Tuesday, September 19, 2017

कलमी गर्ने

कलमी गर्ने कार्य धेरै सजिलो छ । पेन्सिल आकारका सायन भइ सके पछि कलमी सामाग्रीहरू (क्लिप वा प्याराफिल्म रोल, दारी काट्ने साधारण व्लेड, १÷२ वटा प्लास्टिक ट्रे) जम्मा गरी नर्सरीबाट सायन उखेली माटो राम्ररी धुने र पानी सहितको ट्रेमा राख्ने ।
त्यस पछि पोली व्यागको सायन कै आकारको मोटाइ भएको रुटस्टकको करिव ५–१० से.मि. माथिवाट मुन्टा चट्ट काटि दिने र त्यसपछि माथिबाट रुटस्टकलाई बरावर दुई भाग हुने गरी माथि वाट रेजर ब्लेडको आधा (१ देखि १.५ से.मि) गहिरो चिर्ने ।
तत्पश्चात सायनलाई पनि दुई तिरवाट उही आधा ब्लेड जति ताछी दाविलो आकारको वनाइ अघि चिरेको रुटस्टकमा घुसारि दिने । यो प्रसारणको विधिलाई क्लेफ्ट ग्राफ्टिङ् भनिन्छ ।
यसरी सायन घुसारी सकेपछि क्लिप वा प्यारफिल्मले कलमी गरेको भाग च्यापी दिने र बोटमा चिसो पानीले हल्का स्प्रे गरी तुरुन्त ग्राफ्टिङ् घरमा राख्नु पर्दछ ।

No comments:

Post a Comment