Saturday, September 9, 2017

न्युजिल्यान्ड एजुकेसन फेयर आयोजना हुने

पत्र पत्रिका बाट  -साभार   http://annapurnapost.com/news-details/79735

अन्नपूर्ण शुक्रवार, भदौ २३, २०७४ 0 266 पटक पढिएको


काठमाडौं : न्युजिल्यान्ड जान चाहने विद्यार्थीलाई सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले आइतबार सातौं ‘न्युजिल्यान्ड एजुकेसन फेयर’ हुने भएको छ । फेयर होटल र्‍याडिसनमा आयोजना हुनेछ । नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा अध्ययनका लागि जाने विद्यार्थीको संख्या बढिरहेको परिप्रेक्ष्यमा न्युजिल्यान्ड एक आकर्षक गन्तव्यका रूपमा छ ।

    
वर्षेनि पाँच सयको हाराहारीमा नेपाली विद्यार्थी न्युजिल्यान्ड जाने गर्दछन् । न्युजिल्यान्ड जान चाहने विद्यार्थीलाई सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले उक्त फेयर आयोजना हुने भएको हो । रोहिनी इन्टरनेसनल ऐजुकेसन सर्भिसेज प्रालि, डल्फिन ऐजुकेसनल कनसलटेन्सी प्रालि र कंगारु ऐजुकेसन फाउन्डेसन प्रालिको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । उक्त शैक्षिक मेलामा न्युजिल्यान्डका १० वटा सरकारी कलेजका साथमा न्युजिल्यान्ड हाइकमिसनको पनि सहभागिता रहनेछ ।
एकदिने मेलामा विद्यार्थी तथा अभिभावकलाई उपयुक्त विषय चयन, उपयुक्त कलेज छनोट तथा परिपक्व डकुमेन्टेसनमार्फत भर्ना तथा भिसाका बारेमा जानकारी दिइने संस्थाले जनाएको छ । सातौं न्युजिल्यान्ड एजुकेसन फेयरमा ऐरा इन्स्टिच्युट अफ क्यानटरवर, साउदर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, नेल्सन माल्र्व इन्स्टिच्युट अफ टेक्नोलोजी, वेस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजी एट तारान्की, विन टेक, इस्टर्न इन्स्टिीच्युट अफ टेक्नोलोजी, ओहमाई इन्स्टिच्युट अफ टेक्नोलोजी, नर्थटेक, बेलिंटन इन्स्टिच्युट अफ टेक्नोलोजीलगायत संस्थाको सहभागिता रहनेछ ।

No comments:

Post a Comment