पत्र पत्रिका बाट -साभार http://rajdhanidaily.com/2017/07/29/47635/
डा. महेशराज पन्त
प्राचीन भारतवर्षको इतिहास भत्रु नै
शासकले प्रचार गर्न खोजेका कुरा हो भनी भन्दा त्यति बिदि अत्युक्ति हुँदैन ।
उदाहरणको लागि, प्रसिद्ध मौर्य सम्राट् अशोकले आङ्खनो साम्राज्यभर
चट्टानमा वा ढुङ्गे खम्बामा कुँदाएका लेखबाट अशोकले के कुरा प्रचार गर्न
खोजे, त्यो कुरा मात्र हामीलाई थाहा हुन्छ । उनले त्यस्तो लेख कुँदाउनमा
उनको मनसाय कस्तो थियो, कुन स्थितिमा उनले यस्तो लेखाए, उनी कसरी राजा भए,
राजा हुनको लागि उनले कति पापड बेल्नुप¥यो भत्रे कुरा हामीलाई थाहा हुँदैन ।
त्यसमाथि, चीनमा जस्तो सिलसिलेवार इतिहास लेखेर राख्ने चलन नभएकोले
त्यस्ता लेखमा इतिहास अटूट रूपमा पनि पाइँदैन । यदाकदा बाहिरिया आकर
अर्थात् स्रोत पाइएको खण्डमा मात्र शासकले प्रचार गरेको कुरा ठीक हो कि
होइन भनी जाँच्न अलि सजिलो पर्छ ।
अर्को दृष्टान्तको लागि, नेपालका लिच्छवि
राजा मानदेव (प्रामाणिक राज्यकाल वि.सं. ५२२–५६३)कै कुरा गरूँ ।
चाँगुनारायणमा ठड्याइएको ढुङ्गे खामोमा कुँदिएको लेखमा ‘सत्कर्मबाट निरन्तर
आइरहेका कीर्तिका किरणले यो सारा संसारलाई झलमल्ल पारेर बगैँचामा गए जस्तै
गरी राजा धर्मदेव स्वर्गे भइबक्स्यो । उहाँसँग बिछोड हुनुभन्दा अगाडि
देवतालाई भोजन गराउने काममा उहाँ राजाकी पत्नी, बडामहारानी राज्यवती
लागिबक्सेको थियो’ (शकसंवत् ३८६ तदनुसार वि.सं. ५२२ जेष्ठशुक्लप्रतिपदाको
स्तम्भलेखका ६–७ श्लोकबाट उल्था) लेखिएकोले रोगव्याध केही नलागी मानदेवका
बाबु धर्मदेव अकस्मात् बितेको देखिन्छ ।
राजा स्थितिराज मल्ल (मृत्यु वि.सं. १४५२,
राज्यकाल वि.सं. १४३७–१४५२)को पालामा तयार पारिएको ने.सं. ४९९ तदनुसार
वि.सं. १४३६ सम्मको घटना गाभिएको, अशुद्ध संस्कृतमा लेखिएको हाल
‘गोपालराजवंशावली’ भनी कहिएको इतिवृत्तको १ खण्डमा ‘राजा श्रीविश्वदेव वर्ष
१०० । … उनको मृत्यु आङ्खनो छोराले राति धारामा टाउको काटेर बाबुको आज्ञा
पूरा गरे । तिनका छोरा श्रीमानदेव वर्ष ४१ । तिनले अज्ञानमा बाबुलाई मारे’
(२०ख पत्रका २–४ पङ्क्तिबाट उल्था) लेखिएकोले राजा मानदेवले आङ्खना बाबु
विश्वदेवलाई अज्ञानमा मारेको भत्रे प्रचार भएको देखिन्छ । छैटौँ शताब्दीमा
भएको घटना पन्ध्रौँ शताब्दीमा लिपिबद्ध भएकोले मानदेवका बाबुको नाउँ फरक
परे पनि उनको अकालमृत्यु भएको कुराचाहिँ त्यस समयका इतिहासरसिकहरूले
संझिरहेको देखिन गएको छ ।
उत्राइसौँ शताब्दीमा नेपाली भाषामा
लेखिएको, अहिले ‘भाषावंशावली’ भनी कहिएको इतिवृत्तमा यही घटनाको व्याख्या
गरिएकोले (नयनाथ पौडेलद्वारा संपादित ‘भाषावंशावली’, पुरातŒवविभाग, नेपाल
राष्ट्रिय पुस्तकालय, २०२०, १ भाग, ७४–७५ पृ.) धर्मदेवको मृत्यु स्वाभाविक
थिएन भत्रे कुरा छर्लङ्ग हुन्छ । तात्कालिक शिलालेखमा उनको मृत्यु अकस्मात्
भयो भनी लेखिएको र वंशावलीहरूमा त्यस घटनामा धार्मिक लेप लगाइएको भए पनि
परिवारमै अधिकार हत्याउने कामको परिणाम यो मृत्यु हो कि भत्रे कुरा पनि
हाम्रो मनमा नउठ्ने होइन ।
‘मेरो बुबाबाट राम्रा र अग्ला मौलाद्वारा
पृथ्वीलाई सिँगारिबक्स्यो । लडाइँरूपी यज्ञको आड लिएर क्षत्रियको
धर्मबमोजिम दीक्षा लिएर म बसिरहेको छु । शुद्ध तपस्या गरेर म बुबाको ऋण
तिर्न सक्दिनँ । तर उहाँको पाउको सेवा गरेर विधिपूर्वक पाएको हतियारको
कामले म उहाँको ऋण तिर्न सक्छु’ (त्यही स्तम्भलेखका १४–१५ श्लोकबाट उल्था)
भनी पूर्व र पश्चिमका सामन्तको दमन मानदेवले गरेको कुरा चाँगुको त्यस
खामोमा लेखिएकोले यज्ञयागादिको काममा लागेका धर्मदेवबाट राज्यको रक्षा
राम्रो नभएकोले मानदेव अगाडि आउनुपरेको अनुमान हुन्छ । त्यसमाथि, मानदेव
समर्थ हुँदा हुँदै सामन्तदमन गर्ने काममा उनका मामा पनि अलग्गै फौज लिई
गएकाले उनको राज्यमा मामाको प्रभाव बढेको कुराबाट माथिको अनुमानमा बल मिल्न
गएको छ ।
पत्थरमा कुँदेर मात्र होइन, शासकको
प्रशंसामा कविले उसको चरित अर्थात् आजभोलिको भाषामा जीवनी लेख्ने चलन
प्राचीन कालदेखि चल्दै आएको छ । त्यसको राम्रो दृष्टान्तको लागि उत्तर
भारतका सम्राट् हर्षवर्धन (राज्यकाल वि.सं. ६६३–७०४)को, बाणभट्टले लेखेको
जीवनी अर्थात् ‘हर्षचरित’तर्पm औँल्याउन सकिन्छ । स्थितिराज मल्लको पालामा
लेखिएको, माथि भरखरै चर्चा गरिएको इतिवृत्त नेपालमा लेखिएको, थाहा भएसम्म
पहिलो इतिवृत्तात्मक कृति हो । ललितावल्लभले पृथ्वीनारायण शाह (वि.सं.
१७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)को विषयमा शकसंवत् १६९२ तदनुसार
वि.सं. १८२७ मा लेखेको ‘पृथ्वीन्द्रवर्णोदय’ (नयराज पन्त आदि, ‘श्री ५
पृथ्वीनारायण शाहको उपदेश’, जगदम्बा–प्रकाशन, ललितपुर, २०२५, ४३४–४६३ पृ.)
त्यस्तै अर्को कृति हो ।
भूपेन्द्र गिरि (वि.सं. २००७ मा जन्म)को
सौजन्यबाट वि.सं. २०७२।१०।२।७ को दिन मैले पाएको पुस्तकराशिमा श्री ३
जङ्गबहादुर (वि.सं. १८७४–१९३३, शासनकाल वि.सं. १९०३–१९३३)को त्यस्तै
प्रशंसात्मक इतिवृत्त भेटिएकोले त्यसै विषयमा प्रकाश पार्न यो सानो लेख
कोरिएको छ ।
आयताकार, १४.२ अङ्गुल लामो र ६.१ अङ्गुल
चौडा, एकापट्टि हरिताल लाएको, घिउ रङ्गको पाको कागजमा दायाँबायाँ १.५
अङ्गुल छोडी कालो मसीले लेखिएको यो पुस्तक अपुरो छ । खुलाएर भन्दा, मकहाँ
यस पुस्तकका ८५ देखि ९९ सम्मका पत्रसंख्या भएका १५ पत्र मात्र आएका छन् ।
८५ पत्र पनि अकाण्डमा शुरू भएको र ९९ पत्र पनि त्यसै गरी अकाण्डमै
टुङ्गिएको छ ।
यो पुस्तक कसले रचेको हो भत्रे कुरा यसका
पाइए जतिको अंशबाट खुल्दैन । पुस्तकको शुरूमा वा अन्त्यमा अथवा दुवै ठाउँमा
ग्रन्थकारले आङ्खनो नाउँ हालेका थिए होलान् । तर अगाडिपछाडिका पत्र
नपाइएकाले बढी कुरा गर्न नसकिए पनि यस पुस्तकको नाउँको विषयमा चाहिँ अलि
खुलाएर लेख्नुपरेको छ ।
पत्रको किनारामा छोटकरीमा यस पुस्तकको
नाउँ ‘श्रीवं’ लेखिएकोले यसको नाउँ ‘वंशावली’ रहेछ भत्रे थाहा हुन्छ । तर
यसको अठाह्रौँ रत्नको अन्त्यमा यस्तो
‘श्रीजंगबाहादुरभूमिपस्य
महद्गुणौघैरवगुंफितायाम् ।।
सत्कीत्र्तिरत्नोज्ज्वलमालिकाया–
मष्टादशं यात्रिकरत्नमेवं ।।१८।।
‘इति श्री ३ महाराज जंगबहादूर कुवर
राणाजीका । कीत्र्तिरूपी रत्न जंमा गरी । निज प्रभूका गुणरूपी धागाले
गाँथ्याकी कीत्र्तिमाला नाउ भयाका ग्रंथमा । श्री ३ महाराजबाट
गरीबक्सनुभयाका । नेकी २१ को अष्टादश रत्न सकीयो ।।१८ ।।’
र उत्राइसौँ रत्नको अन्त्यमा यस्तो
‘श्रीजंगबाहादुरभूमिपस्य
महद्गुणौघैरवगुंफितायां ।।
सत्कीर्तिरत्नोज्वलमालिकायां
वैवाहिकं रत्नमयोनविंशं ।।१९।।
‘इति श्री ३ महाराज जंगबाहादुर कुवर राणा वर्मजीका । गुणरूपी धागाले गाँथ्याको । निज प्रभूका कीत्र्तिरूपी
रत्नको मालामध्ये विवाहकर्म ग¥याको उत्रैसऊँ रत्न गनीयो ।।१९।।’
लेखिएकोले संस्कृत नेपाली दुवैमा लामो
लामो विशेषण हाली यसको नाउँ राखिएको देखिन्छ । यसो भए पनि अठाह्रौँ रत्नको
अन्त्यमा नेपालीमा ‘कीत्र्तिमाला नाउ भयाका ग्रन्थ’मा भनी लेखिएकोले यसको
छोटो नाउँ ‘कीर्तिमाला’ भत्रे राखी मालामा रत्न जडिए भैmँ अध्यायको अर्थमा
‘रत्न’ लेखिएको देखिन्छ ।
मूल संस्कृत पद्यमा र त्यसैको नेपालीमा गद्यमा व्याख्या भएको यो ‘कीर्तिमाला’ हेर्दा पाटन महाबौद्धका सुन्दरानन्द बाँडाको
‘त्रिरत्नसौन्दर्यगाथा’ म सम्झन पुगेँ
(धनवज्र वज्राचार्यद्वारा संपादित, नेपाल–सांस्कृतिक–परिषद्, काठमाडौँ,
२०१९) । भनाइको मतलब के हो भने, पहिले संस्कृत पद्यमा लेखी त्यसको व्याख्या
नेपालीमा जसरी
‘त्रिरत्नसौन्दर्यगाथा’मा गरिएको छ, त्यही
शैलीमा यो ‘कीर्तिमाला’ रचिएको छ । त्यही शैलीमा एउटा संस्कृत पद्यमा र
नेपाली गद्यमा सुन्दरानन्दका भाइ पूर्णानन्दले रचेको वि.सं. १८६५ को
महाभूकम्पको बयान पनि पाइएको छ (महेशराज पन्त, ‘वि.सं. १८६५ मा गएको
भैँचालोको विषयमा’, ‘पूर्णिमा’ ९५ पूर्णाङ्क, २०५५, ५१–५३ पृ.) ।
‘त्रिरत्नसौन्दर्यगाथा’मा जस्तै (नयराज पन्त, ‘त्रिरत्नसौन्दर्यगाथा’को
‘उपोद्घात’, १६–१९ पृ.), यस
‘कीर्तिमाला’मा पनि संस्कृतमा ठाउँठाउँमा च्युतसंस्कृतिदोष अर्थात्
व्याकरणसंबन्धी गल्ती परेकाले र यसको नेपाली भाषा सुन्दरानन्दको र
पूर्णानन्दको छाँटको भएकोले त्यही वंशका कसैले यो ‘कीर्तिमाला’ रचेको
हुनुपर्छ । सुन्दरानन्दका दाजु अमृतानन्द (वि.सं. १८३१–१८९०)को पालादेखि यस
वंशले नेपालको पुरावृत्तको खोजी गर्दै आएकोले (महेशराज पन्त,
‘पण्डित अमृतानन्द बाँडा’, ‘राजधानी’,
२०७१।३।१।१, ७ पृ.) र त्यही वंशका गुणानन्दले (महेशराज पन्त, ‘वलेट महाराज र
बडागुरुज्यू फिक्शन पार्कमा’, ‘राजधानी’, २०७४।१।९।७, ३ पृ.) नेपाली
भाषामा तयार गरेको नेपालको वंशावली पाइएकोले (ड्यान्यल राइट, ‘हिस्टरि अप्m
नेपाल्, ट्रान्स्लेट्इड् फ्रम् द पर्बतिया बाइ मुन्शी श्यू शङ्कर् सिंघ्
यान्ड् पन्डिट् श्री गुणानन्द्’, यूनिभर्सिटि प्रेस, केम्ब्रिज, ई.सं. १८७७
तथा माणिक बज्राचार्य र अक्सल मिषायेल्स, ‘नेपालिकभूपवंशावलीः हिस्टरि
अप्m द किङ्ज् अप्m नेपाल्ः अ बुड्इस्ट् क्रन्इक्ल्’, सोशल साइन्स बहाः र
हिमाल किताब, काठमाडौँ, ई.सं. २०१६) पनि त्यही वंशका इतिहासरसिक कसैले यो
‘कीर्तिमाला’ रचेको हो भत्रे कुरामा जोड दिन सकिन्छ । ‘कीर्तिमाला’को यो
पुस्तक ग्रन्थकारको हस्ताक्षरको नभई पछि कसैले सारेको हो भत्रे कुरा
गुरुकापीमा नबुझ्दा ठाउँठाउँमा तेर्सो धर्को हाली अक्षर छोडेकोले स्पष्ट
हुन्छ ।
श्री ३ जङ्गले यो ‘कीर्तिमाला’ लेखाउन
लगाएको नभई उनबाट धनलाभ गर्ने आशा लिई ग्रन्थकारले आपूmखुशी लेखेको देखिन्छ
। किनभने, उनले लेखाएका भए यिनीभन्दा भाषा र विषयमा धेरै पकड भएका निकै
ग्रन्थकार भेट्टाउने थिए । यस्तै आपूmखुशी लेखेको पुस्तकको एउटा उदाहरणको
रूपमा अहिले ‘गोपालराजवंशावली’ भनी कहलिएको इतिवृत्तको संस्कृतभागतर्पm
औँल्याउन सकिन्छ । स्थितिराज मल्लले आपैmँले राख्न लगाएको, जयवागीश्वरीको
ने.सं. ५०८ तदनुसार वि.सं. १४४४ को शिलालेखभन्दा त्यो इतिवृत्त निकै तल्लो
कोटीको छ (महेशराज पन्त, ‘अन् रीड्इङ् द गोपालराजवंशावली’,
‘आदर्श’ १ संख्या, ई.सं. १९९३, २४–२५ पृ.)
। जङ्गबहादुरकै पालाको कुरा गर्ने हो भने पनि, उनका माहिला छोरा जितजङ्ग
(वि.सं. १९०६–?)ले पशुपति राजराजेश्वरीमा राख्न लगाएको शिलालेखको
संस्कृतभाषा (धनवज्र वज्राचार्य, प्र.सं., ‘इतिहास–संशोधनको
प्रमाण–प्रमेय’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१९, १९–२० पृ.) यस
‘कीर्तिमाला’को संस्कृतभन्दा कता हो कता राम्रो र शुद्ध छ ।
मूलतः संस्कृतभाषामा लेखिएको
‘कीर्तिमाला’मा कविले नेपालीमा ‘कलकत्ता’ लेख्दा लेख्दै संस्कृतमा चाहिँ
‘किलिंकिला’ लेखेको चाखलाग्दो छ । ‘जहाज’को अर्थमा संस्कृतमा ‘धूमनौ’,
‘धूमाख्ययान’ र नेपालीमा ‘धूँवाकस्’ शब्दको प्रयोग उनले गरेका छन् । फेरि
त्यही शब्द दोह¥याउनुपर्ने अवस्था आउँदा ‘निज नाउ’ भनी काम चलाएका छन् ।
यही ‘धुंवाकस’ शब्द श्री ३ जङ्गको यूरोपयात्राको बयान गरी त्यसै वेला
नेपालीमा लेखिएको, हाल ‘जंगबहादुरको बेलाइत–यात्रा’ भनी प्रसिद्ध पुस्तकमा
पनि ठाउँठाउँमा आएको छ (कमल दीक्षितद्वारा संपादित, साझा प्रकाशन,
काठमाडौँ, ३ संस्करण, २०३०, ३, ६, ४९ पृ.) ।
अरबी भाषाको ‘खरीतः’ शब्द हाम्रो यतातिरको
भाषामा ‘खरिता’ वा ‘खलिता’ भई चलेको थियो र त्यस शब्दले मुख्य शासकले
अर्को देशको मुख्य शासकलाई पठाइने चिठी बुझाउँथ्यो । श्री ५ सुरेन्द्र
(वि.सं. १८८६–१९३८, राज्यकाल वि.सं. १९०३–१९३८)का दूतको हैसियतले श्री ३
जङ्ग वि.सं. १९०६ मा बेलाइत जाँदा महारानी भिक्टोरिया (वि.सं. १८७६–१९५७,
राज्यकाल वि.सं. १८९४–१९५७)लाई श्री ५ सुरेन्द्रले लेखेको खलिता बोकी उनी
गएका थिए । ‘खलिता’ यो शब्द विदेशी भाषाको हो भत्रे नबुझेर हो कि, त्यही
चिठीलाई ‘कीर्तिमाला’का कविले संस्कृत नेपाली दुवै भाषामा ‘स्खलिता’ लेखेको
चाखलाग्दो छ । फारसीको ‘आईन’ शब्द नेपालीमा ‘ऐन’ बनी चलेको छ भत्रे कुरा त
हामी सबैलाई थाहा छ । जङ्गबहादुरले बनाउन लगाएको ऐन अर्थात् ‘मुलुकी
ऐन’लाई संस्कृत बनाई कविले ‘आयन’ शब्द चलाएका छन् । नेपाली भाषामा,
व्यवहारमा चलेका विदेशी शब्दलाई संस्कृतभाषामा भिœयाएको कुरा तुर्की भाषाको
मुचुल्कालाई ‘मुचुल्काख्य’ अर्थात् ‘मुचुल्का भनिने’ र अरबी भाषाको
‘कागज’को तद्भव ‘कागद’ लेखिएकोतर्पm औँल्याउनुपर्छ ।
श्री ३ जङ्गको बेलाइतयात्राको प्रसंगमा यस
‘कीर्तिमाला’मा ‘कुयिन’ वा ‘क्वइन्’ शब्द आएको छ । त्यस वेला बेलाइतको
राजगद्दीमा रानी भिक्टोरिया (वि.सं. १८७६–१९५७, राज्यकाल वि.सं. १८९४–१९५७)
भएकीले उनी राजाकी पत्नी नभई खुद राज्य गर्ने भए पनि ‘कीर्तिमाला’का
कर्तालाई गद्दीमा रानी बसेको भत्रे थाहा नभएर होला, संस्कृतमा
‘कुयिनाख्यस्तु नृपतिर्गोरण्डानां महेश्वरः’ अर्थात् ‘अङ्ग्रेजहरूका ठूला
मालिक कुयिन भत्रे नाउँ भएका राजा’ र नेपालीमा ‘कुयिन् भन्न्या राजा थियो’
तथा अरू प्रसङ्गमा नेपालीमा ‘क्वइन् बात्साहालाई दिन्या । स्षलितापत्र
भंन्या चिठी लेषाउनुभयो’ र ‘ताहाँ उप्रांत । निज कुयिन् बात्साहा’ भनी उनले
लेखेकाले‘क्वीन्’ शब्द राजाको नाउँ भनी उनले संझेको देखिन्छ । त्यसै गरी
जङ्गबहादुरको प्रशस्तिमा आउने, २ भित्राभित्रै ओहदा प्राइम् मिनिस्टर् र
कमान्डर्–इन्–चीप्mलाई जोड्ने ‘यान्ड्’ शब्दको अर्थ नलाग्दा ‘कीर्तिमाला’का
कर्ताले ‘यान्ड्’लाई ‘मिनिस्टर्’सँग जोडी ‘मिनिष्टर यान्’ लेखेका छन् ।
यस्तो लेखाइ सरकारिया कागजमा पनि देखिएको छ (दिनेशराज पन्त,‘जङ्गबहादुरले
राम्री केटी खोजी ल्याउन सुबेदार मन्नुसिंहलाई लेखेको अप्रकाशित पत्र’,
‘पूर्णिमा’ ८९ पूर्णाङ्क, २०५३, ५१ पृ.) ।
श्री ३ जङ्गले गरेका विशेष विशेष काम
अर्थात् अवदानको बयान गरी लेखिएको यस काव्यमा त्यस्तो कामलाई फारसीको
‘नेकी’ शब्दले बुझाइएको छ । यसैले एउटै ‘रत्न’ अर्थात्‘अध्याय’मा एकभन्दा
बढी पनि ‘नेकी’परेका छन् ।
‘नेकी’को वर्गीकरणअनुसार मसँग १९–२६ पूरा र
२७ को केही अंश छन् । उत्राइसौँ ‘नेकी’मा खास गरी अलौपर्वको कुरा छ ।
खुलाएर भन्दा, राज्यच्युत भएपछि श्री ५ राजेन्द्र (वि.सं. १८७०–१९३८,
राज्यकाल वि.सं. १८७३–१९०४) मधेस गएको, नेपालबाट निकालिई त्यहाँ बसिरहेका
भारादारहरूले श्री ३ जङ्गको विरोधमा राजेन्द्रलाई चम्काएको, अनि
राजेन्द्रको इच्छा नहुँदा नहुँदै पनि उनलाई अघि सारी ती भारादारहरू
हातहतियारसहित नेपालतिर लागेको र अलौमा आई ती भारादारहरूले छाउनी हालेपछि
जङ्गले यहाँबाट फौज पठाई ती भारादारहरूलाई मारेको, त्यसपछि राजेन्द्रको
सवारी यहाँ चलाई जङ्गले श्री ५ बूढामहाराजाधिराज भत्रे नाउँले उनलाई
प्रख्यात गराई बडो आनन्दपूर्वक राज्यभारको टण्टा छुटाएर राखेको कुरा छ ।
काशी गएका श्री ५ राजेन्द्रलाई संस्कृतमा
‘गतसिंहासन’ र नेपालीमा ‘सिंहासन
छुट्नुभयाका’ भनी ‘कीर्तिमाला’मा लेखिए पनि त्यस बेलासम्म उनी राज्यच्युत
भइसकेका थिएनन्, राजै थिए, खालि राज्यको बागडोर मात्र उनको हातमा थिएन ।
खुलाएर भन्दा वि.सं. १९०३ कार्तिक २६ गते उनी काशीतिर लाग्दा उनी नै राजा
थिए, वि.सं. १९०४ वैशाख ३१ गते मात्र श्री ५ सुरेन्द्रको सिंहासनारोहण भएको
हो (नयराज पन्त, ‘श्री ३ महाराज पद्मशमशेरका कुरा’, ‘पूर्णिमा’ ४०
पूर्णाङ्क, २०३५, १६७, १७० पृ.) ।
बीसौँ ‘नेकी’मा माहिला साहेबज्यू अर्थात्
श्री ५ राजेन्द्रका माहिला छोरा उपेन्द्रविक्रम (वि.सं. १८८८–१९५३) काशी
जान खोज्दा निकै लोभ देखाई श्री ५ सुरेन्द्र र श्री ३ जङ्गले उनलाई रोकेको
कुरा छ । खुलाएर भन्दा, उपेन्द्रलाई धेरै पैसा दिँदा पनि उनले नमानेपछि
उनका २ छोरामध्ये एक जनालाई चौतरियाको र अर्कोलाई काजीको खानगी दिएको,
त्यसपछि उनको हैसियतमाफिक खर्चवर्च, खानापिना र नोकरचाकरको बन्दोबस्त गरी
काशीमा उनको सवारी चलाएको कुरा छ । पहिले आपूmखुशीमा उपेन्द्र काशी जाँदा
जङ्गको विरोधमा उनी लाग्ने डर भएकोले उनका छोराहरूलाई जागीरमा हाली उनलाई
पनि उनको हैसियतबमोजिमको खर्चवर्च दिई संतुष्ट पारी जङ्गले उनलाई काशी
पठाएको यताबाट बुझिन्छ । माहिला साहेबज्यू केही दिन काशीमा बसी फर्केर आई
देउपाटनमा बसोबास गर्न थालेको कुरा लेखी बीसौँ ‘नेकी’ टुङ्ग्याइएको छ ।
एक्काइसौँ ‘नेकी’मा श्री ३ जङ्गले गरेको
यूरोपयात्राको कुरा छ । गोरखासरकारका कुनै पनि मन्त्रीले अहिलेसम्म
राजकाजको भारले गर्दा नेपाल छोडी लडाइँमा बाहेक तल तल गएका थिएनन्, तर
जङ्गमा विचित्र गुण भएकोले राजकाज थामीकन पनि परदेश डुल्न १।२ चोटि मात्र
होइन, सधैँ वर्षैपीछे सवारी गरेको अब वर्णन गरिन्छ भनी कुरा उठाइएको छ ।
बेलाइत नाउँ गरेको, अङ्ग्रेजको राज्यमा न आङ्खना देशका मानिसले न अरू देशका
मानिसले कहिल्यै देखेको, न यस्तो छ भनी सुनेको, त्यस्तो देशमा जाने इच्छा
गरी उनले श्री ५ सुरेन्द्रको आज्ञा लिए । आङ्खना माहिला भाइ जर्नेल
बमबहादुर
(वि.सं. १८७५?–१९१४, शासनकाल वि.सं.
१९१३–१९१४)लाई राजकाजको अख्तियारीमा राखी बेलाइतको बादशाहलाई दिइने खलिता
उनले श्री ५ को नाउँबाट लेखाए । अनि त्यस यात्राको लागि वि.सं. १९०६
माघशुक्लप्रतिपदा सोमवारको दिन १४ जनाको टोलीसहित उनी प्रस्थान गरेको कुरा
यहाँ लेखिएको छ ।
श्री ३ जङ्गसँग जाने भाइभारादारको नाउँ यस
‘कीर्तिमाला’मा दिइएको छैन, खालि १४ जना मात्र गए भनी लेखिएको छ ।
‘जंगबहादुरको बेलाइत–यात्रा’मा भने नाउँ किटिएका भाइभारादार १२ जना छन् (२
पृ.) । जङ्गका छोरा पद्मजङ्ग (वि.सं. १९१४–१९६३)ले लेखेको उनको जीवनीमा भने
१४ जनाको नाउँ काढिएको छ (अभयचरण मुकर्जीद्वारा संपादित, पद्म जङ् बहादुर
राणाको
‘लाइप्m अप्m महाराजा सर् जङ् बहादुर्,
जी.सी.बी., जी.सी.एस्.आई., एट्सेट्र, एट्सेट्र, अप्m नेपाल्’, इलाहाबाद,
ई.सं. १९०९, ११६ पृ.) । यसरी‘कीर्तिमाला’ र पद्मजङ्गले लेखेको जीवनीमा
यूरोप जाने भाइभारादारको संख्या उत्तिकै भएको देखिन्छ । पद्मजङ्गको
पुस्तकमा नाउँ परेका वैद्य चक्रपाणि र चित्रकार भाजुमान ‘जंगबहादुरको
बेलाइत–यात्रा’मा परेका छैनन् । अझ, ‘जंगबहादुरको बेलाइत–यात्रा’मा परेका
खरीदार पृथ्वीधर पाध्याको ठाउँमा पद्मजङ्गको पुस्तकमा भने सुबेदार दलमर्दन
थापापरेका छन् ।
गङ्गाजीको जलपान गरी पटना भई दानापुर
पुगेको र अङ्ग्रेजका अफिसरले ‘कीर्तिमाला’मा श्री ३ जङ्गको ठूलो सत्कार
गरेको कुरा लेखिएको छ । त्यसपछि पानीजहाजमा चढी कलकत्ता पुगेको र त्यहाँ
लाठ अर्थात् गभर्नर–जनरल डल्हौजी(वि.सं. १८६९–१९१७, शासनकाल वि.सं.
१९०४–१९१२)ले उनको संमान गरेको कुरा लेखिएको छ ।बेलाइत जानाको लागि जहाज
भाडामा लिएको र त्यसको भाडा ७० हजार रुपियाँ तिरेको कुरा त्यहाँ लेखिएको
छ । पद्मजङ्गले लेखेअनुसार, जहाजको भाडाको
लागि ५ हजार पाउन्ड तिरिएको थियो (‘लाइप्m अप्m महाराजा सर् जङ् बहादुर्’,
११९ पृ.) । ७० हजार रुपियाँबराबर ५ हजार पाउन्ड हो भने १ पाउन्डलाई
रुपियाँमा बदल्दा १४ रुपियाँ हुन्छ भत्रे स्पष्ट छ ।
संस्कृत नेपाली दुवैमा लामो लामो विशेषण हाली नाउ“ राखिएको देखिन्छ । यसो भए पनि अठाह्रौ“ रत्नको अन्त्यमा नेपालीमा ‘कीत्र्तिमाला नाउ“ भयाका ग्रन्थ’मा भनी लेखिएकोले यसको छोटो नाउ“ ‘कीर्तिमाला’ भन्ने राखी मालामा रत्न जडिए भैm“ अध्यायको अर्थमा ‘रत्न’ लेखिएको देखिन्छ ।
त्यहाँ बेलाइतका बादशाहले श्री ३ जङ्गलाई
ठूलो सत्कार गरेको र श्री ५ सुरेन्द्रको खलिता जङ्गले बेलाइतको बादशाहलाई
चढाएको कुरा लेखिएको छ । जङ्गलाई बेलाइतका बादशाहले ठूलो सत्कार गरेको भनी
लेख्दा संस्कृतमा ‘कृत्वा पूजां च महतीं दत्वा च महदासनं’ अर्थात् ‘ठूलो
सत्कार गरी, ठूलो आसन दिई’ भनेर र नेपालीमा चाहिँ ‘ताहाँ उप्रांत आदरपूर्वक
लगी आङ्खना गद्दीमा राष्दो भयो ठुलो पूजाकन ग¥यो’ भनी लेखिएको छ ।
संस्कृतमा त जे लेखियो, त्यसमा विप्रतिपत्ति गर्नुपर्ने कारण छैन, नेपालीमा
भने बेलाइतका बादशाहले जङ्गलाई ‘आङ्खना गद्दीमा राष्दो भयो’ भनी लेखेको
कुरा पत्याइनसक्नु छ । जङ्गबहादुरको यूरोपयात्राको दिनका दिनको जस्तो घटना
बयान गरी लेखिएको ‘जंगबहादुरको
बेलाइत–यात्रा’का तल उतारिएका वाक्यबाट त्यो भ्रम हट्छ—
‘दोश्रा मुलाकातको बेहोरामा ज्यावद्
भारादार १५।१६ सय उनका मीम साहेब भारी गहना पोसाक लाई आयाका थिया । बादसाहा
कुइन् सिंङ्गासनमा आड आगी खडा र⋲याकी थिइन् । यस्तै बीचमा नेपालका
श्रीप्राइम मिनिष्टर साहेबहरू आया र कुइनको सलाम् ग¥या र कुइनले बडा आदरसित
अगाडी नजीकैमा बस भनिन् र नजीकैमा र⋲याका थिया ।’ (३५ पृ.)
त्यहाँ ससंमान केही दिन बिताई फ्रान्स
(ग्रन्थकारको भाषामा फरासीस) गएको कुरा र त्यहाँ पनि उनको बहुत सत्कार भएको
कुरा ‘कीर्तिमाला’मा लेखिएको छ । त्यहाँबाट फर्कँदा भारतमा रामेश्वर,
द्वारका र अरू अरू तीर्थगमन गरेको कुरा छ । अघि नेपालको चिठीपत्र
नेपालभित्र मात्र चल्थ्यो, अब उप्रान्त अङ्ग्रेजको राज्यभर नेपालको
चिठीपत्र जाने र उताबाट पनि आउने स्थिति बाँधेको कुरा छ । श्री ३ जङ्ग्रले
बर्सेनि मेचीपश्चिम महाकालीपूर्वको गोरखाराज्यको स्थिति बुझ्न शिकार खेल्न
जाने कुरा लेखिएको छ ।
बाइसौँ ‘नेकी’मा मुलुकी ऐन बनाएको कुराको
वर्णन छ । अघि पनि यस्तो न्यायको ग्रन्थ राजा स्थितिराज मल्ल (मृत्यु
वि.सं. १४५२, राज्यकाल १४३७–१४५२)ले अर्थात् ‘कीर्तिमाला’कारको भाषामा
जयस्थितिसिंह मल्लले बनाएका रहेछन्, सो स्थिति केही केही नेवारहरूमा केही
रहेको छ, सो ग्रन्थ भने धेरै काल भएको हुनाले हराएर गयो, बनाउन पनि सानो
गरी उनले बनाएका रहेछन् भनी यहाँ लेखिएकोमा केही टिप्पणी गर्नुपरेको छ ।
आÏनो ‘उपदेश’मा ‘राजा जयेथितिमल्लले
बाध्याको थिति पनि हेरिसके’ भनी श्री ५ पृथ्वीनारायण शाह (वि.सं.
१७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले बोलेकाले उनले स्थितिराज मल्लले
बाँधेको स्थिति भनी कहलिएको पुस्तक देखेका थिए भत्रे स्पष्ट हुन्छ ।
स्थितिराज मल्लले बाँधेको त्यो स्थिति उन्नाइसौँ शताब्दीको चौथो पाउदेखि
नेपाली भाषामा लेखिँदै आएका आजभोलि ‘भाषावंशावली’ भनी कहलिएका पुरावृत्तमा
पाइएकोले त्यस्तै कुनै उनले हेरेको देखिन्छ । तर स्थितिराज मल्लको पालामा
उनका मन्त्री जयतको लागि मणिकले तयार गरेको, ‘नारदस्मृति’को नेवारी भाषामा
लेखिएको टीका (दिनेशराज पन्तद्वारा संपादित
‘न्यायविकासिनी’, कानून व्यवसायी क्लब,
काठमाडौँ, २०६५)लाई ‘राजा जयस्थिति मल्लद्वारा जारी कानून’ भनी प्रचार गरिए
पनि त्यो कानून होइन भत्रे कुरा खुद टीकाकार मणिकले ‘ठूलो अर्थ भएको,
बुद्धि कम भएका मानिसहरूको लागि भने जस्तो गरी बुझ्न गाह्रो, जुन नारदीय
न्यायशास्त्र छ, त्यसको यो स्पष्ट टीका नेपालको भाषामा लेखिन्छ’ (टीकाको
समाप्तिमा लेखिएको संस्कृत पद्यभागबाट उल्था) भनी त्यस टीकामा लेखेकोबाट
मात्र पनि स्पष्ट हुन्छ ।
नेपालबाट भागेर भारत गएका अपराधीहरूलाई
पहिले पहिले नेपालबाट फिर्ता माग्दा दिइँदैनथ्यो । तर भारतमा बदमाशी गरी
यहाँ आएका त्यस्ता अपराधीहरूलाई बलजङ्खती फर्काएर लगिन्थ्यो । यस्तो असमान
स्थिति भइरहेकोले श्री ३ जङ्गले उताबाट अपराधी यहाँ आए उसलाई उतै सुम्पने र
नेपालबाट भागेर उता गएका त्यस्ता अपराधीलाई नेपालमा दाखिल गर्ने गरी दोहरो
बन्दोबस्तको स्थिति जङ्गले बाँधे भनी त्याइसौँ ‘नेकी’मा लेखिएको छ ।
मुगलानमा शरण लिई बसेका विद्रोहीहरूलाई तह
लाउन बाँधिएको स्थितिको कुरा चौबीसौँ ‘नेकी’मा छ । श्री ५ को गाथमा दगा
गर्ने र ढुकुटी मास्ने त्यस्ता भारादारहरू नेपालबाट निकालिँदा भारतमा
डुलिरहन्थे । यिनीहरू श्री ३ जङ्गको गाथमा दगा गरी भाडावाल अपराधीलाई यहाँ
पठाउँथे । मौकाको खोजीमा काठमाडौँमा गुप्त रूपले बसिरहेका ती अपराधीहरूलाई
पक्रेर खारखेर गर्दा मलाई फलानाले पठाएको हो भनी कायल भएपछि तिनीहरूलाई
जङ्गले मारे । आइन्दा यस्तो अवस्था आउन नदिनको लागि उनी मधेसतिर लागे ।
त्यहाँ गई अङ्ग्रेज शासकसँग भेटेर आपूmमाथि दगा भएको सबै बयान गरी मेरो
शरीरमा दगा गर्नेलाई यहाँ पालियो, यिनीहरूलाई कि मार्नुप¥यो कि मसँग लडाइँ
गर्नुप¥यो भनी जङ्गले अङ्ग्रेज शासकलाई भने । अनि अङ्ग्रेज शासकले जङ्गलाई
मोतीहारीमा लगे, ती विद्रोहीहरूलाई पनि त्यहीँ बोलाए । हामी श्री ३ उपर दगा
गर्नेछैनौँ, मानिस पनि दगा गर्न पठाउनेछैनौँ, अब त्यस्तो ग¥यौँ भने
हामीलाई मार्नू भत्रे कागत लेखी विद्रोहीहरूले अङ्ग्रेजसरकारलाई सुम्पे भनी
त्यहाँ लेखिएको छ । त्यसरी मुचुल्का लेखाएपछि जङ्गले शिकार खेलेको कुरा
लेखी चौबीसौँ ‘नेकी’ टुङ्ग्याइएको छ ।
आपूm चित्तौरगढबाट नेपाल आई पर्वत राज्यमा
रहिआएका, राणा पदवी छुटेकाको सन्तान भएको पत्ता लगाई पछि (पल्लो)
नुवाकोटका राजाले आङ्खना पुर्खालाई कुवर पदवी दिएको कुरा पत्ता लागेपछि
हामीले पुरानो राणा पदवी फिर्ता पाउनुपर्ने हो भनी श्री ५ सुरेन्द्रलाई
श्री ३ जङ्गले बिन्ती गरे । अनि श्री ५ बाट उनले शुद्ध रजपूतको पदवी पाए ।
हराएको राणा पदवी अब पाएपछि रजपूतसँग मात्र बिहावारी गर्ने र क्षत्रिय पदवी
पाएको खस जातसित अब उप्रान्त जङ्ग बिहावारी नगर्ने भए । यति कुरा पच्चीसौँ
‘नेकी’मा लेखिएको छ ।
तिमीले हामीबाट शुद्ध रजपूतको पदवी
पाएकोले हामी बराबरका तिमी भयौ, त्यस कारण तिम्रा र हाम्रा सन्तानको
परस्परमा विवाह गर्नू भनी श्री ३ जङ्गसँग खुशी भएका, बूढामहाराजाधिराज श्री
५ राजेन्द्रले भने, त्यस विषयमा लालमोहरसमेत पाएपछि परस्परमा बिहावारी
भएको कुरा छब्बीसौँ ‘नेकी’मा लेखिएको छ । यसरी जङ्गबहादुर माथिल्लो जातमा
उक्लिएकाले नै श्री ५ सुरेन्द्रका २ छोरीको विवाह क्रमशः श्री ३ जङ्गका
जेठा छोरा जगत्जङ्ग (वि.सं. १९०४–१९४२) र माहिला छोरा जितजङ्गसँग भएको र
श्री ३ जङ्गका २ छोरीको विवाह युवराज त्रैलोक्य (वि.सं. १९०४–१९३४)सँग हुनु
संभव भयो ।
अपूरो सत्ताइसौँ ‘नेकी’मा भोटसँग खटपट
परेको कुरा परेको छ । हिमालयको पाश्र्वमा रहेको तातोपानीमा कुनै समय शिकार
खेल्न जाँदा श्री ३ जङ्गले त्यहाँ गोरखा राज्यको साँध नदेख्दा भोटसँग
पत्रव्यवहार गरे । अनि भोटका र यहाँका मन्त्रीहरू बसी दुवै पक्षको चित्त
बुझाई वर सरेको साँध पर सारी चि⋲न लगाउने काम भयो । भोटले मिचेको जमीन
आपूmतिर पारी जङ्ग काठमाडौँ फर्के । त्यस दिनदेखि भोटका शासकहरू नेपालसँग
रिसाउँदा अघिदेखि बाँधिएको स्थितिबमोजिम केरुङ, भुंmगा, डिगर्चा,
सिकार्जुङ, ⋲लासा आदि शहरमा बेचिने वस्तुको जगात अर्थात् कर, पसलको र आपूm
बस्ने घरको भाडा इत्यादि तिरी बेपार गरी बसेका नेपाली बेपारीहरूसँग दोबर
तेबरसम्म पनि कर उठाइयो । अनि लूटपाट र हूलहुज्जत गर्दा केही बेपारीको
ज्यान गयो र केही भागी नेपाल आए ।
अन्त्यमा एउटा कुरा भत्रु छ । त्यो के
भने, ‘कीर्तिमाला’को यस अपूरो अंशमा ‘गोर्खा’ र ‘नेपाल’ शब्दको प्रयोग
पर्यायको रूपमा भए पनि ‘गोर्खा’भन्दा ‘नेपाल’को प्रयोग यहाँ ५ गुना जति बढी
भएकोले ‘नेपालराज्य’मा ‘गोर्खाराज्य’ परिणत हुँदै गएको छनक यताबाट पनि
आउँछ ।
No comments:
Post a Comment