http://www.abhiyan.com.np/new/Articles/view/104052
२०७४-०५-१२
मा प्रकाशित
२८
पटक पढिएको
० बिचार / प्रतिक्रिया
चितवन (अस) । भरतपुर अस्पतालमा
आइतवारदेखि मिर्गाैलाको डायलासिस सेवा शुरू भएको छ । अस्पतालका मेडिकल
सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी
गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलासिस गरेर सेवाको
शुभारम्भ गरिएको हो । अस्पतालमा १२ उपकरण रहेकाले एकैपटक १२ जनाको
मिर्गौलाको डायलासिस गर्न सकिनेछ ।
मरासिनीका अनुसार सेवाका लागि ६
प्राविधिकले तालीम लिएर आइसकेका छन् । अन्य ६ जना तालीममा नै छन् । शुरूमा
दुई चरणमा २४ जनाको डायलासिस गरिनेछ । थप प्राविधिक तालीम सकेर आएपछि दैनिक
३६ जनाको डायलासिस गरिने अस्पताल प्रशासनले बताएको छ ।
ती उपकरण सरकारले खरीद गरिदिएको हो भने
अन्य व्यवस्थापन अस्पताल विकास समितिले गरेको हो । समितिका अध्यक्ष
राजकुमार राजभण्डारीले बिरामीले दुःख पाएकाले यसअघिका स्वास्थ्यमन्त्री
गगनकुमार थापासँग विशेष आग्रह गरेर बजेट निकासा गरी काम अघि बढाइएको बताए ।
जिल्लाका विभिन्न अस्पतालमा थोरै बिरामीको
मात्र डायलासिस हुने गरेको छ । राजभण्डारीका अनुसार चितवनसहित छिमेकी
जिल्लाका बिरामीलाई पनि सेवा दिन सकिनेछ । भरतपुरका दुई मेडिकल कलेजमा १४ र
रत्ननगरको मिर्गौला रोग केन्द्रमा ६ ओटा मात्र उपकरण छन् ।
निजीक्षेत्रका मेडिकल कलेजमा उपकरण
बिग्रिरहने समस्याका कारण बिरामीले सास्ती पाउँदै आएका बेला सरकारी
अस्पतालमा नयाँ उपकरणसहित डायलायसिस सेवा शुरू भएपछि बिरामी लाभान्वित हुने
भएका छन् । रासस
No comments:
Post a Comment