
मोबाइल
फोनको ब्लुटुथ अन गरिराख्नु खतरनाक सावित हुनसक्दछ । सेक्युरिटी कम्पनी
अर्मिसका शोधकर्ताहरुले गत मंगलबार यस्तो एक मालवेयर पत्ता लगाएका छन् जसले
ब्लुटुथसँग जोडिएका डिभाइसहरुमा हमला गर्न सक्दछ ।यसले स्मार्टफोन मात्र होइन स्मार्ट टिभी, ट्याबलेट, ल्यापटप, लाउडस्पिकर तथा कारमा समेत हमला गर्दछ ।
विश्वमा ५ अर्ब ३० करोड डिभाइसमा ब्लुटुथको प्रयोग भैरहेको छ ।
ब्लुटुथयुक्त डिभाइसमा हमला गर्ने मालवेयरको नाम ब्लुबर्न हो । यसको माध्यमबाट ह्याकरले ती डिभाइसलाई आफ्नो नियन्त्रणमा लिन सक्दछ जसको ब्लुटुथ अन हुन्छ । ब्लुटुथमार्फत डिभाइसमा आक्रमण गरिसकेपछि ह्याकरले मोबाइल फोन वा अन्य स्मार्ट डिभाइसका डाटाहरु चोरी गर्न सक्दछ ।
अर्मिसका अनुसार ब्लुटुथ डिभाइससँग सम्बद्ध अन्य कैयन् भाइरसहरु समेत हुनसक्छन्, जो अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । तर पत्ता लागेका केही खतरनाक भाइरस चाहीँ यी हुन्ः
ब्लुबबिंग
यसको मालवेयरको आक्रमण निकै गम्भीर हुनसक्दछ । यो बगले ब्लुटुथको फाइदा उठाएर हमला गर्दछ । ब्लुबर्न यहीँ श्रेणीमा पर्दछ । यसको माध्यमबाट साइबर अपराधीले भाइरस पठाएर डाटा चोरी गर्न सक्दछ । ब्लुबर्नलाई प्रयोगकर्ताको सहमतिको आवश्यकता पर्दैन र उसले कुनै लिंकमा क्लिक गर्न पनि भन्दैन । केवल १० सेकेण्डमा ऊ कुनै सक्रिय ब्लुटुथ डिभाइसलाई नियन्त्रण लिन सक्दछ । अर्मिसले एउटा यस्तो एप्लिकेसन बनाएको छ जसले तपाइँको डिभाइस सुरक्षित छ या छैन भन्ने पत्ता लगाउँदछ । यो एप्लिकेसनको नाम ब्लुबर्न भल्नराबिलिटी स्क्यानर हो । यो एप गुगलको अनलाइन स्टोरमा उपलब्ध छ ।
ब्लु ज्याकिंग
अर्को खतरा हो ब्लु ज्याकिङ । यो ब्लुटुथसँग जोडिएका कैयन् डिभाइसमा एकसाथ स्पाम पठाउन सक्दछ । यसले पर्सनल इलेक्ट्रिक कार्डको माध्यमबाट मेसेज पठाउँदछ, जुन एक नोट वा कन्ट्याक्ट नम्बरको रुपमा हुन्छ । आमरुपमा यसले ब्लुटुथ डिभाइसको नाममा स्पाम पठाउँदछ ।
ब्लुस्नार्फिंग
यो ब्लुज्याकिंग भन्दा पनि खतरनाक छ । यसको माध्यमबाट सूचनाहरुको चोरी हुन्छ । यसको प्रयोग मूख्यरुपमा फोनबुक तथा डाटा चोरी गर्नका लागि गरिन्छ । यसको माध्यमबाट निजी मेसेज तथा तस्वीर पनि चोरी गर्न सकिन्छ । तर यसका लागि ह्याकरलाई प्रयोगकर्ताभन्दा १० मिटरभित्रको दूरीमा हुनु आवश्यक हुन्छ ।
कसरी सुरक्षित रहने ?
· माइक्रोसफ्ट, गुगल तथा लिनक्सले ब्लुबर्नबाट प्रयोगकर्तालाई जोगाउनका लागि प्याच रिलिज गरेका छन् । त्यसलाई इन्स्टल गर्नुहोस् ।
· आधुनिक उपकरणमा ब्लुटुथ कनेक्टिभिटीका लागि कन्फर्मेसन कोड आवश्यक हुन्छ, त्यसको प्रयोग गर्नुहोस् ।
· मोड टू ब्लुटुथको प्रयोग गर्नुहोस्, यो धेरै सुरक्षित छ ।
· आफ्नो डिभाइसको ब्लुटुथ नाम हिडेन मोडमा राख्नुहोस् ।
· प्रयोग नहुने बेला डिभाइसको ब्लुटुथ अफ गर्नुहोस् ।
एजेन्सी
No comments:
Post a Comment