पत्र पत्रिका बाट -साभार http://nepalihimal.com/article/8570
- जीवनप्रसाद राई
वनमा खेर गइरहेको चिउरीको 'भ्यालु चेन्ज' बारे मध्यपश्चिम पहाडमा उल्लेख्य काम हुनथालेको छ।
चिउरी मेचीदेखि महाकालीसम्म पहाडको रैथाने वनस्पति हो। चिउरी वृक्षलाई मकवानपुरका आदिवासी चेपाङहरूले आफ्नो संस्कृतिसँग जोडेका छन्। चेपाङ समुदायमा छोरीको विवाह गर्दा चिउरीको बिरुवा दाइजो दिने संस्कृति छ। चिउरीबाट व्यावसायिक लाभ लिने जमर्को भने दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा, जाजरकोट र सुर्खेतका पहाडमा भएको देखियो।
भदौ–असोजमा पात झ्रेर वसन्तमा पालुवा फेर्दै लटरम्म फुल्ने–फल्ने चिउरीबाट अहिले वाइन, जूस, साबुन, घिउ, क्रिम, जाम र महदेखि प्रांगारिक मल तथा विषादीसम्मको उत्पादन शुरू भएको छ। व्यक्तिगत रूपमा प्यूठान मरन्ठानामा दुर्गा केसीले साबुन, जाजरकोट खलंगाकी शिला नेपालीले घिउ र सुर्खेत वीरेन्द्रनगरका अम्मर तारामी मगरले मह उत्पादन गरिरहेका छन्। त्यस्तै सामूहिक तथा संस्थागत रूपमा कुशे लघु घरेलु सहकारी खलंगा जाजरकोट र देउती हर्वल उद्योग वीरेन्द्रनगर सुर्खेतले घिउ, मल र विषादी उत्पादन गरिरहेका छन्। त्यस्तै, रुकुमको पोखरा गाविसमा चिउरीका विभिन्न किसिमका साबुन बनाएर बजार पठाउन थालिएको छ।
चिउरीको पात र काठबाट टिकाउ किसिमको दुनाटपरा तथा फर्निचर बन्छ। बाँकी उत्पादन यसको रसिलो फल र त्यसभित्रको विजुला (कोया) बाट हुन्छ। सदियौंदेखि जंगलमा र्झ्दै खेर जाँदै गरेको चिउरीको विजुला बटुलेर धेरैले राम्रो आम्दानी गरेका छन्। बिजुला संकलकहरूले प्रतिकिलो रु.४० मा उद्योगलाई बेच्छन्। एक जना महिलाले दिनभरमा २५ किलोसम्म विजुला टिप्छन्। यो मौसमी काम भए पनि गाउँका गरीब घरपरिवारलाई राम्रै आम्दानी दिएको छ।
यूरोपमा बजार
नेपालमा उत्पादित चिउरीको घिउ यूरोप निर्यात भइरहेको छ। यूरोपमा पनि खासगरेर फ्रान्समा धेरै जान्छ। खलंगा (जाजरकोट) की शिला नेपालीले मात्र वार्षिक १० टनसम्म चिउरीको घिउ फ्रान्स पठाइरहेकी छन्। योभन्दा धेरै उत्पादन पठाउन सकिने भए पनि नीतिगत र प्राविधिक समस्या रहेको शिला बताउँछिन्। उनका अनुसार, उच्च गुणस्तरको साबुन, शेम्पो र कस्मेटिक्स उत्पादनका लागि यूरोपमा नेपाली चिउरीको ठूलो माग छ।
शिलालाई चिउरीको बिजुला प्रशोधनमा केही सरकारी र गैर–सरकारी संस्थाहरूले सहयोग गरेका छन्। फ्रान्सको बजार पुर्याउने काम भने काठमाडौंको हिमालयन वायो ट्रेड प्रालिले गरेको उनले बताइन्। चिउरी 'प्रडक्ट' प्रवर्द्धनका लागि एकपटक दक्षिण कोरिया पुगेकी शिलाले फ्रान्सेलीहरूको पनि निमन्त्रणा पाएकी छन्। “चिउरी खेती, प्रशोधन र निर्यातबाट पहाडमा आर्थिक क्रान्ति ल्याउन सकिने भए पनि प्रविधिको समस्या छ”, नेपालमा सिंहदरबारले भन्दा बढी चिउरीको संभावना बुझेकी शिला भन्छिन्, “तर, सरकारले चाहे यो कुनै समस्या होइन।”
उनका अनुसार, अहिले सबभन्दा ठूलो समस्या घिउ पेल्ने मेशीनको छ। ढिकी र कोलबाट घिउ निकाल्दा ढिलो हुन्छ। मेशीनले एक घण्टामा गर्ने काममा ४० जना खटाउनुपर्दा लागत पनि बढेको छ। सय टन विजुला संकलन गरेको देउती हर्वल उद्योगमा आधुनिक मेशीन नहुँदा घिउ प्रशोधन रोकिएको छ। घिउ पेल्ने मेशीनपछिको समस्या हो, विजुला सुकाउने सोलार ड्रायरको। यस्ता उपकरणका लागि उद्यमीहरूसँग पूँजी छैन।
“चिउरी खेती, प्रशोधन र निर्यातबाट आर्थिक क्रान्ति ल्याउन सकिने भए पनि प्रविधिको अभाव छ। तर, सरकारले चाहे यो कुनै समस्या होइन।”
शिला नेपाली
खलंगा, जाजरकोट
सरकारको भूमिका
स्थानीय उद्यम र रोजगारीको लागि मात्र नभई देशकै समृद्धिको संभावना बोकेको वनस्पति हो, चिउरी। आधुनिक उपकरणबाट यसको घिउ मात्र उत्पादन गरेर निर्यात गर्न सक्दा पनि देशले राम्रो आम्दानी गर्न सक्छ। यसका लागि सरकारले 'चिउरी नीति' बनाएर कार्यान्वयन गर्नुपर्ने देखिन्छ। यो सँगै सरकारले यसको 'प्याटेन्ट राइट' पनि लिइहाल्नुपर्छ, भारतको पनि केही भागमा चिउरी पाइने हुनाले।
सरकारले चिउरी विकास बोर्ड बनाएर सम्भाव्य सबै ठाउँमा चिउरी वन विस्तार गर्न आवश्यक छ। विजु वा कटिङबाट सजिलै सर्ने हुनाले सामुदायिक वन, पाखापखेरा, खोला–खोल्सालगायतका लाखौं हेक्टर जमीनमा चिउरी खेती गर्न सकिन्छ। अहिलेको बजार उद्यमी आफैंले खोजेका हुन्, यसमा सरकारले पनि अध्ययन गरेर लगानीको नीति लिनुपर्छ। सरकारले त्यति गरे उत्पादनका परम्परागत प्रविधिहरूलाई संग्रहालयमा सुरक्षित राख्दै अत्याधुनिक मेशीनहरू भित्र्याउन सजिलो हुन्छ।
यो उद्देश्यका लागि सरकारले दुर्गा केसी, शिला नेपाली र अम्मर तारामी मगर जस्ता कर्मठहरूको सुझाव लिंदा उत्तम नीतिनिर्माण गर्न सघाउ पुग्छ।

No comments:
Post a Comment