Thursday, June 1, 2017

एपबाट रिचार्ज गर्दा शतप्रतिशत क्यास ब्याक

पत्र पत्रिका बाट  -साभार 

http://www.karobardaily.com/news/78971

Earn Free Recharge in NTC and Ncell

 https://mcent.com/r/JPRQHI 
Getting recharge by hanging around WiFi is really good use of time. There are  lots of advertising companies and android apk that pays really good and you can recharge your earnings to your NTC and Ncell. I usually make around 100 daily and top up NTC, this will save your lots of money that you spend to buy recharge coupon. I suggest you one of the best and trusted application for this, MCENT.

एपबाट रिचार्ज गर्दा शतप्रतिशत क्यास ब्याक

     + -

समाचार प्रतिनिधि तस्विर
काठमाडौंः मोबाइल एप्लिकेसनबाट ब्यालेन्स रिचार्ज गर्ने विषय नयाँ होइन । तर, अब मोबाइलमा रिचार्ज गर्दा शतप्रतिशत क्यासब्याक पाइने एप्लिकेसनसमेत विकास गरिएको छ । 
ग्लोबल की टेक्नोलोजीले विकास गरेको नेपाली एप्लिकेसन ‘रिचार्जर’ ले जति रकम रिचार्ज गरिन्छ, त्यति नै रकम बराबरको ब्यालेन्स जम्मा हुने व्यवस्था गरेको हो ।
एन्ड्रोइड र आइओएस दुवै मोबाइल अपरेटिङ सिस्टममा डाउनलोड गरी चलाउन सकिने यो एपमा जम्मा भएको पैसा अनलाइन सपिङमा खर्च गर्न सकिने ग्लोबल की टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । 
रिचार्ज गर्दा पाउने रकमबाट होटल बुकिङ, फिल्म हलको टिकट खरिद, प्लेनको टिकट बुकिङ, रेस्टुरेन्टको पेमेन्ट, अनलाइन सपिङलगायतमा सहजै खर्च गर्न सकिने कम्पनीले जनाएको छ ।
“समय र पैसाको बचतसँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यका साथ युवाहरूको पहलमा तयार गरिएको यो नेपाली एपलाई अनलाइन सपिङ हबको रूपमा स्थापित गर्ने उद्देश्य छ,” ग्लाइडरले भने, “जम्मा भएको रकमले फेसबुक, इन्स्टाग्राम तथा विभिन्न वेबसाइटका १०० भन्दा बढी प्रमाणित तथा विश्वासिला विक्रेताहरुका उत्पादन एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिनेछ ।” अनलाइन खरिदकर्ता र बिक्रेताबीच समन्वय गर्दै छिटो छरितो र सुलभ मूल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने उनले बताए । 
एप छोटो अवधिमा नै २५ हजारभन्दा बढीले डाउनलोड गरिसकेको कम्पनीले जनाएको छ । एपबाट ईसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छे« बैंक, एनआईसी एसिया बैंक र प्रभु बैंकबाट अनलाइन रिचार्ज तथा अनलाइन पेमेन्ट गर्न सकिनेछ ।
एपबाट अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने ग्लोबल की ले जनाएको छ । एप प्रयोग गर्ने तरिका युट्युबमा पनि राखिएको छ । 

No comments:

Post a Comment