “खिम्ती–ढल्केबर प्रसारण लाइन अन्तिम चरणमा छ, यसले काठमाडौंलाई लोडसेडिङमुक्त र उपत्यकाबाहिरलाई न्यूनीकरण गर्न सहयोग पुग्छ ।”
प्राधिकरणका अनुसार, खिम्ती–ढल्केबर तथा स्युचाटार–कुलेखानी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्म काठमाडौंमा विद्युत् ल्याउन नसक्ने भएकाले पुसभरि काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउन सकिने भए पनि माघमा विद्युत् उत्पादन कम भएमा लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन कठिन छ तर छिट्टै खिम्ती–ढल्केबर सम्पन्न भएमा केही राहत मिल्नेछ । 
कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारण लाइन निर्माण भइरहेकाले सम्पन्न भएपछि मात्र दुई लाइनबाट थप १ सय मेगावाट आयात गर्ने लक्ष्य प्राधिकरणले राखेको छ । प्रसारण लाइन सम्पन्न भएमा भारतीय कम्पनीसँग पीपीए गरिने प्रवक्ता अधिकारीले जानकारी दिए । 
खुल्ला बजारबारे छलफल
भारतको नयाँ दिल्लीमा आयोजना गरेको २ दिने साउथ एसिया इनर्जी इन्ट्रिगेटेड इनह्यान्सिङ पावर मार्केट (दक्षिण एसिया ऊर्जा विद्युत् बजार अभिवृद्धिका लागि एकीकृत प्रयास) बारेको सम्मेलनमा विद्युत् खुल्ला बजारबारे छलफल भएको छ । 
सम्मेलनमा प्रमुख वक्ताको रूपमा बोल्दै ऊर्जा सचिव अनुपकुमार उपाध्यायले उत्पादित बिजुली बेच्नका लागि दक्षिण एसियाभित्र खुल्ला बजारको आवश्यकता रहेको बताएका थिए । भारत भ्रमणमा रहँदा ऊर्जा सचिव उपाध्याय र भारतीय विद्युत् मन्त्रालयका सचिव पीके पुजारीबीच नेपाल र भारतबीच ऊर्जा व्यापार, पूर्वाधार विकास र विद्युत् व्यापारबारे छलफल भएको थियो । 
सम्मेलनमा आउँदो जनवरीमा काठमाडौंमा हुन लागेको नेपाल–भारत संयुक्त सचिवस्तरीय बैठकमा अन्य प्रसारण लाइनबाट थप बिजुली ल्याउने विषयमा समेत छलफल भएको थियो । 
पञ्चेश्वरको बजेट २९ करोड ५० लाख
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाउन गठित पञ्चेश्वर विकास प्राधिकरणका लागि २९ करोड ५० लाख रुपैयाँ बजेट पारित गरिएको छ ।
प्राधिकरण गर्भेनिङ कमिटीको बैठकले आगामी सन् २०१७ का लागि बजेट पारित गरेको हो । सो बजेट पञ्चेश्वर बहुउेद्दश्यीय आयोजनाको हाइड्रोलोजी र भूकम्पीय डाटा कलेक्सनका साथै पञ्चेश्वर र रुपालीगाढमा पुल बनाउन र प्रशासनिक खर्चका लागि विनियोजन गरिएको छ । 
बैठकले सन् २०१५ को छ महिना र २०१६ को पञ्चेश्वरको लेखा परीक्षण भारतले र सन् २०१७ को महालेखा परीक्षकको कार्यालयल गर्ने गरी निर्णय पनि गरेको छ । परीक्षणको क्रममा दुवै देशका अधिकारीको समेत प्रतिनिधित्व हुनेछ ।

संस्थानको गोदाममा कुहिएका खाद्यान्न आपूर्तिमन्त्री भन्छन् : गुणस्तर र परिमाण दुवैमा कैफियत छ

पत्र पत्रिका बाट  -साभार http://rajdhanidaily.com/2017/08/28/53549/

प्रेम चन्द / काठमाडौं
सरकारी स्वामित्वमा रहेका संस्थानबाटै उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने गरेको भेटिएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल खाद्य संस्थानको खाद्य गोदाममा अनुगमन गर्दा खाद्यान्नमा ढुंगा, बालुवा र धुलो मिसावट गरेको पाइएको हो ।
नेपाल खाद्य संस्थानको थापाथलीस्थित खाद्य गोदाममा आपूर्तिमन्त्री शिवकुमार मण्डलले आइतबार अकस्मात् गरेको अनुगमनका क्रममा थापाथलीको खाद्य गोदाममा रहेको खाद्यान्नमा ढुंगा, बालुवा र धुलो भेटिएको आपूर्तिमन्त्रीका प्रेस संयोजक भरत पाण्डेले जानकारी दिए ।
संस्थानको सो गोदाममा मुगु र कालीकोटबाट ल्याएको सिमीमा ढुंगा, बालुवा र धुलो मिसावट गरिएको भेटिएको हो । बाढीप्रभावित क्षेत्रमा पठाउन सिमी प्याकिङ गर्ने क्रममा यस्तो भेटिएको प्याकिङ गर्ने ठेकेदार भगवान् गिरीले बताए । ‘प्याकेजिङ गर्न ९ सय जना लाग्छ भनेर मैले हात हालेको १२ सय ७४ जना कामदारले बल्लतल्ल केलाएर सकियो,’ उनले भने, ‘अहिले सबै अखाद्य वस्तु हटाएर शुद्ध बनाएर राखेका छौं ।’
थापाथली गोदाममा ७ सय २० क्विन्टल सिमी राखिएको मध्ये ४० क्विन्टल बाढीप्रभावित क्षेत्रमा पठाइएको बाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले बताए । त्यस्तै गोदाममा रहेको ७ सय ८ क्विन्टल तितेफाँपरमा पनि धुलो फेला परेको छ । थापाथली गोदामका प्रमुख भेषनाथ न्यौपानेले संस्थानका तत्कालीन प्रमुख शिवहरि श्रेष्ठ र मोहनप्रकाश चन्दको कार्यकालमा खरिद गरिएको सो खाद्यान्नमा उनीहरूले नै ठेकेदारसँगको मिलेमतोमा ढुंगा, बालुवा तथा धुलो मिसाएको प्रतिक्रिया दिए । ‘सबै खाद्यवस्तुको खरिदमूल्य लुकाइएको छ,’ उनले भने, ‘बिक्री मूल्य १ सय ५० रुपैयाँ तोकिएको अवस्था छ । भर्खर आएकाले सबै विवरण खोज्दै छु, ।’

यस्ता छन् बदमासी

खाद्यान्नमा ढुंगा, बालुवा र धुलो मिसावट

खरिद मूल्य लुकाइयो

भूकम्पपीडितका लागि आएको चामल लुकाइयो

७ सय क्विन्टल फापरमा धुलो मिसावट

संस्थानले २०७२ सालमा भूकम्पपीडितका लागि अनुदानमा आएको चामलसमेत लुकाएर राखेको पाइएको छ । सरकारी संस्थानले नै उपभोक्ताको जीवनमाथि खेलवाड गरेकोप्रति उपभोक्ताकर्मीहरूले आपत्ति जनाएका छन् ।  उपभोक्ता अधिकार अनुसन्धान मञ्चले सरकारी संस्थानले नै उपभोक्ताको जीवनमाथि भयंकर खेलवाड गरेको बताएको छ । मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थानले नै उपभोक्ताको जीवनमाथि भयंकर खेलवाड गरेको भन्दै कारबाहीको माग गरे । आफ्नै मन्त्रालयको मातहतको संस्थानमा बेथिति भेटेपछि आपूर्तिमन्त्री शिवकुमार मण्डलले कुहेको र फोहोर मिसिएको खाद्यपदार्थ वितरण नगर्न निर्देशन दिए ।
खाद्य संस्थानको समेत जिम्मेवारी लिएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र संस्थानका थापाथली गोदाम प्रमुख भेषनाथ न्यौपानेलाई मन्त्रिमण्डलले यस्तो निर्देशन दिएका हुन् । ‘समस्या भए तुरुन्त खबर गर्नुहोला तर बिग्रेको खाद्यान्न प्रयोग नहोस्,’ मन्त्रिमण्डलले भने, ‘तुरुन्त सफा गरेर बिक्रीको प्रबन्ध मिलाउनू ।’
त्यस्तै मन्त्रिमण्डलले १० दिनभित्र गोदाम परिसरको फोहोर सफाइ गर्न निर्देशन दिए । मन्त्रिमण्डलले गुणस्तर र परिमाण दुवैमा कैफियत देखिएकाले छानबिन गरी अखाद्य वस्तु मिसावट गर्नेलाई कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
खरिदका क्रममा त्रुटि गरेर खाद्य संस्थानको बदनाम गर्न खोजिएको प्रति आफू दुखित भएको उनको भनाइ छ । ‘गोदामभित्र भएको खाद्यान्नमा कैफियत देखिएको छ, भद्रगोलका बीचबाट खरिद गरिएको भेटिएको छ,’ मन्त्रिमण्डलले भने, ‘खरिद गर्दाको जीएम अवकाश भइसकेकाले उनीहरूलाई बोलाएर टेन्डरमा भएको त्रुटिका विषयमा छलफल गर्छौं र हदैसम्मको कारबाही गर्छौं ।’
धानगोदामका रूपमा नामकरण गरिएको सो गोदामका संरचना निकै जीर्ण छ । गोदाम परिसरमा जताततै झाडी र फोहोर छ । गोदाममा ४० हजार ९ सय ३९ क्विन्टल चामलसमेत असुरक्षित ढंगले राखेको पाइएको छ । गोदाम भवनको छाना चुहिएर चामल, सिमी र फापर बिग्रन सक्ने भएकाले तत्कालै भवन मर्मत र सरसफाइको व्यवस्था मिलाउन मन्त्रीले निर्देशन दिए ।
खाद्य संस्थानको समेत जिम्मेवारी लिएका आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भवन जीर्ण भएकाले मर्मत गर्ने र सपिङ कम्प्लेक्स निर्माण गरे मात्र संस्थान सुध्रने बताए ।

 

नेपाल–भारत रेल सम्पर्क विस्तारमा जोड

पत्र पत्रिका बाट  -साभार http://www.karobardaily.com/news/81765  

    supervisor_account कुबेर चालिसे  
समाचार प्रतिनिधि तस्विर

देउवा भ्रमणमा नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर

नयाँदिल्ली: नेपाल र भारतले जयनगर–बिजुलपुर–बर्दिवास तथा जोगवनी–विराटनगर रेल सेवा आगामी वर्षभित्रै सम्पन्न हुने विश्वास लिएका छन् ।
भारतको ५ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको एक्लाएक्लै वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा दुई देश बीचको व्यापार तथा सम्पर्कमा वृद्धि गर्न तथा पर्यटनको प्रवद्र्धन गर्न दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारमा छलफल भएको जनाइएको छ । 
यस्तै, न्यू जलपाइगुडी–काकरभिट्टा, नौतनवा–भैरहवा तथा नेपालगञ्ज रोडदेखि नेपालगञ्जबीचको रेललाइनको पनि छिट्टै सर्भे गरेर काम सुरु गर्ने सहमति भएको छ । विराटनगरको एकीकृत भन्सार चौकीको कामको प्रगति सन्तोषजनक रहेको भन्दै छिट्टै नै भैरहवा तथा नेपालगञ्जमा पनि एकीकृत भन्सार चौकी स्थापनाको अध्ययन गर्ने पनि जनाइएको छ । 
अरुण तेस्रो परियोजनामा रहेको भूमिको समस्या समाधान गरेर शिलान्यासका लागि नेपालका प्रधानमन्त्री देउवाले भरतीय समकक्षीलाई निमन्त्रणा गरेका छन् । पञ्चेश्वर परियोजनाको डीपीआरको काम अगाडि बढाउने अन्तिम तयारी भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
साथै, भारतले सीमा क्षेत्रमा डुबानको समस्या हल गर्न एक–अर्काको हित हुने गरी समन्वयमा मात्र बाँध र ब्यारेजहरू निर्माण गरिने प्रतिबद्धता पनि जाहेर गरेको छ भने बौद्ध तथा रामायण पर्यटकीय सर्किट बनाउने योजना रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भएको एक्लाएक्लै वार्ता र प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा ८ समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।
                                 भ्रमणमा के भयो ?
  • अरुण तेस्रो शिलान्यासमा मोदीलाई निम्ता
  • सीमा क्षेत्रमा एकअर्काको समन्वयमा मात्र बाँध र ब्यारेज निर्माण
  • बौद्ध तथा रामायण पर्यटकीय सर्किट बनाइने
  • कटैया, कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइन उद्घाटन
  • पञ्चेश्वर र नेपाली ग्यास बुलेटको समस्या सम्बोधन भएन
  • भारतको सुरक्षा चासो प्राथमिकतामा : मोदी
  • संविधान संशोधनको प्रयाश जारी : देउवा
दुई प्रधानमन्त्रीले रिमोट थिचेर कटैया, कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको उद्घाटन पनि गरेका छन् । यो लाइनबाट थप एक सय मेगावाट विद्युत् भारतले नेपाललाई दिनेछ । नेपाल तथा भारतबीच हस्ताक्षर भएका ८ मध्ये ४ समझदारी पत्र भूकम्पपछि भारतले नेपाललाई दिने भनिएको सहयोगको विषयमा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले जानकारी दिए ।
भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ खर्ब रूपैयाँको प्रयोग र अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माणसम्वन्धी रहेकोमा चार समझदारी २ सय ५० बिलियन अर्थात २ खर्ब २० अर्ब रूपैयाँ बराबरको भएको पोखरेलले जानकारी दिए ।
नेपालले यसमध्ये एउटा समझदारीपत्र ५० हजार घर पुनर्निर्माणको मोडालिटीका विषयमा रहेको तथा अर्को समझदारीपत्र शैक्षिक क्षेत्रमा भूकम्पपछि पुनर्निमाणको विषयमा रहेको छ । अन्य २ समझदारी पत्र सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रको रहेको हस्ताक्षरकर्ता अर्थसचिव डा. शान्तराज सुवेदीले कारोबारलाई बताए । 
भूकम्पसम्बन्धी यी चारवटा एमओयूमा नेपालका तर्फबाट अर्थसचिव डा.सुवेदी र भारतका तर्फबाट विदेशसचिव एस जयशंकरले हस्ताक्षर गरेका थिए । अर्को समझदारीपत्रअनुसार मेची नदीमा बनाउने फराकिलो पुल बनाउन भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की र भारतका तर्फबाट रोड ट्रान्सपोर्ट एन्ड हाइवेज सचिव युद्धवीर सिंहले हस्ताक्षर गरे ।
यस्तै, लागू औषधको व्यापार रोक्ने समझदारीपत्रमा गृहसचिव लोकदर्शन रेग्मी र भारतीय अर्थ मन्त्रालयका रेभेन्यु सेक्रेटरी हसमुख अधियाले हस्ताक्षर गरे भने स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्ट सहयोग सम्झौतामा नेपाल गुणस्तर तथा मापदण्ड ब्युरोका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतीय समकक्षी सन्जय सिंहले हस्ताक्षर गरेका थिए । 
भ्रमणले नेपाल तथा भारतबीचको समझदारी बढेको तथा दुई देशबीचको विश्वास तथा भाईचारमा वृद्धि भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराइले दावी गरे पनि नेपाल तथा प्रधानमन्त्री देउवाको विशेष चासो रहेका पञ्चेश्वर आयोजना तथा नेपाली ग्यास बुलेटले भारतबाट ग्यास ओसार्नेसम्बन्धमा भने कुनै प्रगति नभएको वार्तामा सहभागी एक नेपाली अधिकारीले बताए ।  
यसैबीच, लामो समयदेखि रोकिएको दुई देशका चार्टर्ड एकाउन्टेन्ट इन्स्टिच्युटहरूबीचको समझदारीमा पनि हस्ताक्षर भएको छ । त्यसमा नेपालका तर्फबाट इन्स्टिच्युटका अध्यक्ष प्रकाश थापा र भारतका तर्फबाट निलेश भिकाम्सेले हस्ताक्षर गरेका थिए भने म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल तथा पीएचडी एसोसिएसन भारतबीच पनि सम्झौता भएको छ । 
यसका साथै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई नेपालमा सबै पक्षको सहमतिमासंविधान संशोधन गर्ने बचन दिएका छन् ।समझदारीपत्रमा हस्ताक्षरपछि पत्रकारलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग भारतको सुरक्षा चासो प्राथमिकतामा रहेको जनाए पनि यसको मूर्त व्याख्या भने गरेनन् ।
यस्तै मोदीले स्थानीय चुनावको स्वागत गरे तर विगतमा जस्तै सबैसँग सम्वाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू हुने विश्वास गरे ।मोदीपछि सम्बोधन गर्दै देउवाले सरकारले संविधान सबैको स्वीकार बनाउन चाहेको भन्दै संसदमा दुई तिहाई बहुमत पु¥याउन नसकेर असफल भए पनि प्रयाश जारी रहने बताए ।

एडीबी र जाइकाको ढिलाइले मेलम्ची अनिश्चित

पत्र पत्रिका बाट  -साभार 

http://www.karobardaily.com/news/16228  मा प्रकाशित

बाबुराम खड्का
काठमाडौं, १७ वैशाख-2074:  एसियाली विकास बैंक (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सहमति नदिएपछि मेलम्ची खानेपानी आयोजनामा फेरि ढिलाइ हुने भएको छ ।
एडीबीले आयोजनाको सुरुङ र जाइकाले आयोजनाअन्तर्गत सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणमा कर्जा दिने सहमति जनाएका छन् । तर, दुबै दाताले सहमति नदिँदा ठेक्का सम्झौता भएको छैन । यो ढिलाइले आयोजनाको लागत बढ्ने भएको छ ।
मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । सन् २०१६ मार्चसम्ममा सम्पन्न गर्ने समयसीमा मेलम्ची खानेपानी विकास समितिले निर्धारण गरेको छ ।
एडीबीबाट सहमति नआएकाले सुरुङ निर्माणको काम समय तालिकाअनुसार अघि बढाउन ढिलाइ भएको समितिका उपकार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । जाइकाले सहमति नदिँदा प्रशोधन केन्द्रको पनि ठेक्का सम्झौता नभएको उनले जानकारी दिए । कारोबारसित कुरा गर्दै उनले भने, “आयोजनको काम समय तालिकाभन्दा एक महिना ढिलो भइसकेको छ ।”
गत असोजमा चाइना रेल्वे– १५ ब्युरो कर्पाेरेसनसित सुरुङ खन्ने ठेक्का तोडिएपछि समितिले आयोजना निर्माणको नयाँ कार्यतालिका सार्वजनिक गरी गत मार्चमै सुरुङ खन्ने ठेक्का सम्झौता भएर सुरुङको काम सुरु हुने जानकारी गराएको थियो ।
समितिले सुरुङ निर्माणमा परेको प्रस्तावको मूल्यांकन सकेर सहमतिका लागि एडीबीमा पठाएको दुई महिना बितिसकेको छ । एडीबीले अहिलेसम्म यो प्रस्तावमा प्रतिक्रिया दिएको छैन । सुरुङ खन्न चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई), सिनो हाइड्रो कर्पोरेसन, चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड र सीएमसी डी रभेना इटालीले प्रस्ताव पेस गरेका छन् ।
त्यस्तै, पानी प्रशोधन केन्द्रको प्रस्ताव मूल्यांकन गरी पठाएको ६ महिनाभन्दा बढी भइसक्दा पनि बढी कबोल गरेको जापानकै हिटाची टेक्नोलोजीलाई नदिएको भन्दै जाइकाले सहमति दिन ढिलाइ गरेको छ ।
असोजमा समितिले २०१३ मार्चसम्ममा ठेक्का सम्झौता गर्ने, दैनिक एकातर्फबाट पाँच मिटरका दरले ६ वटा फेसमा सुरुङ खनेर सन् २०१५ को फेबु्रअरीसम्म निर्माण सक्ने र त्यसपछिको एक वर्ष सुरुङको  फिनिसिङ र सन् २०१६ को मार्चमा आयोजना सम्पन्न गर्ने समयसीमा निर्धारण गरेको छ । निर्माण कम्पनीले समितिको समयसीमाअगावै निर्धारित काम सके उसलाई प्रोत्साहनस्वरूप बोनस पनि दिइने व्यवस्था छ ।
नयाँ प्रक्रियामा गएपछि आयोजनाको लागत झन्डै आधा वृद्धि हुने भएको छ । यसअघि रेल्वेसँग ५ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएकोमा अब पुनः बोलपत्र गर्दा १० करोड अमेरिकी डलरभन्दा बढी लागत लाग्ने अनुमान समितिको छ । अहिलेसम्म आयोजनामा ८ अर्ब ५६ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । अझै २०.५ किलोमिटर खन्न बाँकी छ । यसअघि आयोजनाको अनुमानित लागत २७ अर्ब रुपैयाँ (३१ करोड ७३ लाख अमेरिकी डलर) थियो ।
आव ०५८÷५९ देखि आयोजनाको भौतिक निर्माणकार्य सुरु भएकोमा समय तालिका यसअघि नै तीन पटक संशोधन भइसकेको छ । सुरुमा ०६४÷६५ भित्र आयोजना सम्पन्न गर्ने भनिएकोमा काम नभएपछि ०६८÷६९ भित्र बनाइसक्ने भनिएको थियो । तर, संशोधित समयभित्र पनि आयोजना नबनेपछि पुनः मिति संशोधन गरी ०७०÷७१ (सन् २०१३) तोकिएको थियो ।
आयोजनामा एडीबीको १३ करोड ७० लाख, जाइकाको १ करोड ८० लाख, जापानकै अन्तर्राष्ट्रिय सहयोग बैंक (जेबिकको) ४ करोड ७५ लाख, तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक)को १ करोड ३७ लाख, नर्डिक विकास फन्डको १ करोड ४ लाख र नेपाल सरकारको ९ करोड ६ लाख ४० हजार अमेरिकी डलर लगानी छ ।
सिन्धुपाल्चोकस्थित मेलम्चीको रिवर्मामा बाँध बनाई प्रतिदिन १७ करोड लिटर पानी मुहान क्षेत्रबाट २६.५ किलोमिटर लामो सुरुङमार्फत काठमाडौंको सुन्दरीजलस्थित केन्द्रमा ल्याएर प्रशोधनपछि काठमाडौं उपत्यकामा वितरण गर्ने लक्ष्य छ ।

मेलम्चीको पानी काठमाडौं प्रवेशको समय निश्चित, काठमाडौंवासीका ५० हजार धारा जडान अझै अनिश्चित

२०७३ पुष १६ गते   मा प्रकाशित 
http://www.bikashnews.com/2016/12/31/47067.html   

melamchi-21काठमाडौं १६, पुस । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ काठमाडौंसँग जोडिए पनि काठमाडौंमा धारा निर्माणको काम सकिएको छैन । आयोजनाका अनुसार काठमाडौंमा अझै ५० हजार धारा जडान गर्न बाँकी छ ।
पहिलो चरणमा काठमाडौं उपत्यकाको रिङरोडभित्र ८३ हजार भन्दा बढी घरधुरीमा आगामी असोजदेखि पानी वितरण सुरु गर्ने आयोजनाको उद्देश्य छ ।
तर योजनाअन्तरगत उपयोजना निर्देशनालयले घरघरमा पाइपलाईन विस्तार एवम् धारा जडान गर्न सकेको छैन।
निर्देशनालयले घरघरमा धारा पर्‍याउन छ सय ७० किलोमिटर पाइपलाई विस्तार गर्नुपर्छ। तर उसले २०७३ मंसिर मसान्तसम्ममा चार सय ६८ किलोमिटर मात्रै पाइपलाई विस्तार गरेको छ । अन्नपूर्ण पोस्टबाट ।

दशैंको टिकट बुकिङ खोल्न व्यवसायीको शर्तै-शर्तः भाडा बढाउनेदेखि छत राख्नेसम्म

पत्र पत्रिका बाट  -साभार   https://www.onlinekhabar.com/2017/08/621044

११ भदौ, काठमाडौं । भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रीम टिकट बुकिङ खुला गर्ने यातायात व्यवस्था विभागको प्रयास असफल भएको छ । यातायात ब्यवसायीले भाडादर बढाउनेसहित विभिन्न मागहरु अघि सार्दै अग्रीम टिकट बुकिङ खुलाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
यसकारण दशैंको अग्रीम टिकट बुकिङ केही पर घचेटिने भएको छ । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रीम टिकट बुकिङ खुलाउने गरेको छ ।
तर, ब्यवसायीले विभिन्न मागहरु अघि सारेर आफ्ना मागहरु टुंगो नलागेसम्म अग्रीम टिकट बुकिङको लागि तयार हुन नसकिने बताएका छन् ।
उनीहरुले हरेक वर्ष दशैंका समयमा अग्रीम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई विभिन्न निर्णय गर्न बाध्य बनाउने गरेका छन् । यो वर्ष पनि व्यवसायीले ‘उपभोक्ताको हितका लागि’ भन्दै वैज्ञानिक भाडा समायोजन गर्नेदेखि बसमा छत राख्न पाउनुपर्नेसम्मका माग तेर्स्याएका छन् ।
यस्ता छन् यातायात व्यवसायीका माग
आइतबार विभागमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफ्ना मागहरुको सम्बोधन नभएसम्म टिकट बुकिङ खोल्नुको औचित्य नहुने बताए ।
व्यवसायीले दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग गरेका छन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले अब वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।
२०७२ साल माघमा तेलको भाडा सामायोजन गरेपछि डिजेलमा लिटरमा ३० रुपैयाँ घटिसकेको छ । व्यवसायीले भने त्यतिबेला तेलको मूल्य मात्रै हेरेर घटाइएको भन्दै अब गाडीको चेसिस, टायर, बैंकको ब्याजदर, लुबि्रकेन्ट्स लगायतको मूल्य बढेकाले अब त्यसका आधारमा सामायोजन गर्नुपर्ने माग गरेका छन् ।
‘तेलको मूल्य मात्रै घट्यो भनेर हुँदैन, हाम्रो लगानी कति बढ्यो पनि हेरेर भाडा समायोजन गर्नुपर्छ,’ सिटौलाले भने ।
एक हप्ताभित्रै सहमतिमा पुग्ने प्रयास
यातायात ब्यवस्था विभागले भाडा समायोजनका लागि एक कार्यदल गठन गरिसकेको जानकारी दिँदै एक हप्ताभित्रै समायोजनबारे बैठक बोलाएर निर्णय गर्ने सहमति जनाएको छ । ब्यवसायीले अहिले भाडादर बढेपनि वा घटे पनि छठअघि लागू नगर्ने सहमति पनि जनाएका छन् ।
यसैगरी ब्यवसायीले बससहितको सार्वजनिक यातायातका साधनमा छत राख्न नदिने सरकारी नियम पनि हटाउन माग गरेका छन् ।
बसहरुमा छत नहुँदा यात्रुको झिटीगुन्टा पनि बोक्न नपाइएको भन्दै ब्यवसायीले त्यो नियम खारेज गर्न माग गरेका हुन् ।
‘यात्रुको एउटा अली ठूलो झोला पनि राखेर लैजान/ल्याउन नसकिने भयो,’ महासचिव सिटौलाले भने, ‘एउटा मापदण्ड बनाएर क्यारियर राख्न दिनुपर्‍यो ।’
विभागका महानिर्देशक रुपनारायण भट्टराईले यसका लागि नियमावलीमै परिवर्तन गर्नुपर्ने भएकाले यसमा विभागले सहजीकरण गर्ने बताएका छन् ।
दशैंको टिकट बुकिङ खोल्नुअघि नै १४ अञ्चलबाटै सवारीको नाप जाँच गर्ने ब्यवस्था गर्न पनि व्यवसायीहरुले माग गरेका छन् । अहिले काठमाडौंस्थित टेकुको भेहिकल प्रि-टेस्ट सेन्टरमा मात्रै जाँच गर्ने ब्यवस्था छ ।
ब्यवसायीले भने यसले समस्या पारको भन्दै सबै अञ्चलमा यसको ब्यवस्था गर्न माग गरेका छन् । विभागले त्यसको लागि आजैबाट ब्यवस्था गर्ने सहमति जनाइसकेको छ ।
१५ गते पुन: छलफल
यस्तै यातायात ब्यवसायीले बुकिङ खोल्नुअघि नै सडकहरुको अवस्था चुस्त-दुरुस्त गर्न माग गरेका छन् । नागढुंगा-कलंकी र नारायणगढ-मुग्लिन सडकलाई गाडी चल्न सक्ने गरी मर्मत गर्न माग गरेका हुन् ।
उनीहरुले गाडी वा बड बिग्रँदा त्यसलाई तुरुन्त सडक सुचारु गर्ने वातावरणका लागि यन्त्रहरु तयारी अवस्थामा राख्न पनि माग गरेका हुन् ।
यातायात व्यवस्था विभागले टिकट बुकिङबारे छलफल गर्न भदौ १५ गते सरोकारवालाहरुको बैठक बोलाएको छ । ‘अब १५ गते व्यवसायीहरुसँग छलफल गरेर कहिलेदेखि खोल्ने भन्ने टुंग्याउँछौं । हामी जतिसक्दो छिटो बुकिङ खुलाउन प्रयत्नरत छौं,’ विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने ।
२०७४ भदौ ११ गते २०:०० मा प्रकाशित

 

Thursday, August 10, 2017

कृषियोग्य जमिन प्लटिङ गर्न प्रतिबन्ध

पत्र पत्रिका बाट  -साभार   नागरिक   http://www.nagariknews.com/news/25099/ 

बिहिबार, २६ साउन २०७४, २२ : ०० |  

काठमाडौं- सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ। खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो। मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो ।
'साँस्कृतिक , समाजिक, भूराजनीतीक हिसाबले नेपाल र नेपालीको आवश्यकताभन्दा अलि पर गएकाे महसुस हामीले गर्‍यौं। त्यसैले अनियमित तरिकाले भइरहेको दोहनलाई रोक्ने प्रयास हामीले गर्न खोजेका हौं,' मन्त्री दहितले भने।
खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्नका लागि कृषियोग्य जग्गामाथिको बढ्दो खण्डीकरण नियन्त्रण गर्दै उत्पादकत्व वृद्धि गर्न भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्री नगर्न निर्देशन जारी गरेको हो। 'सगोलका अंशियारबीच प्रचलित कानूनबमोजिम अंशबण्डा हुँदा र अदालतको फैसलाबमोजिम कित्ताकाट गर्न बाधा पर्ने छैन,' विज्ञप्तिमा भनिएको छ, 'कुनै सीमित कित्ता जग्गा, जग्गाधनीले एक आर्थिक वर्षमा एक पटकभन्दा बढी कित्ताकाट गरी बिक्री/वितरण गर्न पाउने छैन ।'
भूमी सुधारमन्त्री गोपाल दहितले पछिल्लो समय कृषियोग्य जमिन होस् वा जंगल क्षेत्र होस् वा सीमसार क्षेत्र किन नहोस्। विभिन्न बाहानामा खण्डित गर्ने कार्य तीब्र भएको बताए। सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्ता जग्गाहरुको उत्पादन र स्थायीत्वमा प्रश्न चिन्ह खडा भएको बताए।
'साँस्कृतिक रुपमा, समाजिक रुपमा, भूराजनीतीक हिसाबले नेपाल र नेपालीको आवश्यकताभन्दा अलि पर गएकाे महसुस हामीले गर्‍यौं। त्यसैले अनियमित तरिकाले भइरहेको दोहनलाई रोक्ने प्रयास हामीले गर्न खोजेका हौं,' मन्त्री दहितले भने।
उनले कृषियोग्य जमिनहरु जथाभाबी खण्डिकृत गरिँदा कृषि उत्पादनमा पनि ह्रास भएको बताए। 'कुनै बेला हामीले कृषिजन्य उत्पादन विदेशमा निर्यात गर्थ्यौं। अहिले अर्बौंको खाद्यन्नहरु ल्याउन परिरहेको छ,' उनले भने। उनले कृषि प्रधान देशलाई सोही माध्यमबाट समृद्ध नेपाल निर्माणका लागि भूखण्डिकरण रोक्ने प्रयास रहेको बताए।
निर्देशन जारी हुनुभन्दा पहिले सम्बन्धित निकायको स्वीकृति लिई जग्गा प्लानिङअनुमति प्राप्त गरेको व्यक्ति, फर्म, संस्था वा कम्पनीले जग्गा प्लानिङ गरी ५० प्रतिशत वा सोभन्दा बढी क्षेत्रफल बिक्री÷वितरण गरिसकेको रहेछ भने वा जग्गा प्लानिङ अनुमतिबमोजिम बाटो तथा सरकारी र सार्वजनिक जग्गा छुट्याएर खुला क्षेत्र निर्धारण गरी त्यस्तो जग्गा सरकारका नाममा कायम गरिसकेको रहेछ भने बाँकी जग्गा कित्ताकाट गरी बिक्री वितरण गर्न बाधा नपर्ने मन्त्रालयले जनाएको छ ।
निर्देशन कार्यान्वयन गर्ने प्रयोजनका लागि ‘कृषि योग्य जमिन’ भन्नाले जग्गा (नापजाँच) ऐन, २०१९ बमोजिम पुनः नापजाँच भएका क्षेत्रमा जग्गा (नापजाँच) नियमावली, २०५८ को नियम २० बमोजिम कृषि क्षेत्र उल्लेख भएका जग्गा र पुनः नापजाँच हुन बाँकी रहेको क्षेत्रमा साबिकमा नापजाँच हुँदा फिल्डबुक तथा पूर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भीर पाखातर्फ अब्बल र दोयम कायम रहेका जग्गा पर्ने जनाइएको छ।

सिमेन्ट किन्दै हुनुहुन्छ ? यस्तो छ सिमेन्टको मूल्य र गुणस्तरः

पत्र पत्रिका बाट  -साभार https://www.inheadline.com/news/42829

Aug 08,2017
सिमेन्ट उद्योगहरु नेपाली बजारमा धेरै खुलेका छन् । त्यस्तै, खुल्ने क्रमपनि जारी छ । हाल नेपालमा ४० लाख मेट्रिक टन सिमेन्ट खपत हुने गरेको बताइएको छ । भौतिक संरचना विकासको लागि सिमेन्ट मेरुदण्ड मानिने गर्दछ । नेपालमा वार्षिक हाराहारी ९ करोड बोरा सिमेन्ट खपत हुने गरेको छ । निजी क्षेत्रको लगानीमा खुलेका अर्घाखाँची, जगदम्बा, मारुति, अम्बे, अग्नि, वृज, सर्बोतम, शक्तिमान, शिबम्, यूनाइटेड, सगरमाथा, गोयन्का, सिद्धार्थ लगायतका सिमेन्टले राम्रैसँग बजार बिस्तार गरिरहेका छन् ।
यसरी नेपालमा सिमेन्ट उद्योगको बिस्तारले ५ वर्षअघि अर्बौ रकम बराबरको सिमेन्ट बाहिरबाट आउने गरेकोमा अहिले नेपाली उत्पादनले माग धान्न सक्ने अबस्था आएको छ । अहिले अधिकांश सिमेन्ट कम्पनीहरूले पछिल्ला अत्याधुनिक प्रविधिको प्लान्टबाट सिमेन्ट उत्पादन गरिरहेको हुँदा सिमेन्टको गुणस्तरमा पनि द्रूत गतिमा सुधार आएको छ ।
अहिले नेपाली बजारमा दुई किसिमको पीपीसी र ओपीसी सिमेन्ट बिक्री वितरण भइरहेको छ । सामान्यत पीपीसी सिमेन्टको प्रयोग गरेर वाल लगाउने र प्लाष्टर गर्ने काम भइरहेको छ भने अीपीसी सिमेन्टको प्रयोग पिलर र ढलानमा हुँदै आएको छ ।
हेर्नुहोस्, कसको मूल्य कति पर्छ ?
हाल बजारमा उपलब्ध पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ६ सय ४० देखि ६ सय ८० रुपैयाँसम्म रहेको छ । यसमा सरकारलाई तिर्ने भ्याट रकम जोडीएपनि फ्याक्ट्रीदेखि उपभोक्ताको घरसम्म लाने भाडा भने जोडिएको छैन । उत्पादन हुने ठाँउदेखि बजारसम्म लाने भाडा जोडर बिक्रेताले सिमेन्ट बेच्दा ८० रुपैयाँ देखि ११० रुपैयाँसम्म थप रकम उपभोक्ताले तिर्नुपर्ने हुन्छ ।
पीपीसी सिमेन्टको मूल्य यस्तो छः 
ब्राण्ड नाम             प्रकार     फ्याक्ट्री मूल्य
जगदम्बा                    पीपीसी     ६८०
सर्बोतम                    पिएससी     ६६०
कसमस (तेज)             पीपीसी     ६४१
ओरियन्ट, त्रिदेब र अग्नी    पीपीसी     ६७०
सगरमाथा                     पीपीसी      ६४०
शक्तिमान                     पीपीसी     ६७०
ओपीसी सिमेन्ट
पछिल्ला दिनमा खुलेका अधिकांश उद्योगहरुले ओपीसी सिमेन्ट उत्पादन गरिरहेको बताइएको छ । ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ७ सय ४० देखि ८ सय ६० रुपैयाँसम्म रहेको छ । यसमा सरकारलाई तिर्ने भ्याट रकम जोडीएपनि फ्याक्ट्रीदेखि उपभोक्ताको घरसम्म लाने यातायात भाडा भने जोडिएको छैन ।
ब्राण्ड नाम         प्रकार फ्याक्ट्री मूल्य
अर्घाखाँची सिमेन्ट ओपीसी ७७५
जगदम्बा सिमेन्ट         ओपीसी ७९०
यूनाइटेड सिमेन्ट ओपीसी ८६०
सर्बोतम सिमेन्ट         ओपीसी ७५०
सगरमाथा सिमेन्ट ओपीसी ७४०
अग्नी सिमेन्ट(अल्फा) ओपीसी ७८०
शिबम् सिमेन्ट         ओपीसी ८२५
गोयन्का सिमेन्ट         ओपीसी ७७०
शक्तिमान                 ओपीसी ७७०
उत्पादन हुने ठाँउदेखि बजारसम्म पुर्याउन लाग्ने भाडा जोडर बिक्रेताले सिमेन्ट बेच्दा ८० रुपैयाँ देखि ११० रुपैयाँसम्म थप रकम उपभोक्ताले तिर्नुपर्ने बताइएको छ ।
कुन सिमेन्टको गुणस्तर कस्तो ? 


हाल अधिकांश सिमेन्ट कम्पनीहरूले पछिल्ला अत्याधुनिक प्रविधिको प्लान्टबाट सिमेन्ट उत्पादन गरिरहेको हुँदा सिमेन्टको गुणस्तरमा पनि द्रूत गतिमा सुधार आएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले नमूनाको आधारमा गुणस्तर परीक्षण गरेर मात्र गुणस्तर प्रमाणपत्र जारी गर्ने गरेको छ ।
विभागले सिमेन्ट उत्पादनको ३ दिन, ७ दिन र २८ दिनको नमूना परीक्षणको आधारमा मात्र गुणस्तर प्रमाणपत्र जारी गर्ने गरेको छ । त्यसरी परिक्षण गर्दा ३ दिनको सिमेन्टमा १६ एमपीए, ७ दिनको सिमेन्टमा २२ एमपीए र २८ दिनको सिमेन्टमा ३३ एमपीए न्यूनतम हुनुपर्ने मापदण्ड राखेको छ ।
सिमेन्टको गुणस्तर कायम हुन कच्चा पदार्थ अर्थात् चुनढुङ्गाको गुणस्तरले महत्व राख्दछ । नेपालका अधिकांश चुनढुङ्गा खानीहरूमा उपलब्ध हुने चुनढुङ्गा उच्च गुणस्तरको भएको खानी विभागले जनाएको छ । नेपालमा उत्पादित सिमेन्टको गुणस्तर परीक्षण गर्न विभागले समय समयमा बजारबाट नमुना लिएर परीक्षण गर्ने गरेको छ । ठूला उद्योगीहरू आफ्नै पनि गुणस्तरमा सचेत भएका छन् ।
विशेषगरी नेपालमा नै क्लिङ्कर उत्पादन गर्ने र ठूलो मात्रामा सिमेन्ट उत्पादन गरेर बजारमा पठाउने सिमेन्ट उद्योगहरूले गुणस्तरमा एकरुपता कायम गर्न लागीपरेका छन् । तथापि बेला-बखत सिमेन्ट उद्योगीहरूले अझै पनि न्यून गुणस्तरको सिमेन्ट उत्पादन गरिरहेको आरोप लाग्ने गरेको छ ।
नेपालमा हाल करिब ४ सय अर्ब रुपैयाँ सिमेन्ट उत्पादन क्षेत्रमा लगानी भइसकेको छ भने, बैदेशिक लगानी स्विकृत समेत भइसकेको छ । यो सामाग्री क्लिकमान्डुमा प्रकाशित छ ।

 

Wednesday, August 9, 2017

फेरियो मुलुकी ऐन

पत्र पत्रिका बाट  -साभार 

http://annapurnapost.com/news/77286

नरेन्द्र साउद बिहीबार, साउन २६, २०७४ 0 9731 पटक पढिएको

फौजदारी संहिता पारित, देवानी तयारीमा

काठमाडौं : जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ भने देवानी संहितालगायत तीनवटा विधेयक पारित हुने क्रममा छन् ।
जंगबहादुर राणा बेलायत भ्रमण गएपछि उनले बेलायती कानुनी प्रणालीअनुसार १९१० मा मुलुकी ऐन बनाउन लगाएका थिए । त्यसलाई २०२० सालमा विस्थापन गरिए पनि पुरानै ऐनका कतिपय प्रावधान जस्ताको तस्तै राखिएका थिए । देवानी र फौजदारीसम्बन्धी व्यवस्था, सजाय र कार्यविधि एकै ठाउँमा थिए।
मुलुकी ऐनमा पटक-पटक परिमार्जन गर्दै आए पनि सामान्य सुधार र परिमार्जनले न्याय प्रशासनमा विकसित भएका नवीनतम अवधारणालाई सम्बोधन गर्न नसक्ने भन्दै सरकारले अपराध र देवानी संहिताका साथै तिनीहरूको कार्यविधिसम्बन्धी अलग-अलग विधेयक बनाएर संसद्मा पेस गरेको थियो ।
संसद्को विधायन समितिले विभिन्न मुलुकका कानुन अध्ययन र विश्लेषणपश्चात् मुलुकी ऐन प्रतिस्थापन विधेयक पारित गरी संसद्मा पठाएको थियो । बुधबार पारित फौजदारी संहितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।
केही वर्षअघि फुटबल खेलाडी म्याच फिक्सिङमा संलग्न रहेको पुष्टि भए पनि त्यससम्बन्धी स्पष्ट कानुन थिएन । ‘नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँगको समूहले वा कुनै ठाउँ विशेषको प्रतिनिधित्व गरी राष्ट्रिय स्तरका खेलाडीको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुनेगरी मिलेमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर भएको मानिनेछ', विधेयकको दफा ५१ को उपदफा (३) मा उल्लेख छ ।
म्याच फिक्सिङको आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न उक्साउने वा त्यस्तो कसुर गर्न मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुने विधेयकमा उल्लेख छ ।
विधायन समितिले पाँचवटा विधेयकको अध्ययन गरी पारित गर्न पाँचवटा उपसमिति बनाएर काम गरेको थियो । फौजदारी संहितासम्बन्धी एमाले सांसद कृष्णभक्त पोखरेल संयोजकत्वको उपसमितिले म्याच फिक्सिङलाई राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर ठहर गर्दै सजायको व्यवस्था गरेको थियो ।
हाल जन्मकैद भनिए पनि सरदर २० वर्षमा जेलमुक्त हुने व्यवस्था छ । तर, अबदेखि ६ वटा गम्भीर प्रकृतिका अपराधमा जन्मभर नै कैद हुने व्यवस्था गरिएको छ । क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने गरी जाति हत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसुर गरेको वा जबर्जस्ती करणी गरी ज्यान मारेको घटनामा जन्मकैद ( जीवित हुँदासम्म) जेल सजाय हुने व्यवस्था गरिएको छ ।
फैसला गर्दा न्यायाधीशलाई कसुर र सजाय घटबढ गराउन सक्ने अधिकारलाई पनि कटौती गरी कसुरको न्यूनतम र अधिकतम सजायबीचको दूरी निकै कम गरिएको छ । अबदेखि बहुविवाह स्वतः बदर हुने व्यवस्थासहित विधेयक पारित भएको छ । ऐन लागू हुनुअघिका बहुविवाहका हकमा विधेयक मौन रहे पनि लागू भएपछि बहुविवाह गर्नेका हकमा सजायको मात्रा बढाइएको छ ।
बहुविवाह गर्ने महिला र पुरुष दुवैलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । बहुविवाह स्वतः बदर हुने व्यवस्था विधेयकमा छ । ‘यो भन्दा पहिले बहुविवाह दण्डनीय हुन्थ्यो तर मान्यता पाउँथ्यो,' पोखरेलले भने, ‘अब बहुविवाहले कानुनी मान्यता पाउँदैन ।'
सामाजिक सञ्जालमा एक व्यक्तिको केही अंश अर्को व्यक्तिको शरीरसँग जोडेर विकृत बनाउनेलाई पनि कारबाही हुने भएको छ । ‘कुनै एक व्यक्तिको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखेर वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउन वा प्रकाशन गर्नुहुँदैन । त्यस्तो कार्य गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना हुने व्यवस्था हुनेछ', विधेयकको दफा २५१ मा उल्लेख छ ।
बैंक नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । पशुकरणीसम्बन्धी व्यवस्थामा थप सजायको व्यवस्था गर्दै विधेयकमा गाई करणी गरे दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना र अन्य चौपाया करणी गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
पछिल्लो समय तेजाब (एसिड) प्रयोगका घटना बढ्दै गएकोमा विधेयकमा त्यस्तो कार्य गर्नेलाई पनि सजायको व्यवस्था गरेको छ । तेजाब प्रयोग गरी अनुहार कुरूप पारे पाँचदेखि आठ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना, शरीरको अन्य अंग कुरूप पारे वा शरीरमा पीडा पुर्‍याए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
गर्भवती महिलाको मञ्जुरीमा बाह्र हप्तासम्मको गर्भपतन र जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतन गर्न पाउने व्यवस्था विधेयकमा छ । छाउपडी प्रथालाई पनि कसुर ठहर गर्दै विधेयकमा सजायको व्यवस्था गरिएको छ । ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन', विधेयकको दफा १३८ को उपदफा ४ मा भनिएको छ, ‘यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।'
कानुनमन्त्री यज्ञबहादुर थापाले मुलुकी ऐन प्रतिस्थापनले मुलुकको न्याय प्रणालीमै आमूल परिवर्तन गर्ने बताए । ‘मुलुकी' शब्द यथावत
सरकारले मुलुकी ऐन प्रतिस्थापन गर्ने विधेयकमा मुलुकी शब्द हटाएर ५ वटा विधेयक संसद्मा पेस गरेको थियो । ‘मुलुकी' शब्द जनप्रिय भइसकेको तथा नेपालको कानुनी प्रणालीमा विशिष्ट स्थान ओगटेको भन्दै ऐनमा मुलुकी शब्द राख्नुपर्ने माग उठेको थियो । बुधबार संसद्मा अपराध संहिता र फौजदारी कार्यविधि संहिता पारित गर्नुअघि कानुनमन्त्री थापाले मुलुकी शब्द राख्न एमाले सांसद कृष्णभक्त पोखरेलले राखेको संशोधन स्वीकार गर्ने प्रतिबद्धता जनाएपछि दुवै विधेयक पारित भएका थिए ।
सांसद पोखरेल विधायन समितिअन्तर्गत अपराध संहिता उपसमितिका संयोजक थिए । त्यसपछि ‘मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता' नामबाट विधेयक पारित भएका थिए । फौजदारी कसुरसम्बन्धी विधेयक पारित गर्ने बेला भने कोरम नपुगी संसद् स्थगन भएको थियो ।
सबैलाई जवाफदेही बनाउनेछ : कल्याण श्रेष्ठ पूर्व प्रधानन्यायाधीश
हामीले मुलुकी ऐनलाई टालटुल गरेर चलाउँदै आएका थियाे। तर, आधुनिक र वैज्ञानिक थिएन । अन्तर्राष्ट्रिय न्यायिक मूल्य-मान्यताअनुकूल पनि थिएन । आजको कानुन नेपाल र नेपालीका लागि मात्र लागू हुन्छ भन्ने हुँदैन । त्यसैले कामचलाउ ऐनलाई पूरै परिवर्तन गर्न जरुरी थियो । न्यायमा अनुशासन, कानुनप्रतिको जवाफदेहिता बनाउनु जरुरी थियो । यो फौजदारी संहिता वैज्ञानिक, सरल र समान छ ।
अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्य-मान्यताअनुसार बनेको छ । जन्म सजायको मापदण्ड थिएन । समयानकूल र व्यवस्थित बनेको छ । मुलुक ऐन प्रतिस्थापन विधेयकले बालकदेखि वृद्ध तथा धनीदेखि गरिब सबैलाई जवाफदेही ढंगले काम गर्न प्रेरित गर्नेछ । जापान, अस्ट्रेलियालगायत देशका फौजदारी विधि र मान्यताको अध्ययन गरी फौजदारी संहिता बनेको छ । फौजदारी सजायको विधि, मान्यता, परिभाषा पनि स्पष्ट गरिएको छ । समाजलाई सुधार उन्मुख र न्यायोचित बनाउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।

यसरी बेचिन्छन नेपाली चेली कुवेतमा

पत्र पत्रिका बाट  -साभार 

http://annapurnapost.com/news/77248

अन्‍नपूर्ण बुधवार, साउन २५, २०७४ 0 2590 पटक पढिएको


काठमाडौ : घरेलु कामदारका रुपमा महिलाहरुलाई कुवेत लैजान प्रतिबन्ध लगाएको भएपनि अबैध मार्गबाट कुवेत पुगेका महिलाहरुले आफूहरु बेचिएको खुलासा गरेका छन् । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय तथा श्रम सम्बन्ध समितिका तत्कालीन सभापति प्रभु साहको नेतृत्वको प्रतिनिधिमण्डलले गरेको स्थलगत अध्ययनबाट त्यस्तो तथ्य पत्ता लागेको हो । मार्च २०१७ मा गरेको खाडी मुलुकको स्थगलत अध्ययन अनुगमन उपसमितिले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा त्यस्तो तथ्य भेटिएको हो ।
सो समितिले कुवेत सरकारले सञ्चालन गरेको महिला घरेलु कामदार राख्ने सेल्टरको स्थलगत अध्ययन गरेको थियो । सेल्टरमा रहेका २५ जना महिलासँग छलफल गर्दा ६० प्रतिशत त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भिजिट भिसा वा सेटिङमा वेरोकटोक कुवेत आएको बताएको र बाँकी ४० प्रतिशतले भारतको नयाँ दिल्ली,श्रीलंकाको कोलम्बो र कतिपय अफ्रिकी मुलुक हुँदै कुवेत आएको बताएको प्रतिवेदनमा उल्लेख छ ।
अधिकाँश महिला घरेलु कामदारहरु रोजगारदाताको शारिरीक,मानसिक र यौनजन्य हिंसा सहन नसकी भागेर राजदूतावासको शरणमा पुगेको,अधिकाँश महिलाहरु अशिक्षित वा अर्धशिक्षित रहेको,अधिकाँश महिला आफनो गाउँकै आफन्त वा चिने जानेका व्यक्तिहरुले वैदेशिक रोजगारीमा जाँदा राम्रो कमाइ हुने आश्वसनमा उनीहरुकै सहयोगमा बिभिन्न एजेन्ट मार्फत कुवेत पुग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
कतिपय महिलाहरुले कुवेतमा रहेका नेपाली दलालहरुले आफूलाई कुवेती नागरिकलाई बेचेको थाहा हुन आएको बताएका छन् । अधिकाँश महिलाहरुलाई कुवेतमा रहेका नेपाली दलाल र काठमाडौ तथा घरबाट आफूलाई पठाउने कुवेतबाट नेपाली दलालको बारेमा जानकारी रहेको समितिलाई बताएका छन् । अधिकाँश महिलाहरुले रोजगारदातासँग तलव माग्दा ठूलो खर्च गरेर किनेर ल्याएको भनी जानकारी गराएको र तलव दिन नसक्ने भन्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
कुवेतको नियम अनुसार दूतावासको शरणमा पुगेका घरेलु कामदारले कम्तिमा तीन महिना कुवेत सरकारले सञ्चालन गरेको सेल्टरमा नबसी स्वदेश फर्कन पाउँदैनन । सो सेल्टरमा सधै भरी महिलाहरु रहने गरेका छन् ।
घरेलु कामदार लैजान प्रतिबन्ध लगाइएको कुवेत लगायतका खाडीका मुलुकहरुमा अबैध रुपमा घरेलु कामदार पुग्ने गरेका छन् । नेपालका म्यानपावर कम्पनीले पैसा कमाउने नाममा जस्तोसुकै कम्पनी र जतिसुकै तलवमा पनि मानिस पठाइरहेका पाइएको छ । कामदारहरु पनि बुझदै नबुझी जस्तो पायो त्यस्तै काममा विदेश आउने गरेका छन् ।
नेपाल भारत सीमा व्यवस्थित नगरेसम्म अवैध मानव तस्करी नियन्त्रण गर्न नसकिने,नेपालमा दक्षता अभिबृद्धि तालिम दिएर कामदारलाई दक्ष बनाइ पठाउनु पर्ने,कुवेत पुग्ने घरेलु कामदारको एकपक्षीय रुपमा कानूनी बाटोको नाममा घरेलु कामदार पठाउने गल्ती गर्न नहुने सुझाव कुवेतमा रहेका नेपालीहरुले समितिलाई दिएका छन् ।
कुवेतमा श्रमसहचारी तुरुन्त पठाउने व्यवस्था गर्नु पर्ने,नेपाल र कुवेत सरकार वीच तुरुन्त श्रम सम्झौता गरेर कामदार पठाउनु पर्ने,उच्च तलव भत्ता प्राप्त हुने डाक्टर,इञ्जिनियर जस्ता काममा व्यक्तिगत श्रम स्वीकृतिमा कुवेत आउन पाउने व्यवस्था गर्नु पर्ने, फ्रि टिकट,फ्रि भिसा प्रभावकारी तरिकाले कार्यान्वयन गर्नु पर्ने,कार्यान्वयन नगर्नेलाई कार्वाही गर्नु पर्ने, नेपाली कामदारका सबै प्रमुख गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली कामदारहरुको न्युनतम तलव रोक्नु पर्ने र सो भन्दा कम तलवमा कामदार पठाउन नपाउने व्यवस्था गर्न पर्ने सुझाव कुवेतमा रहेका नेपालीहरुले समितिलाई दिएका छन् ।

हजार मान्छे तालमा पसेर ५० लाखका माछा लगे

पत्र पत्रिका बाट  -साभार 

http://www.enayapatrika.com/2017/08/10/172832/
शब्द/तस्बिर : जनार्जन खत्री, सर्लाही   |   ०३ घन्टा अगाडि
गाउँपालिकाले ठेक्का दिन थालेको ताल स्थानीयले एकैछिनमा खाली गरे –
-सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन् । ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो । तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका छन् ।

-तालको माछा चोरी भइरहेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय केशरगन्ज र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी खटिएको थियो । तालमा पुग्दा करिब हजार स्थानीयले धमाधम माछा निकाल्दै गरेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । पौडेलले भने, ‘हामीले सबैलाई भगायौँ । माछा मार्न चन्द्रनगरसहित छिमेकी गाउँका स्थानीयसमेत जम्मा भएका थिए ।’
-नजिकै खेत भएका किसानले रोपाइँ गर्न पानी लगेकाले केही दिनदेखि तालमा पानी कम भएको थियो । तालमा पानी कम भएको मौकामा स्थानीयले माछा उठाएका हुन् । माछा मार्ने जाली मात्र होइन लामखुट्टेको झुल र तन्दासमेत बोकेर स्थानीय बासिन्दा माछा सोहर्न आएका थिए । यसमा ताल संरक्षण समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाकै संलग्नता रहेको प्रहरीको भनाइ छ ।
-गाउँपालिका कार्यालयले ठेक्का प्रक्रिया सुरु गरे पनि केही स्थानीयले अवरोध गर्दै आएको कार्यकारी अधिकृत मुकेशकुमार चौरसियाले बताए । ‘ठेक्का लगाउनका लागि पटक–पटक सूचना प्रकाशित गरिए पनि केही स्थानीयवासीको अवरोधका कारण ठेक्का लाग्न सकेको थिएन, अब त माछा नै खत्तम भए,’ उनले भने ।

युट्युवबारे १३ रोचक तथ्य, पहिला डेटिङ वेबसाइट

पत्र पत्रिका बाट  -साभार  

http://annapurnapost.com/news/77264

एजेन्सी बुधवार, साउन २५, २०७४ 0 1148 पटक पढिएको


चीनसहित चार देशमा प्रतिबन्ध





युट्युव एउटा भिडियो सेयरिङ वेवसाइट जुन विश्‍वभर सबैको आकर्षणको केन्द्र बनेको छ। अहिले नयाँ गीत संगीत वा फिल्‍मको ट्रेलर र समाचार हेर्न युट्युबमा नै हुने गरेको छ।
यति मात्रै नभई युट्‍युबलाई अहिले मानिसले कमाइको माध्‍यम समेत बनाउँदै गइरहेका छन्। तपाई पनि युट्युब प्रयोगकर्ता हुनुहुन्छ भने युट्युवबारे रोचक १५ तथ्‍य थाहा पाउनुस्।

१. युट्युव गुगलकै प्रडक्ट हो जुन गुगलपछि सबैभन्दा लोकप्रिय वेबसाइट मानिन्छ।
२. अहिलेको समयमा युट्युव मा सय करोड बढी एक्टीभ प्रयोगकर्ताहरु रहेका छन्। जुन इन्टरनेटको आधा हिस्सा हो।
३. प्रत्‍येक दिन करीब २ अर्ब मानिसहरु युट्युव हेर्ने गर्दछन् अर्थात १० जना इन्टरनेट युजरमा १ जना युट्युव हेर्ने गर्दछ।
४. युट्युव युजर्समध्‍ये करीब ५० प्रतिशत भन्दा अधिक युजर्सहरु स्मार्टफोनबाटै युट्युब हेर्ने गर्दछन्।
५.प्रतिदिन युट्युबमा ५ सय करोड भन्दा बढी भिडियोहरु हेरिन्छ।
६.युट्युब प्रयोगकर्ताहरुद्वारा प्रतिमिनेट ४ सय घण्टा भन्दा धेरै भिडियो अपलोड हुने गर्दछ।
७. युट्युब पुरै विश्‍वमा धेरै प्रयोगमा आए पनि चीन, इरान र सिरिया तथा जर्मनीमा भने प्रतिबन्ध लगाइएको छ।
८. युट्युबको सुरुवात ३ जना मिलेर गरेका थिए। चाड हर्ले, स्टीव चेन र जावेद करीम। यीनीहरुको भेट पे-पल कम्पनीमा भएको थियो जहाँ उनीहरु कामदारको रुपमा का गर्दथे।

९. युट्युबमा पहिलो पटक 'मि एट द जू' नामक भिडियो करीम नामका व्‍यक्तिले अपलोड गरिएको थियो। जुन भिडियो सन् २००५ अप्रिल २३ मा गरिएको थियो।
१०. युट्युबमा करीब ३० प्रतिशत ट्राफिक अमेरिकाबाट मात्रै आउने गर्दछ।
११. गुगलले सन् २००६ मा युट्युबलाई करीब १० अर्ब ६४ करोड डलरमा किनेका थिए।
१२. युट्युबमा अहिलेसम्म यति धेरै भिडियो अपलोड भएको छ की यसलाई हेर्न करीब १७ सय वर्ष लाग्‍छ।

१३. पहिलो पटक युट्युबको सुरुवात एउटा डेटिङ वेबसाइटको रुपमा सञ्‍चालन गरिएको थियो। पछि यसलाई भिडियो सेयरिङ वेबसाइटमा बनाइयो।

 

Tuesday, August 8, 2017

जो जेल बसेर करोडौं पचाउँदैछन्

http://himalkhabar.com/news/4426
 रामेश्वर बोहरा
 योजनाबद्ध रुपमा करोडौं ठगेर सर्वसाधारणदेखि ब्यांक–वित्तीय संस्था र राज्य संयन्त्रसम्मको 'नीद हराम' गर्ने वित्तीय अपराधका दोषीले कानूनी छिद्रमार्फत उन्मुक्ति लिइरहेका छन् ।

 निर्मलबस्ती, पर्साका पदमबहादुर राउतको चल्तीको परिचय थियो– काठमाडौं, सामाखुसीस्थित न्यू दाहाल बिजनेश इन्टरप्राइजेजको सञ्चालक । यही परिचयका आधारमा उनले चीनबाट सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्ने सुविधा पाए। उनले तातोपानी भन्सार हुँदै चिनियाँ सामान ल्याउने गरी एलसी खोलेर हिमालयन ब्यांक लिमिटेडबाट १ करोड ५६ लाख ४२ हजार र नेपाल इन्भेष्टमेन्ट ब्यांकबाट १ करोड ७८ लाख गरी कुल ३ करोड ३४ लाख ४२ हजार अमेरिकी डलर विदेश पुर्‍याए।

 व्यापारिक कागजातका आधारमा ब्यांकहरूले यति धेरै विदेशी विनिमयका निम्ति विश्वास गरेका राउतले भन्सारबाट सामान आयात गरेको अभिलेख भने कतै देखिएन। त्यसो भए उनले झ्ण्डै साढे तीन करोड विदेशी मुद्र्रा (अमेरिकी डलर) के गरे त? राजस्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाएपछि थाहा भयो– राउतले अमेरिकी डलर विदेश पुर्‍याएपछि राजस्वको आँखा छल्न भन्सार कार्यालयको छाप, दस्तखत, नगद रसिद सबै नक्कली पेश गरेका रहेछन्। राउतले २०५९ सालमा पाएको एलसी खोल्ने सुविधामार्फत व्यवसायको नाममा विदेशी मुद्रा अपचलन गरेको मुद्दा विभागले काठमाडौं जिल्ला अदालतमा दायर गर्‍यो। अदालतले ४ वैशाख २०६८ मा राउतलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र रु.२ अर्ब ५० करोड जरिवाना हुने फैसला सुनायो ।
 अदालतको फैसलापछि फरार रहेका राउतलाई 'मोस्ट वान्टेड' सूचीमा राखेर खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्ततः १० फागुन २०७२ मा काठमाडौंबाटै पक्राउ गर्‍यो। भागेर मलेशियामा बसेका उनी नेपाल आएको बेला सीआईबीको फन्दामा परेका थिए। सीआईबीले काठमाडौं जिल्ला अदालतमा बुझाएपछि उनी जरिवाना रकम तिर्न तयार भएनन्। आफूसँग त्यत्रो 'स्रोत र हैसियत नभएको' जिकिर गर्दै उनले जरिवाना समेत कैदमार्फत नै भुक्तान गर्ने इच्छा राखे। अदालतले उनको यस्तो याचनालाई सदर गरिदियो। अदालतले तोकेको कैद सजाय भुक्तान गर्ने क्रममा रहेका राउत जरिवाना वापत थप चार वर्ष जेल बसेर निस्कँदा रु.२ अर्ब ५० करोड जरिवाना तिर्नुपर्ने दायित्वबाट मुक्त हुनेछन्।
 कानून नै उन्मुक्तिको अस्त्र
 वाणिज्य ब्यांकहरूले ३ करोड ३४ लाख विदेशी मुद्रा विनिमयका लागि पत्याएका राउतसँग यो जरिवाना तिर्ने हैसियत थिएन त? सीआईबीका अधिकृतहरू उनको आर्थिक हैसियत कमजोर नरहेको र मलेशियामा समेत 'बिजनेश' सञ्चालनमा रहेको बताउँछन्। राउत आर्थिक रूपले तन्नम नै थिए वा ठूलो रकम तिर्ने दायित्वबाट उम्कने प्रपञ्च मात्र गरेका थिए भन्ने तथ्य खुल्न बाँकी छ। तर, काठमाडौं जिल्ला अदालतले उनको याचिका सदर गरिदिएकाले जरिवाना तिर्ने दायित्वबाट उन्मुक्ति पाएका छन् र राज्यकोषमा दाखिला हुनुपर्ने रु.२ अर्ब ५० करोड गुमेको छ ।
 सोची–सम्झी योजना बनाएर वित्तीय अपराध गरेर समातिएपछि अदालतले तोकेको राज्यकोषमा दाखिला हुने जरिवाना समेत जेल बसेर पचाउने राउतजस्ता अरू पनि छन्। तिनैमध्येका एक हुन्, सुधीर बस्नेत। रियलस्टेट व्यवसाय चुलीमा पुगेको बेला सुधीर बस्नेत आफैंमा सम्पन्नताको प्रतीक बनेका थिए। घरजग्गा व्यवसायबाट रातारात आर्थिक हैसियत उठाएका उनलाई १२ पुस २०७३ को राति महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं जिल्ला अदालतको संयुक्त टोलीले धापासीस्थित निवासबाट पक्राउ गर्‍यो। उनी अदालतबाट प्रमाणित ठगी मुद्दामा समातिएका थिए।
 ओरियन्टल सहकारीमार्फत ठगी गरेको भन्दै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अदालतमा दायर तीन छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भएका बस्नेतलाई कुल पाँच वर्ष ६ महीना कैद र रु.६ करोड १३ लाख जरिवानाको फैसला भएको थियो। अदालतको फैसलापछि फरार रहेका बस्नेत पक्राउ परेपछि तीन मुद्दामध्ये सबभन्दा बढी सजाय तोकिएको मुद्दाको दुई वर्ष मात्र कैद सजाय भोग्नुपर्ने भयो। काठमाडौं जिल्ला अदालतले जेल चलान गर्दा उनले जरिवाना रकम पनि आफूले तिर्न नसक्ने भन्दै त्यसलाई कैदमार्फत भुक्तानी गर्ने याचना गरे। अदालतले उनको याचिका सदर गरेकाले अब थप चार वर्ष जेल बसेसँगै उनले रु.६ करोड १३ लाख जरिवानाबाट उन्मुक्ति पाउने छन् ।

 कसरी सम्भव हुन्छ त यस्तो उन्मुक्ति? यस सम्बन्धमा रहेको कानूनी व्यवस्थाले नै यस्ता अपराधमा संलग्नलाई जरिवाना तिर्नु नपर्ने गरिको सहज बाटो दिएको छ। ब्यांकिङ कसूर, विदेशी मुद्रा अपचलन, ठगीलगायतका पछिल्लो समय अचाक्ली बढेका वित्तीय अपराधहरूको दण्ड–सजाय तोक्नुपर्दा मुलुकी ऐनको ३८ नम्बर महल आकर्षित हुन्छ। ३८ नम्बर महलमा भनिएको छ– 'जरिवाना वा सरकारी बिगो बापत कैद ठेक्नु पर्दा कैद र जरिवाना दुवै सजाय भएकोमा जरिवाना नतिरे बापतको कैद ठेक्नुपर्दा चार बर्षभन्दा बढी अवधिको कैद ठेक्नु हुँदैन। ... कैद वा जरिवानामध्ये कुनै एक वा दुवै सजाय हुनसक्ने अपराधमा जरिवाना मात्रको सजाय भएकोमा सो जरिवाना नतिरे बापतको कैदको सजाय ठेक्नुपर्दा सो अपराधमा हुनसक्ने कैदको उपल्लो हदको आधाभन्दा बढी नहुने अवधिसम्मको मात्र कैद ठेक्नुपर्छ। जरिवानाको मात्र सजाय हुने अपराधमा जरिवानाको सजाय भएकोमा सो जरिवाना नतिरे बापतको कैदको सजाय ठेक्नुपर्दा दुई वर्षभन्दा बढी नहुने अवधिसम्मको मात्र कैद ठेक्नुपर्छ ।'
 यो कानूनी व्यवस्था अनुसार, वित्तीय अपराधमा अदालतबाट जतिसुकै ठूलो जरिवाना तोकिए पनि 'तिर्न नसक्ने' कारण देखाएर अधिकतम चार वर्ष जेल बस्यो भने ती सबैबाट उन्मुक्ति पाइन्छ। अदालतले तोकेको जरिवाना मुलुकी ऐनको यही छिद्र समातेर नतिर्ने र जेल बसेर त्यसबाट उन्मुक्ति लिने प्रवृत्ति अहिले खूबै मौलाएको छ। क्यापिटल मर्चेन्ट ब्यांकिङ तथा फाइनान्स लिमिटेड ठगी प्रकरण त्यसकै ज्वलन्त उदाहरण हो। र, त्यसकै एक कुख्यात पात्र हुन्– अरुणकुमार मराठा ।
 काठमाडौं महानगरपालिका–१० बस्ने मराठाले क्यापिटल मर्चेन्ट ब्यांकिङ तथा फाइनान्स लिमिटेडबाट 'सफल उपत्यका आवास विकास कम्पनी' का नाममा रु.७ करोड र 'सफल श्री पब्लिक इन्भेष्टमेन्ट कम्पनी' का नाममा रु.६ करोड ३० लाख कर्जा लिए। सो कर्जा नतिरेर लिमिटेडलाई नोक्सानी पुर्‍याएको दाबीसहित राष्ट्र ब्यांकले दिएका दुई भिन्न जाहेरीका आधारमा पुनरावेदन अदालत पाटनले २९ वैशाख २०७१ मा ब्यांकिङ कसूर अन्तर्गत दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद र रु.१३ करोड ३० लाख जरिवाना हुने फैसला सुनायो। त्यसपछि फरार रहेका मराठालाई सीआईबीले १४ जेठ २०७२ मा बानेश्वरबाट पक्राउ गरेर यो फैसला कार्यान्वयनको अख्तियारी पाएको काठमाडौं जिल्ला अदालतमा बुझाएकाे थियो ।
 दुई फरक मुद्दामा तीन–तीन वर्ष कैद सजाय सुनाइएका उनले तीन वर्ष जेल बस्दा पुग्थ्यो। तर, उनले जरिवाना रकम पनि तिर्न नसक्ने बताएपछि अदालतले त्यसबापत थप चार वर्ष कैद ठेकेर नख्खु कारागार पठायो। अहिले पुनरावेदनले तोकेको कैद सजाय भुक्तान गरिरहेका मराठाले पनि थप चार वर्ष जेल बसेर जरिवाना रकम तिर्ने छैनन् ।
 क्यापिटल मर्चेन्ट ब्यांकिङ तथा फाइनान्स लिमिटेड ठगी प्रकरणको सबभन्दा कुख्यात नाम हो, पवनबहादुर कार्की। लिमिटेडका प्रबन्ध निर्देशक समेत रहेका उनले विभिन्न ४२ वटा मुद्दामा कुल ६३ वर्ष कैद सजाय र रु.४४ करोड १२ लाख ७२ हजार जरिवाना तिर्नुपर्ने फैसला पुनरावेदन अदालत पाटनले सुनाएको थियो। तर, अमेरिकामा लुकेका उनी पक्राउ परेका छैनन्। क्यापिटल प्रकरणमा मराठासहित सात जना दोषी पक्राउ परिसकेका छन्। तीन–तीन वर्ष कैद र जनही रु.२ करोड २० लाखदेखि रु.१३ करोड ३० लाखसम्म जरिवानाको सजाय सुनाइएका उनीहरूमध्ये सबै जरिवानाबापत थप चार चार वर्ष जेल बस्ने गरी कारागार चलान भए। (हे. इन्फो) योजनाबद्ध रूपमा ब्यांकिङ कसूर, विदेशी मुद्रा अपचलन र ठगी जस्ता वित्तीय अपराध गरेर अदालतबाट ठूलो रकम जरिवानाको फैसला सुनाइएका सबैजसो दोषीले यही तरिका अपनाएका छन् ।

 तस्वीर कति कुरुप भइसकेको छ भने, काठमाडौं जिल्ला अदालतको साउन–माघ २०७३ को अभिलेख केलाउँदा रु.१७ करोड ४७ लाख ९८ हजार जरिवाना असुल्नुपर्ने ४४ जना फरार अभियुक्त पक्राउ परेको देखिन्छ, तर उनीहरू पक्राउ परेपछि असुली भयो जम्मा रु.२ करोड ३ लाख ४८ हजार मात्र। “यति पनि अर्कै कारणले असुल भएको हो” अदालतको फैसला कार्यान्वयन अधिकारी सन्तोष पराजुली भन्छन्, “१५–२० लाखसम्म जरिवाना तिर्नुपर्ने फैसला सुनाइएकाहरूले मात्र तिरेका हुन्, करोडभन्दा माथि तिर्नुपर्नेहरू त त्यसबापत जेल सजाय नै काट्छु भन्छन्, जरिवाना तिर्दैनन् ।”
 उनका अनुसार, करोडमाथिको जरिवानाको फैसला सुनाइएका कसैले पनि जरिवाना तिरेका छैनन्। ब्यांकिङ कसूर, विदेशी मुद्रा अपचलन, भ्रष्टाचार, ठगीलगायतका अपराध गरेर जति कमाए पनि हुने र चार वर्ष जेल बसेपछि अदालतले तोकेको जति नै जरिवाना पनि मिनाहा हुने परिपाटीबाट वित्तीय अपराधको जालो झ्न् फैलन सहयोग पुगेको छ। जरिवाना नतिरे पनि हुने भएपछि वित्तीय अपराधमा संलग्नहरूको मनोबल कति बढेको छ भने उनीहरू निर्धक्क त्यस्तो योजना कार्यान्वयनमा लागेका छन् ।
 वित्तीय अपराध अनुसन्धान गरेका प्रहरी अधिकृतहरूका अनुभवमा ब्यांकिङ कसूर, विदेशी मुद्रा अपचलनलगायतका दोषीहरूको आर्थिक हैसियत उच्च छ। उनीहरू तोकिएको जरिवाना सहजै तिर्न सक्छन्। जस्तो, क्यापिटल मर्चेन्ट ठगी प्रकरणका दोषीमध्ये सबैजसोको लागि अदालतले तोकेको जरिवाना रकम ठूलो कुरा थिएन ।
 कतिसम्म भने, उनीहरूसँग काठमाडौंमा प्रति रोपनीको करोड पर्ने १५–२० रोपनी जग्गा र अन्य सम्पत्ति पनि प्रशस्त थियो। तर, 'नतिरे पनि केही नहुने' भएपछि उनीहरूले थप चार वर्ष जेल बसेर जरिवाना पनि जोगाउन सजिलो माने। उनीहरूका लागि जेल पनि घरजस्तै छ। “हरेक दिन परिवार बोलाएर पिकनिक जस्तो रमाइलो गर्छन्” एक प्रहरी अधिकृत भन्छन्, “जेल बस्नुपर्दा उनीहरू दुःखी भएको देखिंदैन ।”
 अपराधशास्त्री रजितभक्त प्रधानाङ्ग कानूनको फितलो व्यवस्थालाई नै जारी वित्तीय अपराधको प्रमुख कारण मान्छन्। हुन पनि, २०२० सालमा गरिएको मुलुकी ऐनको दण्ड र सजायको व्यवस्था यथावत् छ। वित्तीय अपराध नै नहुने त्यसबेलाको समाज अनुसार गरिएको यो व्यवस्थाले आजको आवश्यकता धान्नै सक्तैन। “कानूनले दण्ड–सजाय होइन, उन्मुक्ति दिएको अवस्था भयो” प्रा.डा. प्रधानाङ्ग भन्छन्, “यसले गर्दा करोडौं ठगेर कमाउने, चार वर्ष जेल बस्ने अनि ठाँटले समाजमा फर्कनेहरूको संख्या बढ्यो ।”
 कानूनको कथा
 विषयगत वा क्षेत्रगत कानूनले कुनै अपराधमा दण्ड–सजायबारे केही उल्लेख नगरे सबै अपराधमा मुलुकी ऐनको ३८ नम्बर महल आकर्षित हुन्छ। यस्तो कानूनी व्यवस्थाकै कारण वित्तीय अपराधको जालो फैलिंदै गएको अवस्थालाई कसरी सम्बोधन गर्ने? सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको महानिर्देशक भएर यो बेथितिको चरम रूप नियालेका सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्याय एक लाख र एक अर्ब जरिवानामा उस्तै सजायको व्यवस्थाले दण्ड होइन, उन्मुक्ति दिइरहेको बताउँछन्। “पहिला सरकारी विगो बापतको जरिवाना धेरै हुँदैनथ्यो, अहिले ब्यांकिङ कसूर र ठूल्ठूला वित्तीय अपराधमा विगो रकम निकै ठूलो हुन्छ” उनी भन्छन्, “अब विगो बापतको जरिवाना नतिर्नेलाई कम्तीमा १० वर्ष कैद हुने कानूनी प्रबन्ध हुनुपर्छ, अनि मात्र यस्तो बेथिति रोकिन्छ ।”
 साढे पाँच दशक पुरानो मुलुकी ऐनलाई प्रतिस्थापित गर्ने गरी फौजदारी तथा देवानी कार्यविधि संहिता बनाउने प्रयास लामो समयदेखि विफल हुँदै आएकोमा यस वर्ष यसको मस्यौदा व्यवस्थापिका–संसद्मा पुगेको छ। अदालतबाट फैसला हुँदा असुल उपर हुनुपर्ने गरी ठहर भएको सरकारी बिगो वा अन्य कुनै जरिवानाबापतको रकम सम्बन्धित व्यक्तिले बुझाउनुपर्ने, नबुझाए उसको सम्पत्ति जायजेथा गरी असुल उपर गर्नुपर्ने र त्यसबाट समेत असुल हुन नसके कैद गर्न सक्ने व्यवस्था प्रस्तावित संहितामा छ। '... अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि सरकारी बिगोे बापत कैद गर्नुपर्दा सात वर्षभन्दा बढी हुने गरी कैद ठेक्न सकिने छैन'– प्रस्तावमा उल्लेख छ ।

 प्रस्तावित संहिताले गर्न खोजेको जरिवाना नतिर्नेलाई अधिकतम सात वर्ष कैद गर्ने व्यवस्था मुलुकी ऐनको व्यवस्थाभन्दा केही कडा छ। अहिले प्रचलित कानूनी व्यवस्थामा कुन अपराधलाई नैतिक पतन देखिने गरिको फौजदारी अपराध मान्ने र कुनलाई नमान्ने भन्ने स्पष्ट छैन। भ्रष्टाचार निवारण ऐन र मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनले ती अपराधलाई नैतिक पतन देखिने गरिका फौजदारी अभियोग माने पनि अधिकांश कानूनी व्यवस्था यसबारे मौन छन्। परिणाम, यस्ता अपराध गरेर कैद भोगेपछि पनि दोषीको राजनीतिक (निर्वाचित हुने) र कानूनी हैसियतमा कुनै परिवर्तन आउँदैन। सामाजिक रूपमा उनीहरूको छवि धुमिल होला, तर आर्थिक तुजुक, रवाफ र प्रभाव यथावत् रहन्छ ।
 त्यति मात्र होइन, एउटा पेशा–व्यवसायको आडमा गरेको अपराध प्रमाणित भई जेल सजाय भोगेकाहरू त्यही पेशा–व्यवसायमा फर्कन पाउँछन्, जसले उही अपराधको पुनरावृत्ति हुने खतरा बढाउँछ। कानूनका जानकारहरू अपराध प्रमाणित भएर जेल बसेर आएपछि पनि पहिलेकै 'स्टाटस्' कायम हुने अवस्थालाई फरक पार्ने कानूनी व्यवस्था अत्यावश्यक भएको बताउँछन्। प्रस्तावित संहिताले अदालतको फैसलाबमोजिम तोकिएको सजाय भुक्तान हुन नसके एउटा निश्चित अवधिपछि उक्त सजायको लगत कट्टा गरिने प्रस्ताव गर्दै त्यस्ता व्यक्तिबारे भनेको छ– 'सजाय भुक्तान नभए पनि समयावधि गुज्रेको कारणले लगत कट्टा भएको व्यक्ति सार्वजनिक जवाफदेहीको पदमा नियुक्ति वा मनोनयन हुन, तोकिन वा निर्वाचित हुन अयोग्य भएको मानिनेछ।' तर, जरिवाना नतिरेर जेल बसेर कैद भुक्तान गर्नेहरूलाई कतै, कुनै कुरामा बन्देज लगाएको छैन ।
 कानूनीराज सबल रहेका थुप्रै मुलुकमा त्यस्ता व्यक्तिलाई 'दिवालिया' घोषित गर्ने र कुनै पनि आर्थिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरिएको हुन्छ। तर, नेपालमा करोडौं र अर्बौंका जरिवाना समेत चार वर्ष जेल बसेकै भरमा पचाउनेहरूलाई त्यसपछि कुनै आर्थिक गतिविधिमा छेकबार छैन। “तिर्न सक्ने हैसियत भएकाबाट त जरिवाना असुल गर्ने कानूनी व्यवस्था गर्नैपर्छ, फौजदारी कसूरमा जरिवाना तिर्न सक्दैन भने उसलाई दिवालिया भएको घोषणा गर्नुपर्‍यो, अनि मात्र त्यसलाई कैदमा पठाउनुपर्‍यो” पूर्व महान्यायाधिवक्ता हरि फुँयाल भन्छन्, “त्यस्तो व्यक्तिले कुनै आर्थिक कारोबार गर्न नपाउने र राज्यका कुनै पनि निकायमा प्रतिनिधित्व गर्न नपाउने गरिको कानूनी प्रबन्ध अत्यावश्यक छ ।”
 प्रस्तावित फौजदारी तथा देवानी कार्यविधि संहिताले यसलाई सम्बोधन गर्न सकेको छैन। संहितामा थुप्रै कमी–कमजोरी छन्, तर २०२० सालको मुलुकी ऐनभन्दा यो केही अगाडि बढ्न खोजेको छ। त्यसमाथि, 'संहिता बन्ला र?' भन्ने संशय पनि कायमै छ। किनभने, करीब तीन दशकदेखि नै संहिताको मस्यौदा बन्ने, तर अघि नबढ्ने गरेको तीतो अनुभव छ ।
 नियतमै खोट
 वित्तीय अपराधभित्र मौलाउँदो यो बेथितिलाई मुख्यतः त्रुटिपूर्ण कानूनी व्यवस्थाको उपज मानिए पनि कतिपयका भनाइमा समस्या कानूनमा मात्र छैन। यसमा कानूनी व्यवस्थालाई आड बनाएर जिम्मेवारीबाट पन्छिने राज्य संयन्त्रको प्रवृत्ति पनि उत्तिकै जिम्मेवार छ। फौजदारी कानूनविज्ञ वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल जरिवानालाई सीधै कैदमा रूपान्तरण गर्ने छूट कानूनले नदिएको बताउँछन्। उनको बुझाइमा, दोषीले जरिवाना तिर्दिनँ, जेल बस्छु भन्दैमा उसलाई जरिवानाबाट उन्मुक्ति दिएर जेल पठाउनुपर्छ भन्ने कानूनको मर्म होइन। “उसले राखेको सम्पत्ति र जायजेथा कहाँ छ, त्यसको पहिचान गरेर जरिवाना असुल्ने सबै प्रयास गर्नुपर्छ” खरेल भन्छन्, “असुल हुने सम्भावना नै रहेन भने मात्र अन्तिम विकल्पका रूपमा त्यसलाई कैदमा बदल्ने हो, तर हामीकहाँ जरिवाना तिर्न सक्दिनँ भनेपछि त्यसलाई कैदमै पठाइदिने गलत अभ्यास हावी भयो ।”
 वित्तीय अपराध गर्नेहरूले आफ्नो नाममा सम्पत्ति नराखी नजिकका नातागोता वा विश्वासिला चिनारुको नाममा थुपार्ने गर्छन्। सीआईबी प्रमुख रहिसकेका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी नियत नै खराब भएर योजनाबद्ध ठगी धन्दामा लाग्ने हुनाले उनीहरूले कानूनबाट उन्मुक्ति पाउने जोरजाम पहिल्यै गरेका हुने बताउँछन्। “उनीहरूको जीवनशैली करोडपति, अर्बपतिको जस्तो हुन्छ, तर, आफ्नो नाममा केही पनि हुँदैन”, उनी भन्छन् ।
 चलाखीपूर्वक अरूको नाममा लुकाएको सम्पत्ति खोजबीन गर्ने हो भने वित्तीय अपराध गर्नेहरूले जरिवानाबाट उन्मुक्ति पाउने अवस्था नै नआउने वरिष्ठ अधिवक्ता खरेल बताउँछन्। जरिवाना बापतको कैदको व्यवस्था एकदमै न्यून हुनु र दुई लाख ठगे पनि र दुई अर्ब ठगे पनि उस्तै कसूर मानिनुले सम्पत्ति लुकाउने प्रवृत्ति बढेको उनको बुझाइ छ। “उनीहरूले सम्पत्ति कहाँ लुकाएका छन् भनेर खोजी गर्ने चुस्त संयन्त्र बनाउने र त्यसबाटै जरिवाना असुल्ने हो भने यस्तो प्रवृत्ति रोकिन्छ” खरेल भन्छन्, “तर, हाम्रो राज्यसंयन्त्र त्यसो गर्ने झ्न्झ्टतिर होइन, दोषीले तिर्न सक्दिनँ भन्यो भन्दै जरिवानालाई पनि कैदमा 'कन्भर्ट' गरिदिनतिर लाग्छ ।”
 सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक हरिराज कार्की भने कानूनले नै गरेको व्यवस्था अनुसार भइरहेको बताउँछन्। प्रचलित कानूनले नै पक्राउ परेका व्यक्तिले अदालतले तोकेको जरिवाना तिर्न नसके कैदबाटै त्यसको भुक्तान गर्ने व्यवस्था गरेको उनको भनाइ छ। “कतिको तिर्न सक्ने क्षमता नै हुन्न, तिर्न सक्नेले पनि तिरेन भने हामीले पठाउने जेलमै हो”, कार्की भन्छन् ।
 जरिवाना असुल उपर गर्नुभन्दा उन्मुक्ति दिन सजिलो बहाना बनाउने राज्य संयन्त्रको यस्तो व्यवहारकै कारण वित्तीय अपराधमा संलग्नहरूको मनोबल बढ्दै गएको देखिन्छ। त्यसको एक उदाहरण हुन्– सुधीर बस्नेत। अदालतबाट फैसला भएको ठगी मुद्दामा सुनाइएको रु.६ करोड १३ लाख जरिवाना पचाउन जेल बस्ने निधो गरेका उनका थुपै्र मुद्दा अदालतमा विचाराधीन छन्। वाणिज्य ब्यांकदेखि थुप्रै वित्तीय संस्थासम्मलाई ठगेका बस्नेतले हाउजिङ, अपार्टमेन्ट र ओरियन्टल सहकारीमार्फत करीब आठ हजार निक्षेपकर्ताको रु.७ अर्बभन्दा बढी ठगी गरे। उनले न एक टुक्रा सम्पत्ति आफ्नो नाममा राखेको, न त ब्यांकिङ प्रणालीबाट कुनै कारोबार गरेको देखिन्छ। त्यसरी योजनाबद्ध रूपमा ठगेको सम्पत्ति पचाउन उनी जेलमै बस्ने दाउमा छन् ।
 बस्नेतको यस्तो प्रपञ्च सफल भयो भने रु.७ अर्बभन्दा बढी सरकारी बिगो र सर्वसाधारणको त्यति नै रकम डुब्नेछ। बस्नेतको जालमा परेर आर्थिक जहाज डुबेकाहरूलाई कसरी क्षतिपूर्ति दिलाउने भन्ने कुनै कानूनी व्यवस्था छैन। सीआईबीका एक अधिकृत आफ्नो नाममा केही नराखे पनि बस्नेतको सम्पत्ति कहाँ, कति छ भन्ने कुरा 'ओपन सेक्रेट' जस्तै भएकोले सरकारका निकायले चुस्त अनुसन्धान गर्ने हो भने त्यसलाई नियन्त्रणमा लिन र पीडितलाई क्षतिपूर्ति दिलाउन सकिने बताउँछन् ।
 मूल रूपमा फितलो कानूनी व्यवस्था, राज्यसंयन्त्रको उदासीनता र दण्डहीनताका कारण मौलाउँदो यसखाले आर्थिक अपराध नियन्त्रणका लागि केही न केही नगरी नहुने अवस्था आइसकेको छ ।