Sunday, June 25, 2017

काठमाडौं ल्याइँदै गरेका १८ मरेका बाख्रा नागढुंगामा बरामद

पत्र पत्रिका बाट  -साभार http://www.nagariknews.com/news/22555/

आइतबार, ११ असार २०७४, १९ : ४९ नागरिक

काठमाडौं—काठमाडौं भित्र्याउँदै गरेका १८ वटा मरेका बाख्रा अाइतबार पशु क्वारेन्टाइन नागढुंगाले बरामद गरेको छ। सर्लाही मलंगवाबाट आएको ना ५ ख २७७० नम्बरको यात्रुवाहक बसको डिकीमा ल्याइएका १८ पाठी एवं बाख्रा मरेको अवस्थामा बरामद भएकाे थानकोट प्रहरीका इन्स्पेक्टर ऋषिराम घर्तिमगरले जानकारी दिए।
मानव स्वास्थ्यका लागि घातक मानिने मरेको सिनु बारम्बार बरामद हुन थालेपछि पशु क्वान्टाइन कार्यालय नागढुंगाले यस विषयमा पशुपन्छी विकास मन्त्रालयलाई खबर गरेको छ।
सर्लाहीबाट जगतबहादुर लामाले पठाएका ती मरेका बाख्रा काठमाडौंमा पाउनेको नाम मञ्जुर बा उल्लेख छ। मरेका बाख्रा ओसार्ने गाडीका चालक उमेश राय यादबलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थापाले बताए।
काठमाडौंमा मासुको प्रयोजनका लागि मरेका बाख्रा ल्याँदै गर्दा बरामद भएको पशु क्वारेन्टाइन नागढुंगाका इन्चार्ज जीतबहादुर ज्ञवालीले नागरिकन्युजलाई बताए।
बस चेकजाँच गर्दा शंका लागेपछि डिकी खोली हेर्दा मरेका बाख्रा भेटिएका थिए।
मानव स्वास्थ्यका लागि घातक मानिने मरेको सिनु बारम्बार बरामद हुन थालेपछि पशु क्वान्टाइन कार्यालय नागढुंगाले यस विषयमा पशुपन्छी विकास मन्त्रालयलाई खबर गरेको छ। 'हामीले मन्त्रालयमा खबर गरेका छौं। यो असाध्यै गम्भीर विषय भएकाले सचिवज्यू आफैँ आएर अवलोकन गर्ने भन्नुभएको छ', ज्ञवालीले भने।
क्वारेन्टाइनले आजै महेन्द्रनगरबाट आएको बसबाट तीन वटा मरेका खशी बरामद गरेको छ। ती मध्ये दुई वटाको घाँटी रेटेको अवस्थामा पाइएको थियो।
जेठको तेस्रो साता पनि प्रहरी र क्वारेन्टाइनको संयुक्त टोलीले नागढुंगाबाट मरेका खशी राँगा बरामद गरेको थियो।

No comments:

Post a Comment