Wednesday, June 21, 2017

२० वर्ष पुराना सवारीसाधन चलाउन नदिइने

पत्र पत्रिका बाट  -साभार     http://www.karobardaily.com/news/80142

२० वर्ष पुराना सवारीसाधन चलाउन नदिइने (भिडियोसहित)
query_builder०७ अषाढ, २०७४ ९:१० बिहान     supervisor_accountरोशन थापा   visibility4260
तस्विर : कारोबार अनलाइन टिभी
पुराना सवारीसाधनमा कर धेरै लगाउन प्रस्ताव
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० वर्ष पुराना सबै किसिमका सवारीसाधनमाथि रोक लगाउन प्रस्ताव गरेको छ । मन्त्रालयले प्रदूषण र ट्राफिक जाम बढेको भन्दै २० वर्ष पुराना सबै किसिमका सवारीसाधनको सञ्चालनमा रोक लगाउन प्रस्ताव गरेको हो ।
मन्त्रालयका सचिव धनबहादुर तामाङले प्रदूषण नियन्त्रण, सवारी दुर्घटना र ट्राफिक जाम न्युनिकरण तथा सडकको सुन्दरता वृद्धिका लागि निजी र सरकारी सवारीसाधनको पनि आयु तोक्न लागेको बताए ।
सरकारले काठमाडौं उपत्यकाभित्र  गत फागुन १८ गतेदेखि भाडाका २० वर्ष पुराना सवारी साधनको सञ्चालनमा रोक लगाएको थियो । सचिव तामाङले सम्भव भए सिंगापुरमा जस्तो १० वर्ष पुराना सवारीसाधनको संचालनमा रोक लगाइनुपर्ने बताए । उनले २० वर्ष अवधि पुगेका सवारीसाधनको संचालनमा रोक लगाउन आयु अनुसार करको दर बढाइनुपर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० वर्ष पुराना सवारीसाधनको संचालनमा रोक लगाउने र आयु अनुसार करको दर बढाउने नीतिगत व्यवस्था गर्ने भएको छ ।
सचिव तामाङले बुधबार व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्र्तगतको उपसमितिको बैठकमा यस सम्बन्धमा राष्ट्रिय यातायात नीतिको मस्यौदा तयार पारी सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको जानकारी दिए । उनले अर्थ मन्त्रालयले स्वीकृति दिनासाथ मस्यौदा मन्त्रीपरिषद्मा पेश गरिने बताए । 
बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले काठमाडौं उपत्यकामा ट्राफिक जाम अन्त्यका लागि १० वर्ष पुराना सवारीसाधनको संचालनमा रोक लगाइनुपर्ने बताए ।
उनले ट्राफिक जाम अन्त्यका लागि निजी सवारीसाधन किन्ने होडबाजी रोक्नु पर्ने भन्दै त्यसका लागि सार्वजनिक यातायातमा सुधार गरिनुपर्नेमा जोड दिए । काठमाडौं उपत्यकामा अहिले ७ लाख मोटरसाइकल र तीन लाख साना ठूला चारपाङ्गे्र गाडी गुड्ने गरेका छन् ।

No comments:

Post a Comment