पत्र पत्रिका बाट -साभार https://www.onlinekhabar.com/2017/09/627716
अनलाइनखबर

यो जीवको नाम हो, Horse Shoe Crab । यसको वैज्ञानिक नाम Limulus polyphemus हो । यो जीवको प्रजाति ४५ करोड वर्षदेखि अस्तित्वमा छ । करोडौँ वर्षमा पनि यसको आकार प्रकारमा कुनै परिवर्तन भएको छैन । मेडिकल साइन्समा यो गँगटोको रगत यसको ब्याक्टेरिया प्रतिरोधी गुणका कारण प्रयोग गरिन्छ ।
यसको रगत निलो हुनुका कारणले रगतमा तामायुक्त हेमोसायनिन तत्व हुन्छ । जबकि रातो रगत हुने जीवको रगतमा हेमोग्लोबिन हुन्छ ।
यो जीवको रगतलाई बिरामीको जिउमा सुइबाट पठाएर जिउभित्र रहेका खतरनाक ब्याक्टेरिया पहिचान गर्नमा प्रयोग गरिन्छ । साथै यसले मानिसमा प्रयोग गरिने औषधिहरु दुष्प्रभावको बारेमा पनि पत्ता लगाउँदछ ।
सायद यही महत्त्वले गर्दा होला यो गँगटोको रगत १५ हजार डलर प्रति लिटरमा बिक्दछ । अनि हरेक वर्ष ५ लाखभन्दा धेरै यस्ता गँगटोको रगत निकालिन्छ ।
एजेन्सी
No comments:
Post a Comment