Friday, June 9, 2017

लान्चौ पुग्यो तीब्र गतिको रेल

पत्र पत्रिका बाट  -साभार

http://kantipur.ekantipur.com/news/2017-06-09/20170609175124.html
जेष्ठ २६, २०७४- चीनले आफ्नो पश्चिमी क्षेत्रको विकासलाई तीब्र बनाउने नीति अनुसार पल्लो शान्षी प्रान्तदेखि कान्सु प्रान्तको लान्चौसम्म तीब्र गतिको रेलवे लाइनको निर्माण सम्पन्न गरेको छ । लान्चौ त्यही ठाउँ हो जहाँबाट गत वर्ष चीनले स्थलमार्ग भएर नेपालसँग व्यापार गर्नका लागि सांकेतिक रुपमा रेल गुडाएको थियो । प्रतिघण्टा ३ सय किलोमिटरभन्दा बढी गुड्ने रेललाई तीब्र गतिको रेल मानिन्छ ।
केही दिन अगाडि चीनले पल्लो शान्सी प्रान्तको पाउचीबाट कान सु प्रान्तको लान्चौसम्म उच्च गतिको रेलमार्ग परीक्षण गरेको थियो । पाउची लान्चौ द्रुत गतिको रेलमार्गको सफलतापूर्वक परीक्षण भइसकेको छ र आगामी जुलाईदेखि औपचारिक रुपमा संचालनमा आउनेछ । बेइजिङदेखि पाउचीसम्म पहिले नै द्रुत गतिको रेलमार्गको संजाल स्थापित छ।
लान्चौ पुगेको तीब्र गतिको रेल सञ्जाललाई चीनले क्रमश: छिङ्हाइ हुँदै तिब्बत पुर्‍याउने लक्ष्य राखेको छ। भविष्यमा यही तीब्र गतिको रेल सञ्जाल नेपालसँग पनि जोडिने चिनियाँ अधिकारीहरुले बताउँदै आएका छन् । चीनले लान्चौलाई रेलमार्गमार्फत नेपाल जोड्ने महत्वपूर्णहबको रुपमा मानेको छ।
२०७३ वैशाख २९ गते लान्चौबाट काठमाडौँ लक्ष्य गरेर एउटा मालबाहक रेल गुडेको थियो। काठमाडौँ महानगरपालिका र लान्चौ बीचमा भगिनी सम्बन्ध स्थापनाको हस्ताक्षर हुनासाथ रेल गुडेको थियो। चीनबाट नेपाल लक्षित मालबाहक रेल गुडेको त्यो पहिलोपटक थियो। लान्चौबाट गुडेको रेलको सामान १० दिनमा काठमाडौँ पुग्ने लक्ष्य निर्धारण गरिए पनि दस दिन अगावै सामान काठमाडौँमा ढुवानी भएको थियो। गत कात्तिक १५ गतेदेखि हरेक साताको एकपटक लान्चौबाट नेपाली व्यापारीका सामान बोकेको मालबाहक रेल सिगात्से जान थालेको छ।
चीनको दक्षिणमा पर्ने क्वाङ्चौ चीनकै ख्यातिप्राप्त बन्दरगाह हो। नेपाल जाने अधिकांश चिनियाँ सरसामान यही क्वाङ्चौबाट जाने गर्छ । नेपाली व्यापारीको सामान बोकेको मालबाहक रेल क्वाङ्चौदेखि सिगात्सेका लागि गत मंसिर १५ गतेदेखि चल्न थालेको छ । क्वाङ्चौदेखि सिगात्सेसम्मको रेलमार्गको दुरी दूरी ५ हजार २ सय ३३ किलोमिटर रहेको छ। लान्चौदेखि सिगात्सेसम्मको दूरी दुई हजार चार सय ३१ किलोमिटर रहेको छ। क्वाङ्चौदेखि सिगात्से रुटमा लान्चौ मध्यबिन्दुमा पर्दछ ।
चीनले अहिलेसम्म बाइस हजार किलोमिटर उच्च गति रेलमार्गनिर्माण गरिसकेको छ। पाँच वर्षअगाडि चीनमा जम्मा दस हजार किलोमिटर मात्र उच्च गतिको रेलमार्गरहेको थियो। उच्च गतिको रेलमार्ग संजालमा चीन विश्वको पहिलो स्थानमा रहेको छ।चीनमा हरेक दिन चार हजार दुई सय भन्दा बढी उच्च गतिका रेल गुड्ने गर्दछन् । ती रेलले दैनिक पैंतालीस लाखभन्दा बढी यात्रु ओसारपसार गर्दछन् ।
 सन् २०१६ मा चीनले नयाँ‘मध्यम दीर्घकालीन रेलमार्गसंजाल योजना’सार्वजनिक गरेको थियो। यो योजना अनुसार, सन् २०२० सम्म चीनको उच्च गति रेलमार्गको कूल लम्बाई तीस हजार किलोमिटर पुर्‍याउने लक्ष्य राखिएको छ। सन् २०२० सम्ममा उच्च गतिको रेलमार्गसंजालले चीनका ८० प्रतिशत सहरलाई समेट्ने जनाइएको छ।
प्रकाशित: जेष्ठ २६, २०७४


http://bit.ly/2sK7tHd

No comments:

Post a Comment