पत्र पत्रिका बाट -साभार http://www.onlinekhabar.com/2017/09/626654 अनलाइनखबर
१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग
करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धान
अनुसार नेपालमा १० हजार नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा
प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँका दरले कुल मूल्य करिब ४० अर्ब
रुपैयाँ हुन्छ ।
‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्याइन रहेको थाहा भएको छ’, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरु चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
२०७४ असोज १ गते ७:०६ मा प्रकाशित

No comments:
Post a Comment