Saturday, May 26, 2018

खोकनामा विप्लव पसेपछि ‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोसिँदै

https://www.onlinekhabar.com/2018/05/681621

खोकनामा विप्लव पसेपछि ‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोसिँदै

अब फर्सिडोललाई प्रस्थानविन्दू बनाउने जनप्रतिनिधिको निर्णय

मात्रिका पौडेल
११ जेठ,खोकना (ललितपुर) । खोकनाका बासिन्दाले आकर्षक मुआब्जा र सम्पदा संरक्षणको माग राख्दै काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणमा गरेको अवरोधमा विप्लवको पार्टी घुसेपछि रुट नै परिवर्तन हुने भएको छ ।
खोकनाबासीको सरोकारमा राजनीति घुसेपछि यहाँका अगुवा फास्ट ट्र्याकको पक्षमा उभिएका छन्, तर अब धेरै ढिलो भइसकेको देखिन्छ । फास्ट ट्र्याकको लागि जग्गा अधिग्रहण भएर अधिकांशले मुआब्जासमेत लिइसकेको अवस्थामा खोकनाबासीको असन्तुष्टि जति गरे पनि सम्बोधन गर्न नसकिएको निश्कर्षमा सरकार पुगेको छ ।
रक्षामन्त्री ईश्वर पोखरेल सहितको टोली खोकनाका बासिन्दाको कुरा सुन्न आउने जानकारी पाएपछि शुक्रबार विहानै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले स्थानीयलाई भड्काउने प्रयास गरे । उनीहरुले फास्ट ट्र्याक कुनै हालतमा बन्न नदिने भन्दै जबर्जस्ती खोकनाबाट शुरु गरिए जे पनि गर्ने धम्की दिए ।
विप्लवका कार्यकर्ताको टोली नाराबाजी गर्दै हिँडेको केही घण्टामा रक्षामन्त्री पोखरेल फास्ट ट्र्याक निर्माणको जिम्मा लिएको नेपाली सेनाका उच्च अधिकारीसहित खोकना पुगे । उनले श्रीनाथ मन्दिर रहेको फराकिलो चौरमा उभिएर ‘फास्ट ट्रयाकको प्रस्तावित प्रस्थान विन्दू क्षेत्रको अवलोकन गरे ।
खोकनाको आन्दोलनमा राजनीति घुसेपछि..
श्रीकाली मन्दिरको पारी सिकाली चौरमा सेनाले टेण्ट गाडेर क्याम्प खडा गरेको एक वर्ष पुगिसक्दा पनि स्थानीयको विरोधका कारण काम सुरु भएको छैन । फास्ट ट्र्याकको प्रस्थान विन्दू आफ्नो ठाउँबाट खोसिने भएपछि अहिले खोकनाबासी दुई कित्तामा विभाजित भएको पनि देखियो ।
एकथरी फास्ट ट्र्याक आफ्नै कारण यहाँबाट नबन्ने हो कि भन्ने चिन्तामा छन् भने अरु केहीले सम्पदा र सभ्यता सुरक्षाको कुरा उठाएका छन् ।
खोकनामा यही मौकामा फास्ट ट्रया्कभित्र राजनीति पनि घुसेको यहाँबाट निर्वाचित प्रदेशसभा सदस्य राजकाजी महर्जनले बताए ।
फास्ट ट्र्याक नेपाल आफैंले बनाउने निर्णय गरेपछि चोट परेको भारतीय कम्पनीले पनि यहाँको राजनीतिमा लगानी गरेको आरोप कतिपयले लगाएका छन् । यही ठाउँमा विप्लवको पार्टी फास्ट ट्र्याक बन्न नदिने भनेर लागेको छ ।
जब रक्षामन्त्री पुगे…
मन्त्री पोखरेलको टोली पुग्दा त्यहाँका जनप्रतिनिधिसहित स्थानीय बासिन्दाले आफूहरु फास्ट ट्र्याकको विरोधी नभएको भन्दै यही ठाउँबाट शुरु गर्नुपर्ने बताए । तर एक वर्षदेखि खोकनाबासीकै अवरोधका कारण क्याम्प खडा गरेर बसे पनि काम हुन नसकेको मन्त्रीले आफ्नै आँखाले देखेर फर्किए ।
स्थानीयलाई पटक पटक विभिन्न विकल्प दिँदा पनि काम हुन नदिएको गुनासो कार्यक्षेत्रमा खटिएका सैनिक अधिकारीहरुले दिए । खोकनाबासीको सरोकार बमोजिम प्राचीन श्रीनाथ मन्दिर जोगाउने गरी मन्दिरलाई दाहिने पारेर टनेल बनाएर फास्ट ट्र्याक शुरु गर्ने विकल्प पनि सेनाले दिएको थियो ।
तर हरेक दिन सहमति हुने रातारात राजनीति गरेर काम हुन नदिइएपछि यो ठाउँनै छाड्ने निश्कर्षमा पुग्न लागिएको छ ।
‘एकदिन एउटा सहमति गरेर हिड्यो फेरि कसैले भड्काइदिने रहेछ, जतिपटक वार्ता गरे पनि एक वर्षदेखि उपलव्धीहीन भयो’ परियोजनामा संलग्न एक सैनिक अधिकारीले भने ‘विप्वबको नाममा विभिन्न स्वार्थ समूहको चलखेल भयो’ ।
सेनाले दियो यस्ता विकल्प
फास्ट ट्र्याक परियोजनाका प्रमुख नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाँडले यसको प्रस्थान बिन्दूका बारेमा तीन विकल्पमा छलफल भइरहेको जानकारी दिए । उनले यसअघि एशियाली विकास बैंक (एडिबी) ले प्रस्ताव गरेको व्यवस्था अनुसार लैजादा श्रीनाथ मन्दिर क्षेत्रको १३ रोपनी जग्गा मासिने र स्थानीयको विरोध भएकाले दोस्रो विकल्प खोजिएको बताए ।
दोस्रो विकल्प भनेको खोकनालाईनै फास्ट ट्र्याकको प्रस्थान विन्दू कायम राख्ने र श्रीनाथ मन्दिर क्षेत्रलाई क्षति नपुग्ने र अर्को प्राचीन पुरातात्विक सम्पदा कोदेश पनि जोगिने गरी टनेल खनेर सिधै लैजाने । तर यसमा पनि राजनीति हुन थालेपछि तेस्रो विकल्पमा छलफल सुरु भएको छ ।
खाँडले भने- ‘यदि यहाँ विवाद भइरहृयो भने फास्ट ट्र्याक त बनाउनैपर्छ । हामी यो एरिया छाडेर फास्ट ट्र्याकको प्रस्थान विन्दू करिब साढे पाँच किलोमिटर पर फर्सिडोलमा लैजाने गरी तेस्रो विकल्पमा गएका छौं । सेनाले ४ वर्षमा फास्ट ट्र्याक निर्माण गरेर सरकारलाई बुझाउनुपर्छ । एक वर्ष विवादमै गइसक्यो, त्यसैले हामीलाई चाँडो निर्णय चाहियो ।’
खोकना होइन फर्सिडोलमा सहमति
सेनाले चाँडो निर्णय चाहियो भनेर ताकेता गरिरहेका बेला खोकनामा राजनीति घुसेको भन्दै बुङ्मती नजिकै रमणीय फर्सिडोललाई फास्ट ट्र्याकको प्रस्थान विन्दू बनाउने सहमति जनप्रतिनिधिले गरेका छन् ।
प्रस्तावित प्रस्थान विन्दूको पनि रक्षामन्त्री पोखरेलले शुक्रबारै अवलोकन गरेका छन् । उनले सबैको सहमति भए यो विकल्पमा जान सकिने बताए । उनले प्राविधिक प्रस्तावका आधारमा निर्णय हुने आश्वासन दिए ।
सोही क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल कम्युनिस्ट पार्टीकी नेता पम्फा भुसालले फर्सिडोललाई प्रस्थान विन्दू बनाउने र यहिँ बसपार्क कायम गर्ने सहमति स्थानीय जनता र सबै तहका जनप्रतिनिधीबीच भइसकेको जानकारी दिइन् । सोही अनुसार नेपाली सेनासँग बसेर माइन्युटसमेत गरिएको छ ।
भुसालका अनुसार खोकना र बुङ्मतीलाई बाहिरी चक्रपथभित्र पार्ने गरी सम्पदा पनि जोगिने हिसाबले फास्ट ट्र्याकको प्रस्थान बिन्दू खोकनाबाट फर्सिडोलमा सार्न सहमति भएको हो । उनले अब खोकनामा फास्ट ट्र्याकको प्रस्थान विन्दू नहुने भन्दै यस्तो विवादमा नपर्न फर्सिडोलमा पुगेका रक्षामन्त्री र सैनिक अधिकारीहरुलाई आग्रह गरिन् ।
भुसालले भनिन् ‘हिजो जनप्रतिनिधि नभएको बेला जनताको कुरा नसुनी खोकनामा फास्ट ट्र्याकको प्रस्थानविन्दू कायम भयो । तर सम्पदाको सुरक्षामात्र होइन बाहिरी चक्रपथले समेत त्यहाँ क्षतविक्षत पार्ने भएपछि अहिले सबै तहका जनप्रतिनिधिले जनतासँग बसेर प्रस्थान विन्दू खोकनाबाट फर्सिडोल कायम गर्ने निर्णय भएको छ ।’
स्थानीयको विरोध र सो क्षेत्रका जनप्रतिनिधिको निर्णयले सरकारलाई फास्ट ट्र्याकको प्रस्थान विन्दू खोकनाबाट सार्न सजिलो भएको छ । यद्यपी इन्जिनियरिङ अध्ययन गरेर उपयुक्त प्रस्ताव आएपछि मात्र यसबारे निर्णय लिइने रक्षामन्त्री पोखरेलले बताए । उनले विकासका काम अघि बढाउँदा जनताको माग र सम्पदा सुरक्षालाई ध्यान दिइने बताए ।
अब खोकनाको च्याप्टर क्लोज ?
आफ्नो मागलाई बाहना बनाएर फास्ट ट्र्याकको प्रस्थान विन्दू अन्यत्रै लैजान थालिएपछि खोकनाबासी फर्सिडोल लैजान पाइदैन भन्न थालेका छन् । तर यस क्षेत्रका जनप्रतिनिधिले भने त्यसलाई ‘एक्स्ट्रा पोलिटिक्स’ भनेका छन् । अब सबै प्रक्रिया पूरा गरेर फर्सिडोलबाटै फास्ट ट्र्याकको काम अघि बढ्ने उच्च अधिकारीहरुले पनि बताए ।
‘खोकना प्रस्थान विन्दू शुरुमै ठीक थिएन । त्यहाँ ५० मिटर फास्ट ट्रयाकले खाने, बस्तीको बीचबाट चक्रपथ जाने कुराले ऐतिहासिक सम्पदा र खेतीयोग्य जमिन ध्वस्त हुनेभयो’ भुसालले भनिन् ‘अब बाहिरी चक्रपथभित्र खोकना र बुङ्मतीलाई पारेर विकासको लाभ दिन्छौं । फर्सिडोलमा बसपार्क बनाएर काठमाडौं जोड्ने सडक फराकिलो बन्छन्, यसबाट जनताले लाभ लिनेछन् ।’
खोकना ललितपुर महानगरपालिका २१ मा पर्छ । यहाँका वडाध्यक्ष रवीन्द्र महर्जन भने साँस्कृतिक सम्पदा र किसानको मुआब्जा वृद्धिको अपेक्षा पूरा गरेर यहिँबाट फास्ट ट्र्याक लगिनुपर्ने बताउँछन् । यहाँका करिब ५० प्रतिशत जग्गाधनीले मुआब्जा पनि पाइसकेका छन् । तर अब फास्ट ट्र्याकको प्रस्थान विन्दू खोकनाबाट खोसिने निश्चित जस्तै देखिएको छ ।
प्राचीन खोकनामा विकासको कहर
त्यसो त १३ औं शताव्दीमै शहरीकरण भएको मानिने ऐतिहासिक खोकना अहिले कम्तिमा ५ वटा ठूला विकासका राष्ट्रिय आयोजनाहरुको केन्द्रमा परेको छ । १३२ केबी प्रसारणको हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, फास्ट ट्र्याक , सुरुङ मार्ग र स्मार्ट सिटी यहिँ हुँदैछ ।
यसबाट सम्पदाको विनाश र जमिन धेरै क्षति हुने भएकाले फास्ट ट्र्याक यहाँसम्म नल्याउने सहमति भएको प्रदेशसभा सदस्य महर्जनले बताए । खोकनाको मौलिकता जोगाउन पनि यहाँ ठूला परियोजनाबाट सम्पदा र जमिन सुरक्षा गर्न आवश्यक रहेको उनले बताए ।
सेनाका आयोजना प्रमुख खाँडले पनि खोकनामा सबै विकासका कार्यक्रम यहि ठाउँमा आउदा खेतियोग्य जमिन सकिने र सम्पदा पनि संकटमा पर्ने कुरा आएको बताए । तर फास्ट ट्र्याक यहिँबाट हुनुपर्छ भन्ने आवाज पनि आइरहेको भन्दै खाँडले आफूहरु राजनीतिक विवादमा पर्न नचाहेको प्रष्ट पारे ।
खोकनाको प्रस्थान विन्दू फर्सिडोलमा सारियो भने निजगढको दूरी कम्तीमा ५ किलोमिटर घट्नेछ । तर फर्सिडोलमा ओर्लिएका मान्छेलाई सहज रुपमा काठमाडौं पुग्नका लागि यहाँबाट बुङ्मतीको सोह्रखुट्टेसम्मको धुले सडकलाई १४ मिटर फराकिलो बनाउनुपर्नेछ ।
कनेक्टिीभिटीका रोडहरु बनाउन कुनै समस्या नरहेको खाँडले बताए । खोकनाको विकल्पको रुपमा अघि सारिएको फर्सिडोलबाट भैंसेपाटी करिब ५ किलोमिटरको दूरीमा छ । सम्भवतः फर्सिडोलनै अब फास्ट ट्र्याकको प्रस्थान विन्दू हुनेछ, जुन ठाउँबाट चक्रपथ आउन करिब ८ किलोमिटर लाग्छ ।
काठमाडौं र मधेसलाई जोड्ने सबैभन्दा छोटो दूरीको यो राष्ट्रिय गौरवको आयोजना गत वर्ष सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको थियो । यसअघि भारतीय कम्पनीलाई दिन खोजिए पनि केपी ओली सरकारले नेपाल आफैंले बनाउने निर्णय गरेको थियो । सेनालाई जिम्मा लगाउने निर्णय भने प्रचण्ड प्रधानमन्त्री हुँदा गरिएको थियो ।
बाराको निजगढबाट ललितपुरको खोकनासम्म ७६ किलोमिटर लामो फास्ट ट्र्याक पूरा हुँदा एक घण्टामै काठमाडौं मधेस ओहोरदोहोर गर्न सकिन्छ । अब खोकनाबाट फर्सिडोल प्रस्थान विन्दू सारिए यसको यसको दूरी अझ घटेर ७० किलोमिटरमा आउँछ ।
सेनाले विभिन्न १० वटा समूह बनाएर धमाधम ट्र्याक खुलाउने काम गरिरहेको छ । अरु सबै समूहले काम जारी राखे पनि खोकनामा एक वर्षदेखि स्थानीयसँग सहमति हुन नसकेका कारण ठेक्कानै रद्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
२०७५ जेठ ११ गते १८:११ मा प्रकाशित (२०७५ जेठ १२ गते ७:१६मा अद्यावधिक गरिएको)

बलात्कार अर्थात् ‘पपुलर’ विज्ञापन

https://www.onlinekhabar.com/2018/05/681696

बलात्कार अर्थात् ‘पपुलर’ विज्ञापन

अनुपम रोशी

यतिबेला मुलुकमा प्रजनन अधिकारको कुरामाथि बहस भइरहेको छ । ‘आफ्नो शरीर आफ्नै हक’ जस्ता नाराका साथ प्रजनन अधिकारको जोडदार माग भइरहेको छ । नारी पुरुषबीच वास्तविक समानता प्राप्त गर्ने दिशामा अघि बढ्ने हो भने यो परिवर्तनको प्रक्रियाबाट गुज्रनैपर्ने हुन्छ । जुन अहिलेको माग मात्र होइन, आवश्यकता बनिसकेको छ । सामाजिक मूल्य र मान्यताको दुहाइ दिएर प्रजनन अस्तित्वलाई अंकुश लगाइरहनु अब सम्भव छैन ।
हो, यौन तथा प्रजननका हकमा उठ्ने यस्ता विषयहरू सधैँ चुनौतीको विषय बन्दै आएका छन् । तर यसलाई चिर्ने आँट अबका युवायुवतीले गरिसकेका छन् भने कानुनले अधमरो बनाइरहनु थप समस्या सिर्जना गर्नु हो ।
प्रसंग हो, दिनहुँजस्तो भइरहने सामाजिक हिंसा बलात्कारको । बलात्कारका घटनाहरू यसरी सार्वजनिक भइरहेका छन् कि त्यो बलात्कार नभएर कुनै चुनावी प्रचार प्रसार अथवा भर्खरै उत्पादित कस्मेटिक कम्पनीको पपुलर विज्ञापन हो । त्यसका यति धेरै प्रकृतिहरू छन्, जसको विवरण यहाँ प्रस्तुत गर्न थालियो भने एउटा ठूलै पुस्तक तयार हुन्छ ।
केही घटनाहरू त यस्ता छन् जसलाई सुन्दा र पढ्दा पनि महिनौं विक्षिप्त भइन्छ । आफ्नै बाबुबाट पटक पटक बलात्कारको सिकार भएकी किशोरीको हृदयले के सोच्ला ? म सन्न हुन्छु । सत्तरी वर्ष पुगेका हजुरबाउको गर्भ बोकेकी तेह्र वर्षीया बालिकाको अनुहार कसरी पढ्न सकिन्छ ? म छटपटाइरहन्छु । यस्ता सवालहरूको सजिलो जवाफ दिन मेरो मस्तिष्कले सक्दैन । मात्र प्रश्नहरू उभिन्छन् । र, आगो भएर दनदनी बल्न थाल्छन् ।
किन यो समाज स्त्रीहरूको जिन्दगीमाथि कुरूप शासक बनीरहेको छ ? किन दिनप्रतिदिन थपिने कुरूपताले भयानक रूप लिँदै छ ?
यौन मनोविश्लेषक रेमी द गुमरोले आफ्नो पुस्तक ‘फिजिक द लामुर’ मा लेखेका छन्– ‘अक्सर सबै मानिसमा न्यूनाधिक रूपमा अनाचरणका जीवाणु विद्यमान हुन्छन् । हाम्रो समाजिक संरचना एवं शासन
पद्धतिले त्यसमा उतारचढाव ल्याउने काम गर्छ र मानिस आपराधिक क्रियाकलापमा संलग्न हुन्छ ।
पहिलो: बलात्कार गर्ने व्यक्ति स्वस्थ दिमागको भए पनि निम्न सामाजिक स्तरको हुन्छ ।
खेल्ने क्रममा कहिलेकाहीँ हामी उनको घर नजिक पुग्थ्यौं । एकदिन उनले आफ्नो जननेन्द्रिय निकालेर देखाइदिए । यो कार्य पटक पटक भइरह्यो
दोस्रो: राम्रै शिक्षित र सामाजिक वर्गको भए पनि उसमा कुण्ठा र व्यभिचारका प्रशस्त डम्प फाइलहरू हुन्छन् । जसलाई उसले प्रतिष्ठा र सम्पत्तिको आडमा अहंकारपूर्ण बनाएको हुन्छ ।
तेस्रो: जुन व्यक्तिको यौन जीवन सहज छैन उसले परितृप्तिका लागि आफूभन्दा कमजोर मानिसलाई निसाना बनाउने गर्छ ।
यसले के देखाउँछ भने बलात्कार मानसिक विचलन मात्र नभई एक प्रकारको खतरनाक यौन विकार हो । धेरै अवस्थामा यसलाई मानसिक विचलनको रूपमा ब्याख्या गरिए पनि हाम्रो जस्तो मुलुकमा यो मानसिक विचलन मात्र हो भन्न सकिने अवस्था छैन । यहाँ टड्कारो भएर यौन विचलन उभिएको देखिन्छ । समाजिक, सांस्कृतिक रूपमा रहेको निम्नस्तरीय लैंगिक विभेदपूर्ण जीवनशैली र पुरुष प्रधान सभ्यताले छोडेको नकारात्मक प्रभाव पनि उत्तिकै जिम्मेवार देखिन्छ ।
संसारमा पुरुष सत्ता प्राकृतिक रूपबाटै खुला छ । त्यो पुरुष सत्ताले चाहेको खण्डमा जसरी पनि यौन तृप्ति लिनसक्ने सामथ्र्य राख्छ । दोस्रो कुरा, हाम्रोजस्तो मुलुकको कानुनी व्यवहार यति फितलो र निन्दनीय छ कि बलात्कार र हत्याजस्तो जघन्य अपराधलाई पनि सामान्यीकरण गर्न एउटा निकाय हात धोएर लागि पर्छ । त्यसमाथि थपिन्छ– सामाजिक जीवन पद्धति, जसले छोरी मान्छेलाई सधै संवेगरहित वस्तुजस्तो व्यवहार गर्न कुनै कसर बाँकी राख्दैन ।
‘तिमी छोरी मान्छे हौ, तिम्रो नैतिक दायरा यी यी हुन्’ भनेर भावनात्मक रूपबाटै कमजोर बनाउने परिवार पनि उत्तिकै जिम्मेवार छ । पितृ शासनले भौतिक तथा मनोवैज्ञानिक रूपबाट यसरी थिचोमिचो गरिरहेको छ कि एउटी युवतीले कहिल्यै आफूलाई सुरक्षित देख्दिन ।
म बलात्कारकै प्रसंगलाई जोड्न चाहन्छु, जो सानै उमेरदेखि एउटी केटीले भोग्दै आएकी हुन्छे । एक पटक होइन दुई पटक होइन पटक–पटक भोगीरहेकी हुन्छे । विशेष गरी गाउघरमा आफन्त र छिमेकीहरूबाटै विभिन्न कोणबाट छुने चिमोट्ने, चुम्बन गर्नेजस्ता क्रियाकलाप हुँदै आएका हुन्छन् । जसलाई सरासर हेर्दा अनैतिक मानिँदैन ।
यौन मनोविश्लेषक फ्रायडले लेखेका छन् केही मानिस यस्ता हुन्छन् जसले केटाकेटीलाई देखाउने आफ्नोपनको माध्यमबाट मानसिक बलात्कारको आनन्द भोग गरिरहेका हुन्छन् । त्यस किसिमको अपनत्वले केही यस्ता मानसिक विकारहरूको वृद्धि गर्छ जसले छ वर्षकी बालिकालाई समेत बलात्कारको सिकार बनाइदिन्छ । त्यतिबेला उनीहरूको सामाजिक चेतना अर्थात दिमागी हालतले काम गर्दैन मात्र त्यहाँ यौन आवेगका कीटाणुहरू सबै कुरालाई परास्त गरेर निकै तीव्रताका साथ उपस्थित हुन्छन् । जब ऊ स्खलित हुन्छ तब मात्र उसले आफूबाट भएको अपराध महसुस गर्छ । त्यसपछि आत्मरक्षाका लागि उसले ती व्यक्तिलाई हानि पुर्‍याउँछ जसलाई उसले आफ्नो वासनाको सिकार बनाएको छ ।
यही प्रसंगमा निकै पहिले आफैंमाथि घटेको एउटा घटना सम्झन्छु । जतिबेला म छ सात वर्षकी केटाकेटी थिएँ । हामी गाउँका केटाकेटी बिदाको दिन अक्सर जम्मा भएर खेल्ने गथ्र्यौँ । हाम्रो घर नजिक निकै प्रसिद्ध एक पण्डित बस्थे । जसका श्रीमती, छोरा बुहारी र नातीनातिना समेत थिए । खेल्ने क्रममा कहिलेकाहीँ हामी उनको घर नजिक पुग्ने गथ्र्याै । त्यही क्रममा एक दिन उनले म तथा मेरो उमेरका केटीहरूलाई आफ्नो जननेन्द्रिय निकालेर देखाइदिए । यो कार्य पटक पटक भइरह्यो । त्यो देखेपछि हामी डर, लाज र घिनले भुतुक्क भएर भाग्ने गथ्र्यौँ । कसैलाई त्यसको विषयमा भन्न भने सक्दैनथ्यौँ । बरु निकै दिनसम्म हामी ती व्यक्तिको घरतिर खेल्न जाँदैनथ्यौँ । कहिलेकाहीँ बाटोमा देख्दा पनि म ती मानिससँग डराएर भाग्थेँ ।
त्यो उमेरमा यस्ता घटना सामान्य, प्रयोजनरहित र अर्थहीन नै लाग्छन् । अझ हाम्रो जस्तो समाजमा त्यस्तो कुरा अरूलाई बताउन मिल्ने नै हुँदैन ।
यस्ता कुरालाई समान्य कुरा मानेर बस्नु ठूलो भूल हो भन्छन् मनोविश्लेषक फ्रायड । अनावश्यक स्पर्श र यौनअंग प्रर्दशनलाई यौन मनोविज्ञानमा बलात्कार नजिकको प्रयास मानिएको छ । यस्ता दृश्यले ती कलिला बालिकाहरूमाथि पूर्णतया मानसिक बलात्कार गरिरहेको हुन्छ ।
आखिर बलात्कारका घटना किन यसरी वृद्धि भइरहेको छ ? किन मान्छेले आफ्नो यौन वासना तृप्त पार्न बलात्कार र हत्या जस्तो जघन्य आपराधिक क्रिया चयन गरिरहेको छ ?
इन्टरनेटमा सर्च गर्दा एक पलमै भेटिने यौन क्रियाकलापका भिडियोले अहिलेका शिक्षित वर्गलाई पनि चाहिनेभन्दा बढी नै उत्तेजना एवं आवेशमा ल्याइदिन्छ
रेमी द गुमरोका अनुसार त्यसको प्रमुख कारक मानिसले निर्माण गरेको समाजिक संरचना नै हो । अर्ध विकसित एवं अन्धविश्वासले ग्रस्त मुलुकमा व्याप्त गरिबी र बेरोजगारीमा आज पनि आधाभन्दा बढी जनसंख्या निम्नस्तरको सामाजिक जीवन बाँच्न विवश छन् । जहाँ यौन निकै सामान्य र अति सस्तो बजार हो । अझ भन्ने हो भने लोग्ने मानिसको निजी स्वामित्वको उपकरण मात्र । जसलाई उनीहरू आफ्नै इच्छाले प्रयोग गर्छन् ।
अर्को कारण प्रविधि एवं साइबर विकासको अतिक्रमण पनि हो । जसले आजसम्म रहस्य, लाज र संकोचको घेराभित्र रहेको यौनलाई एक मिनेटमै उदांगो पारिदिन्छ । इन्टरनेटमा सर्च गर्दा एक पलमै भेटिने यौन क्रियाकलापका भिडियोले अहिलेका शिक्षित वर्गलाई पनि चाहिनेभन्दा बढी नै उत्तेजना र आवेशमा ल्याइदिन्छ । जसले एउटा भलाद्मी मानिएको मानिसको मर्यादित चेतनाको नियन्त्रण पनि भत्काइदिन्छ । त्यति बेला मन र दिमागको सन्तुलन एकअर्कामा इमानदार हुदैनन् । यही तर्क फ्रायडको छ । मर्यादाको त कुरै छोडौँ उसले आफ्नो समान्य नैतिक आचरणलाई पनि दाउमा लगाइदिन्छ ।
त्यसैले अबका केटाकेटीलाई यस्ता कुरा सहज रूपले आफ्ना परिवारलाई भन्नसक्ने वातावरण तयार पारिदिनु आजको आवश्यकता हो ।
निम्नस्तरीय जीवनशैली, छोराहरूलाई दिएको विशेष छुट र यौन शिक्षाको कमीले पनि यस किसिमको मानसिक विकारलाई वृद्धि गर्छ । त्यसैले सभ्य व्यक्तित्व र यौन अनुशासनको पहिलो पाठशाला उसको घरपरिवार हो । त्यसपछि राज्य व्यवस्था र कानुन हो ।
परिवारले नै आफ्ना छोराछोरीलाई अपराधी बन्न र बलात्कृत हुनबाट जोगाउन सक्छन् । पीडितको पक्षमा पैसला गर्ने बलियो कानुनले अपराधीलाई कडा सजाय दिने व्यवस्था गर्नसक्छ । जहाँ आपराधिक क्रिया सोच्नुपूर्व नै उसलाई देशको कानुन र त्यसको कडा सजाए अवगत भयो भने निश्चित रूपमा उसले त्यस किसिमको विकार मनमा आउन रोक लगाउनेछ । विशेष गरेर योजनाबद्ध रूपले हुने बलात्कार तथा अपराधका घटना नियन्त्रणका लागि अबको व्यावहारिक कानुनमा कडा सजायको व्यवस्था आवश्यक देखिएको छ ।
(यो वर्षका लागि युवा वर्ष मोती पुरस्कार प्राप्त गरेकी अनुपम लोकप्रिय साहित्यकार हुन् । वर्ष २०७४उनको ‘मध्यान्तर’ कथा सङ्ग्रह बजारमा आएको थियो । उनका झण्डै आधा दर्जन कृति प्रकाशित छन् ।)
२०७५ जेठ १२ गते ८:४० मा प्रकाशित

Friday, May 25, 2018

द्रुतमार्गको जिरो किलो खोकना कि फर्सिडोल ?

https://www.kantipurdaily.com/news/2018/05/25/152725713769732893.html

द्रुतमार्गको जिरो किलो खोकना कि फर्सिडोल ?

चन्द्रशेखर अधिकारी
ललितपुर (फर्सिडोल) — छिमेकी भारत र चीनलाई समेत जोड्ने लक्ष्यसहित अघि बढेको रणनीतिक र आर्थिक महत्वको द्रुतमार्ग (एक्सप्रेस वे) को जिरो किलो (पोइन्ट) खोकना र फर्सिडोल कुन स्थानमा बनाउने भन्ने अन्यौल उत्पन्न भएको छ ।
पचास प्रतिशतभन्दा बढी खोकनाबासीलाई मुआब्जा बुझाईसकेपछि उत्पन्न विवादलाई समाधान नगरि विकल्पको रुपमा फर्सिडोल पुर्‍याउन लागिएको छ। ५४ किलोमिटर क्षेत्रमा २१ ठेकेदार कम्पनीनले लगातार काम अघि बढाइसकेको उक्त द्रुत मार्गको काठमाडौं उपत्यका जोड्ने जिरो पोइन्टमा विवाद लामो समयदेखि भए पनि नसल्टिएपछि सेनाले चार विकल्प बाहिर ल्याएको हो। स्थानीयको अवरोधका कारण विभिन्न विकल्प खोज्न बाध्य भएको द्रूतमार्ग निर्माणमा संलग्नहरुले बताए।

सेनाले अघि सारेको पहिलो विकल्पमा पुरानै आधार अर्थात् एसियाली विकास बैंकको अध्ययनअनुसार मन्दिर, बस्तीलाई ध्यान दिएर खोकनालाई नै जिरो किलो बनाउने छ। दोस्रो विकल्प खोकनामै दुई सय मिटर सुरुङमार्गबाट जोड्ने, तेस्रो विकल्प रेखांकन परिवर्तन गर्दै पुरातत्व जोगाउँदै त्यही स्थानलाई जिरो किलो बनाउने र चौथो विकल्प खोकनाबाट पनि पाँच किलोमिटर पर फर्सिडोललाई जिरो बनाउने छन्।
रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार खोकना र फर्सिडोल दुवै स्थानको भ्रमण गरी विकल्पहरुबारे सेना र स्थानीयको धारण सुने। रक्षामन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै पनि विरोधमा उत्रिएका स्थानीयलाई सैनिक मुख्यालय बोलाएर उनले धारणा सुनेका थिए। स्थलगत अवलोकन पछि उनले सरकार छिट्टै उत्तम विकल्पमा पुग्ने बताए।

‘द्रुतमार्ग बनाउनु पर्छ, स्थानीय पनि मर्कामा पर्न हुँदैन। विकल्पहरुमा छलफल हुन आवश्यक छ। कुन विकल्प उत्तम हो र कुनबाट कति सहज पहुँच हुन्छ भन्ने हेरेर सरकारले निर्णय लिन्छ,’ मन्त्री पोखरेलले भने, ‘निजगढबाट जिरो किलो आउने र त्यहाँबाट तीन सहर सजिलै पुगिने गरि योजना अघि बढ्छ।’ उनले खोकना सहरको सांस्कृतिक महत्वलाई बचाउने गरी विकल्प खोजिने पनि बताए। फर्सिडोललाई जिरो किलोमिटर बनाउँदा त्यहाँ पनि विरोध हुनसक्ने बारे पनि प्रश्न उठेको छ। यसबारे मन्त्री पोखरेलले अहिले अध्ययनमात्र भएको, निर्णय नभइसकेको बताए। जिरो पोइन्ट बारे मन्त्रिपरिषदले नै निर्णय लिनुपर्ने हुन्छ। खोकनाबासीले लामो समयदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको खोकनालाई जोगाउनु पर्ने भन्दै द्रूतमार्गको रेखाङ्कन मन्दिरमा नपार्न माग गर्दै आएका छन्।

नेपाली सेनाले एसियाली विकास बैंकको अध्ययनलाई आधार मानेर द्रुत मार्गको काम अघि बढाएको हो। सेनाका केही अधिकारीहरुले खोकना आइपुग्दा त्यो अध्ययन ब्यवहारिक नहुने भन्दै फर्सिडोल पुर्‍याउनुपर्ने धारणा ब्यक्त गर्नुलाई स्थानीयले प्रतिशोधको रुपमा ब्याख्या गरेका छन्। त्यस क्षेत्रबाट सांसद रहेकी पम्फा भुषालले पनि फर्सिडोल पुर्‍याउन भूमिका निर्वाह गरेको उनीहरुको धारणा छ। ‘फर्सिडोल नै उपयुक्त हुन्छ। खोकनामा जिरो किलो बनाउन नै हँुदैन। यहाँ द्रूत मार्गअघि बाहिरी रिङ रोड पनि बन्छ,’ उनले रक्षा मन्त्री पोखरेलकै अगाडी भनिन्। जबकि बाहिरी रिङरोडबारे सरकार अझै स्पष्ट निर्णय लिएर काम अघि बढाएको छैन। सांसद भुषालले परियोजनाभन्दा पनि केही स्थानीयको लागि यस्तो धारणा राखेको खोकनाबासीको आरोप छ।

खोकनाबासीले पुरानो सिकाली मन्दिर, कुदेश (हजार बर्ष पुरानो सभ्यता र वस्तिको पुरातात्विक स्थान छल्न), त्यहाँको घाट तथा बस्तीलाई असर नगर्ने गरि काम अघि बढाउन आग्रह गर्दै आएका छन्। उनीहरुले त्यसका अलावा मुअब्जामा पनि भज्याङ पारिको भन्दा केही रकम बढी पाउनुपर्ने माग गरेका हुन्। आफ्नो खेतीयोग्य जग्गालाई मास्दा त्यो तहको मुआब्जामा राज्यले पुर्नविचार गरोस् भन्ने माग भए पनि त्यसमा अडेर राजनीति गरिएको एक स्थानीय वृद्धले भने, ‘अहिले जग्गा ब्यवसायमा लागेकाहरुले हल्लाको लागि राजनीति गरिरहेका छन्। वास्तविकता सरकारले बुझेको छ निर्णय गर्दा ध्यान दिइयोस्। बाहिरी चक्रपथ बनेन भने निजगढबाट यहाँ आइपुग्नु भन्दा बढी समय त्यहाँबाट सहर पुग्न लाग्नसक्छ।’ ललितपुर वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले भने, ‘खोकनाबासीको माग उचित मुआब्जा र पुरातात्विक महत्वका धरोहर बचाउँ भन्ने हो, जिरोकिलोमिटर नै अन्तयत्र लैजाउ भन्ने होइन। हामी विकासका बाधक होइनौं।’
खोकनाकै अर्का बासिन्दा दिपकविक्रम खडाले खोकनालाई जोडेर धेरै परियोजनाहरु तयार भइरहेकाले ती नजुधुन् र स्थानीयले मुअब्जा रकम पनि पाउन् भन्ने आफूहरुको माग रहेको बताए। ‘दुई डाँडा पारीको जग्गा र हाम्रो जग्गाको मूल्य एउटै नबनाइयोस् भन्ने हो,’ खडकाले कान्तिपुरसँग भने, ‘सेनाका केही अधिकारी र स्थानीय राजनीतिक दल मिलेर के के गरे थाहा नै भएन।’ खोकनामा ड्राइपोर्टलगायत निर्माणका लागि मुअब्जा समेत दिइसकेको भन्दै सडक फर्सिडोल नै भएर जाने हुनाले यसमा विकल्प दिनु स्वभाविक रहेको सेनाका अधिकारीले बताए।
सेनाले दश स्थानमा (पाँच स्थायी र पाँच अस्थायी) शिविर खडा गरेर काम अघि बढाएको भए पनि खोकना क्षेत्रको विवाद सम्वोधन गर्न सकेको छैन। सेनाले यो विवाद सरकारले सल्टाउनु पर्ने भन्दै आएको छ। यद्यपि यसको छलफलमा सेना सामेल हुने गरेको छ। एक हजारभन्दा बढी सेना खटिएको मात्र होइन निर्माण सम्बन्धि २४ कम्पनी मध्ये २१ ले विभिन्न स्थानमा काम गरिरहेका छन्। हरेक शिविरबाट ७ किलोमिटरको सडक हेर्नेगरि ५४ किलोमिटरमा काम अघि बढेको हो। अहिले माटो भर्ने, डाडा काट्ने, रुख काट्ने र पन्छाउने गर्दै बेस बनाउने काम भइरहेको छ।
सडकको आसपासका गाँउहरुमा खानेपानीको ब्यवस्था, शिविर रहने स्थानमा बिजुली बत्तिको जोड्ने जस्ता कार्यहरु अघि बढेका छन्। रातको समयमा समेत सेनाले काम गर्ने हुनाले पनि बत्तिको ब्यवस्था गर्न लागिएको हो। द्रुतमार्ग अन्तरगत काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ किलोमिटर गरि कुल ७६ दशमलव २ किलोमिटरको नमुना राजमार्ग बनाउने योजना छ। सुरुङमार्ग बनाउदा चार किलोमिटर दुरी घट्नेछ। पुरानो प्रस्तावित १ दशमलव ३७ किमी बढै ६ दशमलव ७ किमी निर्माण हुने भएको हो। तीनवटा सुरुङ मार्ग निर्माण भएमा करिब तीन किलोमिटर पुल र ६० मिटर कल्भर्ट कम हुने नयाँ प्रस्तावित रेखांकनमा उल्लेख छ। जसले करिब ४ किलोमिटर द्रुत मार्गको लम्बाई घट्नेछ।
सडकको चौडा समथरमा २५ मिटरको र उच्च पहाडी क्षेत्रमा २३ मिटर रहने छ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ वैशाखमा सेनाको ब्यवस्थापनमा द्रुतमार्ग निर्माणको जिम्मा दिएको हो। सेनाले २०६९ मा नै यसको ट्रयाक खोल्ने काम पूरा गरिसकेको थियो। सेनाले द्रुतमार्ग निर्माण गर्ने विषय विवादित र आशंकामा रहेको भए पनि नेपाली सेनाले आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिँदै यसको काम समयमा सम्पन्न गर्ने बताउँदै आएको छ। सरकारले सेनालाई काम आरम्भ हुने बित्तिकै एक बर्ष थपिदिएको छ। चार बर्षमा सम्पन्न गर्ने भनिए पनि राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा द्रुतमार्ग पाँच बर्षमा पूरा हुने उल्लेख गरिएको छ।
प्रकाशित : जेष्ठ ११, २०७५ १९:५०

२४ लाख रुखबाट ७० अर्ब आम्दानी

https://www.karobardaily.com/news/economy/5803

२४ लाख रुखबाट ७० अर्ब आम्दानी

२४ लाख रुखबाट ७० अर्ब आम्दानी
केदार दाहाल
शुक्रवार, जेठ ११, २०७५
3373
बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनलाई वन मन्त्रालयले स्वीकृति दिएको छ । दक्षिण एसियाकै हब विमानस्थलको रूपमा विकास गर्ने लक्ष्य राखिएको निजगढ विमानस्थलको ईआईए प्रतिवेदन स्वीकृत भएसंगै निर्माणका लागि बाटो खुलेको छ ।
विमानस्थलको ईआईए स्वीकृत नहुँदा वनका रुख काट्ने तथा साइड क्लियरेन्सको जिम्मा पाएको नेपाली सेना कामविहीन भएको थियो । “ईआईए स्वीकृत भएसँगै अब सेनाले काम थाल्ने छ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने । मन्त्री अधिकारीले सय दिने कार्यक्रमअन्र्तगत ईआईए स्वीकृत गराउने बताएका थिए । “अब निजगढ विमानस्थल निर्माणका धेरै अवरोधमध्ये मुख्य काम सकिएको छ र मोडालिटीसमेत केही समयभित्र टुंगिनेछ,” मन्त्री अधिकारीले भने ।
सन् १९६० मै नेपालका ८ स्थान अध्ययन भएकोमा सबैभन्दा उपयुक्त स्थान निजगढलाई तोकिएको थियो । त्यसयता पटकपटक चर्चा हुँदै आए पनि ठोस कार्य भने हुन सकेको थिएन । वन मन्त्रालयले वातावरणलाई प्रभाव पर्नसक्ने १५ वटा सर्त राखेर ईआईए स्वीकृत गरेको हो । वन मन्त्रालयले १ रुख बराबर २५ रुख रोप्नु पर्ने सर्त राखिएको छ ।
बुधबार स्वीकृत भएको ईआईए प्रतिवेदनअनुसार ९० प्रतिशत जंगल पर्ने भएकोले २४ लाख रुख कटान गर्नुपर्ने उल्लेख गरेको नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरव निर्देशनलायका प्रमुख प्रदीप अधिकारीले जानकारी दिए । “६ लाख सालका रुख र १८ लाख अन्य गरेर २४ लाख रुख पर्नेछन्,” अधिकारीले भने । विमानस्थल निर्माणको मुख्य पाटो ईआईए पास भएको र अव सेनाले साइड क्लियरेन्स तथा रुख कटानको काम २ वर्ष भित्र सक्ने अधिकारीले जानकारी दिए । अब वन मन्त्रालयले वन कटान आदेशको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएपछि सेनाले रुख कटान सुरु गर्ने अधिकारीले बताए । अब मोडालिटी टुंगिएपछि विमानस्थलले गति लिने अधिकारी बताउँछन् । एक रुख बराबर २५ रुख रोप्न असम्भव भएकोले यो विषय मन्त्रिपरिषद्ले निर्णय गरेर टुंग्याउनुपर्ने अधिकारी बताउँछन् ।
ईआईए प्रतिवदेनमा रुखको बिक्रीबाट ६९ अर्व १९ करोड ६५ लाख ८ हजार ४ सय ७५ रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । उक्त वनको रकमबाटै पहिलो चरणको काम हुने समेत अनुमान गरिएको छ । भने वनलाई २१ अर्व २१ करोड रूपैयाँ दिनुपर्ने उल्लेख गरिएको छ ।
विमानस्थल निर्माणको लागि आवश्यक ११ हजार ७ सय ७५ बिघा जग्गामध्ये ७ सय ५० बिघा जग्गामा १ हजार ४ सय घरधुरी भने सुकुम्बासी वस्ती रहेको छ । भने १ सय १० बिघा क्षेत्रफलको जग्गा व्याक्तिको नाममा रहेका छन् । बाँकी १० हजार ९ सय १५ बिघा क्षेत्रफलमा घना जंगल रहेको छ ।
वि.सं. २०६४ मा मन्त्रिपरिषद् बैठकले विमानस्थल बुट मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन दिनको लागि कोरियाली कम्पनी ल्यान्डमार्क वल्डवाईड कम्पनी (एलएमडब्ल्लू)लाई जिम्मा दिएको थियो । कम्पनीले सन् २०६५ मा अध्ययन प्रतिवेदन बुझाउँदै बुट मोडलमा बनाउन उपयुक्त हुने निष्कर्षसहित पहिलो चरणको काम २०७० सम्ममा सम्पन्न गर्ने लक्ष्य दिएको थियो । तर, उक्त प्रतिवेदन थन्काउने काम त्यसयताका सरकारले गर्दै आएका छन् ।
विगत लामो समयदेखि चर्चामा रहेको उक्त विमानस्थल पहिलो र दोस्रो चरणमा निर्माण गर्ने सरकारको तयारी छ । ३ हजार ६ सय मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावनमार्ग हुने छ । उक्त धावनमार्गमा हाल विश्वबजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरू उडान/अवतरण गर्न सक्छन् ।
निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्नसक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहनेछन् । त्यस्तैगरी यात्रु सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लो तलामा आगमनका लागि बनाइने छ ।

Thursday, May 24, 2018

https://www.karobardaily.com/news/country/5751

सम्पत्तिमा महासेठ, नगदमा खतिवडा धनी

सम्पत्तिमा महासेठ, नगदमा खतिवडा धनी
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५
728
२२ सदस्यीय मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री डा. युवराज खतिवडा सबैभन्दा धेरै धनी रहेको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार जग्गाजमिन, घर, गरगहना, सेयर लगानी, नगद मौज्दातका आधारमा महासेठ र खतिवडा धनी देखिएका छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा सबैभन्दा गरिब देखिएको प्रधानमन्त्री तथा कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । थापाले आफूसँग १ तोला सुन र १५ हजार नगदबाहेक अरु सम्पत्ति नरहेको विवरण पेश गरेकी छन् ।
सार्वजनिक विवरणअनुसार घरघडेरी र मौज्दात नगदका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली विगतको तुलनामा धनी देखिएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा कार्यालयले मन्त्रीहरूले विभिन्न मितिमा बुझाएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री ओलीको डेढ रोपनी जग्गामा तीन तले दुईवटा घर रहेका छन् । दुवै घर पत्नी राधिका शाक्यको नाममा रहेको ओलीले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्री ओलीको नाममा बैंकमा ४२ लाख र पत्नी राधिकाको नाममा १० लाख मौज्दात रहेको छ भने राधिकाको नाममा २५ लाख रुपैयाँ नेपाल राष्ट्र बैंकको बचतपत्रमा लगानी रहेको छ ।
आफूसँग १७÷१८ तोला सुन रहेको प्रधानमन्त्री ओलीको सम्पत्ति विवरणमा उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सम्पत्तिका आधारमा महासेठ जस्तै देखिएका छन् । महासेठको जनकपुर र ललितपुरको भैंसेपाटीमा अढाईतले घरका अलवा ललितपुर उपमहानगरपालिकामा ४ रोपनी ४ आना जग्गा छ । ५२ तोला सुनका धनी महासेठसँग जवाहरत पनि प्रशस्त रहेको उनले बुझाएको विवरणमा उल्लेख छ । महासेठले पत्नी सांसद् जुली महतोको नाममा विभिन्न बैंकमा ४० करोड १ लाख ५० हजार रुपैयाँको सेयर लगानी रहेको तथा धनुषामा आफू र पत्नीको नाममा प्रशस्त जमिन रहेको उल्लेख छ । यसबाहेक महासेठको नाममा बैंकमा ७२ लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।
नगद मौज्दातका आधारमा अर्थमन्त्री डा. युवराज खतिवडा धनी देखिएका छन् । खतिवडाको नाममा विभिन्न बैंकमा ९४ लाख ६८ हजार रुपैयाँ तथा ६२ हजार ७ सय ३ अमेरिकी डलर मौज्दात रहेको छ । यसबाहेक उनले विभिन्न व्यक्तिलाई २४ लाख रुपैयाँ ऋण दिएका छन् । अर्थमन्त्री खतिवडासँग काठमाडौंको धुम्बाराहीमा १ रोपनी ३ आना जग्गामा घर छ भने भक्तपुरको दुवाकोटमा आफ्नो र पत्नी कमलाको नाममा १ रोपनी ८ आना तथा काठमाडौंको कागेश्वरीमा पत्नीको नाममा ४ रोपनी १ आना जग्गा छ । मन्त्री बन्नुअघि नेपाल राष्ट्र बैंकमा अढाई दशक तथा संयुक्त राष्ट्रसंघमा केही समय काम गरेका खतिवडाले राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा काम गरेका खतिवडासँग सुन भने १० तोला मात्र रहेको छ ।
रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री गोकर्ण विष्ट, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री रविन्द्र अधिकारी र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले काठमाडौं उपत्यकामा घर जोडेका छन् । रक्षामन्त्री पोखरेलको काठमाडौंको टोखामा १ रोपनी ७ आना जग्गामा तीनतले घर छ भने पत्नी मीरा र आफ्नो नाममा १२ लाख नगद तथा ८÷९ तोला सुन रहेको पोखरेलले चैत १२ गते बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौंको शंखमुलमा पत्नी सरस्वती ज्ञवालीको नाममा दुई तले पक्की घर बनाएका परराष्ट्रमन्त्री ज्ञवालीले कोठा थप्नका लागि ९ जनासँग १४ लाख ८५ हजार ऋण लिएको बताएका छन् । इमान्दार मानिने ज्ञवाली २२ सदस्यीय मन्त्रिपरिषद्मा सबैभन्दा कम गरगहना भएका मन्त्रीको सूचिमा छन् । उनले आफूसँग दुई तोला सुन रहेको उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद् कार्यालयमा बुझाएको विवरणअनुसार श्रममन्त्री गोकर्ण विष्टको नाममा ७३ लाख रुपैयाँ ऋण छ भने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो नाममा २५ लाख र पत्नी बिमलाको नाममा ३० लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेका छन् । बिराटनगरमा पाँच कोठे घर बनाएका पण्डितले श्रीमतीको नाममा ललितपुरको भैंसेपाटीमा पैत्रिक सम्पत्तिवापतको ५ आना जग्गा र १० तोला सुन रहेको विवरण बुझाएका छन् । सवारीसाधनका नाममा भने आफूसँग पुरानो साइकल मात्र रहेको पण्डितले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पोखरामा सगोलमा ९५ रोपनी जग्गा तथा ६० तोला सुन छ । अधिकारीले आफूसँग २४ लाख ५७ हजार नगद रहेको तथा ३० लाख २६ हजार रुपैयाँ सेयरमा लगानी गरेको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र खानेपानीमन्त्री वीना मगरले आफ्नो र परिवारका सदस्यको नाममा काठमाडौं उपत्यकामा घर घडेरी नरहेको उल्लेख गरेका छन् । गृहमन्त्री थापाले ३ लाख नगद र ६ तोला सुन, ऊर्जामन्त्री पुनले १५ तोला सुन र १० लाख ५० हजार नगद, बस्नेतले १५ लाख नगद र ५ तोला सुन तथा मगरले ५ तोला सुन रहेको सम्पत्ति विवरण बुझाएका छन् । उद्योगमन्त्री मातृका यादवसँग ललितपुरको चापागाउँमा ३ रोपनी ४ आना तथा सिरहा र धनुषामा ७५ लाख मूल्यको जग्गा तथा १० तोला गहरगहना रहेको उल्लेख गरेका छन् ।
सम्पत्ति विवरण बुझाउन कर्मचारीको अटेरी
सरकारी ढुकुटीबाट तलबभत्ता खानेले हरेक आर्थिक वर्षमा आफ्नो सम्पत्ति विवरण कार्यरत कार्यालयमा बुझाउनुपर्ने भए पनि कर्मचारीहरूले सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने गरेको पाइएको छ । गत आर्थिक वर्षमा मात्र १३ हजार ३ सय ९० जना कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण बुझाउन अटेरी गरेका छन् ।
सम्पत्ति विवरण बुझाउन नमान्नेमा शिक्षकहरू धेरै छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार ७ हजार २५ जना शिक्षक, ४ हजार ५ सय २५ जना निजामति कर्मचारीसहित १३ हजार ३ सय ९० जनाले सम्पत्ति विवरण नबुझाएका हुन् । सम्पत्ति विवरण बुझाउन अटेरी गर्नेको सूचीमा डेढ दर्जन पूर्वसभासद तथा उपसचिव तहसम्मका कर्मचारी पनि रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । अख्तियारले राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्नेहरूलाई ५ हजार जरिवाना तिराउने निर्णय गरेको छ ।
जरिवानासहित एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरिएको प्रवक्ता दंगालले जानकारी दिए । सरकारी ढुकुटीबाट तलबभत्ता खानेलाई अस्वभाविक सम्पत्ति आर्जनमा लाग्न नदिनका लागि हरेक आर्थिक वर्षको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन लगाउने गरिएको हो । कर्मचारीहरूले बुझाउने विवरणका आधारमा अख्तियारले सम्पत्ति छानबिन गर्दै आएको छ । अख्तियारको छानबिनमा पर्ने भएका कारण पछिल्ला वर्षमा कर्मचारीहरूले परिवारका सदस्य वाहेकको नाममा सम्पत्ति थुपार्ने क्रम बढेको छ ।

जातभातको लामो टुपी

http://www.enayapatrika.com/2018/05/24/53249/

जातभातको लामो टुपी

पुष्पा पौडेल काठमाडाैं, १० जेठ | २२ घन्टा अगाडि
जातभातको संस्कृति अति सूक्ष्म र बृहत् दुवै प्रकारले दैनिक जीवनमा सिकाइएको हुन्छ
‘न हुन्छन् कुनै रौँ टुपीमाथि,
न हुन्छन् कुनै जात बाहुनमाथि ।’
हाम्री हजुरआमा बिहान–बिहान श्लोक गाउँछिन् । सुनाउँछिन् हामीलाई आफ्नो जातको महिमा । र, स्मरण दिलाउँछिन् यही जातको अनुशासन मानिएको टुपीको महानता । यस्तो चलन गायनबाट लेखनमा पनि सरेको रहेछ ! लेखनबाट पनि जातको महिमा गाउने र टुपीको महानता सुनाउने क्रम जारी छ ।

हजुरआमाको श्लोक स्मरण गरायो, चर्चित लेखक सौरभको लेख ‘टुपी महात्म्य’ले पनि । २० माघ ०७४ मा ‘कान्तिपुर’मा प्रकाशित भएको थियो ‘टुपी महात्म्य ।’ पछि त्यसको शीर्षक फेरियो, ‘नलेखी नभएकाले मात्र’को नाममा । उनको लेखले पनि जातको अनुशासन नै सम्झायो । एक त टुपी, त्यसमाथि महात्म्य ! दुवै शब्दले कुनै एक प्रथाको महिमागान गाउन लागेको अड्कल्न समय लागेन ।
सौरभको लेखमा टुपीका सम्बन्धमा विश्वका विभिन्न सभ्यता र समाजमा प्रचलित उदाहरण भेटिन्छन् । हजुरआमाका श्लोकमा भने उनले कथ्य रूपमा सिकेको र अहिले आफ्नो सन्ततिलाई सिकाउने ज्ञान । सौरभको मतले घुमाउरो हिसाबले कुनै जात–विशेषको संस्कृति विश्वव्यापी रूपमा व्याप्त रहेको जानकारी पस्कन्छ । मेरी हजुरआमा र उनको छोरा पुस्ताका सौरभको मतमा खासै भिन्नता पाइनँ ।
दुवै पुस्ताका मतमा ब्राह्मणले राख्न पाउने टुपीसँग उसको ज्ञान र ज्ञान आर्जन गर्ने जन्मजात अधिकार झल्किन्छ । दैनिक रूपमा सिकिने र सिकाइने यस्ता उक्ति र मतले कथित उपल्लो वर्ण र जातका मानिसलाई जातभात र छुवाछुतजस्ता प्रथाप्रति घृणा गर्न सिकाउँदैन, बरु यस्ता प्रथालाई निरन्तरता दिँदा पनि खासै कुनै आत्मग्लानि वा असजिलो महसुस नगराउने अवस्था बन्दो रहेछ ।
जातप्रथाको सामाजिक अभ्यास
सौरभको लेखमा बुद्धदेखि क्राइस्टसम्मको टाउकोमा टुपी रहेको भनिएको छ । यसरी बौद्धदेखि इसाई धर्मावलम्बीमा समेत हिन्दुकाे जस्तै टुपी रहेको बखान गरिएको छ । यसरी कहीँ न कहीँ उनको लेखमा ‘एथ्नोसेन्ट्रिज’को गन्ध आइहाल्छ । हरेक प्रसंगलाई आफ्नो जातगत गुणसँग दाँजेर त्यसको विश्वव्यापी माने रहेको तथा त्यही संस्कृति वा जात नै सर्वश्रेष्ठ रहेको भावनालाई नै समाजशास्त्रीय अध्ययनमा ‘एथ्नोसेन्ट्रिजम’ भनिन्छ ।
नेपाली परिवेशमा यस्तो भावना वर्ण–जात प्रथामा आधारित हिन्दू धर्मसँग जोडिएको बेसी मात्रामा पाइन्छ । ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी छुट्याइएको वर्ण–जात प्रथा ३५ सय वर्षअघि ऋग्वेदकालदेखि सुरु भएको मानिन्छ ।
यस्तो तहगत विभाजनमा ब्राह्मणलाई ज्ञान आर्जन गर्ने कर्म दिइएको छ भने शुद्रलाई तल्लो तहमा अरू वर्ण–जातको सेवा गर्ने कर्म छुट्याइएको छ । र, कालान्तरमा शुद्रभित्रकै केही समूहलाई अछुत बनाइएको लेखक आहुतिको विचार छ । ब्राह्मणको टुपी त्यही ज्ञान आर्जन गर्ने प्रक्रियाको चिह्न मानिन्छ ।
सौरभको ‘टुपी महात्म्य’लाई मिहिन ढंगले केलाउँदा प्रत्येक वाक्यमा ब्राह्मण वर्ण र जातको अहंकार देखिन्छ । उदाहरणका लागि टुपीको महिमागान गाउने क्रममा सौरभ बुद्धका अनुयायीले ब्राह्मणवादको विरोधमा टुपी राख्न छाडेकाले नै बौद्ध धर्ममा चार आर्य सत्य र अस्टांगिक मार्गबाहेक अरू ज्ञान थपिन नसकेको तर्क गर्छन् ।
यस्तो तर्कमा कुनै तुक नभए पनि रोमाञ्चकारी शब्दजाल बुनिएको भने पक्कै छ । यस्तो जातभातको संस्कृति अति सूक्ष्म र बृहत् दुवै प्रकारले दैनिक जीवनमा सिकाइएको हुन्छ । समयसँगै त्यसमा अभ्यस्त बनाउने क्रम पढाइएको हुन्छ । यस्तो सिकाइको क्रममा ब्राह्मणलाई टुपीको रौँजत्तिकै माथि रहेको सम्झना दिलाइन्छ । यसले प्रश्रय दिएको छुवाछुतमा आधारित जातवादीलाई समयसँगै मलजल र पक्षपोषण गर्न सवर्ण जातले मिहिनेत गरिरहेको देखिन्छ ।
स्तम्भकार श्रेय पौडेलले ‘उच्च जातको पूर्वाग्रह’ लेखमा मध्यम वर्गीय समाज पनि सवर्णले आफूले उच्च र श्रेष्ठ भएको संकेत दिने गरेको उदाहरण दिएका छन् । दलित छिमेकीको भोजमा ‘बाहुन–भान्छे चाहिन्छ’ भन्दै सवर्ण आफन्तले अड्डी लिएको र त्यसलाई दुवै जातका मानिसले सामान्य हिसाबमा लिएको त्यसमा उल्लेख छ ।
यस्ता सांकेतिक, तर ज्यादै डरलाग्दो मनस्थितिमा जातवादी र यसले बोकेको छुवाछुतको कुरीतिको मलजल हुने गरेको छ । विश्लेषक र लेखक झलक सुवेदी भन्छन्, समाजमा व्याप्त उँचनीचको व्यवहार, संस्कृति र जातीय मूल्यको निरन्तर पुनरुत्पादन भइरहेको छ । यसलाई अनेक राजनीतिक, सामाजिक उथलपुथलले पनि हटाउन सकेका छैनन् ।
जातको राजनीतिक अभ्यास
हामीले स्नातकोत्तर समाजशास्त्रको पाठ्यक्रममा अन्द्रास होफरको ‘दि कास्ट हाइरार्की एन्ड दि स्टेट इन नेपाल’ भन्ने किताब पनि पढ्नुपर्छ । किताबमा होफरले सन् १८५४ को मुलुकी ऐनलाई केलाएका छन् । मुलुकी ऐनको लिखत र सवर्ण समाजमा भट्याइने श्लोकको भावमा भिन्नता छैन । हजुरआमाले पाठ गर्ने अर्काे श्लोकले मुलुकी ऐन र सौरभकै विचारलाई कलात्मक पाराले अभिव्यक्त गर्दछ :
क्षेत्रीले छोडे धर्मकर्म, ब्राह्मणले छोडे टुपी र वेद
राजाले छोडे न्याय र निसाफ, गर्जन छाड्लान् मेघ ।
हजुरआमाले हामीलाई नैतिक शिक्षाका रूपमा पढाउने गरेको पाठले राज्यको कानुनको रूपमा लादिएको मुलुकी ऐनकै शिक्षालाई इंगित गर्छ । यसको मतलब राज्यको कानुन र जातवादीको पृष्ठभूमिमा आधारित हाम्रो सामाजिक वा सांस्कृतिक व्यवस्था एकअर्काका ऐनाजस्तै छन् ।
नेपालको राज्यव्यवस्थामा सन् १८५४ देखि हालसम्म विभिन्न परिवर्तन आइसकेका छन् । जहानियाँ राणाशासनदेखि लोकतान्त्रिक व्यवस्थामा आइपुगेको परिवर्तन पनि नभएको होइन । तर, ती परिवर्तन पनि कुनै एक वर्ण–जातका लागि आफ्नो दबदबा कायम राख्ने राजनीतिक प्रयोग साबित भएका छन् ।
यस्तै हरेक परिवर्तनमा आफू अगाडि रहेको, परिवर्तनको संवाहक आफू नै रहेको देखाउन पनि सवर्ण जात सिद्धहस्त भइसकेका छन् । विभिन्न कालखण्डका राजनीतिक परिवर्तनको क्रममा सवर्ण जातले कसरी यस्ता परिवर्तनलाई आफ्नो हितमा पार्न सकिन्छ भन्ने प्रयोगका रूपमा लिएका छन् ।
(पौडेल समाजशास्त्रकी अध्येता एवं दलित रिडरकी सहकर्मी हुन्)

तपाईको प्रतिक्रिया

पूर्खा खोज्दै काभ्रेको नाला पुगेका प्रचण्डले गरे कुलदेवता पूजा

https://www.onlinekhabar.com/2018/05/681390

पूर्खा खोज्दै काभ्रेको नाला पुगेका प्रचण्डले गरे कुलदेवता पूजा

रामसुन्दर आचार्य

१० जेठ, काभ्रे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा आफ्नो पुर्खौली घर खोज्दै आइपुगे । आउँदा उनले वडा अध्यक्ष केपी दाहाललाई सोधे ‘यहाँ कुन कुन जातका मान्छे बस्छन् ?’
प्रचण्डले दाहालको अनुहारले नै चिनिने भन्दै आफू भने दाहाल एकतामा मात्रै नभएर देशभित्रका सबै जातजाति, धर्म, वर्गको एकताको महा अभियानमा रहेको बताए ।
‘मलाई साथ तमाम दाहाल परिवारको पनि चाहिन्छ’, उनले भने, ‘म राष्ट्र एकतावद्ध बनाउने, सृदृढ पार्ने आम जनताका पीडा र दुखलाई बिर्सन सक्ने अनुभूति हुने गरी एउटा अभियानमा छु ।’
प्रचण्डले आफ्नो परिवार दैलेखबाट नाला हुँदै कास्की पुगेको र चितवन झरेको प्रसंग उठाउँदै दाजुभाइ भेट्न पाउँदा खुशी लागेको बताए । ‘अहिले मैले यहाँ आए, कुलदेउताको पूजा पनि गरेँ, धेरै दाजुभाइ भेटें, कुनै जात धर्म विशेष भन्दा पनि त्यो भन्दा माथि उठेर काम गर्नुपर्छ’ उनले भने ।
पूर्खा र इतिहास बिर्सन नहुने भन्दै प्रचण्डले बन्धुत्व, भाइचारा नै वैज्ञानिक संस्कार भएको बताए । उनले दाहाल बन्धु अध्ययन प्रतिष्ठानको भवन उद्घाटन तथा बंशावली ग्रन्थ विमोचनसमेत गरे । प्रचण्डको स्वागतमा नालाका दाहालहरुले परम्परागत खैजडी भजन सुनाएर स्वागत र सम्मान गरेका थिए ।
प्रचण्डले नालाका दाहालहरुको चाहना अनुसार सडक आयोजना आउँदो बजेटमा पार्न प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडासँग कुराकानी गर्ने बताए ।
हेर्नुस् तस्वीरहरु :



२०७५ जेठ ११ गते ०:४५ मा प्रकाशित (२०७५ जेठ १० गते १९:३९मा अद्यावधिक गरिएको)

काठमाडौंमा ४ रुटमा यात्रु ओसार्न केबलकार, बौद्धनाथ-कालिमाटी खण्डमा तत्कालै !

https://www.onlinekhabar.com/2018/05/681314

काठमाडौंमा ४ रुटमा यात्रु ओसार्न केबलकार, बौद्धनाथ-कालिमाटी खण्डमा तत्कालै !

अनलाइनखबर


१० जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालनका लागि गृहकार्य थालेको छ । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।
भर्खरै सकिएको विस्तृत सम्भाब्यता अध्धयनले काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखाएको छ । १५ अर्ब लगानी गर्दा काठमाडौं उपत्याकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्न सकिने अध्ययन रिपोर्टले देखाएको हो ।
  प्रतिवेदनमा कालिमाटीबाट बसन्तपुर-रत्नपार्क-डिल्लीबजार-भन्डारखाल-चाबहिल हुँदै बौद्धनाथ पुग्न पहिलो केबलबार रुट प्रस्ताव गरिएको छ । यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेशन राख्नुपर्ने उल्लेख छ । यसलाई तत्कालै पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने योजना छ ।
गोंगबुबाट बालाजु-सोह्रखुट्टे-कालिमाटी-बल्खु-त्रिभुवन विश्वविद्यालयसम्म पनि चलाउन सकिने भन्दै प्रस्ताव गरिएको छ ।
यस्तै कलंकीबाट टेकु-थापाथली हुँदै रत्नपार्कसम्म पनि केबलकार चलाउन सकिने अध्ययनले ठहर गरेको छ । लगनखेलबाट पुल्चोक-थापाथली-रत्नपार्कसम्मको रुटमा पनि केबलबार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदनमा एउटा स्टेशनबाट केबलकार चढेपनि जुन ठाउँमा ओर्लिए पनि ४० रुपैयाँ भाडा लिने उल्लेख छ ।
मेट्रो तथा मोनो रेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउँदै गर्दा यही प्रतिवेदनलाई आधार बनाएर केबलकार सञ्चालनबारे पनि सरकारी स्तरमा छलफल सुरु भएको हो । सडकमा सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा गरिएको छ ।
फ्रान्स सरकारको सहयोगमा तयार भएको सम्भाव्यता अध्ययन प्रतिवेदन फान्सेली कम्पनीहरु एमडिपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका हुन् । फ्रान्सेली कम्पनीहरु केबलकार निर्माण, व्यवस्थापन र सञ्चालनका मामिलामा अनुभवी हुन् ।
पोमाले ८० वटा देशमा ८ हजार केलबबार जडान गरिसकेको कम्पनी हो ।
फ्रान्स सरकारले तीन करोड ४० लाख खर्चिएर तयार पारेको प्रतिवेदन अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइपुगेको छ । नेपालका लागि फ्रान्सका राजदूत ईभ कार्मोनाले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हस्तान्तरण गरेका थिए ।
प्रतिवेदन बुझ्दै मन्त्री महासेठले सरकारले केही साताभित्र प्रतिवेदनमाथि आवश्यक अध्ययन गरेर उचित निर्णय लिने बताएका छन् । उनले यो प्रतिवेदनबारे लगानी बोर्डसँग पनि छलफल गर्ने बताए ।
काठमाडौंमा मुस्किल बनेको ट्राफिक व्यवस्थापनलाई हेर्दा यो सबैभन्दा वैज्ञानिक विकल्प हुने मन्त्रालयका अधिकारी पनि बताउँछन् । ऊर्जा संकट नरहेकाले वातावरणीय प्रदुषण कम गर्ने सवालमा पनि केबलकार सञ्चालन गर्नु निकै महत्वपूर्ण हुने विश्वास सरकारको छ ।
केबलकार निर्माणका लागि स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ । यो आयोजनालाई सार्वजनिक निजी साझेदारीको मोडलमा बनाउन सकिने प्रस्ताव पञ्चकन्या र कालिका कन्स्ट्रक्सनसहित फ्रान्सेली कम्पनीले गरेका छन् ।
अब यो परियोजनालाई लगानी बोर्डमार्फत अघि बढाउने तयारी छ ।
२०७५ जेठ १० गते १५:२० मा प्रकाशित

सय दिनको शक्ति : के गर्‍यो सरकारले ?

http://annapurnapost.com/news/98841

सय दिनको शक्ति : के गर्‍यो सरकारले ?

सय दिनको शक्ति : के गर्‍यो सरकारले ?
author-image
रामकृष्ण अधिकारी
राजनीति
 ११ जेठ २०७५
काठमाडौं : प्रधानमन्त्री केपी ओली सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएको छ। सय दिन अवधिमा भारतसँगको सम्बन्ध सुधार सरकारको पहिलो प्राथमिकतामा परेको छ।
फागुन ३ गते प्रधानमन्त्री चुनिएको दोस्रो महिनामा चैत २३ देखि २५ सम्म ओलीले पहिलो विदेश भ्रमण दक्षिण छिमेकबाट सुरु गरेका थिए। तेस्रो महिना वैशाख २८ र २९ मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरे।
अन्तर्राष्ट्रिय प्रचलनमा ‘मधुमास’ भनिने सरकारको सय दिनलाई ‘बिहानीले गर्ने दिनको संकेत’का अर्थमा लिने गरिन्छ।
पूर्वराजदूत तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य सरकारको पहिलो सय दिन अवधिका भनाइ र गराइलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताउँछन्। ‘राजनीतिक शक्तिका हिसाबले अहिलेसम्मकै बलियो सरकारको नेतृत्वमा उनी (ओली) छन्’, आचार्यले अन्नपूर्णसँग भने, ‘हनिमुन पिरियडमा उनको काम गराइ परिपक्व देखिएको छ।’
आचार्यले सय दिनको सकारात्मक उपलब्धिका रूपमा भारतसँगको सम्बन्ध सुधारलाई नै लिन सकिने बताए। ‘सय दिनभित्र दक्षिणी छिमेकी मुलुक भारतसँग शिखर तहमै वार्ता-संवाद आदानप्रदान भएको छ, सम्बन्धमा सुधार देखिएको छ,’ आचार्यले भने, ‘बोली सकारात्मक छ, व्यवहार हेर्न बाँकी छ। तैपनि काम गर्ने आधार बनाउने प्रयास गरेकै देखिन्छ।’
सय दिनअघि प्रधानमन्त्री नियुक्त हुँदा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र विकासप्रति जनअपेक्षाका अनगिन्ती चुनौतीले उनी घेरिएका थिए। संविधान निर्माणसँगै चिसिएको भनिएको भारतसँगको सम्बन्ध सुधार पनि सरकारको चुनौती थियो।
यसअवधिमा उच्चस्तरीय राजनीतिक भ्रमणसँगै नेपाल-भारतबीच विभिन्न सम्झौता समेत भएका छन्। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत् परियोजना संयुक्त शिलान्यास गरे।
त्यसैगरी रक्सौल-काठमाडौं विद्युतीय रेल परियोजना सम्झौता र नेपाल भारत जलमार्ग सम्झौता पनि भएको छ।
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भारतसँगको सम्बन्ध सुधारलाई राजनीतिक रूपमा सकारात्मक कदम मान्छन्। ‘प्रधानमन्त्री ओलीले भारत भ्रमण जानुअघि र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणअघि सबै पूर्वप्रधानमन्त्रीलाई बोलाएर एजेन्डामा राष्ट्रिय एकता कायम गर्ने कोसिस गर्नुभयो’, श्रेष्ठले भने, ‘यो उहाँको सकारात्मक कदम हो।’
सरकारले उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई आफ्नो प्राथमिकतामा राखेको छ। प्रधानमन्त्री ओली आउँदो एक महिनाभित्र चीन जाने तयारीमा छन्।
प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि अहिले परराष्ट्र मन्त्रालय जुटिरहेको छ। उनी आउने ५ असारमा चीन जाने तयारी छ।
१०० दिनमै शक्तिशाली पार्टी
ओलीले अघिल्लो पटक तत्कालीन एमाले र तत्कालीन माओवादीको संयुक्त सरकारको नेतृत्व गरेका थिए। दोस्रोपटक पनि उनी तिनै दुई वाम घटकबाट प्रधानमन्त्री चुनिएका हुन्। तर यसपटक सय दिन नकट्दै यी दुई घटक एउटै पार्टी नेकपामा रूपान्तरित भएका छन्।
पूर्वएमाले र पूर्वमाओवादीबीच एकतापछि नेकपा संसदको शक्तिशाली पार्टी बनेको छ। सरकारलाई आफ्ना नीति र कार्यक्रम लागू गर्न संसदीय शक्तिका हिसाबले सजिलो पनि छ।
संसदको अंकगणितले ओली सरकारलाई सजिलै कसैले डगमगाउन सक्ने देखिन्न। कम्युनिस्ट पार्टी स्थापनाको सात दशकमा पहिलो पटक झण्डै दुई तिहाइ मतको यो एकल सरकार हो। ओलीले कुल संसदको तीन चौथाइ अर्थात् २०८ मतसहित विश्वासको मत पाएका थिए। यो कुल २७५ संसद सदस्यमा ७५ दशमलव ६३ प्रतिशत मत हो।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष नेकपाकै छन्। २ नम्बर प्रदेशबाहेक ६ वटैमा नेकपाको सरकार छ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकाल छ जना उपप्रधानमन्त्री र ४० भन्दा बढी मन्त्रीका कारण आलोचित थियो। यसपटक भने उनले उपप्रधानमन्त्री नै नराख्ने अडान लिएका छन्।
ओलीले सय दिनभित्र प्रधानमन्त्री कार्यालयअन्तर्गत अधिकार केन्द्रिकरण गरेका छन्। अन्य मन्त्रालयसँग रहेका कतिपय अधिकारलाई उनले आप्mनै मन्त्रालय मातहत ल्याएका हुन्। राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण र राजस्व न्यायधिकरण लगायतका अधिकार उनले आप्mनै मातहत थप गरेर शक्ति केन्द्रिकरण गरेका छन्।
विश्लेषक श्रेष्ठ ओलीलाई बलियो प्रधानमन्त्रीका रूपमा चित्रण गर्न सकिने बताउँछन्। ‘ओलीले कतिपय राष्ट्रिय एजेन्डामा एउटै आवाज बनाउन ्रप्रयास गर्नुभएको छ’, श्रेष्ठले भने।
सरकारका केही मन्त्रीहरूले सय दिनभित्र गरेका कामले सकारात्मक प्रभाव छाडेका छन्। यातायात सिन्डिकेटको नियमन, लोडसेडिङ अन्त्यको घोषणा, वैदेशिक रोजगारीसम्बन्धी समस्याको हप्ताको एक दिन मात्र सुनवाइ हुनेमा हरेक दिन सुनुवाइ गर्ने परिपाटी थालनी, काठमाडौंमा मात्र रहेको सर्भिस सेन्टर सातै प्रदेशमा विस्तार, घरेलु सुरक्षाकर्मीलाई फिर्ता बोलाउने नीतिगत निर्णय, उर्जाको क्षेत्रमा एक वर्षमा एक हजार मेघावाट विद्युुत् थपिएर आत्मनिर्भर हुने दिशामा लैजाने प्रयास केही सकारात्मक परिघटना हुन्।
सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई दीर्घकालीन उद्देश्यका रूपमा तय गरेको छ।
‘चुनौती पनि कम छैनन्’
विश्लेषकहरू सरकारका चुनौती पनि उत्तिकै रहेको बताउँछन्। ‘संघीय संरचनाअनुसारका कानुन बनाउनुपर्ने, संसदले आप्mनै नियमावली बनाउने जस्ता काममा सरकारको ध्यान गइसकेको छैन’, विश्लेषक आचार्य भन्छन्, ‘यसमा ढिलाइ भइसकेको छ।’
भ्रष्टाचारको मामिलामा कबोल गरेअनुसारको नतिजा नआएको र प्रधानमन्त्रीको प्रतिबद्धता व्यवहारमा नदेखिएको आचार्यले टिप्पणी गरे।
ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनमा नेपाल भ्रष्टाचारमा १२२ औं स्थानमा छ। प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बताउँदै आएका छन्। ‘तर, ती अभिव्यक्ति कागजी पुलिन्दा मात्र भइरहेका छन्’, पूर्वसभासद समेत रहेका श्रेष्ठले भने, ‘सय दिनमा सबै हुने होइन, तर भ्रष्टाचार निमूर्ल गर्ने प्रक्रिया सुरुआत गर्न सरकार चुकेको छ।’

Wednesday, May 23, 2018

रानीमहलः नेपालको ताजमहल

रानीमहलः नेपालको ताजमहल


http://www.newsofnepal.com/2018/05/01/98002/

– साधना वर्ष : अंक :  चैत्र : २०४८
‘हम ना रहेंगे, तुम ना रहोगे, फिर भी रहेगी निशानियाँ’ कसैले ठीकै भनेका छन्, यस संसारमा हामी रहन्नौँ, तर हाम्रा कृतिहरुले सँधै हाम्रो याद गर्नेछन् । यस संसारमा आ–आफ्ना कीर्ति छोड्न राजामहाराजाहरु, बादशाहहरुले अनेकौं कार्य गरेर गए । सयौं वर्ष पछिका पुस्तालाई पनि आश्चर्यचकित पार्ने गरी सव्य कलाकृति, भवन, महल छोडेर गए । मुगल सम्राट शाहजहाँले आफेनी प्यारी बेगम, मुमताजको स्मृतिमा उनकै चिहान माथि प्रसिद्ध यमुना नदीको किनारमा पूरै सिंगमरमरको भव्य महल निर्माण गर्न लगाए, जुन कि आज संसारको सात आश्चर्यमा एक गनिने “ताजमहल”को नामले चिनिन्छ ।
आफ्नी प्रिय रानी प्रतिको प्रेमका् अनुपम उदाहरणको नमूनाको रुपमा ताजमहल आज जति चर्चित छ, भविष्यमा पनि त्यति नै रहनेछ । प्रेमको सागरमा शाहजहाँ यति डुबेथे कि आफ्नी स्वर्गीय बेगम पुमताजलाई उनी ताजमहलको प्रत्येक कुना कनामा प्रतिविम्वित भएको देख्थे । अन्तिम क्षणको अशक्त अवस्थामा पनि सम्राट शाहजहाँले आफ्नो कोठामा राखेको ऐनामा ताजमहलको प्रतिविम्व हेरेर नै यस संसारबाट बिदा लिएका थिए । हाम्रै देशमा पनि राजा प्रताप मल्लले आफ्नी रानीको इच्छा पूर्ति गर्न सात तीर्थका नदीहरुबाट पानी ल्याई “रानीपोखरी” बनाए । जसले आज पनि काठमाडौँ शहरको शोभा बढाइरहेको छ ।
तर प्रंसग यहाँ त्यस्तो व्यक्तिको छ, जो न राजा थिए, न त श्री ३ महाराज भए, तर जसको दुस्साहसले गर्दा नेपालको इतिहास नै अर्कै ढंगले लेखियो, शासनको वंश परामपरा नै अन्तै तिर मोडियो । यी व्यत्तिल थिए – खङ्ग शम्सेर, धीर शम्सेरका माहिला छोरा ।
जसरी शाहजहाँले आफ्नी प्यारी वेगम मुमताजको स्मृति जीवन्त राख्नका लागि ‘ताजमहल’ बनाउन लगाए, त्यसरी नै खड्ग शम्सेरका मुमताज हुन् – ‘तेजकुमारी’ र तिनको स्मृतिमा तयार भएको थिया – ‘रानीमहल’ । पश्चिम नेपालको पाल्पा जिल्लामा, काली गण्डकीको एउटा किनारमा तानसेन बाट झण्डै ३,००० फिटको गहिराईमा सात किलोमिटरको दूरीमा एक विशाल चट्टन माथि निर्माण गरिएको यो सुन्दर भव्य कलात्मक महल आज पनि झण्डै एकसय वर्ष पुरानो आफ्नो प्रेमकथा बोकेर उभिइ रहेको छ । ‘रानीमहल’को नामले प्रख्यात यस भव्य तर अब जर्जर भैसकेको महले इतिहासको पाना पल्टाउन हामीलाई अझै उत्प्रेरित गर्दैछ ।
पृष्ठभूमि
वि. सं. १९०३ को ‘कोतपर्व’को नरसंहार पछि, जंगबहादुर प्रधानमन्त्री मात्र श्री ३ महाराज भए । अझ त्यसमाथि पनि आजन्म प्रधानमन्त्री हुनुका साथै भविष्यका प्रधानमन्त्री पनि आफ्नै वंशका भाहरु मात्र बन्न सक्ने व्यवस्था समेत गराए । जंगबहादुरले आफ्नै भाइहरुमा राखे र भाइपछि आफ्ना छोरामा आउने गरी निश्चिन्त भए । तर यही एक गल्तीले गर्दा पछि गउर जंगबहादुरको छोरा, नाति समेत मारिए र शासनको रोलक्रम नै धीर शम्सेरका छोराहरुको हातमा पर्नगयो ।
वि. सं. १९३३मा जंगबहादुरको मृत्यु पश्चात, उनका भाइ रणोदीप प्रधानमन्त्री भए । यिनी अलि सोझा प्रकृतिका भएकाले, राजकाजका कार्यमा कान्छा भाइ धीर शम्सेरको निकै चल्ती हुन थाल्यो । जंगबहादुरले प्रधानमन्त्रीको रोलक्रम बाँधे अनुसार, अव रणेद्दीप पछि धीर शम्सेर नै प्रधानमन्त्री हुनेवाला थिए, किनभने अरु भाइहरुको मृत्यु भैसकेको थियो। धीर शम्सेर पश्चात अन्य कुनै भाइ नभएको प्रधानमन्त्रीको रोल फेरि जंगबहादुरका छोरा जगतजंग तथा यिनका भाइहरुमा जाने अवस्था थियो ।
तर वि. सं. १९४१ मा प्रधान सेनापति धीर शम्सेरको मृत्यु भयो। उनका सत्र भाइ छोराहरु थिए, जसमध्ये जेठो वीर शम्सेर माहिलो खड्ग शम्सेर हुन् । धीर शम्सेर प्रधान सेनापति छँदा, यिनका छोराहरुको जुन बोलवाल एवं मान समन थियो, त्यो अब विस्तारै घट्दै गयो र यिनीहरु शत्तिलकेन्द्रबाट टाढिँदै जानलागे। यी सत्र भाइमा सबभन्दा शूरा महत्वाकांक्षी माहिला भाइ खड्ग शम्सेर नै थिए । यिनी जसरी भएपनि सत्ता आफ्नै दाजुभाइमा ल्याउन दृढ थिए । तर यको गर्नका साथै आफ्नो काका तथा जंगबहादुरका छोराहरु लगायत अन्य बाटोबाट नहटाई कार्य सिद्ध हुन सक्दैनथ्यो ।

विं सं. १९४२ कार्तिक महीनामा बृटिश–भारत सरकारले माग गरे अनुसार चर रेजीमेण्ट गोर्खाली सेना रावलपिण्डी पठाउने निर्णय प्रधानमन्त्री रणोद्दीपले गरे । नोभेम्बर २३ तारिख १८८५ का दिन उक्त सेना काठमाडौँबाट प्रस्थान हुने भयो। यसको दुईदिन अगाडि नै अर्थात् २१ नोभेम्बरमै सो सेनाका लागि चाहिने सवै गोली गट्ठा वीर शम्सेर लाई जिम्मा लगाइयो । पूर्वी कमाण्डीङ जनरल रणवीर जंगले रावलपिण्डी जाने दिन मात्रै गोली गट्ठा जिम्मा लगाउने सल्लाह दिए तापनि रणोद्दीपले यस तर्फ ध्यान दिएनन् र उल्टै ‘सान्नानी (धीर सम्सेर) को छोरालाई गोली गट्ठा दिए । यही कुरा नै रणोद्दीपको लागि आफ्नै काल निम्त्याउने कुरा सिद्ध भयो ।
हात हतियार सबै जिम्मा लिइसकेपछि, माहिला भाइ मेजर जनरल खड्ग शम्सेरले दाजु बीर शम्सेरलाई सैनिक विद्राह गर्नमा उक्साए । तर, वीर शम्सेर अलि अनकनाएको देखी, खड्ग शम्सेनरले भने – “सैनिक विद्रोह म आफै गछुँ, हजुर चुपचाप बस्नुहवस्, यो मौका गुमयो भने फेरि हाम्रो पालो आउन असम्भव छ ।” खड्ग शम्सेरले आफ्ना अरु भाइ समेतसंग सरसलाह गरेर त्यही रातमा रणोद्दीपको हत्या गर्ने षडयन्त्र अनुरुप यसको जिम्मा खड्ग शम्सेरलाई नै दिए तत्पश्चात खड्ग शम्सेर आफ्ना भाइ डम्बर शम्सेर तथा भीम शम्सेरलाई साथमा लिई रणोद्दीपको दरवारमा पुगे । सुत्नु अगाडि आफ्नो खुट्टामा तेल दल्न लगाई रामा नाम लेख्दै गरेका रणोद्दीपलाई गोली हानी त्यहीं हत्या गरे । यसरी खड्ग शम्सेर को दुस्साहसले गर्दा वीर शम्सेर प्रधानमन्त्री बन्न सफल भए । रणोद्दीपको हत्या गर्नुको साथै जंंगबहादुरको छोरा जगतजंग तथा नाति युद्ध प्रतापजंगलाई समेत थ्यही रातमा फौज पठाएर मार्न लगाए । यसरी श्री ३ जंगबहादुरको छोरा र नाति पनि यस सैनिक विद्रोहका शिकार भए ।
वीर शम्सेर प्रधानमन्त्री हुँदा उनी ३२ वषएका थिए । खड्ग शम्सेर २४ वर्षका थिए । अव यी भाइहरुको रोलक्रम अनुसार प्रधान सेनापति खड्ग शम्सेर पश्चिम कमाण्डीङ जनरल – रण शम्सेर – पूर्व कमाण्डीङ जनरल, देव शम्सेर, दक्षिण कमाण्डींग जनरल चन्द्र शम्सेर, उत्तर कमाण्डींग जनरल भीम शम्सेर र एवम् क्रममा अन्य भाइहरु भए ।
तत्पश्चात प्रधानमन्त्री वीर शम्सेरले प्रधान सेनापति खड्ग शम्सेरलाई राजकाजको प्रायजसो काम सुम्पे । यसले गर्दा खड् शम्सेर निकै शत्तिलशाली बन्न पुगे । भाइ भारदारहरु पनि उनकहाँ चाकडी गर्न पुग्थे र विस्तारै स्थिति यस हदसम्म पुग्यो कि प्रधानमन्त्री तथा श्री ३ महाराज वीर शम्सेरको समेत वास्ता गर्न छाडियो । यसैले गदाए वीर शम्सेर निकै सशंकित हुन पुगे र सोच्न थाले – “ कहीँ खड्ग शम्सेरले आफूलाई पनि काकालाई जस्तै सिध्याउन त होइन ? ” यस्तै मनस्थितिले पिरोलिएका वीर शम्सेरले अव खड्ग शम्सेरलाई हेरक पाइलोमा षडयन्त्रकारीको रुपमा देख्न थाले । उनी खड्ग शम्सेरलाई नहटाइकन, आफू सुरक्षित हुन नसक्ने निक्र्यौमा पुगे । अन्तत वि. सं. १९४३ फागुन २० गतेका दिन जड्ग शम्सेरलाई प्रधान सेनापति पदबाट हटाईयो र सोही दिन यिनलाई पाल्पा, गौडा नजीक हाल गुल्मी जिल्लाको “ठाडा” मा निर्वासित गरियो ।
वि. सं. १९४५ मा खड्गा शम्सेरलाई “ठाडा” बाट पाल्पा गौंडाको तैनाथ र पश्चिम तर्फका प्रधान सेनापतिको पद दिई “चार टप्पा” अर्थात् तराई तर्फ भैरहवा, तौलिहवासम्म र पहाडतर्फ वागलुंग र पर्वतसम्मको अख्तियारी दिई यिनको घाउमा मल्हम लगाउने का गरियो । तर यो कुरा प्रष्ट थियो कि अब अप्रान्त काठमाडौँको शक्तिकेन्द्रमा खड्ग शम्सेरको कुनै पनि भूमिका रहने भएन । यस प्रकारले शम्सेर खलकको लागि शासन सत्ता हत्याउनमा प्रमुख भूमिका खेलेका खड्ग शम्सेरले काठमाडौंको शक्तिकेन्द्र बाट टाढा, पाल्पामा निर्वासित जिन्दगी विताउनु पर्यो । हाम्रो कहानीको शुरुवात पनि अब यहींबाट हुन्छ ।
“ खड्ग शम्सेरको एक हातमा घोडाको लगाम हुन्थ्यो भने अर्को हातमा रानीको कम्मर । ”
प्रेमी खड्ग शम्सेर
राजकाज चालनबाट व्यस्त जीवन विताउन अभ्यस्त भैससकेका खड्ग शम्सेरलाई, पाल्पाको निर्वासित जीवनसंग सम्झौता गर्न अति नै कठीन हुने नै भयो । यस्ता निराशाका क्षणहरुमा आफ्नो दुःख भुलाउन, उनकी कान्छी रानी तेजकुमारी नै सहायक भइन् । रानी तेजकुमारीको मायालु बन्धनमा, खड्ग शम्सेर आफ्ना अतीतका घाउहरु सबै पुर्न चाहन्थे । तानसेनको त्यो प्राकृतिक मनमोहक वातारणको आनन्द लिन, खड्ग शम्सेर दिनहुँ घोडामा चढी घुम्न निस्कन्थे र यसरी घुम्न जाँदा रानी तेजकुमारी हरदम उनी संगै एउटै घोडामा सवार हुन्थिन् ।
यस प्रसंगमा पाल्पाली बूढापाकाहरु आफैले देखेझैं गरी एक रोचक प्रेमकथा सुनाउँछन् । उनीहरुका अनुसार खड्ग शम्सेरको एक हातमा घोडाको लगाम हुन्थ्यो भने अर्को हातमा रानीको कम्मर । रानी घरीघरी आफ्नो दुवै हात पछाडि फर्काएर आफ्नो राजालाई बाँघिरहेकी हुन्थिन् । यसरी प्रायः जसो अर्गली, शिडी, राम्दी लगायत विभिन्न रमणीय स्थलहरुमा धुम्न जाँदा उनीहरु कोसौँ पर – परसम्म पुग्थे । आसगरी तानसेनबाट साढे दुइघण्टाको बाटो तल पर्ने काली गण्डकीको किनार उनीहरुको निकै मनपरेको क्रिडास्थल थियो । यस ठाउँमा भरदिन घुमेर पनि उनीहरु अघाउँदैनथे । कति दिन त नदीको किनार मा नबै साँझ पथ्र्यो, अंकमाल गरेर बसिरहेका जोडीलाई बोलाउने हिम्मत् अंगरक्षकहरुलाई हुँदैनथ्यो । जव बगरमै झमक्क साँझ पथ्र्यो, तव फर्किने समस्या हुन्थ्यो । त्यसैले आफ्ना मालिकको यो स्वभाव चाल पाएका उनका अंगरक्षकहरु तानसेनबाट प्रस्थान गर्दा नै लालटिन र मैन्टोल बोकेर हिंड्थे ।

एकान्तप्रेमी रानी असाध्य धर्मात्मा पनि थिइन् । कुनै नयाँ एकान्त ठाउँमा पुगेपछि केही वेर त उनी त्यहाँका बनदेवताको पूजा–देवताको पूजा शुरु हुन्थ्यो । उनका पतिदेव पनि उनीबाट यति धेरै प्रभावित थिए कि पत्नीका हर इच्छाहरु पूरा गर्न कुनै कसर बाँकी राख्दैनथे ।
“स्वामी ! म अकालमै मरें भने हजुर के गरिसिन्छ ? ” खडेगा शम्सेरको न्यानो प्रेमको अंगालकोमा बाँधिएकी रानीले एक दिन भनिन् ।
“धत् लाटी, यस्तो कुरा पनि बोल्नू !” रानकिो यो कुरा उनलाई मन परेन ।
“मैले यदि साँच्चिकै सफा मनले हजुरको सेवा रेकी रहिछु भने यसैगरी हजुरको काखमा मर्न पाऊँ !” उनी गंभीर देखिइन् ।
“तिमी किन यस्तो कुरा गछ्र्यौ रानी, तिमीलाई बडामहारानी नवनाइ म मर्न दिनँ । ” खड्ग शम्सेरले आफ्नो मुठी कसे ।
“तर स्वामी, मेरा लागि त हजुर सधैँ श्री ३ होइसिन्छ । हजुरको काख कुनै महारानीको सिंहासन भन्दा के कम छ र ! यस भन्दा बढी मलाई कुनै चाहना छैन । ” उनले आफ्नो निधार खड्ग श्म्सेरको छातीया राखिदिइन् ।
“तिमी जेसुकै भन, म तिम्रै लागि भएपनि काठमाडौा माथि हमला नगरी छाड्दिनँ । ” उनी दृढ देखिए ।

“तर, मलाई त किन किन आफ्नो आयु छोटो छ जस्तो लाग्छ ।” उनले काली गण्डकी बगेतिर हेर्दै भनिन् – “मेरा लागि त हजुरले कुनै जोखिम मोल्नु नै पर्दैैन, मात्र एउटा वचन दिए पुग्छ ।” रानी आफ्नै कुरामा लागिरहिन् ।
“तिम्रा लागि त म ज्यान दिन पनि तयार छु, भन मैले के गर्नुपर्यो ?” उनले आफ्ना दुवै हातले रानीका गाला समातेर आफूतिर फर्काए । उनले निकै वेरसम्म पतिका आँखामा टुलुटुलु हेरेपछि भनिन् – “ म मरेपछि यस काली गंण्ढकीको यसै किनारमा मेरालागि एउटा दरवार निर्माण गरेर तीर्थस्थल बनाइदिसेला है ? ”
रानी किन एकोहोरिएको हुन्, खड्ग शम्सेरले पत्तो लगाउन सकेनन् । खानीको कुरा सुनेर उनका आँखा रसाएर आए । हेदहिर्दै काली गण्डकीको वालुवामा उनले टप्प दुईथोपा आँसु खसाले । आफ्ना प्रियतमको सो हाल देखेर उनको छातीमा टाउको अड्याएर रानी नि रुन थालिन् ।
“तिमीलाई आज के भो रानी, यो पनि कुनै बोल्ने कुरा हो र ! आफ्नाहरुले नै गलहत्ती लगाएर निकालेपछि तिमी बाहेक मेरो यस सन्सारमा को छ ! अव आइन्दा कहिल्यै यस्तो कुरा मुखबाट ननिकाल है !” उनले रानीको गाला मुसारे ।
तर बडा अचम्मको कुरा भयो , यासको केही दिपद्धि नै काली गण्डकीको किनारमै उनको धिन भयो । शिडी तीर्थस्थलमा स्नान गर्न यएकी रानी फेरि फर्किनन् । खड्ग शम्सेर एकदमै एक्ला भए । उनको अगाडि रानीका तिनै अन्तिम बचनहरु मात्र प्रतिध्वनि हुन थाले । उनका आँखाबाट निद्रा सदाका लागि विलायो । उनी विक्षिप्त जस्तै एक्लै बरबराउन थाले । उनलाई आफैदेखि डर लागेर आयो । कतै रानीको अन्तिम इच्छा पूरा नगरीकन आफू पनि मर्छु कि भन्ने चिन्ता लाग्यो। त्यसैले उनले तुरुन्त कलकत्ता, भारतबाट बेलायती इन्जिनीयर ल्याएर काली गण्डकाको उपयुक्त स्थानमा दरवार बनाउने ठाउँका लागि सर्वेक्षण गर्न लगाए ।

रानीमहलको बाटोः पछारिन पनि ठाउँ छैन

यो कुरा १९५० सालको हो । रानी स्वर्गे भएको वर्षदिन वित्दा नवित्दै रानीमहलको शिलान्यास गरियो । शिलान्यास गरेको शुरुको तीन वर्ष निर्र्माणस्थलसम्म जाने बाटो । पुल बनाउँदा बनाउँदै वित्यो । पाल्पातिरबाट बगेर गएको बराङदी नदी काली गण्डकीमा मिसिने दोभानमा गोथिक (ग्रीक) शैलीमा बनाउन शुरु गरिएको यो महल १९५४ सालको कार्तिक बैकुण्ठे चतुर्दशीका दिन पूरा भयो । यसबीच यसको नाम रानीमहल र यस घाटको नाम रानीघाट प्रचलित भैसकेको थियो ।
जतिसुकै ठूलो वाढी र कटानले पनि केही विगार्न नसक्ने चट्टने थुम्को लाई भवन निर्माणका लागि उपयुक्त ठहर्याइएको यो ठाउँमा तानसेन बजारबाट पुग्न निकै विकट पहाड र ठाडो भीर पार गर्दै जानुपर्छ । त्यसैले त्यही महलमा पुग्नकै लागि भनेर भवन बनाउनु भन्दा अगाडि बाटो रपुलमा मनग्य समय र श्रम लगाउनु पर्यो । कडा पहरो फेरेर हात्ती हिंडेने बाटो बनाउनु कुनै सामान्य कुरो थिएन, तर यो असजिलो काम पनि खड्ग शम्सेरको द्वढ इच्छा शक्तिको अगाडि सजिलो भईदियो ।
यो स्थान तासेनबाट करीव ७ कि.मि. टाडा पर्छ र यस ठाउँमा पुग्न झण्डै साढे दुइ घण्टा जति लाग्छ । मर्मट–संभार हुन नसकेकाले आजभोलि भने हात्ती हिंड्न सक्ने बाटो बाँकी रहेको छैन । ठाउँ–ठाँउमा सानो गोरेटो मात्र बाँकी छ। रानीघाट पुग्नुभन्दा एक छिन अगाडि आउने भीरालो बाटोमा छिपछिप पानी पनि बगिरहने भएकाले ठाउँ–ठाउँमा अति नै चिप्लो छ । डरलाग्दो कुरा त के छ भने यस भिरालो बाटोबाट मान्छे चिप्लियो भने पछारिने ठाउँपनि पुग्दैन, एकैचोटि ‘बैकुण्ठ’ पुगिन्छ । सायद यसै कारणले पनि यस भीरको नाम बैकुण्ठे भीर रहेको हे कि जस्तो लाग्छ । तर, बाटो खन्दाखन्दै ‘बैकुण्ठ’ नामको सैनिक त्यहींबाट लडेर बैकुण्ठ गउकाले यसको नाम बैकुण्ठे भीर रहेको कुरा पनि स्थानीय मान्छेहरु भन्छन्।
जेहोस्, ‘ट्रेकिङ’मा मजा लिनेहरुका लगि यो जति स्वादिलो बाटो अर्को हुनै सक्दैन। किनभने यति दुःख गरेर बैकुण्ठे भीर पार गरेपछिं जुन स्वर्गीय ठाउँहेरेर आनन्दित हुन पाइन्छ, त्यसको मजा अर्कै छ । यस्तो मजा हिम्मतिला पयृटकहरुले मात्र पाउँछन् । ‘रानीमहल’को पहिलो दर्शन पनि यसै बैकुण्ठे भीर पािर गर्नासाथै हुन्छ । बाटोमा पर्ने झरनाहरुको मनमोहक दृष्यले पनि आनन्दित नहुने शायद कोही नहोलान् ।
रानीमहल चट्टाने थुम्कोमाथि छ, तर झट्ट हेर्दा चट्टानको फेदैबाट कतै चट्टानलाई कुँदेर र कतै गाह्रो लगाएर पूरै घरजस्तो बनाइएको छ।
रानीमहल र यसको रौनक
रानीमहल चट्टाने थुमेकोमाथि छ, तर झट्ट हेर्दा चट्टान देखिदैन। चट्टानको फेदैबाट कतै चट्टानलाई कुँदेर र कतै गाह्रो लगाएर पूरै घरजस्तो बनाइएको छ। रानीमहलको दक्षिणतर्फ पाल्पातिरबाट आउँदा बाटोमा पर्ने बैकुण्ठे पंहाड पर्छ भने पारिपट्टि, काली गण्डकी पारि स्याङ्जा जिल्लाको सतुंगा पर्छ । महलको मुख्य मोहडा उत्तर–पश्चिम फर्किएको छ । पश्चिममा काली गण्डकी र पूर्वमा वराङदी नदी छ। महल दोभानको ठीक अन्तिम विन्दुमै अवस्थित छ । विशाल चट्टानको थुम्को माथि निर्मित यस महलले झण्डै ११२ फीट लामो भूभाग ओगटेको छ। मुख्य भवन २ तले भएको यसको उचाई ५६ फीट जति छ ।

रानीमहल:  संरक्षकको पखाइमा ।
साना ठूला गरी २५ कोठा भएको यो महल कुनै समयमा मूल्यवान इरनियन गलैंचा एव कलकत्ताको सिलार्जस् कंपनी मार्फत बेलायतबाट झिकाइएको अत्याधुनिक फर्निचरहरुबाट सजिएको थियो । यस महलको सीमानभित्र विशाल प्रांगण छ । प्रांगणको दायाँ–बायाँ पानी पोखरी, मनमोहक बगैंचा, कलश, आधुनिक पार्क, फलामे खम्बाहरु र झुलिरहेका फलफूलका गमलाहरु छन् । त्यस्तै पश्चिमपट्टि नाग–नागिनीहरुले शिवलिंगमा जलसेचन गरिरहेका कलात्मक दृश्यहरु बनाइएका छन्। साथै सोहीजलधारामा नुहाउन सुविधायुक्त स्थानघर पनि बनाइएको छ । उत्तर–पश्चिम कुनामा अर्थात् काली गण्डकीको ठीक माथिल्लो भागमा भव्य वुर्जायुक्त आठकुने आकर्षक शीतल पाटी (विश्राम घर) पनि बनाइएको छ । यसैगरी प्रांगणको तल्लो भागमा पूर्वपट्टि कार्यालय – कक्ष रहेको छ भने त्यसको तल्लो भागमा घोडा बाँध्ने तवेला, सुरक्षा सेनाहरु बस्ने र खाना पकाउने ठाउँ बनाईको छ । महलको प्रांगण देखि पश्चिममा काली गण्डकीको किनार र पूर्वमा वराङदी नदीसम्मकुँदिएका सिंढीहरु छन् ।
महलमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको र त्यो पानी महलको माथिल्लो कोठासम्म पुर्याइएको थियो भन्ने कुरा भग्नावशेष डोवहरुले देखाउँछन् । बैकुण्ठे पहराबाट कुलो खनेर पानी यहाँ ल्याइएको थियो । अनकन्टारमा बनेको त्यस महलमा विजुली बत्ती पनि बालिने व्यवस्था रहेछ भन्ने कुरा पनि अवशेषहरुले नै बताउँछन् । सायद बत्तीको लागि चाहिं जेनेरेटर नै उपयोग गरिंदो हो ।
यस महलमा एउटा अभिलेख पनि राखिएको छ, जसमा प्रष्ट शव्दमा रानी तेजकुमारीको स्मृतिमा बनाइएको कुरा उल्लेख गरिएको छ ।
मध्यरातमा उनी नुहाई धुवाई गरेर कालीगण्डकीलाई एकटक लगाएर हेरिरहन्थे । भनिन्छ, काली गण्डकीको आवाजमा उनी आफ्नी स्वर्गीय रानीको बोली प्रतिध्वनि भएको पाउँथे । यसै बोलीसंग उनी कुरा गरिरहन्थे, आफ्नो प्रश्नको जवाफ पाईरहन्थे।
स्वर्गीय रानीसंग यसरी गफ गरिन्थ्यो
मुगल सम्राट शाहजहाँले ताज महलमा जसरी आफ्नी रानी मुमताजको प्रतिविमव देख्थे, ठीक त्यसैगरी हाम्रा खड्ग शम्सेर यस महलको विश्रामघरमा वसेर स्वर्गीय रानीसंग गफ गर्न पाउँथे। मध्यरातमा उनी नुहाई धुवाई गरेर पश्मिपट्टिको (कालीगण्डकीको भुमरी परेको ठीक माथिल्लो भागमा रहेको) बुर्जामा उभिएर कालीगण्डकीलाई एकटक लगाएर हेरिरहन्थे । भनिन्छ, काली गण्डकीको आजाजमा उनी आफ्नी स्वर्गीय रानीको बोली प्रतिध्वनि भएको पाउँथे ।
यसै बोलीसंग उनी कुरा गरिरहन्थे, आफ्नो प्रश्नको जवाफ पाईरहन्थे ।
विचरा रानीमहल
रानीमहल रहेको ठाउँमा आजभोलि हरिशयनी र हरिवोधनी एकादशीहरु, शिवरात्री र बैकुण्ठे चतुर्दशीमा मेला लाग्छ । त्यस भेकका मान्छेहरुको दाह संस्कार गर्ने ठाउँपनि यही भएको। पारि स्याड्जा तिरबाट काली गण्डकी माथि रहेको नेपालको सबैभन्दा लामो भनिएको (२२२ फीट लामो) झोलुंगे पुल तरेर आउने–जाने बटुवाहरुका लागि, तीथयात्री र मलामीहरुका लागि गत वर्षसम्म यो थकाइ मार्ने भवन थियो । तर, अव त यसले कसैलाई एकछिन ओत दिन पनि नसक्ने भएको छ । विचरा रानीमहलको जस्ताको ताजलाई २०४२ सालको हुरीले फुकालेर भुईमा फालिदिएपछि यो महल झाँक्रो फिजाएर बसेकी बूढी जस्तै देखिएको छ ।

यस महलमा प्रयोग भएका कीला काँटी लगायतका सम्पूर्ण सामान विदेशी थिए । यो कुरा जति बल गरेपनि उखेलिन नसकेका केही बाँकी रहेका कव्जाहरुले बताउँछन् । झिक्न मिल्ने र बल गरेर तान्दा आउने काठपात र काँटीकव्जाहरु भने ‘आ… अव यो बूढो महललाई के काम, बरु मेरो घरलाई काम लाग्छ’ भनेर नजिकैका गाउँलेहरुले ‘सदुपयोग’ गरिसकेका छन् ।
तर, हाम्रो सरकारले भने यस महलको कत्ति सदुपयोग गरेन । यस रानीघाटबाट र्याफ्टिङ गरेन । यस रानीघाटबाट र्याफ्टिङ गरेर काली गण्डकी हुँदै नारायणी नदीको किनारमा रहेको शहर नारायणघाटसम्म सजिलैसंग आउन सकिन्छ भन्ने कुरा पर्यटकहरुलाई बताइदिएर विदेशी मुद्रा कमाउन सकिन्छ, तर यो झन्झट गर्न सायद सरकार चाहँदैन ।
खड्ग शम्सेर के भए त?

अन्तमा पुनः खड्ग शम्सेरकै प्रसंग कोटेयाऊँ । प्रधानमन्त्रीको रोलक्रमबाट हटाइएका खड्ग शम्सेरको पालो फेरि आएन । वीर शम्सेरको निधन पछि देव शम्सेर प्रधानमन्त्री बने, तर उनलाई चार महीना पनि प्रधानमन्त्री बन्न दिइएन । कुटिल चन्द्र शम्सेर देव शम्सेरलाई हटाई आफै प्रधानमन्त्री बने । तर चन्द्र शम्सेरलाई आफ्ना दाजु खड्ग शम्सेरबाट भय छँदै थियो । निर्वासित भएर बसेका अड्ग शम्सेरलाई त्यहाँ पनि चैनसंग बस्न दिइएन । उनलाई काठमाडौंमा हमला गर्न लागेको आरोप लगाई चन्द्र शम्सेरले सैन्य शक्ति प्रयोग गरी त्यहाँबाट पनि धपाए। भनिन्छ, आफ्नो बाँकी जिन्दगी, यिनले बनारसमा विताउनु पर्यो र त्यहीं १९७८ साल पौष ८ गतेका दिन यस संसारबाट विदा लिए ।
आफ्ना बाहुबलले शम्सेर खलकलाई शासन सत्ता दिलाउनमा समर्थ, तर आफ्नै भाग्यले ठगिएका खड्ग शम्सेर प्रधानमन्त्री त बन्न सकेनन् । तर पनि आफ्नो प्रेयसीको सम्झनामा बनाइएको “रानीमहल” आज पनि काली गण्डकीको किनारामा उभिरहेको छ । यसको जर्जर अस्तित्वले त्यहाँका वासिन्दालाई खड्ग शम्सेरको प्रेमकथा सुन्न र सुनाउन आजपनि घच्घचाई रहेको छ ।

काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने

https://www.karobardaily.com/news/development/5747

काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने

काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने
रासस
बुधवार, जेठ ९, २०७५
1977
काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ ।
करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले यहाँ केबलकार सञ्चालन गर्न सम्भव भएको देखाएको हो ।
केबलकार निर्माण, जडान र सञ्चालनमा विश्वमा प्रसिद्धि कमाएका फान्सेली कम्पनीद्वय एडिपी र स्याष्ट्राले नेपालका पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनसँगको सहकार्यमा पाँच वर्ष लगाएर गरेको अध्ययनमा केबलकार परियोजना काठमाडौँ उपत्यकामा सञ्चालन गर्न सकिने सुष्पष्ट भएको हो ।
फ्रान्स सरकारले द्विपक्षीय सहयोगअन्तर्गत रु तीन करोड ४० लाख खर्च गरेर तयार पारेको काठमाडौँ उपत्यका केबलकार परियोजना सम्भव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हन्तान्तरण गरेको छ ।

नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले अध्ययन टोलीका सदस्य, नेपाली निर्माण प्रतिष्ठानका प्रतिनिधि तथा फ्रान्सेली प्रतिनिधिमण्डलको उपस्थितिमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

संभाव्यता अध्ययन प्रतिवेदनका मुख्य विषयवस्तुबारे सम्बन्धित इन्जिनिर र दुईपक्षीय सहायताबारे राजदूत कार्मोनाको मन्तव्य सुनेपछि मन्त्री महासेठले केही सातापछि नेपाल सरकारको निर्णय सुनाउने जानकारी दिनुभयो ।

“प्रतिवेदनबारे हामी गहन अध्ययन र छलफल गर्छाैं, सम्माननीय प्रधानमन्त्री र लगानी बोर्डमा पनि यसबारे विचारविमर्श गरिनेछ,” आगामी एक महिनाभित्र केबलकार निर्माण परियोजना टुंगो लगाइसक्ने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप नियन्त्रण, वायु तथा ध्वनि प्रदूषणमा कमी, पैदलयात्रीका जोखिम र कठिनाइको समाधान र महानगरको सौन्दर्य विटुलिन नदिन केबलकार परियोजना कार्यान्वयन अपरिहार्य भएको पन्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले राससलाई बताउनुभयो ।
सरकारले परियोजनामा साथ दिएमा त्यो निजी क्षेत्रले पूरा गरेरै छाड्ने प्रण उहाँ गर्नुहुन्छ ।
कालीका समूहका प्रमुख कार्यकारी निर्देशक वत्सल पाण्डे सार्वजनिक निजी साझेदारीअन्तर्गत उक्त परियोजना कार्यान्वयन गर्न उपयुक्त हुने भएकाले आफ्नो समूहलाई फ्रान्सले अध्ययनमा समावेश गरेको बताए ।
ब्लूलाइन केबलकार सेवा विष्णुमतिबाट प्रारम्भ भई हनुमानढोका दरबार क्षेत्र–रत्नपार्क–डिल्लीबजार–भण्डारखाल–चाबहिलहुँदै बौद्धनाथमा टुंगिनेछ । जुनसुकै स्टेशनबाट यात्रा प्रारम्भ गरी जहाँ उत्रिए पनि हरेक नेपाली यात्रीले रु ४० भाडा तिर्नुपर्नेछ भने पर्यटकलाई त्यसैकिसिमको सेवाका निम्ति रु १५० शुल्क लाग्नेछ ।
त्यसैगरी गङ्गबु – बालाजु– सोह्रखुट्टे–कालिमाटी बल्खु– त्रिभुवन विश्वविद्यालय ‘रुट’ कायम हुनेछ भने कलंकी–टेकु–थापाथली–रत्नपार्क अर्को केबलकार मार्ग हुनेछ । लगनखेल–पुल्चोक–थापाथली–रत्नपार्कलाई पनि उक्त परियोजनाले समेटेको छ ।
विश्व बैंक, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक, युरोपेली लगानी बैंकजस्ता बहुपक्षीय संस्थाले काठमाडौँ उपत्यका केबलकार परियोजनामा लगानी गर्न अभिरुचि देखाएका छन् ।

को थिए लिगलिग कोटका घलेहरू ? जेष्ठ ५, २०७५यादव देवकोटा

https://www.kantipurdaily.com/koseli/2018/05/19/152669709069341801.html

को थिए लिगलिग कोटका घलेहरू ?

घले भनेको गुरुङभित्रको एउटा थप थर हो भन्नेजस्तो बुझाइ आम बन्दै गएको छ तर घलेहरू छन् मगरमा, तामाङमा र बराममा पनि । ती हुन्— तत्तत् समुदायका मुखिया, अगुवा, राजा अर्थात् एउटा पद ।
तामाङ, थकाली र गुरुङहरूको जातीय मूल नशो एकैतिर थिएछ भन्ने संकेत दिने सामग्रीमाथि आँखा चिम्लन गाह्रै छ ।
यादव देवकोटा
काठमाडौँ — लर्सघाको घले राज्य जैन खानले कब्जा गर्नुअघिसम्म लर्सघादेखि साम्रीँसम्म राज्य गर्थे घलेहरू । लिगलिगकोट चाहि घटनाक्रमहरूले आधुनिक नेपालको जगको रूपमा देखिए पनि लिगलिगका घलेहरू को थिए भन्नेबारे सामान्य विमर्श पनि भएको पाइन्न ।
इतिहासप्रतिको नेपाली समाजको अरुचि त जानिन्छ नै, तर आफैं हुर्किई आएको जराले चुसेको माटोको यथार्थ पनि देखाउन चाहेको छैन सत्ता इतिहासले । यता, घलेहरूको आन्तरिक राज्य मेटिएको केही जोर शताब्दीपछि बेलायती साम्राज्यको घाम अस्ताउन नदिन आफैंलाई अचानो बनाउन पछि हटेनन् । र, त्यही कारण दिइएको भिक्टोरिया क्रसले घले र बारपाक चर्चामा आए । घलेहरू भनेको गुरुङ भित्रको एउटा थप थर हो भन्नेजस्तो बुझाइ आम बन्दै गएकै छ, तर घलेहरू छन् मगरमा, तामाङमा र बराममा पनि । ती हुन्— तत्तत् समुदायका मुखिया, अगुवा, राजा अर्थात् पद ।
घले राज्य
तमु भाषामा क्ले (घले) ले मालिक, संरक्षक, अधिपति भन्ने अर्थ जनाउँछ । क्ले एउटा पद हो छुट्टै जात होइन (तमु, टेकबहादुर–तमुजातिको पुरानो इतिहास, पृ ३३) भने तामाङ भाषामा राजालाई ‘ग्ले’ भनिन्छ (तामाङ, अजितमान–तामाङ जातिको मौखिक इतिहासको अवशेषहरू, पृ ३६) । ख्होल–सों–थर (क्होलसोँथर) मा च्यन वंशका ख्होलच्यन राजा भएपछि आफुलाई राज्यको मालिक अर्थात् ख्ह्ले घोषणा गरेर रजाइँ गरे । यही सुरुवाती शब्द ख्ह्ले अपभ्रंशित हुँदै क्ले र त्यो पनि नेपालीे भाषामा परिवर्तित भएर घले भएको देखिन्छ (गुरुङ, डी.बी.–तमु क्योए दे प्यक्ष्या, पृ २४६) । तामाङ घले समुदायबाट नेपालको पहिलो निर्वाचित संसद र दोस्रो संविधानसभामा प्रतिनिधित्व नै भएको थियो ।

गण्डकीप्रस्रवण क्षेत्रमा काठमाडौं उपत्यकाका शासकहरूको प्रभुत्व छुटेपछि त्यहाँ स्थानीय घले राजाहरूले रजाइँ गर्न थाले (गुरुङ, जगमान–गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, पृ १५) । पछिबाट पाल्पा राज्य एउटा बलियो रैथाने राज्यको रूपमा मात्रै विकसित भएन, त्यसले काठमाडौं उपत्यकामा समेत हमला गरी पूरै उपत्यकालाई पटकपटक त्राहिमाम पारिदियो, जसलाई मगर राजा भनेका छन्, उपत्यकाका शासकहरूले । समयक्रममा लसर्घादेखि साब्रीँसम्म घले राज्यहरू थिए— कतै कविला राज्यको रूपमा त कतै रजौटा र स्थानीय सामन्तका रूपमा, आफ्नै सिक्का नभएको, स्थायी सेना पनि नभएको । लसर्घा आलमदेवीमा किलो गाडिएको घले राज्य मगरहरूको थियो । कालीगण्डकी आसपास, पाल्पा, बल्ढ्याङगढी, रुद्रपुरगढी, देउचुली, पश्चिम नुवाकोट, सतौंकोट, कास्की, ढोर, लिगलिगकोट, गोर्खा तल्लो/माथिल्लो कोट, ताकुकोट घले मगरहरूको रजस्थल थियो भने गोर्खा माझकोट खड्का मगरको । क्होल, याङजाकोट, घान्द्रुक, बह्रा (बारपाक), सिक्लेस, सिम्जुङ, अजिरकोट, सिरानचोक, लमजुङकोट, खरिमैधी, मान्वु, लम्प (लाप्राक), स्र्यातान, अठारसयखोला, मनुँ (मनाङ), बसेरीलगायतका स्थानमा गुरुङ (तमु) घलेहरूको रज थियो । चरङगे, साब्रीँ, रुबीनाला, कटुञ्जे, सल्यान (कहिले मगर, कहिले तामाङ), धादिङ, झार्लाङ, सेर्तुङ, सेरजोङ, गतलाङ, किमताङ, बुङताङ, जिलिङलगायतका स्थानमा तामाङ घलेहरूको । ताकुकोट (कहिले बराम, कहिले मगर), बाहकोट, गैह्राथोक लगायतका गोर्खाका स्थानीय पाखाहरूमा बरामहरू रजौटा थिए । खास प्रमाणहरू नदिइए पनि गोर्खा बारपाकमा सुरत स्यार्तान (स्याङ्तान) ग्ले (राजा) थिए भन्ने वणर्न तामाङ पुर्खाहरूले पुस्तौंदेखि निरन्तर आजसम्म पनि विश्वास र गर्वका साथ बताउँदै आएका छन् (घिसिङ, कुयाङ लामा–घिसिङ राजा : ताल्च्यो दरबार एवं वंशावली, पृ २१) र गोर्खाका राजा राम शाहले राज्य विस्तारका क्रममा तामाङ राज्य बारपाक र स्यार्तानमा आक्रमण गर्ने थाहा पाए (तामाङ, रवीन्द्र– प्राचीन तामाङ राज्य, पृ ८४) ले बारपाकका राजा चांग्या र मन्त्री सुर्तानको नाम र सिरान्चोकदेखि भच्चेकसम्मको स्यार्तान इलाकामा परेको स्यार्तान शब्दका कारण तामाङहरूले ती राज्यहरूलाई तामाङ दाबी गरेको बुझ्न सकिन्छ ।

तर तामाङ, थकाली र गुरुङहरूको जातीय मूल नशो एकैतिर थिएछ भन्ने संकेत दिने सामग्रीमाथि आँखा चिम्लनै भने गाह्रै छ । तामाङ भाषामा ग्रोङ वा रोङले गुरुङ बुझाउँछ । प्राचीन तामाङ क्षेत्रमा गुरुङलाई छुट्टै जाति भनेर लिइँदैन । गणेश हिमालदेखि दक्षिण, बुढीगण्डकीदेखि पूर्व, त्रिशूली गंगादेखि पश्चिम र दक्षिण, यी दुई नदीको दोभानदेखि माथिको क्षेत्रमा तामाङहरू गुरुङलाई छुट्टै जाति मान्दैनन्, तामाङभित्रकै एउटा उपथर ग्रोङ समूहको रूपमा लिइन्छ (तामाङ, अजितमान, उही, पृ ४०) र गुरुङहरू आफूलाई तमु भन्छन्, थकालीहरू आफूलाई तामाङ भन्छन्, तामाङहरू आफ्नो गुरुलाई तमु गुरु भन्छन्, भाषाशास्त्रीहरूका अनुसार तामाङ र गुरुङ भाषाबीच ६५ प्रतिशत समानता छ (तामाङ, परशुराम–तामाङ जाति, पृ ३१) लाई बल पुग्ने गरी जगमान गुरुङ लेख्छन्— गुरुङजस्तै तामाङका पुरुषहरूले भोटो, कछाड र भाङ्ग्रा लगाउँछन् भने महिलाहरूले गुन्यु, चोलो र घलेक लगाई मजेत्रो ओढ्छन् । थकाली, गुरुङ र तामाङहरूको भाषा, धर्म र संस्कृतिमा समानता पाइन्छ । वास्तवमा बसाइँसराइको क्रममा थाक खोलामा थोरैलाई छोडेर ठूलो हूल मनाङ उपत्यकातिर लागेको र त्यसमध्ये एउटा हूल दक्षिणतिर लागेको र अर्को हूल पूर्वतिर लागेको देखिन्छ । थाकखोलामै बसिरहेकाहरू थकाली, मनाङबाट दक्षिणतिर ओर्लेको समूह गुरुङ र पूर्वतिर लागेको समूह तामाङ हुन् । थकालीहरूले आफ्ना भाषामा आपसमा कुराकानी गर्दा आफूलाई तामाङ नै भन्छन् । यसैगरी गुरुङहरूले आफूलाई आफ्नो भाषामा तमु भन्दछन् । तामाङहरूले तामाङकै रूपमा परिचय गराइरहेकै छन् । अत: जातिवाचक शब्द तामाङ एवं तमु र भाषा, संस्कृतिको आधारमा थकाली, गुरुङ र तामाङ एउटै ओदानका तीनवटा खुट्टाजस्ता हुन् (गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, पृ २२) ।

थपमा, आजको दिनमा तमु जातिलाई चिनाउन प्रचलनमा रहेको गुरुङ शब्द पनि आएको छ मगर भाषाबाटै भनेर गुरुङले ‘तमुवानको ऐतिहासिक बृत्तान्त’ मा लेखेका छन्— वर्तमान स्याङ्जा जिल्लामा पर्ने तत्कालीन गह्रौं राज्यअन्तर्गत गुरुङदी थुम अवस्थित छ । गुरुङदीका निवासीहरू गुरुङ कहलाएका थिए । गुरुङदीबाट गुरुङ र मगरको पुर्खा छुट्टिएको वंशावली पाइएको छ । मगर भाषामा गुरुङ शब्दले धुरी मारेर पक्का गरी छाएको घरको छानाजस्तो ठाउँ भन्ने अर्थ लाग्छ भने गुरुङदीले धुरी मारेर पक्का गरी छाएको घरको छानाजस्तो ठाउँबाट बगेको पानी भन्ने जनाउँछ । मगरहरूमा गुरुङछाने थापा, गुरुङछाने राना आदि थरहरू पाइन्छ । गुरुङहरूमा केप्छैं, कोम्छैं थरहरू छन् भने मगरमा केप्छाकी, क्रोम्छाकी थरहरू छन् । गोरखाको भुम्लिचोक इलाकामा त राना गुरुङहरू पनि रहेका छन् (पृ ३,४,५) ।

यसले एक समय गण्डकीपानीढलोमा चलेको घले व्यवस्था एउटा सजातीय सत्ता अभ्यास थियो, बरु बसाइँसराइ, भूगोल, भाषा, प्रतिस्पर्धा, आपसी खिचातानीले ती आपसमा मात्रै हैन जातीय रूपमा समेत विभाजित परिचय बोकेर उभिएछन् भन्ने देखिन्छ । कहिलेबाट, त्यो बेग्लै प्रश्न हो ।

लसर्घाको घले राज्य जैन खानले कब्जा गरे । कास्की, रजस्थल, क्होलका घले राज्य जगातीखान शाहीले कब्जा गरे । लमजुङको घले राज्य जसवम (यशोब्रह्म) शाहीले, लिगलिग, तल्लो/उपल्लोकोट, सिरानचोक, अजिरकोटको घले राज्य र माझकोटको खड्का राज्य द्रब्य शाहले कब्जा गरे । बारपाक, स्यार्तान, अठारसयखोला, सल्यान, बसेरी, चरङगे, खरिमैधी, धादिङका घले राज्यहरू राम शाहले र राम शाहपछि पुन घले मुखिया थापेर बसेका धादिङ, कटुन्जे, बसेरी, साम्रीँका घलेराज्यहरू नरभूपाल शाहले कब्जा गरे (सं.योगी, नरहरिनाथ–गोरखा वंशावलीका विभिन्न पृष्ठहरू) । उता नुवाकोट, रसुवातिरका तामाङ घलेहरूको रज काठमाडौं उपत्यकाले कब्जा गरेको थियो ।
लिगलिगकोटको राज्य
लिगलिगकोटलाई द्रव्य शाहले अधीनमा लिनुअघि त्यहाँ घलेहरूको रजाइँ थियो । दसैंको टीकाको दिन दौडने र सबैभन्दा पहिले कोट पुग्ने त्यो वर्षको त्यहाँको प्रमुख हुने नियम थियो । दौड चेपेदेखि लिगलिगसम्म हुन्थ्यो । केहीले चोरकोटेबाट दौड हुने लेखे पनि चोरकाटे भुसुण्डीखोला कटेर जानुपर्ने र त्यो सिरानचोकको अधीनस्थ पर्ने भएकाले अर्को राज्यको भूगोलबाट लिगलिगमा दौड चलाउने कुरामा संगति देखिंदैन । भुसुन्डी पानीढलोले लिगलिग र सिरानचोकलाई छुट्याउँथ्यो भने दरौंदी पानीढलोले लिगलिग र गोरखा । निमेल खोलाले गोरखा र बारपाक । सजातीय राजा थाप्न हतारिएका खस, क्षत्रीहरूबाट अघि सारिएका लमजुङे द्रव्य शाहले लिगलिगको कविला घले राज्य मासेर कविला शाही राज्य खडा गरेपछि विस्तारित भएको शाही राज्यले गोर्खा हुँदै एउटा आकार ग्रहण गरेर आजको नेपालको स्वरूप ग्रहण गरेको छ ।

‘यशोब्रह्म शाहले पोंजोको घले राजालाई मस्र्याङ्दी किनारमा मारेपछि घलेका सन्तान कोही भाइ गोर्खा, कोही भाइ नेपाल (काठमाडौं) तर्फ भागी गए । गोर्खा गएकाहरूले लिगलिगकोट, गोर्खा उपल्लोकोट, बारपाक र स्यार्तानमा रजाइँ गरी बसे । लिगलिगकोटका घलेहरू बडादसैंका दिन चेपे र मस्र्याङ्दीका संगम चेपेघाटमा भेला भई चाड मानी टीका लगाई भोज भत्यारा खान्थे । त्यसपछि सबै एकैचोटि दगुरेर जसले सबैभन्दा पहिले कोटमा पुग्न सक्यो त्यसैलाई सबैले टीका दिई त्यस वर्षको राजा मान्थे । यसरी लिगलिगमा वर्षैपिच्छे राजा फेरिने चलन थियो (गुरुङ, जगमान–गुरुङ जाति तथा संस्कृति, पृ ६,७,८,९) ।’

त्यसबखत जातीय बहुलता नपुगी अल्पसंख्यकले शासन गर्ने सम्भावना थिएन नै । लमजुङबाट पराजित भएर आएकाहरूले रातारात लिगलिग, माझकोट, बारपाकमा शासन गर्ने कुरा सम्भव छैन । बरु पछिका दिनहरूमा खसान, इस्मा, कास्की, पाल्पालगायतबाट विविध कारण पलायन भएका खस, क्षत्री, दलितहरूको आवादी बढ््दै गएको देखिन्छ भुसुन्डी खोला पानीढलो र चेपे पानीढलो आसपासमा । एकातिर परम्परागत मगर प्रशासन र अर्कातिर आप्रवासी गैरमगरहरूबीच एकअर्कालाई अस्वीकार गर्ने क्रम बढ्दै जाँदा साम, दाम, दण्ड, भेदको खेलले खस, क्षत्रीहरूले गोर्खाली मगरहरूलाई मगरकै हातमा तरबार भिराएर पराजित गरायो र सत्तामा पुगे । गंगाराम रानामगर अरूको तरबार भिरेर मगर हराउन जाने द्रव्य शाह, गणेश पाँडे प्रभृत्तिका एक जना युद्धवीर थिए, त्यसमा मिसिएका थिए मुरली खवासमगरसहितका थापा, वुषाल, राना, मास्की थरका मगरहरू पनि । यसले तत्कालीन दरौंदी र चेपे पानीढलोबीचका खड्कामगर र अन्य मगरबीच खिचातानी रहेको देखिन्छ, जसको लाभको भाग द्रव्य शाहको पोल्टामा पर्‍यो ।

लिगलिग र माझ तथा उपल्लोकोट द्रव्य शाहअधीनस्थ भएपछि गणेश पाँडेको नेतृत्वमा सिरानचोक जितिएको, त्यहाँ पराजित भएका सिरानचोकेहरू भागेर बारपाक गएको तथा त्यसपछि गुरुङथोक (पोखरीथोक) हुँदै सिरानचोकको बाटो भएर अजिरकोटमा हमला गरिएको, अजिरकोट बारपाकको अधीनस्थ रहेको हुनाले बारपाकीलाई अजिरकोटमा हराएपछि उनीहरू बारपाक फर्किएको गोर्खा वंशावली, गोर्खा राजवंशावली सहितका सामग्रीमा उल्लेख छ ।

‘लिगलिगको प्रतियोगितामा भाग लिइरहेका राजसदस्यहरूमध्ये समर घले शाहको कुटिल चालबाट उम्किएर समर्थकहरूको एउटा समूह बनाएर खोर्ला भन्ने स्थानमा गई स्वतन्त्र राज्य बनाएर बसेको र खोर्लाका राजा चंकेल घले बारपाक आएर समस्या समाधान गरेपछि त्यहाँ राजा भएर रजाइँ गरेका थिए (गुरुङ, डी.बी–तमु दिग्दर्शन, पृ २६०)’ चाहिँ किन पनि खण्डित हुन्छ भने बारपाक एकैचोटी राम शाहको पालामा मात्र कब्जा भएबाट त्यो पहिल्यैबाट बलियो राज्य थियो, उसको अधीनमा सिरानचोक, अजिरकोटसमेत रहेकाले लिगलिगबाट भागेर गएकाले उता गएर रातारात त्यति बलियो राज्य बनाएको कुरा आ–आफ्ना डम्फुको भिन्नाभिन्नै स्वरजस्तो मात्रै देखिन्छ ।
बारपाकका चांग्याको थपौलो राजा (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह, पृ ६७८) हुनाले गोर्खा माझकोटमा खड्का राजाले बारपाक राज्यको प्रतिनिधित्व गरेको संकेत गरे पनि बारपाकमा गुरुङ घले राजा रहेको सन्दर्भमा माझकोटमा खड्कालाई प्रतिनिधित्व दिएको कुरा विश्वसनीय देखिंदैन भने माझकोटमा द्रव्य शाहसँग पन्ध्र दिनसम्म लडाइँ हुँदाको बखतमा समेत बारपाकबाट कुनै सहयोग गरेको संकेत नपाइनुले यो कुरामा संगति देखिंदैन । गोर्खामा मारिएका मानसिंह खड्कामगरकी विधवा गर्भवती भएकाले वच्चा जन्मेपछि सालनालसहितको वच्चा बुझाउने सर्तमा बचिन् र उम्केर भाग्दै काठमाडौं आई प्रताप मल्लको शरणमा परिन् । पछि उनबाट जन्मेको सन्तानहरू रक्तकाली–नरदेवी क्षेत्रमा बसोबास गरे । विसं १९०३ को कोतपर्वपछि ती मगरका सन्तानहरू ज्यान जोगाउन काठमाडौंबाट भागेर नुवाकोट सामरीभञ्ज्याङ पुगे । मानसिंहका दरसन्तानहरू अहिले पनि ती रानीलाई देउतीबज्यै भनेर सम्झने गर्छन् (रानामगर, भाइकाजी–गोरखा मगरहरू, पृ १७,१८) ।

प्रसंगवश, राम शाहले बारपाकीलाई निमेलमा निशस्त्र भई छलफल गर्ने भनेर बोलाए र बारपाकी आउनुअघि नै बालुवामुनि हतियार दवाएर बारपाकी आउनासाथ हतियार झिकी चांग्यासहित बारापाकी घलेलाई काटी निमानीखोला (निमिलखोला/निमेलखोला) मा तरबार पखाले । त्यसरी निमेलखोलामा घले काटेको तरबार पखालेको हुनाले डाँगे घलेहरूले पंक्तिकारको गाउँ नजिकको निमेल खोलाको पानी पिउँदैनन् । राजाको रगत वगेकाले खोलाको पानी नपिउने चलन तामाङहरूमा पनि छ । ह्यावेङ (ह्यापिङ ?) खोलाको पानीमा बाञीवा ग्लेको रगत बगेकाले तामाङहरूले पिउँदैनन् (तामाङ, अजितमान–तामाङ जातिको मौखिक इतिहासको अवशेषहरू, पृ ६६) । कालु शाहीलाई घनपोखराका फचुन घलेले खुदीखोलाको वगरमा मार्दा खोलामा रगत मिसिएको हुनाले खुदीखोलाको पानी पिइन्न (गुरुङ, इन्द्रबहादुर–तमु सांस्कृतिक दिगदर्शन, पृ ४६५) । गण्डकी क्षेत्रमा मुख्यत: मगर, गुरुङ समुदायमा प्रचलित घाटु नृत्य तिनै कालु शाहीका गर्भे छोरा परशुराम शाही (पश्रामु राजा) को कथामा आधारित छ ।

निमेलमा मारिएका बारपाकी राजा चांग्याका छोरा भाङ्गे घलेले खारभञ्ज्याङ दाउन्नेखोला नजिक सुलिकोटमा राज्य चलाएको र उनलाई छत्र शाहको पालामा घ्याम्पेसाल नजिकमा तीखण्ड हुनेगरी गिँडिएको थियो ।

द्रव्य शाहले जितेपछि पनि लिगलिगमाथिको छिनाझम्टी सकिएन । पटकपटक चौबिसीहरूले लिगलिगमाथि हमला गर्नुले त्यसबखत सामरिक महत्त्वको थलोको रूपमा लिगलिग नाका थिएछ भन्ने देखिन्छ । पृथ्वीपति शाहको पालामा समेत लमजुङेले चौबीसीहरूसित बल मागेर लिगलिग, लकाङ, धुवाकोट, देउराली कब्जा गरी ९ वर्षसम्म अधीनमा लिँदा ११ पटक लडाइँ खोल्दा पनि गोर्खाले लिगलिग फिर्ता लिन सकेन । त्यसपछि बाह्र वर्षमाथि असी वर्षमुनिका सारा गोर्खाली जम्मा गरेर रातिको समयमा गई लिगलिगकोटको गढीमा आगो लगायो र लिगलिग फिर्ता लियो । फेरि लमजुङेले लिगलिगकोट चार वर्ष लिए । गौरेश्वर पन्थ, वलि पाध्याय कडरियाले जालपूर्वक लिगलिग पुन गोर्खामै फिर्ता ल्याए (सं योगी, नरहरिनाथ–गोर्खा वंशावली,पृ ६४) ।
घले राज्यअघिको लिगलिग
लिगलिगकोटमा घलेहरूले कहिलेबाट शासन गर्न सुरु गरे त्यसको स्पष्ट किटान गर्न गाह्रो छ । यसका लागि हेर्नुपर्छ लिगलिगसहित रजाइँ प्रकरण ।

सिँजाका राजा जितारी मल्ले विसं १३४४/४५/४६ मा बर्सेनि नेपालखाल्डोमा आक्रमण गरी उत्पात मच्चाएको र उनका छोरा आदित्य मल्ले विसं १३८४ मा नेपालखाल्डोमा हमला गर्दा पहिले नुवाकोट हमला गरेको उल्लेख हुनुले यो समयमा सिँजा र नेपालखाल्डोको बीचमा पर्ने गोर्खा सिँजा अधीनस्थ थियो भन्ने देखिन्छ । विसं १३७८ र विसं १३९४ मा आदित्य मल्लले गोर्खाको ताघवाई गुम्बामा वस्नेहरूको सुरक्षाका लागि आफ्ना भारदारहरूलाई आदेशपत्र लेखेबाट यसबेलासम्म पनि गोर्खा सिँजा (खस) राज्यकै अधीनमा रहेको देखिन्छ । जितारी मल्लले खसतिर पारेको गोर्खालाई विसं १५२४ तिर यक्ष मल्ल (भक्तपुर) ले नेपालखाल्डोको अधीनमा लगेको देखिन्छ । यक्ष मल्लपछि नेपालखाल्डोमा मल्ल राज्य विभाजित भयो र कमजोर भयो । यही मौकामा विसं १५८१/८२ मा दुई पटकसम्म पाल्पाली राजा मुकुन्द सेनले काठमाडौं उपत्यकामा हमला गरी हाहाकार मच्चाएका थिए । विसं १६०३ मा समेत उनले काठमाडौंमा आक्रमण गरेको र विसं १६०६ मा काठमाडौं खाल्डोका राजाहरूले आपसमा पाल्पाली सेनवंशी ‘मगर’ हरूको हमलाको त्रास व्यक्त भएको कुरा थप रोचक पनि छ । यसले कम्तीमा विसं १६०३ सम्म गोर्खा पाल्पाको अधीनमा रहेको देखिन्छ (पन्त, दिनेशराज–गोरखाको इतिहास,पृ १६–२२ ) ।

मुकुन्द सेनपछि उनको ठूलो राज्य टुक्रियो । उनका छोराहरूले आफ्नो सबै राज्य थाम्न नसकेपछि गोर्खा सेनहरूबाट छुट्टिई स्थानीय शासकको अधिकारमा आएको देखिन्छ (पन्त, उही, पृ २४) । पाल्पाका राजा मुकुन्द सेनले नेपालखाल्डो हान्न जाँदा लिगलिगमा दलसुर घले मगरलाई प्रशासक बनाएका थिए (थापा, नरबहादुर (नरु)– किराँत मगर इतिहास) ।
यसले लिगलिगलगायत गोर्खाको इलाका सत्रौं शताब्दीको सुरुवातसम्म पाल्पालीहरूको अधीनमा रहेको, रैथाने रजौटाका रूपमा स्थानीय भेगमा फरकफरक मुखियाहरूको प्रशासन चलेको देखिन्छ । त्यो स्वतन्त्र राज्य नभएर थपौलो रजौटाको रूपमा क्रियाशील भएको, बरु पाल्पाली राज्य कमजोर भएपछि रैथाने रजौटाहरूले आफूलाई स्वतन्त्र राज्यको रूपमा व्यवहार गर्ने प्रयास गरेको हुन सक्छ ।
लिगलिगका घलेहरू
लिगलिगको राज्य गुरुङको थियो कि मगरको भन्नेमा दुवै जातिका नाममा लेखिएका सामग्रीहरू परस्पर विरोधी छन् । दुवैले लिगलिगलाई आ–आफ्नो राज्य दाबी गरेका छन् । दाबी गर्नु बेग्लै कुरा हो, संगतिपूर्ण दाबी मुख्य कुरा हो । त्यसका लागि गण्डकी क्षेत्रको संस्कृति, रहनसहन, आवादी, परम्परा, रैथाने नदी–भूगोलको नामकरणलाई सिरानी हाल्नुको विकल्प छैन, कम्तीमा अहिलेलाई ।

आजको दिनमा प्रचलित गण्डकी शब्द आएको देखिन्छ मगर भाषाको गनडीबाट । गन या गान अर्थात् सागजस्तो हरियो वर्ण भएको र डी अर्थात् पानी, खोला, नदी । यी अर्थ आउँछन् नै मगर भाषाबाट । गण्डकीप्रस्रवणक्षेत्रमा जति पनि नदी, खोलाहरूको नाम प्रचलनमा छ, तिनमा डि या दि प्रत्यान्त शब्द रहेको पाइन्छ (तमुवानको ऐतिहासिक वृत्तान्त, पृ २) । होस्याङदी, भुरुङदी, लुङ्दी, चरौंदी, ज्ञादी, तमादी, भल्याङदी, सरङ्दी, छाङछाङदी, गराङदी, मोदी, ह्वाङदी, हुग्दी, ग्वादी, अर्माडी, छाब्दी । थपमा गोसाइँकुण्डबाट आएको छ, त्रिशूली गण्डी । मनास्लु, गणेश हिमालबाट आएको छ, बूढीगण्डी । थोराङ्बाट दोर्दी, मस्र्याङदी, रुपिनालाबाट दरौंदी । अन्नपूर्णबाट आएको छ– मादी, ईदी, रुदी । तीनशिरेबाट सेतीगण्डी, सार्दी, मर्दी, सरौदी । लिगलिगकै अमबलमा पर्छन् दरौदी, भुसुन्डी, मादी, मस्र्याङ्दी । त्यहाँबाट निकै परसमेत छ हुङडीखोला । तनहाङ (तनहुँ), डयाम्बुले (दमौली), गरहाङ (गर्हौं), मालिहाङ (वालिङ), टानसिङ (तानसेन), विरमचोक (विरेनचोक) हरू राखिएकै मगर भाषामा ।

कोट, कोतको अर्थ पूजाआजा गर्ने ठाउँ हुन्छ (बुढामगर, हर्षबहादुर–मगर जाति र उनका सामाजिक संस्कार, पृ ४५) मगर भाषामा । गण्डकीप्रस्रवणक्षेत्रका बस्तीहरूमा रहेका विभिन्न इष्टदेवीका मन्दिरमा मगर पुजारी रहेको पाइन्छ । कोट या कोत अरूका जातका लागि फरक अर्थको रहे पनि मगरका लागि पूजाआजा गर्ने ठाउँ हुन्छ । नभन्दै रुकुम रुन्मा मैकोटका राँगी पुनहरूले महाअष्टमीमा साँढे चढाएर कोटपूजा नामबाट कुलपूजा मान्छन् (श्रीसमगर, मीन–मगर जातिको चिनारी, पृ ४८) । गण्डकीप्रस्रवणक्षेत्रका आलमदेवी लसर्घामा मास्की राना, गह्रौंकोटमा बराल राना, भीरकोट–सारु थापा, घिरिङ–दिश्वा थापा, खिलुङ–सारु थापा र सिंजाली थापा, कास्कीकोट–फेवाली राना, पश्चिम नुवाकोट–सारु राना, सतौंकोट–पुलमी, सराङकोट–चुमी थापा, ढोर रजस्थल–दर्लामी राना, ताकुकोट–राना मगर, लमजुङकोट–दूध राना र छार आले, गोर्खा तल्लोकोट–मास्की राना र भुसाल राना, उपल्लोकोट–गरौंजा थापा, गोर्खा कालिका–पुलामी र अस्लामी मगर, सल्यानकोट–सारु मगर पुजारी रहेको पंक्तिकारको अध्ययनमा देखिएको छ ।

जहाँ गुरुङहरूको घना बस्तीे छ— मुस्ताङ, मनाङ, गोरखा उपल्लो थलो, कतै भेटिन्न कोत वा कोटहरू । ती भेटिएका छन् मगर संस्कृतिको प्रभाव क्षेत्रमा । यो वेग्लै कुरा हो कि क्वे शब्दले कोट या कोत नै जनाउँछ गुरुङ भाषामा । यसले गण्डकी पानीढलोमा भेटिने कोटहरू मगर राज्य थिए भन्ने तर्कमा बल दिन्छ । (संस्कृतिका ज्ञाता जगमान गुरुङले पंक्तिकारसँग आफ्नो गाउँ योँजुुँक्वे (याङजाकोट) बाट तल गुरुङहरूमा पनि क्वे (कोट) संस्कृति रहेको मत राख्नुभएको कुरा यहाँ छुटाउन मिल्दैन) नभन्दै यहाँका सबै कोटहरूमा मगरहरू पुजारी छन् । ‘लिगलिगकोट मगरात क्षेत्रमा पर्छ । गण्डकी संस्कृति नै मगर संस्कृतिको क्षेत्र हो (जगमान गुरुङसँग पङ्क्तिकारले २० वैशाख, २०७५ मा गरेको रेकर्डेड कुराकानी)’ ले पनि लिगलिगका घले मगर थिए भन्ने जनाउँछ ।

गुरुङहरूको मूल थलो लमजुङ भएको र पृथ्वीनारायण शाहको समयमा ती राज्यहरू बृहत् नेपालमा गाभिइनसकेकोले उनको सेनामा खस र मगरको तुलनामा गुरुङहरू धेरै नहुनु स्वाभाविक हो (गुरुङ, जगमान–नेपालको एकीकरणमा गुरुङहरूको भूमिका, पृ १२) । द्रव्य शाहसँग लमजुङबाट आएका केही गुरुङहरूको संख्यात्मक विवरण भेटिन्छ पनि, इतिहासमा ।

थपमा, गोरखाको चोरकाटे, फिनाम, छेवेटारमा अहिले नै पनि कुमालहरूको सघनबस्ती छ गुरुङ, मगरको तुलनामा । थप्नैपरेन, कुमालहरू पहिल्यैदेखि नदीका घाँटीहरू ताकेर बसोवास गर्थे माटोको भाँडा बनाउने परम्परागत पेसाका कारण । गोर्खाका कुमालहरूको अध्ययनले उनीहरू शताब्दीऔं अघिदेखि त्यही भूमिका रैथाने रहेको देखाउँछ । बरु सत्ता, समय, अभाव, उत्पीडनले उनीहरूको आवादीको जमिन सत्ताधारी टाठाबाठाको हातमा उम्कदै गएको देखाउँछ । गुरुङहरूको जति पनि न्हेंज (पैत्रिकथलो) को विवरण भेटिन्छ, त्यसमा कास्की, मुस्ताङ, मनाङ, लमजुङ र उपल्लो गोर्खाका नाम भेटिए पनि बारपाक तलको भेग गुरुङहरूको पैत्रिक थलोको विवरणमा नभेटिनुले पनि यो भेगमा पछि मात्रै गुरुङ आवादी विस्तार भएको र लिगलिग मगरकै प्रशासनिक इलाका रहेको बुझ्न सकिन्छ ।

बरु, बरामहरू गोर्खामा शाहवंशको अभ्युदय हुनुभन्दा पहिल्यैदेखि बसोबास गरिरहेको पाइन्छ । साम्दोको ताघवाई गुम्बालाई आदित्य मल्लले विसं १३७८ मा लेखेको पत्रमा ‘बराम चल्या भाष् पसा भई’ अर्थात् ‘बराम हिँडेको बेलामा यो भाकापत्र पठाइएको’ उल्लेख भएबाट बरामहरू गोर्खामा रैथानेकै रूपमा रहेको देखिन्छ । यता बरामभित्र पनि छ घले थर । गाँठी र चनघलेहरू घलेवंशी बरामहरू हुन् (बराम, भद्रकुमारी–बराम जातिको संस्कृति, पृ १३५) ।

छँदैछ, लिगलिगमा घलेबारी, जहाँ बसेका छन् मगरहरू अहिले पनि । लिगलिगकोटका घलेहरू मगर भएको थुप्रै आधारहरू देखिन्छन् । त्यहाँका रैथानेहरूले, जानकारहरूले, लिगलिगका मगरबाहेकका अन्य जातका बूढापाकाहरूले समेत लिगलिगका घलेहरू मगर भएको आफूले आफ्ना पुर्खाहरूबाट सुनिआएको बताउने गर्छन् (पंक्तिकारको स्थलगत अध्ययन) ।

भोजविक्रम बूढामगरले आफ्नो पुस्तक ‘मगर जातिको राजनीतिक इतिहास’ मा आँपपीपल गाविसका पूर्वप्रधानपञ्च ७३ वर्षीय गेहेन्द्रबहादुर रानामगरसित गरेको कुराकानीलाई आधार मानेर लेखेका छन्—लिगलिग मुकुन्द सेनको राज्यअन्तर्गत नै थियो । उनको मृत्युपछि उनका छोराहरूले राज्य चलाउन नसकेपछि दौडेर जित्ने व्यक्तिलाई राजा बनाउने चलन सुरु भएको थियो (पृ ९४) । द्रव्य शाहले लिगलिग जितेपछि घलेहरू त्यहाँबाट लघारिए । केही च्याङली, धादिङ, धनकुटा, उदयपुर पुगे । नभन्दै पञ्चायतकालमा उदयपुर डुम्रेका दानबहादुर घलेमगर जिल्ला पञ्चायत उपसभापति भए थिए (पृ ५९) ।

लिगलिगमा ‘घले’ थर भएका मगरहरूको बोलबाला थियो । दसैंको टीकाको दिन लिगलिगको तल्लो कोटबाट दौडेर सबैभन्दा पहिले जो व्यक्ति माथिल्लो कोटमा पुग्न सक्दछ, त्यसैलाई नै त्यस वर्षको निमित्त त्यस क्षेत्रको मुखिया या नेता बनाउने चलन थियो । सबै मगर युवाहरू दौडमा सहभागी हुने तरखरमा रहेको मौका छोपी आफू पनि दौडमा सहभागी हुने बहाना गरी राजकुमार द्रव्य शाहले आफ्ना सहयोगीहरूको मद्दतले सर्वप्रथम लिगलिगको तल्लोकोटमा आफ्नो अधिकार स्थापित गरिदिए । यसबाट लिगलिगको माथिल्लो कोटमाथि पनि अधिकार स्थापित गर्न तिनलाई कुनै कठिनाइ भएन (आचार्य, बाबुराम–नेपालको संक्षिप्त वृत्तान्त, पृ ९१) ।

...
अठारसयखोला अम्बल तल निकै पछि मात्रै गुरुङहरू मनाङ, लमजुङबाट गएका रहेछन् भनेर सोच्नपर्ने केही तथ्यहरूलई छोड्न सकिन्न । डिल्लीजंग तमुले आफ्नो पुस्तक तमु जातिको लुकेको इतिहासमा लेखेका छन्— गोरखा जिल्लाको तमु क्ले (घले) हरू मनाङ ‘फु’ गाउँबाट गएका हुन् । पचास–साठी वर्षअघिसम्म पाप्रो (बारपाक), लाप्रो (लाप्राक) तिरका तमुको अर्घु गर्दा नार गाउँका बोन लामा गएर मात्र गथ्र्यो । बारपाक गाउँमा अर्घु गर्दा एकथरी क्लेले नार गाउँको र अर्कोथरी क्लेले लमजुङ माझागाउँको लामाले गर्ने परम्परा रहेछ (पृ ४९) ।
कास्की खिलाङबाट नेचु (कृजु) लामिछाने गुरुङको एक परिवार गोरखाको सिम्जुङ गएर त्यहाँ गढीकोट खडा गरेर बसेछन् । अजिरकेटदेखि अलिकति माथि भच्चेकको डाँडा छ । सिम्जुङे उमरा सै गुरुङका जेठा छोराले सिम्जुङ गाउँ बसाली त्यहाँका उमरा भएर बसे । माहिला छोराले चेपेनदीको बायाँपट्टि अपुनथुम खडा गरेर त्यहाँको मुखिया भएर बसे (गुरुङ, जगमान–गुरुङ चोलाका स्वामी हर्कधर, अन्नपूर्ण पोस्ट, १५ वैशाख २०७५) । नभन्दै बारपाक, लाप्राक, सौरपानीतिरका गुरुङहरूले सिरानचोक, घ्याच्चोक, सिम्जुङतिरको मान्छेलाई नु र नुब्ल्या (पश्चिमेली) भन्ने गर्छन् (तमु, टेकबहादुर–तमु जातिको पुरानो इतिहास, पृ ४३) ।

यसले गोरखाको तल्लो भेगमा फैलिएका गुरुङहरू निकै पछि मात्रै त्यहाँ गएर प्रशासन क्षेत्र बनाई बसेको, बरु त्यस्तो गर्दा रैथाने, बराम र मगरहरू त्यहीँ निम्छरो भएको देखिन्छ । लिगलिग आसपासको क्षेत्रमा रहेको मगर प्रभुत्व, त्यहाँवरपरका नदीहरूको मगर बोलीका नाम, स्थानहरूको मगर भाषामै नाम हुनुले समेत लिगलिग मगरको रजस्थल थियो भन्न सकिन्छ ।
Twitter:@gaunkomanchhey
प्रकाशित : जेष्ठ ५, २०७५ ०८:१६