Monday, September 11, 2017

अकूत सम्पत्ति कमाएको भन्दै प्राधिकरणका पूर्वमहाप्रबन्धक विरुद्ध मुद्दा दायर

पत्र पत्रिका बाट  -साभार   http://www.abhiyan.com.np/new/Articles/view/105011
२०७४-०५-२६ मा प्रकाशित    

भदौ २६, काठमाडौं (अस) । नेपाल विद्युत प्राधिकरण उत्पादन, सञ्चालन तथा संभार विभागको पूर्वमहाप्रवन्धक महेन्द्रलाल श्रेष्ठले अवैध रुपमा २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ कमाएको आरोप लगाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अवैध रुपमा कमाएको सम्पत्ति श्रेष्ठले आफ्नी श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्र लाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा लुकाइ छिपाई राखेको पाइएको अख्तियारले दावी गरेको छ । अख्तियारले पदीय जिम्मेवारी बेगर श्रेष्ठले अकूत सम्पत्ति कमाई अस्वभाविक र उच्च स्तरको जीवन यापन गरेको, आफ्नो परिवारको नाममा सम्पत्तिहरु खरीद गरेको जस्ता आरोप लगाएको छ ।
अख्तियारले श्रेष्ठद्धारा अवैध रुपमा कमाएको भनिएको २ करोड ८८ लाख ८२ हजार ८ सय ९१ रुपैयाँ जफत गरी त्यति नै जरिवाना गर्न र कैदसमेत गर्न विशेष अदालतसँग माग गरेको छ ।

No comments:

Post a Comment