Wednesday, June 21, 2017

विश्व योग दिवस कै दिन रामदेवका थप ६ औषधि सरकारद्वारा गुणस्तरहीन ठहर

पत्र पत्रिका बाट  -साभार    http://kantipur.ekantipur.com/news/2017-06-21/20170621181931.html

  • दुई साता अघि समेत चार औषधि बजारबाट फिर्ता गर्न आदेश दिइएको थियो
- अतुल मिश्र, काठमाडौं
असार ७, २०७४- सरकारले विश्व योग दिवस कै दिन बाबा रामदेवको दिव्य फार्मेसी, उक्तराखण्ड, भारतबाट उत्पादित र पतन्जली आयुर्वेद केन्द्रबाट विक्रि वितरण हुने ६ वटा औषधिलाई गुणस्तरहिन बताउँदै बजारबाट तुरन्त फिर्ता लिन आदेश दिएको छ ।
दुई साता अघि समेत सरकारले रामदेव कै चार औषधिलाइ गुणस्तरहिन बताउँदै बजारबाट फिर्ता लिने आदेश दिएको थियो । सरकारको औषधि व्यवस्था विभाग(डीडीए)ले आवला चुर्ण, दिव्य गैसहर चुर्ण, बकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्य चुर्ण माइक्रोवियल परिक्षणमा सफल नभएको जनाउँदै बजारबाट फिर्ता लिने आदेश दिएको हो ।
‘हामीले बजार अनुगमनको क्रममा संकलन गरेको औषधिको नमुना परिक्षण गर्दा गुणस्तरहिन पाइए पछि फिर्ता लिन आदेश दिएका हौं,’ डीडीएका फार्मेसी अधिकृत राजेश श्रेष्ठले कान्तिपुर संग भने, ‘यो औषधिहरु सिफारिस, विक्रिवितरण र प्रयोग समेत नगर्न/नगराउन सबैलाइ अनुरोध गर्छौं ।’
डिडिएले एएमसी०६७ ब्याच नम्बरको जनवरी २०१६ मा निर्मित एवं डिसेम्बर २०१७ मा म्याद नाघ्ने आवला चुर्ण, ए–जीएचसी१३१ ब्याच नम्बरको मार्च २०१६ मा निर्माण गरिएको र सन २०१८ को परवरीमा म्याद नाघ्ने दिव्य गैसहर चुर्ण, विकेसी ०११ ब्याच नम्वरको डिसेम्बर २०१५ मा उत्पादित एवं नोभेम्वर २०१७ मा म्याद नाघ्ने बकुची चुर्ण, ए–टीपीसि१५१ व्याच नम्बरको फरवरी २०१६ मा उत्पादित एवं जनवरी २०१८मा म्याद नाघ्ने त्रिफला चुर्ण, एजीसी ०८१ व्याच नम्बरको सन २०१६ को जनवरीमा उत्पादित र डिसेम्बर २०१७ मा म्याद नाध्ने अश्वगन्धा चुर्ण, डीवाइसी ०५९ व्याच नम्बरको जनवरी २०१६ मा उत्पादित र डिसेम्वर २०१७ मा म्याद नाघ्ने अदिव्य चुर्णलाई बजारबाट फिर्ता गर्न आदेश दिइएको हो ।
दुई साता अघि डीडिएले विभिन्न व्याच नम्बरका रामदेवका विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्णलाई बजारबाट फिर्ता गर्न आदेश दिएको थियो ।
त्यसताका डीडिएका महानिर्देशक नारायणप्रसाद ढकालले रामदेवको औषधिमा ब्याक्टेरियाको मात्रा तोकिएको सीमा भन्दा बढी देखिएपछि बजारबाट फिर्ता गर्न आदेश दिएको बताएका थिए ।

डीडीएले बुधबार माइक्रोल्याव लिमिटेड बैंगलौरको ब्लाक्टोक्लैभ एन्टिबायोटिकलाई समेत आइडेन्टिफिकेसन परिक्षणमा फेल भएको जनाउँदै बजारबाट फिर्ता लिन आदेश दिएको छ ।  


http://bit.ly/2sTdch8

No comments:

Post a Comment