Wednesday, September 13, 2017

उत्तर-दक्षिण लोकमार्ग : खर्च ६ अर्ब, प्रगति ३० प्रतिशत

पत्र पत्रिका बाट  -साभारhttp://annapurnapost.com/news-details/80132

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४ 0 4292 पटक पढिएको



काठमाडौं : सडक विभाग र नेपाली सेनाले निर्माण गरिरहेका उत्तर-दक्षिण लोकमार्गका विभिन्न पाँच सडकखण्डमा हालसम्म ६ अर्ब रुपैयाँ खर्च भएको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत कालिगण्डकी करिडोर, कोसी करिडोर र कर्णाली करिडोरमा हालसम्म ६ अर्ब १३ करोड रुपैयाँ खर्च गरेर औसतमा ३० प्रतिशत प्रगति भएको छ । यो प्रगतिमा कर्णाली करिडोरअन्तर्गत नेपाली सेनाले निर्माण गरिरहेको खुलालु-सिमीकोट सडकको हालसम्मको प्रगति जोडिएको छैन । सडक विभागअन्तर्गत सञ्चालन भएका अन्य पाँचवटा सडकमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ ।
सरकारले राष्ट्रिय गौरवका आयोजनामा राखी यी तीनवटै मार्गको पाँचवटा खण्डका लागि गत आव २०७२/७३ मा दुई खर्ब ३१ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमबाट दुई अर्ब २४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय योजना आयोगको गत आवको प्रगति विवरणमा उल्लेख छ ।
सडक विभागले कालिगण्डकी करिडोरमा बेनी-जोमसोम र गैंडाकोट-पाल्पा गरी दुईवटा खण्डमा काम गरिरहेको छ । कोसी करिडोरमा खाँदबारीबाट किमाथांकासम्म र कर्णाली करिडोरमा हिल्सा सिमिकोट खण्डमा पनि सडक विभागले नै काम गरिरहेको छ ।

सडक विभागअन्तर्गत सञ्चालित अन्य पाँच सडकमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ ।
कोसी, कर्णाली र कालिगण्डकी करिडोरका तीन सडक आयोजनामध्ये नेपाली सेनाले पनि कर्णाली करिडोरअन्तर्गको खुलालु-सिमिकोट खण्डका काम गरिरहेको छ । नेपाली सेनाले निर्माण गरिरहेको एक सय ९६ किलोमिटरको यो सडकखण्डमा हालसम्म ४५ करोड ६२ लाख खर्च भइसकेको छ । नेपाली सेनाले निर्माण गरिरहेको यो सडकको दुई अर्ब ८४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आव २०६५/६६ बाटै यो सडक निर्माणको काम सुरु भएको भए पनि अझैसम्म यो सडक सम्पन्न गर्ने लक्ष्य अगाडि सारिएको छैन । यो सडक पूरा हुने समय यकिन नभएको सेनाले जानकारी दिएको छ । यो सडकमा सेनाले हालसम्म २२ किमि सडकमा यातायात सञ्चालन नै गरिसकेको छ ।
विभागले निर्माण गरिरहेको चीन जोड्ने व्यापारिक महत्वका यी सडकमा विस्फोटक पदार्थ नपाउनु मुख्य समस्या रहेको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए । उनले भने, ‘मित्रराष्ट्र चीनसँग व्यापार बढउने र सुदूर उत्तरी भेगका जनतालाई राज्यबाट प्रदान गरिने यातायात तथा अन्य सुविधा दिने उद्देश्यले सडक निर्माण सुरु भएको हो । यो सडक निर्माणमा देखिएको मुख्य समस्या नै विस्फोटक पदार्थ नपाउनु हो ।
हिमाली जिल्लामा चिसो मौसममा काम गर्न नसक्ने, काम गर्न सकिने मौसममा पनि दक्ष जनशक्तिको अभाव हुने, लागत योजनाभन्दा न्यून बजेट विनियोजन हुने लगायतसमस्या रहेको सडक विभागले जानकारी दिएको छ । ०००
०००
उत्तर-दक्षिण लोकमार्गको हालसम्म प्रगति
सडकको नाम दूरी (किमिमा) हालसम्मको खर्च (रुपैयाँमा) भौतिक प्रगति (प्रतिशतमा)
कालिगण्डकी करिडोर १८६ २ अर्ब ९ करोड ३३ लाख १०
गैंडाकोट-पाल्पा २४९ १ अर्ब ६० करोड ६६ लाख २८ कोसी करिडोर १६२ १ अर्ब ६६ करोड २८ लाख ४७
कर्णाली करिडोर ९५ ३ अर्ब १५ करोड ५० लाख १३
खुलालु-सिमिकोट १९६ ४५ करोड ६२ लाख -
स्रोत ः सडक विभाग/नेपाली सेना

No comments:

Post a Comment