Thursday, May 17, 2018

जापानी रेल फेरी २५ सेकेन्ड अगाडि छुट्यो

https://www.karobardaily.com/news/world/5464

जापानी रेल फेरी २५ सेकेन्ड अगाडि छुट्यो

जापानी रेल फेरी २५ सेकेन्ड अगाडि छुट्यो
एजेन्सी
बिहिवार, जेठ ३, २०७५
5497
टोकियो- रेल निर्धारित समय भन्दा २५ सेकेन्ड अगाडि छुट्दा जापानी रेल कम्पनीले माफि मागेको छ । केही महिनाको अन्तरालमा यस किसिमको घटना भएको यो दोस्रो पटक हो ।
घटनाप्रति दुःख व्यक्त गर्दै सञ्चालकले भनेका छन्,“यात्रुलाई परेको असुविधा अक्षम्य हो ।” गत नोभेम्बरमा पनि एउटा रेल २० सेकेन्ड अगावै छुटेको थियो । यस पटक भने २५ सेकेन्ड अगावै छुटेको हो ।जापान टुडेका अनुसार रेलका सञ्चालकले रेल नोटोगावा स्टेसनबाट ०७ः११ मा छुट्नु पर्ने ठानेको तर वास्ताविक समय ०७ः१२ भएको बताइएको छ ।यात्रु प्रवेश गर्ने ढोका १ मिनेट अगावै बन्द गरिएपछि उनले आफ्नो गल्ती महशुस गरेका थिए ।
तर उनले प्लेटफर्ममा कोहीपनि रेल कुरेर बसेको नदेखेपछि अगाडि बढ्ने निर्णय गरेको र निर्धारित समय भन्दा अगावै रेल गुडाएका थिए । यसले गर्दा रेल २५ सेकेन्ड अगावै गुडेको हो ।जापानी रेलले समयपालनको दृष्टिकोणबाट ख्यातीनै कमाउदै आएका छन् । यो भन्दा पहिले नोभेम्बरमा पनि रेल चाडो छुट्दा व्यवस्थापनले माफी मागेको थियो ।

No comments:

Post a Comment