https://www.onlinekhabar.com/2018/05/681696
यतिबेला मुलुकमा प्रजनन अधिकारको कुरामाथि बहस भइरहेको छ । ‘आफ्नो शरीर आफ्नै हक’ जस्ता नाराका साथ प्रजनन अधिकारको जोडदार माग भइरहेको छ । नारी पुरुषबीच वास्तविक समानता प्राप्त गर्ने दिशामा अघि बढ्ने हो भने यो परिवर्तनको प्रक्रियाबाट गुज्रनैपर्ने हुन्छ । जुन अहिलेको माग मात्र होइन, आवश्यकता बनिसकेको छ । सामाजिक मूल्य र मान्यताको दुहाइ दिएर प्रजनन अस्तित्वलाई अंकुश लगाइरहनु अब सम्भव छैन ।
हो, यौन तथा प्रजननका हकमा उठ्ने यस्ता विषयहरू सधैँ चुनौतीको विषय बन्दै आएका छन् । तर यसलाई चिर्ने आँट अबका युवायुवतीले गरिसकेका छन् भने कानुनले अधमरो बनाइरहनु थप समस्या सिर्जना गर्नु हो ।
प्रसंग हो, दिनहुँजस्तो भइरहने सामाजिक हिंसा बलात्कारको । बलात्कारका घटनाहरू यसरी सार्वजनिक भइरहेका छन् कि त्यो बलात्कार नभएर कुनै चुनावी प्रचार प्रसार अथवा भर्खरै उत्पादित कस्मेटिक कम्पनीको पपुलर विज्ञापन हो । त्यसका यति धेरै प्रकृतिहरू छन्, जसको विवरण यहाँ प्रस्तुत गर्न थालियो भने एउटा ठूलै पुस्तक तयार हुन्छ ।
केही घटनाहरू त यस्ता छन् जसलाई सुन्दा र पढ्दा पनि महिनौं विक्षिप्त भइन्छ । आफ्नै बाबुबाट पटक पटक बलात्कारको सिकार भएकी किशोरीको हृदयले के सोच्ला ? म सन्न हुन्छु । सत्तरी वर्ष पुगेका हजुरबाउको गर्भ बोकेकी तेह्र वर्षीया बालिकाको अनुहार कसरी पढ्न सकिन्छ ? म छटपटाइरहन्छु । यस्ता सवालहरूको सजिलो जवाफ दिन मेरो मस्तिष्कले सक्दैन । मात्र प्रश्नहरू उभिन्छन् । र, आगो भएर दनदनी बल्न थाल्छन् ।
किन यो समाज स्त्रीहरूको जिन्दगीमाथि कुरूप शासक बनीरहेको छ ? किन दिनप्रतिदिन थपिने कुरूपताले भयानक रूप लिँदै छ ?
यौन मनोविश्लेषक रेमी द गुमरोले आफ्नो पुस्तक ‘फिजिक द लामुर’ मा लेखेका छन्– ‘अक्सर सबै मानिसमा न्यूनाधिक रूपमा अनाचरणका जीवाणु विद्यमान हुन्छन् । हाम्रो समाजिक संरचना एवं शासन
पद्धतिले त्यसमा उतारचढाव ल्याउने काम गर्छ र मानिस आपराधिक क्रियाकलापमा संलग्न हुन्छ ।
पहिलो: बलात्कार गर्ने व्यक्ति स्वस्थ दिमागको भए पनि निम्न सामाजिक स्तरको हुन्छ ।
तेस्रो: जुन व्यक्तिको यौन जीवन सहज छैन उसले परितृप्तिका लागि आफूभन्दा कमजोर मानिसलाई निसाना बनाउने गर्छ ।
यसले के देखाउँछ भने बलात्कार मानसिक विचलन मात्र नभई एक प्रकारको खतरनाक यौन विकार हो । धेरै अवस्थामा यसलाई मानसिक विचलनको रूपमा ब्याख्या गरिए पनि हाम्रो जस्तो मुलुकमा यो मानसिक विचलन मात्र हो भन्न सकिने अवस्था छैन । यहाँ टड्कारो भएर यौन विचलन उभिएको देखिन्छ । समाजिक, सांस्कृतिक रूपमा रहेको निम्नस्तरीय लैंगिक विभेदपूर्ण जीवनशैली र पुरुष प्रधान सभ्यताले छोडेको नकारात्मक प्रभाव पनि उत्तिकै जिम्मेवार देखिन्छ ।
संसारमा पुरुष सत्ता प्राकृतिक रूपबाटै खुला छ । त्यो पुरुष सत्ताले चाहेको खण्डमा जसरी पनि यौन तृप्ति लिनसक्ने सामथ्र्य राख्छ । दोस्रो कुरा, हाम्रोजस्तो मुलुकको कानुनी व्यवहार यति फितलो र निन्दनीय छ कि बलात्कार र हत्याजस्तो जघन्य अपराधलाई पनि सामान्यीकरण गर्न एउटा निकाय हात धोएर लागि पर्छ । त्यसमाथि थपिन्छ– सामाजिक जीवन पद्धति, जसले छोरी मान्छेलाई सधै संवेगरहित वस्तुजस्तो व्यवहार गर्न कुनै कसर बाँकी राख्दैन ।
‘तिमी छोरी मान्छे हौ, तिम्रो नैतिक दायरा यी यी हुन्’ भनेर भावनात्मक रूपबाटै कमजोर बनाउने परिवार पनि उत्तिकै जिम्मेवार छ । पितृ शासनले भौतिक तथा मनोवैज्ञानिक रूपबाट यसरी थिचोमिचो गरिरहेको छ कि एउटी युवतीले कहिल्यै आफूलाई सुरक्षित देख्दिन ।
म बलात्कारकै प्रसंगलाई जोड्न चाहन्छु, जो सानै उमेरदेखि एउटी केटीले भोग्दै आएकी हुन्छे । एक पटक होइन दुई पटक होइन पटक–पटक भोगीरहेकी हुन्छे । विशेष गरी गाउघरमा आफन्त र छिमेकीहरूबाटै विभिन्न कोणबाट छुने चिमोट्ने, चुम्बन गर्नेजस्ता क्रियाकलाप हुँदै आएका हुन्छन् । जसलाई सरासर हेर्दा अनैतिक मानिँदैन ।
यौन मनोविश्लेषक फ्रायडले लेखेका छन् केही मानिस यस्ता हुन्छन् जसले केटाकेटीलाई देखाउने आफ्नोपनको माध्यमबाट मानसिक बलात्कारको आनन्द भोग गरिरहेका हुन्छन् । त्यस किसिमको अपनत्वले केही यस्ता मानसिक विकारहरूको वृद्धि गर्छ जसले छ वर्षकी बालिकालाई समेत बलात्कारको सिकार बनाइदिन्छ । त्यतिबेला उनीहरूको सामाजिक चेतना अर्थात दिमागी हालतले काम गर्दैन मात्र त्यहाँ यौन आवेगका कीटाणुहरू सबै कुरालाई परास्त गरेर निकै तीव्रताका साथ उपस्थित हुन्छन् । जब ऊ स्खलित हुन्छ तब मात्र उसले आफूबाट भएको अपराध महसुस गर्छ । त्यसपछि आत्मरक्षाका लागि उसले ती व्यक्तिलाई हानि पुर्याउँछ जसलाई उसले आफ्नो वासनाको सिकार बनाएको छ ।
यही प्रसंगमा निकै पहिले आफैंमाथि घटेको एउटा घटना सम्झन्छु । जतिबेला म छ सात वर्षकी केटाकेटी थिएँ । हामी गाउँका केटाकेटी बिदाको दिन अक्सर जम्मा भएर खेल्ने गथ्र्यौँ । हाम्रो घर नजिक निकै प्रसिद्ध एक पण्डित बस्थे । जसका श्रीमती, छोरा बुहारी र नातीनातिना समेत थिए । खेल्ने क्रममा कहिलेकाहीँ हामी उनको घर नजिक पुग्ने गथ्र्याै । त्यही क्रममा एक दिन उनले म तथा मेरो उमेरका केटीहरूलाई आफ्नो जननेन्द्रिय निकालेर देखाइदिए । यो कार्य पटक पटक भइरह्यो । त्यो देखेपछि हामी डर, लाज र घिनले भुतुक्क भएर भाग्ने गथ्र्यौँ । कसैलाई त्यसको विषयमा भन्न भने सक्दैनथ्यौँ । बरु निकै दिनसम्म हामी ती व्यक्तिको घरतिर खेल्न जाँदैनथ्यौँ । कहिलेकाहीँ बाटोमा देख्दा पनि म ती मानिससँग डराएर भाग्थेँ ।
त्यो उमेरमा यस्ता घटना सामान्य, प्रयोजनरहित र अर्थहीन नै लाग्छन् । अझ हाम्रो जस्तो समाजमा त्यस्तो कुरा अरूलाई बताउन मिल्ने नै हुँदैन ।
यस्ता कुरालाई समान्य कुरा मानेर बस्नु ठूलो भूल हो भन्छन् मनोविश्लेषक फ्रायड । अनावश्यक स्पर्श र यौनअंग प्रर्दशनलाई यौन मनोविज्ञानमा बलात्कार नजिकको प्रयास मानिएको छ । यस्ता दृश्यले ती कलिला बालिकाहरूमाथि पूर्णतया मानसिक बलात्कार गरिरहेको हुन्छ ।
आखिर बलात्कारका घटना किन यसरी वृद्धि भइरहेको छ ? किन मान्छेले आफ्नो यौन वासना तृप्त पार्न बलात्कार र हत्या जस्तो जघन्य आपराधिक क्रिया चयन गरिरहेको छ ?
अर्को कारण प्रविधि एवं साइबर विकासको अतिक्रमण पनि हो । जसले आजसम्म रहस्य, लाज र संकोचको घेराभित्र रहेको यौनलाई एक मिनेटमै उदांगो पारिदिन्छ । इन्टरनेटमा सर्च गर्दा एक पलमै भेटिने यौन क्रियाकलापका भिडियोले अहिलेका शिक्षित वर्गलाई पनि चाहिनेभन्दा बढी नै उत्तेजना र आवेशमा ल्याइदिन्छ । जसले एउटा भलाद्मी मानिएको मानिसको मर्यादित चेतनाको नियन्त्रण पनि भत्काइदिन्छ । त्यति बेला मन र दिमागको सन्तुलन एकअर्कामा इमानदार हुदैनन् । यही तर्क फ्रायडको छ । मर्यादाको त कुरै छोडौँ उसले आफ्नो समान्य नैतिक आचरणलाई पनि दाउमा लगाइदिन्छ ।
त्यसैले अबका केटाकेटीलाई यस्ता कुरा सहज रूपले आफ्ना परिवारलाई भन्नसक्ने वातावरण तयार पारिदिनु आजको आवश्यकता हो ।
निम्नस्तरीय जीवनशैली, छोराहरूलाई दिएको विशेष छुट र यौन शिक्षाको कमीले पनि यस किसिमको मानसिक विकारलाई वृद्धि गर्छ । त्यसैले सभ्य व्यक्तित्व र यौन अनुशासनको पहिलो पाठशाला उसको घरपरिवार हो । त्यसपछि राज्य व्यवस्था र कानुन हो ।
परिवारले नै आफ्ना छोराछोरीलाई अपराधी बन्न र बलात्कृत हुनबाट जोगाउन सक्छन् । पीडितको पक्षमा पैसला गर्ने बलियो कानुनले अपराधीलाई कडा सजाय दिने व्यवस्था गर्नसक्छ । जहाँ आपराधिक क्रिया सोच्नुपूर्व नै उसलाई देशको कानुन र त्यसको कडा सजाए अवगत भयो भने निश्चित रूपमा उसले त्यस किसिमको विकार मनमा आउन रोक लगाउनेछ । विशेष गरेर योजनाबद्ध रूपले हुने बलात्कार तथा अपराधका घटना नियन्त्रणका लागि अबको व्यावहारिक कानुनमा कडा सजायको व्यवस्था आवश्यक देखिएको छ ।
(यो वर्षका लागि युवा वर्ष मोती पुरस्कार प्राप्त गरेकी अनुपम लोकप्रिय साहित्यकार हुन् । वर्ष २०७४उनको ‘मध्यान्तर’ कथा सङ्ग्रह बजारमा आएको थियो । उनका झण्डै आधा दर्जन कृति प्रकाशित छन् ।)
२०७५ जेठ १२ गते ८:४० मा प्रकाशित
बलात्कार अर्थात् ‘पपुलर’ विज्ञापन

खेल्ने क्रममा कहिलेकाहीँ हामी उनको घर नजिक पुग्थ्यौं । एकदिन उनले आफ्नो जननेन्द्रिय निकालेर देखाइदिए । यो कार्य पटक पटक भइरह्योदोस्रो: राम्रै शिक्षित र सामाजिक वर्गको भए पनि उसमा कुण्ठा र व्यभिचारका प्रशस्त डम्प फाइलहरू हुन्छन् । जसलाई उसले प्रतिष्ठा र सम्पत्तिको आडमा अहंकारपूर्ण बनाएको हुन्छ ।
तेस्रो: जुन व्यक्तिको यौन जीवन सहज छैन उसले परितृप्तिका लागि आफूभन्दा कमजोर मानिसलाई निसाना बनाउने गर्छ ।
यसले के देखाउँछ भने बलात्कार मानसिक विचलन मात्र नभई एक प्रकारको खतरनाक यौन विकार हो । धेरै अवस्थामा यसलाई मानसिक विचलनको रूपमा ब्याख्या गरिए पनि हाम्रो जस्तो मुलुकमा यो मानसिक विचलन मात्र हो भन्न सकिने अवस्था छैन । यहाँ टड्कारो भएर यौन विचलन उभिएको देखिन्छ । समाजिक, सांस्कृतिक रूपमा रहेको निम्नस्तरीय लैंगिक विभेदपूर्ण जीवनशैली र पुरुष प्रधान सभ्यताले छोडेको नकारात्मक प्रभाव पनि उत्तिकै जिम्मेवार देखिन्छ ।
संसारमा पुरुष सत्ता प्राकृतिक रूपबाटै खुला छ । त्यो पुरुष सत्ताले चाहेको खण्डमा जसरी पनि यौन तृप्ति लिनसक्ने सामथ्र्य राख्छ । दोस्रो कुरा, हाम्रोजस्तो मुलुकको कानुनी व्यवहार यति फितलो र निन्दनीय छ कि बलात्कार र हत्याजस्तो जघन्य अपराधलाई पनि सामान्यीकरण गर्न एउटा निकाय हात धोएर लागि पर्छ । त्यसमाथि थपिन्छ– सामाजिक जीवन पद्धति, जसले छोरी मान्छेलाई सधै संवेगरहित वस्तुजस्तो व्यवहार गर्न कुनै कसर बाँकी राख्दैन ।
‘तिमी छोरी मान्छे हौ, तिम्रो नैतिक दायरा यी यी हुन्’ भनेर भावनात्मक रूपबाटै कमजोर बनाउने परिवार पनि उत्तिकै जिम्मेवार छ । पितृ शासनले भौतिक तथा मनोवैज्ञानिक रूपबाट यसरी थिचोमिचो गरिरहेको छ कि एउटी युवतीले कहिल्यै आफूलाई सुरक्षित देख्दिन ।
म बलात्कारकै प्रसंगलाई जोड्न चाहन्छु, जो सानै उमेरदेखि एउटी केटीले भोग्दै आएकी हुन्छे । एक पटक होइन दुई पटक होइन पटक–पटक भोगीरहेकी हुन्छे । विशेष गरी गाउघरमा आफन्त र छिमेकीहरूबाटै विभिन्न कोणबाट छुने चिमोट्ने, चुम्बन गर्नेजस्ता क्रियाकलाप हुँदै आएका हुन्छन् । जसलाई सरासर हेर्दा अनैतिक मानिँदैन ।
यौन मनोविश्लेषक फ्रायडले लेखेका छन् केही मानिस यस्ता हुन्छन् जसले केटाकेटीलाई देखाउने आफ्नोपनको माध्यमबाट मानसिक बलात्कारको आनन्द भोग गरिरहेका हुन्छन् । त्यस किसिमको अपनत्वले केही यस्ता मानसिक विकारहरूको वृद्धि गर्छ जसले छ वर्षकी बालिकालाई समेत बलात्कारको सिकार बनाइदिन्छ । त्यतिबेला उनीहरूको सामाजिक चेतना अर्थात दिमागी हालतले काम गर्दैन मात्र त्यहाँ यौन आवेगका कीटाणुहरू सबै कुरालाई परास्त गरेर निकै तीव्रताका साथ उपस्थित हुन्छन् । जब ऊ स्खलित हुन्छ तब मात्र उसले आफूबाट भएको अपराध महसुस गर्छ । त्यसपछि आत्मरक्षाका लागि उसले ती व्यक्तिलाई हानि पुर्याउँछ जसलाई उसले आफ्नो वासनाको सिकार बनाएको छ ।
यही प्रसंगमा निकै पहिले आफैंमाथि घटेको एउटा घटना सम्झन्छु । जतिबेला म छ सात वर्षकी केटाकेटी थिएँ । हामी गाउँका केटाकेटी बिदाको दिन अक्सर जम्मा भएर खेल्ने गथ्र्यौँ । हाम्रो घर नजिक निकै प्रसिद्ध एक पण्डित बस्थे । जसका श्रीमती, छोरा बुहारी र नातीनातिना समेत थिए । खेल्ने क्रममा कहिलेकाहीँ हामी उनको घर नजिक पुग्ने गथ्र्याै । त्यही क्रममा एक दिन उनले म तथा मेरो उमेरका केटीहरूलाई आफ्नो जननेन्द्रिय निकालेर देखाइदिए । यो कार्य पटक पटक भइरह्यो । त्यो देखेपछि हामी डर, लाज र घिनले भुतुक्क भएर भाग्ने गथ्र्यौँ । कसैलाई त्यसको विषयमा भन्न भने सक्दैनथ्यौँ । बरु निकै दिनसम्म हामी ती व्यक्तिको घरतिर खेल्न जाँदैनथ्यौँ । कहिलेकाहीँ बाटोमा देख्दा पनि म ती मानिससँग डराएर भाग्थेँ ।
त्यो उमेरमा यस्ता घटना सामान्य, प्रयोजनरहित र अर्थहीन नै लाग्छन् । अझ हाम्रो जस्तो समाजमा त्यस्तो कुरा अरूलाई बताउन मिल्ने नै हुँदैन ।
यस्ता कुरालाई समान्य कुरा मानेर बस्नु ठूलो भूल हो भन्छन् मनोविश्लेषक फ्रायड । अनावश्यक स्पर्श र यौनअंग प्रर्दशनलाई यौन मनोविज्ञानमा बलात्कार नजिकको प्रयास मानिएको छ । यस्ता दृश्यले ती कलिला बालिकाहरूमाथि पूर्णतया मानसिक बलात्कार गरिरहेको हुन्छ ।
आखिर बलात्कारका घटना किन यसरी वृद्धि भइरहेको छ ? किन मान्छेले आफ्नो यौन वासना तृप्त पार्न बलात्कार र हत्या जस्तो जघन्य आपराधिक क्रिया चयन गरिरहेको छ ?
इन्टरनेटमा सर्च गर्दा एक पलमै भेटिने यौन क्रियाकलापका भिडियोले अहिलेका शिक्षित वर्गलाई पनि चाहिनेभन्दा बढी नै उत्तेजना एवं आवेशमा ल्याइदिन्छरेमी द गुमरोका अनुसार त्यसको प्रमुख कारक मानिसले निर्माण गरेको समाजिक संरचना नै हो । अर्ध विकसित एवं अन्धविश्वासले ग्रस्त मुलुकमा व्याप्त गरिबी र बेरोजगारीमा आज पनि आधाभन्दा बढी जनसंख्या निम्नस्तरको सामाजिक जीवन बाँच्न विवश छन् । जहाँ यौन निकै सामान्य र अति सस्तो बजार हो । अझ भन्ने हो भने लोग्ने मानिसको निजी स्वामित्वको उपकरण मात्र । जसलाई उनीहरू आफ्नै इच्छाले प्रयोग गर्छन् ।
अर्को कारण प्रविधि एवं साइबर विकासको अतिक्रमण पनि हो । जसले आजसम्म रहस्य, लाज र संकोचको घेराभित्र रहेको यौनलाई एक मिनेटमै उदांगो पारिदिन्छ । इन्टरनेटमा सर्च गर्दा एक पलमै भेटिने यौन क्रियाकलापका भिडियोले अहिलेका शिक्षित वर्गलाई पनि चाहिनेभन्दा बढी नै उत्तेजना र आवेशमा ल्याइदिन्छ । जसले एउटा भलाद्मी मानिएको मानिसको मर्यादित चेतनाको नियन्त्रण पनि भत्काइदिन्छ । त्यति बेला मन र दिमागको सन्तुलन एकअर्कामा इमानदार हुदैनन् । यही तर्क फ्रायडको छ । मर्यादाको त कुरै छोडौँ उसले आफ्नो समान्य नैतिक आचरणलाई पनि दाउमा लगाइदिन्छ ।
त्यसैले अबका केटाकेटीलाई यस्ता कुरा सहज रूपले आफ्ना परिवारलाई भन्नसक्ने वातावरण तयार पारिदिनु आजको आवश्यकता हो ।
निम्नस्तरीय जीवनशैली, छोराहरूलाई दिएको विशेष छुट र यौन शिक्षाको कमीले पनि यस किसिमको मानसिक विकारलाई वृद्धि गर्छ । त्यसैले सभ्य व्यक्तित्व र यौन अनुशासनको पहिलो पाठशाला उसको घरपरिवार हो । त्यसपछि राज्य व्यवस्था र कानुन हो ।
परिवारले नै आफ्ना छोराछोरीलाई अपराधी बन्न र बलात्कृत हुनबाट जोगाउन सक्छन् । पीडितको पक्षमा पैसला गर्ने बलियो कानुनले अपराधीलाई कडा सजाय दिने व्यवस्था गर्नसक्छ । जहाँ आपराधिक क्रिया सोच्नुपूर्व नै उसलाई देशको कानुन र त्यसको कडा सजाए अवगत भयो भने निश्चित रूपमा उसले त्यस किसिमको विकार मनमा आउन रोक लगाउनेछ । विशेष गरेर योजनाबद्ध रूपले हुने बलात्कार तथा अपराधका घटना नियन्त्रणका लागि अबको व्यावहारिक कानुनमा कडा सजायको व्यवस्था आवश्यक देखिएको छ ।
(यो वर्षका लागि युवा वर्ष मोती पुरस्कार प्राप्त गरेकी अनुपम लोकप्रिय साहित्यकार हुन् । वर्ष २०७४उनको ‘मध्यान्तर’ कथा सङ्ग्रह बजारमा आएको थियो । उनका झण्डै आधा दर्जन कृति प्रकाशित छन् ।)
No comments:
Post a Comment