Sunday, September 10, 2017

मंगलबारदेखि दशैँको टिकट बुकिङ, कहाँ जान कति भाडा लाग्नेछ?

पत्र पत्रिका बाट  -साभार   http://www.nagariknews.com/news/26904/


आइतबार, २५ भदौ २०७४, १९ : ४० नागरिक


काठमाडौं—नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँका लागि यातायात व्यवसायीहरुले मंगलबारदेखि बसको टिकट बुकिङ गर्दैछन्। सरकारको दवाबमा व्यवसायीहरु अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्। सहमतिअनुसार बसका छतमा यात्रु राख्न पाइने छैन। यात्रुका सामान मात्र राख्न पाइनेछ। छतमा यात्रु राखेको पाइएमा बसको इजाजतसम्म खारेज हुनसक्नेछ। व्यवसायीले भाडदर वृद्धि गर्न दवाब दिए पनि यो पटक पुरानै भाडादरमा यात्रु दशैँमा घर जान पाउनेछन्।
व्यवसायीसँगको बैठकमा  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राखेको थिए।

बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए। सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको सदस्यतामा पाँच सदस्यीय समिति गठन गरिएको छ।
यातायात व्यवस्था विभागले तोकिएभन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गर्दै कसैले बढी भाडा मागेमा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
काठमाडौंबाट कहाँ जान कति छ भाडादर? सूचि हेर्नुहोस्


No comments:

Post a Comment