पत्र पत्रिका बाट -साभार
http://www.enayapatrika.com/2017/08/10/172832/
शब्द/तस्बिर : जनार्जन खत्री, सर्लाही | ०३ घन्टा अगाडि
गाउँपालिकाले ठेक्का दिन थालेको ताल स्थानीयले एकैछिनमा खाली गरे –
-सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन् । ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो । तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका छन् ।
-सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन् । ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो । तर, स्थानीयले एकैपटक ताल खाली गराइदिएका छन् ।
-तालको
माछा चोरी भइरहेको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय केशरगन्ज र
जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी खटिएको थियो । तालमा पुग्दा करिब
हजार स्थानीयले धमाधम माछा निकाल्दै गरेको प्रहरी निरीक्षक अनिलकुमार
पौडेलले बताए । पौडेलले भने, ‘हामीले सबैलाई भगायौँ । माछा मार्न
चन्द्रनगरसहित छिमेकी गाउँका स्थानीयसमेत जम्मा भएका थिए ।’
-नजिकै
खेत भएका किसानले रोपाइँ गर्न पानी लगेकाले केही दिनदेखि तालमा पानी कम
भएको थियो । तालमा पानी कम भएको मौकामा स्थानीयले माछा उठाएका हुन् । माछा
मार्ने जाली मात्र होइन लामखुट्टेको झुल र तन्दासमेत बोकेर स्थानीय
बासिन्दा माछा सोहर्न आएका थिए । यसमा ताल संरक्षण समितिका पदाधिकारी तथा
स्थानीय बासिन्दाकै संलग्नता रहेको प्रहरीको भनाइ छ ।
-गाउँपालिका
कार्यालयले ठेक्का प्रक्रिया सुरु गरे पनि केही स्थानीयले अवरोध गर्दै
आएको कार्यकारी अधिकृत मुकेशकुमार चौरसियाले बताए । ‘ठेक्का लगाउनका लागि
पटक–पटक सूचना प्रकाशित गरिए पनि केही स्थानीयवासीको अवरोधका कारण ठेक्का
लाग्न सकेको थिएन, अब त माछा नै खत्तम भए,’ उनले भने ।
No comments:
Post a Comment