Thursday, September 14, 2017

अस्ट्रेलीयामा काम नपाउनुको कारण यस्तो पो रहेछ,नयाँ आएका भाई बहिनीहरुले पढ्नै पढ्ने लेख

पत्र पत्रिका बाट  -साभार  http://www.enepal.com.au/news/2614.html
बिदेशमा काम पाईन्न रे। काममा पैसा दिदैनन् रे।घर लिएर बसेका साहु भनौदाहरुले ठग्छन् रे। घरमा खुब हैकम जनाउँछन् रे।अग्रमबग्रम। खालि रे को पछि दगर्दा दगुर्दा हामी हैरान हुन्छौ।काम भनेको कस्ले गएर तपाईको पोल्टामा हाल्दिन्छ र! फलानो ठाउँमा कामको भ्याकेन्सी छ,तलको लिङ्कमा गएर आफ्नो बिबरण भर्नु होस् भनेर लेखेको देख्दा देख्दै हतार हतार आफ्नो मोबाईल नम्बर धमाधम कमेन्टमा आउँछ मानौ कि ससुरालीको कम्पनी हो साँझ घर गएर धमाधम ज्वाई नारायणहरुलाई फोन गर्छ। अरे यार लिङ्कमा गएर आफ्नो बिबरण भर्नु होस् भन्दा भन्दै किन अल्छी गर्नु हुन्छ।
फेरी कुनै कम्पनीले आफ्नो पुर्ण बिवरण माग्छ। तपाईको अनुभव माग्छ। उधाहरणको लागि एउटा राम्रो क्लिनीङ कम्पनीले कामको लागि स्टाफ माग्यो। अव तपाईले रेजुमे बनाउनु भयो। मानौ भर्खर नेपालबाट आउनु भएको छ। कामको अनुभव त चाहियो। राख्नु होला नेपालको सोल्टी होटेलमा हाउसकिपीङ गरेको, सेन्च्युरी होटेलमा काम गरेको अनि रिफ्रेन्समा राख्नु हुन्छ चिने जानेको दाई काका मामा जो अस्ट्रेलीयामा छन् उनीहरुको नाम। तपाईको रेजुमे हेरेर तपाईलाई ईन्टरभ्युको लागि फोन गर्छ। यो दिन यो समयमा यसरी उपस्थिती हुनु भनेर। साथमा आईडिन्टीफिकेसन अनि अरु डकुमेन्ट पनि लिएर आउनु होला भन्छ।
हामी यति सम्म अल्छी बन्छौ कि मानौ कुनै कामको लागि अनलाईनमा फर्म हुन्छ जहाँ आफ्नो सारा बिवरण भर्नु पर्छ। जाबो क्लिनीङ कामको लागि नि यो सव वाईयात भन्छौ। भर्दा भर्दै नेक्स्ट गर्न मन लाग्दैन अनि त्यसै छोडीदिन्छौ। खै त हामीमा धैर्यता। अनि कताबाट काम पाईन्छ त। अव नयाँ बिधार्थी जो भर्खर आएका छन् उनीहरुले रेजुमेमा जुन होटल वा कम्पनीमा काम गरेको हो दर्साएका हुन्छन् उसको कन्ट्याक्ट नम्बर, ईमेल आईडी र कुन पद हो,सबै बिबरण खुलेर लेख्न पर्नेमा आफुले चिने जानेको नाम हालीन्छ जसलाई मान्यता दिईदैन। अझ आफ्नो खुनको नाता छ भने त रिफ्रेन्समा हाल्दै नहाल्नुहोस्।
तपाई बिस घण्टाको कामको लागि कतै जानु भएको छ भने तपाईको पायक पर्ने दिन कुन कुन हो फर्म भर्दै जनाउनु होस्। यदि तपाईको कलेजमा ईन्रोल्मेन्ट भएको छैन भने तपाईले एप्लाई गरेको कम्पनीले तपाईलाई नलिन पनि सक्छ। किनकी पढाई हुने दिन आफुलाई थाहा हुन पर्छ ताकि यो दिन म काम गर्न सक्छु भन्न सक्नु पर्यो।
अर्को कुरा कामको अन्तर्बार्ताको लागि जाँदै हुनुहुन्छ भने आफ्नो आईडी, पासपोर्ट, ट्याक्सफाईल नम्बर , पोलीस चेक र (COE)सिवईसँगै लैजानु होस्। भर्खर नेपालबाट आउनु भएको छ भने नेपालको पुलीस चेक पनि लैजान नबिर्सीनु होस्। यदि पुलीस चेक बनाउनु भएको छैन भने कुनै कम्पनीले १०० पोईन्ट्सको डकुमेन्ट बनाएर लिएर आईज भन्न सक्छ जसको लागि पास्पोर्ट, कलेजको परिचयपत्र, बैक कार्ड, बसेको प्रमाण पत्र यसको लागि बैकबाट एडरेस प्रुफको सर्टीफिकेट निकाली राख्दा हुन्छ।
सबै भन्दा ठुलो धैर्यता अनि सकारत्मक सोच। कसैलाई मौखीक रुपमा भन्दै गर्दा बिभीन्न कम्पनीहरुले क्याजुल र पार्ट टाईममा बिधार्थीहरुलाई पनि लिई रहेको हुन्छ जसको लागि अनलाईनमा सर्च गरि राख्नु पर्छ। धेरैले अनलाईन मार्फत आवेदन दिएर हप्ताको बिस घण्टा भएपनि राम्रो पैसा कमाएकाहरु धेरैनै उधाहरणहरु छन्। खाली हामी “रे” को पछाडी हिड्छौ अनि हल्लै हल्लाको पछि दगुर्छौ। सबै भन्दा ठुलो कुरो त ह्या भोली गरौलाले हामीलाई बिगारेको हुन्छ।
अनि अन्तिममा दोष अरुलाई दिन्छौ। फलानोलाई भनेको भनै गरे कामनै लगाई दिएन। लास्ट गफाडी रहेछ। फेशबुकमा आउने पोस्टहरुमा लकति फोन दिए सम्पर्कनै गरेन। दोष अरुलाई थोपरेर पानी माथिको ओबानो बन्न खोज्छौ अनि कहाँबाट पाईन्छ त काम। फेरी अर्को कुरो यो जाडोमा घरमै बस्न रुचाउँछौ। कति हिड्नु जस्तो लाग्छ तर के थाहा त्यहि दिन तपाईको भाग्यले कामको सुअवसरको ढोका खुल्ला गरेको नि हुन्छ। अल्छी नगरौ मेहीनेत गरौ अनि रे र ह्याको पछि नलागौ। कामले तपाईलाई पक्कै पत्याउँछ।
लेखक: मनोज पौड्याल

No comments:

Post a Comment