http://www.enayapatrika.com/2018/05/24/53249/
जातभातको लामो टुपी
पुष्पा पौडेल काठमाडाैं, १० जेठ | २२ घन्टा अगाडि
जातभातको संस्कृति अति सूक्ष्म र बृहत् दुवै प्रकारले दैनिक जीवनमा सिकाइएको हुन्छ
‘न हुन्छन् कुनै रौँ टुपीमाथि, न हुन्छन् कुनै जात बाहुनमाथि ।’
हाम्री हजुरआमा बिहान–बिहान श्लोक
गाउँछिन् । सुनाउँछिन् हामीलाई आफ्नो जातको महिमा । र, स्मरण दिलाउँछिन्
यही जातको अनुशासन मानिएको टुपीको महानता । यस्तो चलन गायनबाट लेखनमा पनि
सरेको रहेछ ! लेखनबाट पनि जातको महिमा गाउने र टुपीको महानता सुनाउने क्रम
जारी छ ।
हजुरआमाको श्लोक स्मरण गरायो, चर्चित लेखक
सौरभको लेख ‘टुपी महात्म्य’ले पनि । २० माघ ०७४ मा ‘कान्तिपुर’मा प्रकाशित
भएको थियो ‘टुपी महात्म्य ।’ पछि त्यसको शीर्षक फेरियो, ‘नलेखी नभएकाले
मात्र’को नाममा । उनको लेखले पनि जातको अनुशासन नै सम्झायो । एक त टुपी,
त्यसमाथि महात्म्य ! दुवै शब्दले कुनै एक प्रथाको महिमागान गाउन लागेको
अड्कल्न समय लागेन ।
सौरभको लेखमा टुपीका सम्बन्धमा विश्वका
विभिन्न सभ्यता र समाजमा प्रचलित उदाहरण भेटिन्छन् । हजुरआमाका श्लोकमा भने
उनले कथ्य रूपमा सिकेको र अहिले आफ्नो सन्ततिलाई सिकाउने ज्ञान । सौरभको
मतले घुमाउरो हिसाबले कुनै जात–विशेषको संस्कृति विश्वव्यापी रूपमा व्याप्त
रहेको जानकारी पस्कन्छ । मेरी हजुरआमा र उनको छोरा पुस्ताका सौरभको मतमा
खासै भिन्नता पाइनँ ।
दुवै पुस्ताका मतमा ब्राह्मणले राख्न
पाउने टुपीसँग उसको ज्ञान र ज्ञान आर्जन गर्ने जन्मजात अधिकार झल्किन्छ ।
दैनिक रूपमा सिकिने र सिकाइने यस्ता उक्ति र मतले कथित उपल्लो वर्ण र जातका
मानिसलाई जातभात र छुवाछुतजस्ता प्रथाप्रति घृणा गर्न सिकाउँदैन, बरु
यस्ता प्रथालाई निरन्तरता दिँदा पनि खासै कुनै आत्मग्लानि वा असजिलो महसुस
नगराउने अवस्था बन्दो रहेछ ।
जातप्रथाको सामाजिक अभ्यास
सौरभको लेखमा बुद्धदेखि क्राइस्टसम्मको टाउकोमा टुपी रहेको भनिएको छ । यसरी बौद्धदेखि इसाई धर्मावलम्बीमा समेत हिन्दुकाे जस्तै टुपी रहेको बखान गरिएको छ । यसरी कहीँ न कहीँ उनको लेखमा ‘एथ्नोसेन्ट्रिज’को गन्ध आइहाल्छ । हरेक प्रसंगलाई आफ्नो जातगत गुणसँग दाँजेर त्यसको विश्वव्यापी माने रहेको तथा त्यही संस्कृति वा जात नै सर्वश्रेष्ठ रहेको भावनालाई नै समाजशास्त्रीय अध्ययनमा ‘एथ्नोसेन्ट्रिजम’ भनिन्छ ।
सौरभको लेखमा बुद्धदेखि क्राइस्टसम्मको टाउकोमा टुपी रहेको भनिएको छ । यसरी बौद्धदेखि इसाई धर्मावलम्बीमा समेत हिन्दुकाे जस्तै टुपी रहेको बखान गरिएको छ । यसरी कहीँ न कहीँ उनको लेखमा ‘एथ्नोसेन्ट्रिज’को गन्ध आइहाल्छ । हरेक प्रसंगलाई आफ्नो जातगत गुणसँग दाँजेर त्यसको विश्वव्यापी माने रहेको तथा त्यही संस्कृति वा जात नै सर्वश्रेष्ठ रहेको भावनालाई नै समाजशास्त्रीय अध्ययनमा ‘एथ्नोसेन्ट्रिजम’ भनिन्छ ।
नेपाली परिवेशमा यस्तो भावना वर्ण–जात
प्रथामा आधारित हिन्दू धर्मसँग जोडिएको बेसी मात्रामा पाइन्छ । ब्राह्मण,
क्षेत्री, वैश्य र शुद्र गरी छुट्याइएको वर्ण–जात प्रथा ३५ सय वर्षअघि
ऋग्वेदकालदेखि सुरु भएको मानिन्छ ।
यस्तो तहगत विभाजनमा ब्राह्मणलाई ज्ञान
आर्जन गर्ने कर्म दिइएको छ भने शुद्रलाई तल्लो तहमा अरू वर्ण–जातको सेवा
गर्ने कर्म छुट्याइएको छ । र, कालान्तरमा शुद्रभित्रकै केही समूहलाई अछुत
बनाइएको लेखक आहुतिको विचार छ । ब्राह्मणको टुपी त्यही ज्ञान आर्जन गर्ने
प्रक्रियाको चिह्न मानिन्छ ।
सौरभको ‘टुपी महात्म्य’लाई मिहिन ढंगले
केलाउँदा प्रत्येक वाक्यमा ब्राह्मण वर्ण र जातको अहंकार देखिन्छ ।
उदाहरणका लागि टुपीको महिमागान गाउने क्रममा सौरभ बुद्धका अनुयायीले
ब्राह्मणवादको विरोधमा टुपी राख्न छाडेकाले नै बौद्ध धर्ममा चार आर्य सत्य र
अस्टांगिक मार्गबाहेक अरू ज्ञान थपिन नसकेको तर्क गर्छन् ।
यस्तो तर्कमा कुनै तुक नभए पनि
रोमाञ्चकारी शब्दजाल बुनिएको भने पक्कै छ । यस्तो जातभातको संस्कृति अति
सूक्ष्म र बृहत् दुवै प्रकारले दैनिक जीवनमा सिकाइएको हुन्छ । समयसँगै
त्यसमा अभ्यस्त बनाउने क्रम पढाइएको हुन्छ । यस्तो सिकाइको क्रममा
ब्राह्मणलाई टुपीको रौँजत्तिकै माथि रहेको सम्झना दिलाइन्छ । यसले प्रश्रय
दिएको छुवाछुतमा आधारित जातवादीलाई समयसँगै मलजल र पक्षपोषण गर्न सवर्ण
जातले मिहिनेत गरिरहेको देखिन्छ ।
स्तम्भकार श्रेय पौडेलले ‘उच्च जातको
पूर्वाग्रह’ लेखमा मध्यम वर्गीय समाज पनि सवर्णले आफूले उच्च र श्रेष्ठ
भएको संकेत दिने गरेको उदाहरण दिएका छन् । दलित छिमेकीको भोजमा
‘बाहुन–भान्छे चाहिन्छ’ भन्दै सवर्ण आफन्तले अड्डी लिएको र त्यसलाई दुवै
जातका मानिसले सामान्य हिसाबमा लिएको त्यसमा उल्लेख छ ।
यस्ता सांकेतिक, तर ज्यादै डरलाग्दो
मनस्थितिमा जातवादी र यसले बोकेको छुवाछुतको कुरीतिको मलजल हुने गरेको छ ।
विश्लेषक र लेखक झलक सुवेदी भन्छन्, समाजमा व्याप्त उँचनीचको व्यवहार,
संस्कृति र जातीय मूल्यको निरन्तर पुनरुत्पादन भइरहेको छ । यसलाई अनेक
राजनीतिक, सामाजिक उथलपुथलले पनि हटाउन सकेका छैनन् ।
जातको राजनीतिक अभ्यास
हामीले स्नातकोत्तर समाजशास्त्रको पाठ्यक्रममा अन्द्रास होफरको ‘दि कास्ट हाइरार्की एन्ड दि स्टेट इन नेपाल’ भन्ने किताब पनि पढ्नुपर्छ । किताबमा होफरले सन् १८५४ को मुलुकी ऐनलाई केलाएका छन् । मुलुकी ऐनको लिखत र सवर्ण समाजमा भट्याइने श्लोकको भावमा भिन्नता छैन । हजुरआमाले पाठ गर्ने अर्काे श्लोकले मुलुकी ऐन र सौरभकै विचारलाई कलात्मक पाराले अभिव्यक्त गर्दछ :
हामीले स्नातकोत्तर समाजशास्त्रको पाठ्यक्रममा अन्द्रास होफरको ‘दि कास्ट हाइरार्की एन्ड दि स्टेट इन नेपाल’ भन्ने किताब पनि पढ्नुपर्छ । किताबमा होफरले सन् १८५४ को मुलुकी ऐनलाई केलाएका छन् । मुलुकी ऐनको लिखत र सवर्ण समाजमा भट्याइने श्लोकको भावमा भिन्नता छैन । हजुरआमाले पाठ गर्ने अर्काे श्लोकले मुलुकी ऐन र सौरभकै विचारलाई कलात्मक पाराले अभिव्यक्त गर्दछ :
क्षेत्रीले छोडे धर्मकर्म, ब्राह्मणले छोडे टुपी र वेद
राजाले छोडे न्याय र निसाफ, गर्जन छाड्लान् मेघ ।
राजाले छोडे न्याय र निसाफ, गर्जन छाड्लान् मेघ ।
हजुरआमाले हामीलाई नैतिक शिक्षाका रूपमा
पढाउने गरेको पाठले राज्यको कानुनको रूपमा लादिएको मुलुकी ऐनकै शिक्षालाई
इंगित गर्छ । यसको मतलब राज्यको कानुन र जातवादीको पृष्ठभूमिमा आधारित
हाम्रो सामाजिक वा सांस्कृतिक व्यवस्था एकअर्काका ऐनाजस्तै छन् ।
नेपालको राज्यव्यवस्थामा सन् १८५४ देखि
हालसम्म विभिन्न परिवर्तन आइसकेका छन् । जहानियाँ राणाशासनदेखि
लोकतान्त्रिक व्यवस्थामा आइपुगेको परिवर्तन पनि नभएको होइन । तर, ती
परिवर्तन पनि कुनै एक वर्ण–जातका लागि आफ्नो दबदबा कायम राख्ने राजनीतिक
प्रयोग साबित भएका छन् ।
यस्तै हरेक परिवर्तनमा आफू अगाडि रहेको,
परिवर्तनको संवाहक आफू नै रहेको देखाउन पनि सवर्ण जात सिद्धहस्त भइसकेका
छन् । विभिन्न कालखण्डका राजनीतिक परिवर्तनको क्रममा सवर्ण जातले कसरी
यस्ता परिवर्तनलाई आफ्नो हितमा पार्न सकिन्छ भन्ने प्रयोगका रूपमा लिएका
छन् ।
(पौडेल समाजशास्त्रकी अध्येता एवं दलित रिडरकी सहकर्मी हुन्)
No comments:
Post a Comment