Wednesday, June 21, 2017

अब काठमाडौंबाट चार घन्टामै केरुङ !

पत्र पत्रिका बाट  -साभार   http://annapurnapost.com/news/73688

गोपीकृष्ण ढुंगाना बुधवार, असार , २०७४ 0 32390 पटक पढिएको


रसुवा : काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्ववको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले किलोमिटर डबल लेन, किलोमिटर सिंगल लेन खोलिसकेको भने किलोमिटर खोल्न बाँकी यसपछि गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब घन्टामै पुगिनेछ चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको
उक्त सडकखण्ड ट्र्याक खोल्ने जिम्मेवारी पाएका मेजर सञ्जय केसीले मैलुङबाट स्याफ्रुबेसीसम्मको सडकखण्ड जोड्न अब एक किलोमिटर मात्र बाँकी रहेको उक्त काम असारभित्रै सम्पन्न गर्ने जानकारी दिनुभयो निर्माणाधीन सडक पासाङल्यामु राजमार्ग वेत्रावती-धुन्चे-स्याफ्रुबेसीको वैकल्पिक मार्ग हो नयाँ सडक बनेपछि उत्तर (चीनको केरुङ)-दक्षिण (भारतको ठोरी) जोडिनेछ जुन त्रिदेशीय सडक जोड्ने सबैभन्दा छोटो सडक हुनेछ उक्त खण्ड एउटा पनि घुम्ती सडक नहुनेगरी बनाइएको
उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘निर्माणाधीन सडक डेडिकेटेड डबल लेनको अर्थात् मिटर चौडाइको हुनेछ विगतजस्तो विस्फोटक पदार्थ इन्धनको अभाव नभएकाले अब काम समयमै सकिनेछ ' नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव बिष्टले सबै सडक डबल लेन निर्माणको काम सकेर कात्तिकभित्रै सडक विभागलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो
सडक हस्तान्तरण गरेपछि विभागले कालोपत्रेको काम अघि बढाउनेछ विभागबाट उक्त खण्डका प्रमुख प्रकाश भण्डारीले मुआब्जाको काम भइरहेको सेनाबाट हस्तान्तरण हुनासाथ कालोपत्रेका लागि प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो वैकल्पिक उक्त मार्ग निर्माण सम्पन्न भएपछि गल्छीदेखि नाका रहेको स्थान रसुवागढीको लम्बाई ८४ किलोमिटर हुनेछ स्थलगत निरीक्षणका लागि पुगेको संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ स्याफ्रुबेसी सडकले उत्तर-दक्षिण जोडेपछि उक्त सडकलाइफ लाइन' हुने भन्दै सडकले त्रिदेशीय भूमिका खेल्ने बताउनुभयो

-
असारभित्रै मैलुङ-स्याफ्रुबेसी सडकको ट्र्याक
-
सबैभन्दा छोटो त्रिदेशीय सडक
-
उत्तरमा केरुङ-दक्षिणमा ठोरी जोड्निे
-
सडकखण्ड घुम्तीरहित
-
किलोमिटर ट्र्याक खोल्न बाँकी
उहाँले भन्नुभयो, ‘नाकामा रसुवागढी उताको विकास (भन्सार अध्ययगमनको भवन सडक आदि) हेर्दा नेपालतर्फ केही काम भएकै छैन चीन सरकारले केरुङसम्म तीन वर्षभित्र रेल ल्याउँदा सोअनुसारको सम्पूर्ण पूर्वाधार हामीले पनि नेपालतर्फ निर्माण गरिसक्नुपर्ने चुनौती बढेको पायौं ' उहाँले नेपालले गढीमा अन्तर्राष्ट्रियस्तरको भन्सार त्यसका लागि झन्डै तीन वर्षअघि नै रसुवागढी भन्सार एकीकृत कार्यालय बनाउन लागे पनि सर्वोच्च अदालतमा मुद्दा परेकाले अझै काम हुन नसक्नु लज्जास्पद भएको प्रतिक्रिया दिनुभयो
रसुवाका सांसद जनार्दन ढकालले गल्छीदेखि मैलुङ-स्याफ्रुबेसी हुँदै रसुवागढीसम्मको सडकलाई उच्च रणनीतिक सडकका रूपमा लिइएकाले गढीलाई दोस्रो अन्तर्राष्ट्रिय ठूलो नाका बनाउन नेपाल सरकारले कत्ति पनि ढिलो गर्नु नहुनेमा जोड दिनुभयो
उहाँले भन्नुभयो, ‘केरुङसम्मको स्थलगत निरीक्षणले नेपालले नाका नाकासम्मका भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक ऐनकानुन सच्याएर फटाफट काम अघि बढाउनुपर्ने चुनौती थपेको ' नेपाल चीन सरकारबीच रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकलाई मिटर चौडाइको डबल लेन सडक कालोपत्रे गर्नेसम्मको हालैको सम्झौताबमोजिम काम अघि बढाएको
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले सुख्खा क्वारेन्टाइन, भन्सार, अध्यागमन बन्दरगाह निर्माणका लागि सरकारले तत्काल विनारोकावट कामलाई अघि बढाएर दुई वर्षभित्रै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो
- See more at: http://annapurnapost.com/news/73688#sthash.W1dEtWpi.dpuf

 

अब काठमाडौंबाट चार घन्टामै केरुङ !

गोपीकृष्ण ढुंगाना बुधवार, असार ७, २०७४ 0 32390 पटक पढिएको

Share This

 3714  350 Google +0  4064
रसुवा : काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्ववको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी पाएको नेपाली सेनाले ७ किलोमिटर डबल लेन, ८ किलोमिटर सिंगल लेन खोलिसकेको छ भने १ किलोमिटर खोल्न बाँकी छ । यसपछि गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी जोड्ने उक्त सडक हुँदै राजधानी काठमाडौंबाट चीनको केरुङ करिब ४ घन्टामै पुगिनेछ । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ ।
उक्त सडकखण्ड ट्र्याक खोल्ने जिम्मेवारी पाएका मेजर सञ्जय केसीले मैलुङबाट स्याफ्रुबेसीसम्मको सडकखण्ड जोड्न अब एक किलोमिटर मात्र बाँकी रहेको र उक्त काम असारभित्रै सम्पन्न गर्ने जानकारी दिनुभयो । निर्माणाधीन सडक पासाङल्यामु राजमार्ग वेत्रावती-धुन्चे-स्याफ्रुबेसीको वैकल्पिक मार्ग हो । नयाँ सडक बनेपछि उत्तर (चीनको केरुङ)-दक्षिण (भारतको ठोरी) जोडिनेछ जुन त्रिदेशीय सडक जोड्ने सबैभन्दा छोटो सडक हुनेछ । उक्त खण्ड एउटा पनि घुम्ती सडक नहुनेगरी बनाइएको छ ।
उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘निर्माणाधीन सडक डेडिकेटेड डबल लेनको अर्थात् ९ मिटर चौडाइको हुनेछ । विगतजस्तो विस्फोटक पदार्थ र इन्धनको अभाव नभएकाले अब काम समयमै सकिनेछ ।' नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख उद्धव बिष्टले सबै सडक डबल लेन निर्माणको काम सकेर कात्तिकभित्रै सडक विभागलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
सडक हस्तान्तरण गरेपछि विभागले कालोपत्रेको काम अघि बढाउनेछ । विभागबाट उक्त खण्डका प्रमुख प्रकाश भण्डारीले मुआब्जाको काम भइरहेको र सेनाबाट हस्तान्तरण हुनासाथ कालोपत्रेका लागि प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । वैकल्पिक उक्त मार्ग निर्माण सम्पन्न भएपछि गल्छीदेखि नाका रहेको स्थान रसुवागढीको लम्बाई ८४ किलोमिटर हुनेछ । स्थलगत निरीक्षणका लागि पुगेको संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ स्याफ्रुबेसी सडकले उत्तर-दक्षिण जोडेपछि उक्त सडक ‘लाइफ लाइन' हुने भन्दै सडकले त्रिदेशीय भूमिका खेल्ने बताउनुभयो ।

-असारभित्रै मैलुङ-स्याफ्रुबेसी सडकको ट्र्याक
-सबैभन्दा छोटो त्रिदेशीय सडक
-उत्तरमा केरुङ-दक्षिणमा ठोरी जोड्निे
-सडकखण्ड घुम्तीरहित
-१ किलोमिटर ट्र्याक खोल्न बाँकी
उहाँले भन्नुभयो, ‘नाकामा रसुवागढी उताको विकास (भन्सार र अध्ययगमनको भवन र सडक आदि) हेर्दा नेपालतर्फ केही काम भएकै छैन । चीन सरकारले केरुङसम्म तीन वर्षभित्र रेल ल्याउँदा सोअनुसारको सम्पूर्ण पूर्वाधार हामीले पनि नेपालतर्फ निर्माण गरिसक्नुपर्ने चुनौती बढेको पायौं ।' उहाँले नेपालले गढीमा अन्तर्राष्ट्रियस्तरको भन्सार र त्यसका लागि झन्डै तीन वर्षअघि नै रसुवागढी भन्सार एकीकृत कार्यालय बनाउन लागे पनि सर्वोच्च अदालतमा मुद्दा परेकाले अझै काम हुन नसक्नु लज्जास्पद भएको प्रतिक्रिया दिनुभयो ।
रसुवाका सांसद जनार्दन ढकालले गल्छीदेखि मैलुङ-स्याफ्रुबेसी हुँदै रसुवागढीसम्मको सडकलाई उच्च रणनीतिक सडकका रूपमा लिइएकाले गढीलाई दोस्रो अन्तर्राष्ट्रिय ठूलो नाका बनाउन नेपाल सरकारले कत्ति पनि ढिलो गर्नु नहुनेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘केरुङसम्मको स्थलगत निरीक्षणले नेपालले नाका र नाकासम्मका भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक ऐनकानुन सच्याएर फटाफट काम अघि बढाउनुपर्ने चुनौती थपेको छ ।' नेपाल र चीन सरकारबीच रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकलाई ९ मिटर चौडाइको डबल लेन सडक कालोपत्रे गर्नेसम्मको हालैको सम्झौताबमोजिम काम अघि बढाएको छ ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नोर्पु तामाङले सुख्खा क्वारेन्टाइन, भन्सार, अध्यागमन र बन्दरगाह निर्माणका लागि सरकारले तत्काल विनारोकावट कामलाई अघि बढाएर दुई वर्षभित्रै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
- See more at: http://annapurnapost.com/news/73688#sthash.W1dEtWpi.dpuf

No comments:

Post a Comment