Thursday, September 14, 2017

अस्ट्रेलीयाको भिषा त लाग्यो अव के लैजाँदा होला के नहोला

http://www.enepal.com.au/news/2652.html         
अन्तत लामो र कठोर प्रतीक्षा पछि फर्सी त पाक्यो। अव के गर्ने। लगेज त लैजान पर्यो तर के के लाने भन्ने कुरोले फेरी एक चोटी तनाब दिन्छ नै। कोही अस्ट्रेलीया छन् भने त भन्देलान् यो यो सामान लिएर आईज है भनेर। यदि कोही छैनन् भने के लैजाँदा उपयुक्त हुन्छ थाहा त पाउनु पर्यो।
खाने कुरा भरिसक नल्याएकै राम्रो। झुक्किएर पनि फलफुल मिठाई नल्याएको बेश। झुक्किएर झोला तिर परि हाल्यो भने पनि बोरु बाटैमा खाएको राम्रो। फेरी ईमिग्रेसनले त्यस्ता बस्तुहरुलाई एकदम कडीकडाउ गरेको हुन्छ र यदि तपाईले ईमिग्रसनले दिएको फममा डिक्लेयर गर्न छुटाउनु भयो भने तपाईले ल्याएको फलफुल र मिठाईलाई तौलिएर जरीवाना सम्म तिराउँछ। गुन्द्रुक ल्याउन सबैलाई मन पर्छ तर यदि बनेको मिती भएको ट्याग छैन भने गुन्द्रक पनि ल्यान पाईदैन। सिधै बिनमा फाल्दिन्छ। घ्यु झुक्किएर पनि नल्याएको राम्रो। तेत्रो दुख गरेर जमाएर ल्याएको शुद्ध घ्यु खततह आँखा सामुन्ने फाल्दा कति रिस उठ्छ।
बिउ बिजन, विरुवा, बदामका परिकार, बिरुवाहरु ल्याउनु भयो भने पनि फर्ममा ल्याको छ या छैन राम्ररी दर्शाएको राम्रो। त्यस्तै घरेलु औषधीहरु जस्तै चिरैतो, तुलसीका पत्ता आदि छन् भने पनि दर्शाएको राम्रो। मह लगाएत जनवारका उत्पादनहरु पनि भरिसक नल्याएको राम्रो। फोकटमा तनाबमा झेलीनु भन्दा।
कत्ति साथीहरुलाई बिदेशमा भएका साथीलाई उपहार पठाईदिन मन लाग्छ अनि कोही बिदेश जाँदै छ भनेर सुँगेर नि थाहा पाउँछन् र भन्छन् मेरो एउटा सानो उपहार छ साथीको लागि।नाई पनि कसरी भन्नु, हुन्छ भन्छौ। जाने बेलामा हतार हतार ल्याएर थमाई दिन्छन् तर भन्दैनन् के छ भित्र। मज्जाले प्याकमा हुन्छ। आफुलाई हत्तार भएको बेला त्यति खोजी निन्दा पनि गरिन्न। हतार हतार हालीन्छ। तर त्यहि सानो साथीको उपहारले ईमिग्रेसनमा तनाब त झेलीन्छ नै अन्नाहकमा फाईन तिर्नु पर्छ र पछि सम्म नराम्रो दख्खल पर्छ ईमिग्रेसनमा। किनकी उनीहरुसँग त हाम्रो हरेक डिटेल हुन्छ।
गीफ्ट छन् भने नेपालमानै के हो राम्ररी हेर्न पर्छ। के थाहा बा मुर्ती पनि हुन सक्छ या अन्य जो अस्ट्रेलीयामा गैरकानुनी हुन सक्छ जसले गर्दा फस्न कति बेर पनि लाग्दैन।
आउन जति गार्हो छ अस्ट्रेलीयाको नियम कानुनको दायरा भित्र बस्न उत्तीकै गार्हो छ। सानो गल्तीले पनि भयाबहको स्थिती सृजना हुन बेरै लाग्दैन। आफै जान्ने भई टोपलेर हिरो बन्नु भन्दा नजानेको कुरा सोध्दा कसैको ईज्जतमा दाग लाग्दैन। नजानेको वा सङ्का लागेको कुरा सोद्धा कसैलाई केही फरक पर्दैन। पछि झ्या हुनु भन्दा बेलैमा सचेत भएकै राम्रो।

No comments:

Post a Comment