Wednesday, May 16, 2018

अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ? तत्काल सुर्धानुहोस् यी गल्तीहरु

http://ausnepalnews.com/2018/01/50926.html

अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ ? तत्काल सुर्धानुहोस् यी गल्तीहरु

काठमाडौं ।अध्ययनका लागि अष्ट्रेलिया जाने चाहना सबैको हुन्छ । चाहना मात्र भएर पनि हुँदैन । त्यसलाई पुरा गर्न सक्ने सामर्थ्य आफुमा पनि हुन जरुरी छ । चाहना र सामर्थ्य सहित उचित परामर्श पनि मिल्यो भने अष्ट्रेलिया जाने सपना जो कोहीको पनि पुरा हुन सक्छ ।
अष्ट्रेलियाको भिसा आवेदन अस्वीकृत हुनसक्ने कारणहरु यसप्रकार छन् :
१.अधुरो विवरण : भिसा आवदेन अस्वीकृत हुने प्रमुख कारण आवेदन दिदा बुझाइने विवरण अपुग वा अधुरो हुनु हो । त्यसैले भिसा आवेदन दिदा दिइने जवाफलाई सपोर्ट गर्ने खालका कागजात बुझाउँनुपर्दछ । जस्तो तपाईलाई अरु कुनै नामले पनि चिनिन्छ ? भन्ने प्रश्नमा तपाईले टीक लगाउँनुभएको छ भने तपाईलाई किन र कुन नामले चिनिन्छ,त्यसलाई प्रष्ट पार्ने डकुमेन्टस् बुझाउँन आवश्यक छ । त्यसका लागि नाम परिवर्तन भएको वा दुइटै नाम भएको व्यक्ति एकै हुन् भनी प्रमाणित गर्ने कागजात आवश्यक पर्दछ ।
२.झुटा र गलत विवरण : यदि तपाईले बुझाउँनुभएको विवरण र कागजात मध्ये कुनै एउटा मात्र झुटो वा गलत पाइयो भने मान्नुस् तपाईको आवदेन सीधै अस्वीकृत भयो । त्यतिमात्र होइन त्यस्ता व्यक्तिहरुलाई सधैंका लागि अष्ट्रेलिया प्रवेश गर्न नपाउँने गरी कालोसूचीमा राख्ने सम्भावना समेत बढी रहन्छ । साथै कुनै कुनै केसमा त त्यसरी गलत विवरण बुझाउँनेका विरुद्ध दुतावासले ठगी मुद्दा समेत चलाउँन सक्छ ।
३.आर्थिक सर्पोट प्रमाणित नहुनु : विशेष गरी विद्यार्थी र पर्यटक भिसाका लागि आवेदन दिनेहरुले आफ्नो आर्थिक हैसियत र सपोर्ट पुष्टि हुने सही कागजात बुझाउँन अनिवार्य छ । तपाईले बुझाउँनुभएको कागजातले पुष्टि गर्ने तपाईको आर्थिक स्थितिमा अष्ट्रेलियाली सरकार सन्तुष्ट र विश्वस्त हुन आवश्यक छ ।
४.गलत पेशा : तपाईले आफ्नो क्षेत्र वा पेशा भन्दा बाहिर गएर भिसा आवेदन माग्नुभयो भने पनि अस्वीकृत हुने सम्भावना बढी रहन्छ । त्यसैले आफ्नो पेशा वा क्षेत्रसँग मेल खाने भिसाका लागि मात्र आवेदन दिनु बढी बुद्दिमता ठहरिन्छ ।
५.साथी वा परिवारका लागि पर्यटन भिसामा आवदेन दिनु : पर्यटक र आफ्नो परिवार अथवा साथी भिन्न भिन्न कुरा हुन् । तर धेरै जसोले आफ्नो साथीलाई भेट्न जाँदा होस् या परिवार मिलनका लागि होस् पर्यटन भिसामा आवेदन दिन्छन् । यसो गर्दा पनि भिसा अस्वीकृत हुने सम्भावना बढी रहन्छ । किनभने पर्यटक भिसा भनेको विशुद्ध अष्ट्रेलियाको भ्रमण गर्न चाहनेहरुका लागि दिइने भिसा हो ।
६.स्वस्थ्यताको सही प्रमाणपत्र नहुनु : हरेक काम गर्नका लागि स्वस्थ्य हुन अति आश्यक छ । त्यसैले भिसाका लागि आवेदन दिनेले आफ्नो स्वस्थ्यताको सही प्रमाणपत्र बुझाउँनुपर्दछ । अष्ट्रेलियाको भिसाका लागि आवेदन दिनेले एचआइभी एड्स,क्षयरोग र पोलियो लगायतका रोगहरुबाट मुक्त भएको प्रमाणपत्र बुझाउँनुपर्दछ ।
७.अँग्रेजीमा दक्षता प्रमाणित नगर्नु : अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थी र स्थायी रुपमा बस्न चहनेले आफू अँग्रेजीमा दक्ष भएको प्रमाणपत्र पनि पेश गर्नुपर्दछ । त्यसैले आइएलटीएस,टोफेल लगायतका भाषागत दक्षता पुष्टि गर्ने परीक्षामा उत्तीर्ण भएको प्रमाणपत्र बुझाउँन आवश्यक छ । कहिलेकाहीं आवेदकको स्थलगत परीक्षा पनि दिन सक्छन् । त्यसैले अँग्रेजीमा दक्षता प्रमाणित गर्ने कागजात नहुँदा पनि भिसा आवेदन अस्वीकृत हुन सक्छ ।
८.प्रोफेशनल सहयोग नलिनु : हरेक कामका लागि विज्ञ र दक्षहरुको सहयोग आवश्यक पर्दछ । त्यसैले तपाई अष्ट्रेलियाका लागि भिसा आवेदन दिदै हुनुहुन्छ भने विज्ञहरुको अवश्य परामर्श लिनुहोला । विशेष गरी अष्ट्रेलियाको कानूनी र सामाजिक विषयका ज्ञाता,भिसाका प्रकार र आवश्यक कागजातहरुका बारेमा पूर्ण रुपमा ज्ञान र अनुभव भएकाहरुको परामर्श लिनु राम्रो हुन्छ । कहिलेकाहीं आफै आफैं जान्ने छु भन्ने गल्तीले पनि भिसा आवेदन अस्वीकृत हुन सक्छ ।

No comments:

Post a Comment