Tuesday, July 19, 2022

सयभन्दा बढी नेपाली विद्यार्थीलाई भारतमा छात्रवृत्ति

 https://ekantipur.com/pradesh-1/2022/07/19/16582418856682647.html

सयभन्दा बढी नेपाली विद्यार्थीलाई भारतमा छात्रवृत्ति

छात्रवृत्तिका लागि धरौटी र भर्ना शूल्कका रुपमा १०/१० हजार रुपैयाँ भने बुझाउनु पर्ने प्रावधान

कान्तिपुर संवाददाता

काँकडभिट्टा — भारतको एक विश्वविद्यालयले एक सयभन्दा बढी नेपाली विद्यार्थीलाई ५ करोड भारतीय रुपैयाँ बढीको अध्ययन छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष भर्नामा उक्त रकम बराबरको छात्रवृति उपलब्ध गराउने भएको हो ।

युनिभर्सिटीका नेपाल प्रतिनिधि शंकर भट्टराईले मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा छात्रवृत्तिबारे जानकारी गराएका हुन् । उनले नेपाली विद्यार्थीलाई लक्षित गरी यति ठूलो राशिको छात्रवृत्ति कार्यक्रम पहिलो पटक ल्याइएको जनाए । उनका अनुसार विश्वविद्यालयले प्लस टु, डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीलाई छात्रवृत्ति लक्षित गरेको हो । ‘छात्रवृत्तिका लागि ११ साउन ११ भित्र आवेदन भरेर युनिभर्सिटीमा पठाउनु पर्ने र १३ साउनमा हुने अनलाइन परीक्षामा सहभागी बन्नु पर्ने हुन्छ,’ भट्टराईले भने । छात्रवृत्तिका लागि धरौटी र भर्ना शूल्कका रुपमा १०/१० हजार रुपैयाँ भने बुझाउनु पर्ने प्रावधान छ । विद्यार्थीले युनिभर्सिटीको होस्टेल वा पेइङ गेस्ट (पीजी) शुल्क आफै तिर्नुपर्ने उनले जनाए । ‘अध्ययनमा लाग्ने सम्पूर्ण खर्च विश्वविद्यालयले व्यहोर्छ,’ उनले थपे ।




यो विश्वविद्यालय सन् २०१० मा वरिष्ठ डा. एनएन दत्ताले च्यारिटी ट्रस्ट स्थापना गरी सञ्चालन गर्दै आएका छन् । हाल यहाँ अध्ययनरत आठ हजारभन्दा बढीमध्ये दुई हजार हाराहारीमा नेपाली विद्यार्थी छन् । यो विश्वविद्यालयमा अध्ययन गर्नेहरुले त्रिभुवन विश्वविद्यालय र सीटीईभीटीबाट समकक्षता प्राप्त गर्ने भट्टराईले जनाए । अघिल्लो पटक भूकम्पका बेला ४० विद्यार्थीलाई विश्वविद्यालयले ४० लाख बढीको छात्रवृत्ति उपलव्ध गराएको थियो । सन् २०१७ मा काठमाडौंमा रोजगार मेलाको आयोजना गरी ३ सय ५० भन्दा बढीलाई रोजगार दिएको दाबी भट्टराईले गरे ।



प्रकाशित : श्रावण ३, २०७९ २०:२९

Thursday, July 14, 2022

नेपालकै हो विक्रम संवत्

 https://hamrakura.com/news-details/127233/2022-07-02

शीतल गिरी,
प्रकाशित२०७९ असार १८ शनिबार

प्राकृतिक परिवर्तनमा देखिने निश्चित क्रम वा प्रणालीको आवृत्तिलाई ध्यानमा राखेर त्यसको आरम्भ बिन्दूबाट नयाँ–नयाँ वर्ष गणना गर्दै जाने चलन विश्वभर प्रचलित छ । स्थानगत विभिन्नता र सांस्कृतिक विविधताले गर्दा त्यसमा एकरूपता नभए पनि प्रायः सबैमा आ–आफ्ना सांस्कृतिक पक्ष आदि सबै वा कुनै न कुनै एउटा अवश्य गाँसिएका हुन्छन् ।     
    
हरेक पक्षबाट विचार गर्दा नेपाल विविधता र विचित्रताले भरिपूर्ण देश हो । विक्रम संवत् अनुसार नयाँ वर्षको प्रारम्भ बैैशाख १ गतेबाट हुन्छ । नेपालमा फरक फरक समयमा नयाँ वर्ष मनाउने समूह पनि नभएका होइनन् । वर्तमान नेपालको परिवर्तित परिस्थिति आ–आफ्नो अस्तित्व र पहिचान एवं मौलिक परम्परा कायम गर्ने–गराउने अवसर वा होडबाजीका रूपमा परिणत भएको महसुस हुँदै गएको पनि देखिन्छ । विक्रम संवत्को बारेमा व्यापक छलफल र अनुसन्धानको आवश्यकता देखिएको छ — यस संवत्प्रति नेपालीको आफ्नै अपनत्व छ, त्यही अपनत्वले गर्दा यसबारेको खोजी प्रति रूची जागेको हो ।     
    
राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा हुने गरेको समारोहपूर्वक विक्रम संवत्को स्वागत तथा दीपप्रज्वलनजस्ता कार्यक्रमबाट पाश्चात्य जगतकोसमेत यसतर्फ ध्यानाकर्षण भएको देखिन्छ । समग्र विश्वमै प्रचलित विभिन्न संवतहरूमा सबैभन्दा लामो इतिहास बोकेको र समग्र नेपाली जनमानसमा भिजेको संवत् हो विक्रम संवत् । सौरमान अनुसार परिवर्तन हुने विक्रम संवत् पूर्ण प्राकृतिक र वैज्ञानिक छ । अनि यो सूर्यको गतिसँग प्रत्यक्ष सम्बन्धित छ ।         

विक्रम संवत् अनुसार हरेक वर्ष बैशाख १ गतेबाट नयाँ वर्ष शुरु भएको मानिन्छ । विश्वमा विक्रम संवत्लाई राष्ट्रिय संवत् मान्ने मुलुक नेपालमात्र हो । त्यसैले यो संवत् नेपालका लागि आफ्नै विशिष्टतम मौलिक संवत् हुन पुगेको छ । यसो त अङ्ग्रेजहरूको उपनिवेश पूर्व भारतवर्षमा यसलाई राष्ट्रिय संवत् मान्ने मुलुक अरु पनि थिए तर उपनिवेशसँगै उनीहरू सबै उतैको संवत् (इस्वी सम्वत्) अपनाउन बाध्य बने । बनाइए ।     

अङ्ग्रेजहरूले नेपाललाई आफ्नो नियन्त्रण रेखाभित्र ल्याउन नसकेको प्रतिफल विक्रम संवत्को निरन्तरता पनि हो । नेपालमा साम्राज्यवादीले प्रभाव जमाउन नसकेकाले विक्रम संवत् प्रचलनमा रहिरह्यो । 

नेपालको सरकारी कामकाजी संवत् पनि यही नै हो । संवत् जुनसुकै नै किन नहोस् त्यसअनुसार नयाँ वर्ष शुरु भयो भन्नुको अर्थ समय नै नयाँ शुरु हुने होइन । संवत्को संख्या मात्र बदलिने हो, जुन हामीले सजिलोका लागि अपनाउँदै आएका हुन्छौं ।     

हाम्रो यहाँका अपवादमा आएका एकाधबाहेक प्रायः सबै चाडपर्व चन्द्रमाणमै आधारित छन् । हाम्रा जति पनि चाडबाड छन् यिनका गणना चन्द्रमाको कला घट्नु र बढ्नुसित सम्बन्धित रहेर हुने गर्छ । त्यसैले यसलाई चन्द्रमाण भनिएको हो ।     

देवकार्य र पितृकार्यसमेत चन्द्रमाणका आधारमा तय हुने गर्छन् । विक्रम संवत्ले यस्ता तमाम पक्षलाई समेटेको छ । भनिन्छ, विक्रम संवत् विक्रमादित्यले चलाएको संवत् हो ।     

साँखुको बज्रयोगिनी मन्दिरमा रहेको विशाल शिरलाई नेपालका कतिपय लेखक भ्रमवश भारत मध्यप्रदेशको राजधानी भोपाल नजिकको उज्जयनीको विक्रमादित्यको शिर मान्ने गरेका छन् । कुन व्यक्ति कहाँको त्यसबारे के कस्तो प्रमाण छ, लोकमत कस्तो छ यस्ता कुराले बढी महत्व राख्दछ । यथार्थमा विक्रमसंवत् चलाउने विक्रमादित्य नेपालकै हुन् र उनले नेपाल र नेपालीको मन जित्ने काम गरेका छन् ।         

व्यवहारिक वैज्ञानिक विक्रम संवत् हो । यो प्रमाणित भइसकेको छ । यसले धार्मिक, सामाजिकदेखि प्रशासनिक आदि सबै क्षेत्रलाई समेटेको छ । यसको समयमापन पद्धतिलाई सही मानिएको छ । समय मापनको क्षेत्रमा यसको आफ्नै मापदण्ड छ । यसको आधारमा गरिएको मापन संसारको जुनसुकै कुनामा पनि मेल खाने गरेको छ । जस्तो एक वर्षमा १२ महिना, ५२ हप्ता र ३६५ दिन हुन्छ भन्ने कुरा विश्वको प्रायः सबै मुलुकले स्वीकारेका छन् । यस संवत्ले स्वीकारेको तथ्य पनि यही नै हो । विक्रम संवत्को आधारमा मेष संक्रान्ति नै नयाँ वर्षको आगमन हो । मेष संक्रान्तिका दिन प्रकृतिले पनि स्वागत गर्छ ।         

विक्रम संवत् शुरु हुने दिन हरेक वर्ष बिहानै सिराहाको सलहेस फूलबारीमा सुनगाभा जस्तै ठूलो खाले फूल फुलेर सबैको लागि अमूर्त रूपले नयाँ वर्षको शुभकामना सम्बोधन गर्दछ । यस्तो चमत्कार सम्भवतः संसारको कुनै पनि मुलुकमा छैन । नयाँ जीवन दिने पनि प्रकृतिले नै हो । जीवनलाई नयाँ गति दिने पनि प्रकृतिले नै हो । नयाँ वर्षको अर्थ पनि कुनै न कुनै रूपमा नयाँ हुनु वा बन्नुसितै सम्बन्धित छ । नयाँ वर्षको दिन मात्र फुल्ने सलहेस फूलबारीमा फुल्ने फूललाई यही अर्थमा लिन सकिन्छ ।     

विक्रम संवत्को विशेषता भनेको यसको सम्बन्ध प्रकृतिसित पनि नजिक रहनु हो । दिन र रात सूर्यले नै निर्धारण गर्ने र पृथ्वीले एक वर्ष अर्थात् ३६५ दिन, १५ घडी, ३१ पला, ३१ प्रतिपलामा सूर्यको एक चक्कर पूरा गरेको हुन्छ । जब ३६० डिग्री अर्थात् राशि, अंश, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशि समाप्त भई मेष राशि सूर्यमा प्रवेश गर्छन् । विक्रम संवत् अनुसार नयाँ वर्ष शुरु हुन्छ । 

यसैगरी ३० अंशको एक महिना हुने हुँदा पहिलो ३० अंश सिद्धिएपछि बैशाख सकिएर जेठ महिना शुरु हुन्छ । विक्रम संवत्ले वैदिककालदेखि प्रचलित तिथि र बारहरू अवलम्वन गर्दै आएको तर तिथिहरू थपघट हुने हुँदा ज्योतिष सम्मेलनको सुझावमा शासन व्यवस्थामा सजिलोका लागि चन्द्रशमशेर राणाले विक्रम संवत् १९६१ बैशाख १ गते मेष संक्रान्तिदेखि तिथि र बारहरूमा तलमाथि नगरी गतेमा लेख्ने चलन चलाएको पाइन्छ ।         

विक्रम संवत् हिमवत्खण्ड नेपालका विभिन्न राज्यमा प्रचलित थियो । विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित भएको छ । विक्रम संवत् अनुसारको ज्योतिष विज्ञानले मौसम अनुसार पानी पर्ने दिनहरूको पनि राम्ररी सूचीकरण प्रस्तुत गर्न सकेको छ । 

शनिबार पानी परे तीन दिनसम्म बर्सिरहन्छ, बुधबार र बिहीबार पानी बर्सेमा धेरै दिनसम्म पानी परिरहन्छ । त्यसलाई भलावर्षे भनिन्छ । सोमबार र शुक्रबार पानी बर्सेमा एक दिनमात्र बर्सन्छ । 

नेपालका खोजकर्ता एवं इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्लाई विक्रम संवत् हुन् भनेका छन् । जयस्थिति मल्लका पालाको सुर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । मोरङ्का राजा हरिशचन्द्र सेन र वृष सेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिक सेनले १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखेका प्रमाण उपलब्ध रहेको इतिहासविद् राजवंशीले पुरातत्व संग्रह (२०१८) मा प्रकाशन गरेका छन् । 
         
विक्रम संवत् ज्योतिर्विज्ञानसित समेत सम्बन्धित देखिन्छ । ज्योतिर्विज्ञानले यसैको नजिक रहेर काम गरेको छ ।         

विक्रम संवत् अनुसार १२ महिनालाई क्रमशः बैशाख, जेठ, असार, साउन, भदौ, असोज, कार्तिक, मंसिर, पुस, माघ, फागुन र चैत भनिन्छ । ज्योतिषशास्त्रको मूलभूत आधार मानिएको २७ नक्षत्रमध्यकै नामहरूसित जोडिन पुगेको उदाहरण बैशाख महिनालाई नै लिन सकिन्छ । 
    
बैशाख महिनामा पर्ने पूर्णिमा तिथि कुनै रूपले विशाखा नक्षत्र वा त्यसकै आसपासमा पर्ने गर्छ । यसैको आधारमा यस महिनाको नाम बैशाख रहन गएको हो । यसैगरी जेठ महिनाको पूर्णिमा तिथि जेष्ठा नक्षत्रमा वा त्यसैको आसपासमा पर्छ भने त्यसैको आधारमा यस महिनाको नाम जेठ रहन गएको देखिन्छ । त्यस्तै असार महिनाको पूर्णिमामा तिथि उत्तरषाढा नक्षत्र वा त्यसैको आसपासमा पर्छ भने त्यसैको आधारमा यस महिनालाई असार भन्ने गरिएको छ ।         

काभ्रेपलाञ्चोकको नालामा उत्तरापुर राज्यका नाममा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यस क्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजा आजा गरेर बस्नु पर्ने कुनै कारण हुँदैनथ्यो ।       

विक्रम संवत् हिमवत्खण्डमा विशाल नेपाल सिर्जना भएपछि राष्ट्रिय संवत्को रूपमा स्थापित छ । तर विक्रम संवत् नेपालको संवत् नै होइन भन्ने गरेको पनि सुन्नमा आउने गरेको छ । वास्तवमा विक्रम संवत् विकास भएको चार सय वर्षपछिका गुप्तवंशी समुद्र गुप्तका बाबु चन्द्र गुप्तले भारतमा विक्रमादित्यको उपाधि धारण गरेका आधारमा नै विक्रम संवत् उनले विकास गरेको भन्नु यथार्थबाट टाढा भाग्नु हो । 

भारतीय इतिहासकारहरू पं. भगवानलाल इन्द्रजी, कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यायक राधागोविन्द बासव लगायतले विक्रम संवत्को विकास नेपालमा भएको र मानदेव प्रथमका समयमा उल्लेखित अभिलेखहरू सबै विक्रम संवत् हुने भनेर लेखेको पाइन्छ । भारतीय विद्वानहरू नै विक्रम संवत्को विकास नेपालमा भएको हो भन्छन् ।     

इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन् — जुन समय ईशापूर्व ५८ वर्षमा यो संवत् विकास भएको थियो, त्यस समयमा भारतको उज्जैनमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन ।