Thursday, September 14, 2017

बिदेश, बिधार्थी जिवन अनि के कहाँ कस्तो र कसरि खोज्ने काम

पत्र पत्रिका बाट  -साभार  http://www.enepal.com.au/news/980.html

बिधार्थीहरु उच्च शिक्षा हाँसील गर्न अस्ट्रेलीया आउने क्रम बड्दो छ। सुन्दर सपना अनि आमा बुवाको काखलाई चटक्क छोडेर आउनुको पिडा आफ्नै ठाउँमा छ। कोही रहरले बिदेसीन्छन् त कोही बाध्यताले बिदेशीएका हुन्छन्। बिदेश हेर्दा रमाईलो छ तर जति रमाईलो नेपालबाट देखीन्छ नि त्यो भन्दा पृथक भने पक्कै छ यो सात समुन्द्रपारिको देश। फोटो हेर्दा वा अरुको मुखबाट सुन्दा अनि सपनामा रमाएको भन्दा फरक भने पक्कै हुन्छ जब उ बिदेशको माटोमा आफ्नो पसिना बगाउँन थाल्छ।

भर्खर घर परिवारलाई छोडेर आए पछि होम सिक सबैलाई हुन्छ। घरको याद आउने, आमालाई घुर्की लगाएर खाना नखाएको अनि बुवालाई दङ्ग्याएर पैसा मागेर घुम्न गएको झलझली याद आउनु स्वभाबिक हो।अरुकोमा बुई चड्दा जति मज्जा आउँछ नि आफुले परिश्रम गरेको फल हातमा परेपछि उ बेला गरेका नराम्रा कर्तुतको ग्लानीबोध हुन्छ। अनि आफुले गरेका कामहरु, अभिबावकलाई दु:ख दिएका पलहरु झल्झली मानसपटलमा घुम्न थाल्छ।

एका तिर काम खोज्ने चटारो हुन्छ भने अर्को तिर अव कलेजको फिको व्यबस्थापन कसरि गर्ने त्यसको हतारो हुन्छ। कसैले पनि घरमा आएर काम लगाई दिदैन।काम खोज्न आफै कस्सीनु पर्छ। साथी भाईहरुसँग लिङ्क बडाउनु पर्छ। लाज कदापी मान्न हुन्न। जे जस्तो पर्छ गर्छु भन्ने मनसाय बनाउनु पर्छ। छ्या त्यो घिन लाग्दो काम, गार्हो काम भन्ने बानी बिस्तारै हटाउँदै जानु पर्छ। काम खोज्न हिड्दा कसैले केही पो भन्छ कि भनेर लाज मानेर घरमानै बस्न हुन्न। जति दु:ख गरेर हिड्यो त्यती छिटो काम पाउन सकिन्छ। आफु भन्दा जान्ने बुझ्नेको कुरा सुन्नु पर्छ। उनिहरुलाई काम कसरि खोज्ने सोध्न हिच्कीचाउनु हुन्न।

काम गर्न बोलायो भनेर हानीएर पनि जानु हुन्न। बुझेर कहाँ के र कस्तो काम हो,बृस्तीत जानकारी लिएर मात्र जान पर्छ। पैसा कति दिन्छ, कस्तो कम्पनी हो या व्यक्तीले बोलाको हो, गुगलमा रिसर्च गरेर मात्र जान पर्छ। ट्रायलमा बोलाको छ भने, कति घण्टा हो ट्रायल र ट्रायलमा पैसा दिन्छ या दिदैन बुझेर मात्र जान पर्छ।फेरी ट्रायलमा भनेर फोकटमा काम दलाउने फटाहाहरु पनि हुन्छन्।

एविएन बनाउन पर्छ, फर्म भर्न पर्छ, यत्ती पैसा चाहिन्छ भनेर मख्ख बनाउने पनि हुन्छन्। जनि यस्ताको जालमा परेर अनाहकमा पैसा पानीमा बग्न सक्छ।यो कुरामा पनि सचेत हुन पर्छ। बिभीन्न कम्पनीको नाम गरेर फोन गरेर यस्तो काम, उस्तो काम भनेर मख्ख बनाएर आफ्नो डिटेल, बैकको डिटेल मागेर पैसा निकाल्ने पनि हुँन्छन्। त्यसको बारेमा सचेत हुन जरुरी छ।

कति घण्टा काम गर्न पाईन्छ आफ्नो भिसाले ट्याक्समा, यो पनि बुझ्न महत्वपुर्ण हुन्छ। क्यास र ट्याक्स मिलाएर गर्दा राम्रो हुन्छ भने मिलाएर गर्दा हुन्छ तर कानुन बिपरीत धेरै ट्याक्समा काम नगरेको राम्रो हुन्छ फेरी दसा लागेर फस्न सकिन्छ। कोही कसैलाई पनि आफ्नो पारिबारीक कुरा हतपत्त कहिलै नभन्नु। आफ्नो पृस्ठ भुमी पनि नभनि हाल्नु। आफसँग के कति पैसा छ त्यो पनि हतारमा कसैलाई नि नभनेको बेस हुन्छ किनकि पैसा देखे पछि ले न सापटी भनेर माग्ने प्रसस्तै हुन्छन्।

काम गरेर पैसा दिएको छैन भने आफु भन्दा जानेको दाई दिदीहरुलाई भन्नु अनि सहि राय सल्लाह लिनु।यहाँ कोही कसैले पनि ठग्न पाउँदैन र जो कोहीलाई पनि कानुन लाग्छ।त्यसैले भरिसक ट्याक्समा काम गर्नु अन्यथा क्यासमा हो भने सुरुमा नै के कति हो छिनो फानो गर्नु।अनि हप्ताको दिने हो कि दुई हप्तामा दिने हो पैसा बुझि हाल्नु। यदि आनाकानी गर्न थाल्यो भने बुझ्नु कि त्यसले धोका दिन गईरहेको छ। आफै सचेत हुनु।

बिशेष गरेर बिधार्थीहरुले गर्ने काम भनेको रेस्टुरेन्टमा वेटर या वेट्रेस, कफि बनाउने बरिस्टा, क्लिनीङ (घर या अफिस), हाउसकिपीङ, फुड सर्भीस र प्रोडक्सनमा शुरुमा किचन ह्यान्ड, अनि ल्याडर हुदै सेफ आफ्नो दक्षता हेरेर, कतिको चाँडो सिक्न सकिन्छ त्यसले भर पार्छ, कस्टुमर सर्भिस( डिपाट्मेन्टल सटोरहरुमा), गोर्सरी पसलहरुमा, फुड एन्ड भेजी सपहरुमा काम पाईन सकिन्छ। तर यी केवल उदाहरण मात्र हुन।आफ्नो सक्षम्ता, दक्षता अनि योग्यता अनुसारको अरु काम पनि नपाईने चाँही हैन।तर त्यसको लागि तपाई आफु फिट हुन पर्छ। बिशेष गरेर काममा अनुभवी मान्छे लिने गर्छन यहाँकाराम्रा कम्पनीहरुले त्यसैले तपाईसँग अनुभव छ र तपाईको कौशलता राम्रोसँग प्रस्तुत गर्न सक्नु भयो भने तपाईले आफुले चाहेको काम पक्कै पनि पाउनु हुन्छ।

यहाँ केही क्लिनीङ कम्पनीका लिङ्कहरु छन्। यी कम्पनीहरुले अफिस, घर, होटेल आदिमा क्लीनिङको काम गर्ने गर्छन। पक्कै पनि कामको खोजामा भौतारी रहनु भएकोहरुलाई फाईदा हुन सक्छ। पाएक परेमा र कलेजको तारतम्य मिलेमा एप्लाई गर्न सकिन्छ।

http://www.consolidated.com.au/
http://www.au.issworld.com
http://www.demosservices.com.au
http://www.gjkfacilityservices.com.au/
www.citycentralgroup.com.au
http://www.gladgroup.com.au/
http://www.spotless.com.au
http://www.menziesgroup.com.au
http://www.cloverdale.com.au/
www.ikonservices.com.au
www.securecorp.com.au
http://www.mht.net.au/
www.assetlink.com.au
http://www.springmountservices.com.au/
http://csgroup.com.au/
http://www.tjsqld.com.au/
http://www.quadservices.com.au/

No comments:

Post a Comment