पत्र पत्रिका बाट -साभार http://www.onlinekhabar.com/2017/08/614830/ अनलाइनखबर
२०
साउन, काठमाडौं । फेवातालको एक हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न
व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ । फेवातालको अतिक्रमण
भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई
नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा समिति गठन गरेको
थियो । यही समितिको अध्ययनपछि यस्तो तथ्य पत्ता लागेको हो ।
समितिले करिब ९५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिस गरेको छ । त्यसमध्ये ७ सय जनाको जमिन संरक्षण क्षेत्रभित्र पर्ने समितिका तत्कालीन संयोजक लामिछानेले बताए ।
व्यक्तिका नाममा दर्ता भएको यो जमिन खारेज गर्न समितिले ०६९ जेठमा सरकारलाई सिफारिस गरे पनि चार वर्ष बितिसक्दा समेत कार्यान्वयन हुन नसकेको लामिछानेको भनाइ छ ।
२०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको फेवाताल २०६४ मा केन्द्रीय नापी विभागले गरेको सर्भेअनुसार ४.२० किलोमिटरमा खुम्चिएको छ ।आजको नागरिक दैनिकमा प्रशान्त लामिछानेले खबर लेखेका छन् ।
२०७४ साउन २० गते ६:३५ मा प्रकाशित समितिले करिब ९५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिस गरेको छ । त्यसमध्ये ७ सय जनाको जमिन संरक्षण क्षेत्रभित्र पर्ने समितिका तत्कालीन संयोजक लामिछानेले बताए ।
व्यक्तिका नाममा दर्ता भएको यो जमिन खारेज गर्न समितिले ०६९ जेठमा सरकारलाई सिफारिस गरे पनि चार वर्ष बितिसक्दा समेत कार्यान्वयन हुन नसकेको लामिछानेको भनाइ छ ।
२०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको फेवाताल २०६४ मा केन्द्रीय नापी विभागले गरेको सर्भेअनुसार ४.२० किलोमिटरमा खुम्चिएको छ ।आजको नागरिक दैनिकमा प्रशान्त लामिछानेले खबर लेखेका छन् ।
No comments:
Post a Comment