पत्र पत्रिका बाट -साभार
http://annapurnapost.com.np/News.aspx/story/50797
0
0
काठमाडौंः अवैध विक्री वितरणका लागि लुकाएर राखिएका एकसय नौ कछुवा र एकसय
६५ प्रजातिका विभिन्न चराचुरुङगी जिल्ला वन कार्यालय काठमाडौंले
नियन्त्रणमा लिएको छ ।
भारतको पटना घर भई हाल सामाखुसीस्थित नरेश शाहीको घरमा बस्दै आएका महमद उसमानलाई पक्राउ गरिएको छ ।
अधिकांश चरा लबबर्ड छन् । उनले कछुवा र चाराचुरुगी विक्री गर्दै आएको
सुराकी पाएपछि जिल्ला वन कार्यालय र प्रहरी अनुसन्धान ब्यूरोले कारवाही
गरेको हो ।
ती सबै बेचबिखनका लागि राखिएका कारण आवश्यक कारवाहीका लागि पक्राउ गरिएको
जानकारी जिल्ला वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले दिए ।
No comments:
Post a Comment