Sunday, June 25, 2017

नेपाल टेलिकमले ल्यायो सस्तो इन्टरनेट प्याकेज, यस्ता छन् अफरहरु, शुल्क कति ?

पत्र पत्रिका बाट  -साभार

http://www.recentnepal.com/news/31377//नेपाल-टेलिकमले-ल्यायो-सस.html

काठमाडौं, बैशाख १० — मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले सस्तो डाटा प्याक अफर ल्याएको छ। टेलिकमले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो।

नाइट टाइम प्याक अफर

राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट टाइम प्याक अफर अन्तर्गत एक हप्ते अवधिको ५ सय एमबिको ४५ रुपैयाँ, १५ दिने अवधिको १२ सय एमबिको ९० रुपैयाँ, एक महिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एक महिने अवधिको ६६५६ एमबिको ३ सय रुपैयाँ शुल्क तोकिएको छ।

डे नाइट डाटा प्याक अफर

डे नाइट डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने १ सय एमबि र राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबि डाटा प्याकको शुल्क १ सय रुपैयाँ रहेको छ। यो प्याक सात दिने अवधिको हो।

अल टाइम प्याक अफर

टेलिकमले एक महिने अवधिका लागि अल टाइम प्याकअन्तर्गत ४ सय एमबिको १ सय रुपैयाँ ८५० एमबिको २ सय रुपैयाँ १५०० एमबिको ३ सय रुपैयाँ तोकिएको छ। २४ सै घण्टा यो प्याकको सेवा लिन सकिन्छ।

फेसबुक डाटा प्याक अफर

जुनसुकै बेला चलाउन मिल्ने ५ दिने फेसबुक डाटा प्याकअन्तर्गत १०० एमबिको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याकको शुल्क २५ रुपैयाँ तोकिएको छ। जुन २५० मिनेटसम्म प्रयोग गर्न सकिनेछ।

यस्तो छ टेलिकमले यसअघि ल्याएको नयाँ वर्ष अफर

यसअघि टेलिकमले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै अफरै—अफर ल्याएको थियो । टेलिकमले नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याएको छ।
टेलिकमले रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपिओएस तथा रिचार्ज बोनस ल्याएको छ । १ सय र २ सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन्।५ सय र १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ। यसको भ्यालिडिटी तीन दिनको हुनेछ। यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ।
त्यस्तै नाइट डाटा प्याकेज अन्तर्गत कर सहित २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटी सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ। यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबि ४।५ पैसा देखि २५ पैसा मात्र पर्नेछ।
टेलिकमले जिएसएम सेवाका उपभोक्ताहरुलाई चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ। अल टाइम डाटा प्याकेज अन्तर्गत कर सहित १ सय, २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटी सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४ सय, साढे ८ सय एमबी र १५ सयको एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ।
नोट : स्ट्रिक १४१५ ह्यास्ट्रिक डायल गरी यी माथिका सबै प्याकहरु लिन सकिने टेलिकमले जनाएको छ।

No comments:

Post a Comment