Monday, September 4, 2017

नेपाली इन्जिनियरले ल्याए ‘लियोपार्ड’ विद्युतीय ह्वीलचियर

पत्र पत्रिका बाट  -साभार 

 https://www.onlinekhabar.com/2017/09/623558

अनलाइनखबर



१९ भदौ, काठमाडौं । अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौं र ईन्पिmनिटी ल्याबको संयुक्त प्रयासमा नेपालमा नै पहिलो पटक उत्पादन भएको विद्युतीय ह्वीलचियरको आज औपचारिक रुपमा विमोचन भएको छ ।
काठमाडाैंमा सोमबार भएको एउटा समाहरोहकाबीच अर्थराज्यमन्त्री उदयशमशेर राणा तथा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा ह्वीलचियरको विमोचन गरे ।
नेपाल मै पहिलो पटक पाँचजना इन्जिनियरहरुले ‘विद्यूतीय ह्वीलचियर’ निर्माण गरेका हुन् । ह्वील चियरको नाम उनीहरुले लियोपार्ड राखेका छन् । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ’ विषय पढेका विद्यार्थीहरुले करिब दुई वर्ष लगाएर स्मार्ट ह्वीलचियर निर्माण गरेका हुन ।
नेपालमै, नेपालकै लागि भनेर बनाईएको अपांगमैत्री ह्वीलचियर सात लाख लाख रुपैयाँ लागतमा बनेको उनीहरुले बताएका छन् । यसमा उनीहरुले आफ्नो श्रमको मूल्य भने जोडेका छैनन् ।
यो ह्वीलचियर प्रयोगमा आए विदेशबाट मंहगो मूल्यमा ह्वीलचियर मगाउनुपर्ने बाध्यता हट्ने छ । यो ह्वीलचियर व्यवसायिक रुपमा बने एउटालाई ३ लाख रुपैयाँसम्ममा बेच्न सकिने ईन्जिनियर सुनिल परियारले जानकारी दिए ।
ईन्फिनिटी ल्याबका युवा ईन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, मेन्सन लाखेमरु, भरत केसी र प्रजेश श्रेष्ठ मिलेर ह्वीलचियर बनाएका हुन् । उनीहरुलाई अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्ऽ काठमाडौंले सघाएको हो ।
यो ह्वीलचियर नेपाली माटो र नेपाली बाटो सुहाउँदो भएको ईन्जिनियरहरुले दाबी गरेका छन् । अब यसलाई व्यवसायिक रुपमा निर्माण गर्नका लागि लगानी गर्ने व्यक्ति र सहयोगको खाँचो रहेको उनीहरुको भनाइ छ ।
के छ ह्वीलचियरको विशेषता ?
नेपालमा चलनचल्तिमा रहेको ह्वीलचियरको तुलनामा यो फरक रहेको छ । यो स्मार्ट इलेक्टि्रक ह्वीलचियर २ देखि ३ घण्टामा चार्ज हुन्छ । एक पटक पूरा चार्ज भइसकेपछि यो २० देखि २५ किलोमिटर गुड्न सक्ने ईन्जिनियर सन्तोष न्यौपानेले जानकारी दिए ।
ह्वीलचियरमा प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखि व्यक्तिगत सामग्री राख्न पछाडिपट्टी सानो झोलाको पनि व्यवस्था गरिएको छ । झोलामा औषधी, औजार तथा अन्य सामग्री सजिलै राख्न सकिन्छ । हृविल चियरको बाँयापट्टी छेउमा पानीको बोतल राख्ने स्ट्यान्ड छ भने अगाडि २० देखि २५ केजी तौलको सामान राख्न मिल्ने डिजाइन गरिएको छ ।
पिसाब फेर्नका लागि थैलीको समेत व्यवस्था गरिएको छ । ह्वीलचियरमा जीपीएस सिस्टम जडान गरिएको छ । जसका माध्यमबाट आˆना नजिकका मान्छेलाई सम्पर्क गर्न सजिलो हुन्छ । ह्वीलचियर अहिले हातले चलाउन सकिन्छ, तर पछि विस्तार गरेर मुख, चिउँडो, आँखाको माध्यबाट पनि चलाउन सकिने बनाउन सकिने ईन्जिनियरहरुले बताएका छन् ।
यो ह्वीलचियर उकालोमा पनि चढ्न सक्ने बिशेषता बोकेको रहेको ईन्जिनियर सुनिल परियारले जानकारी दिए ।
ह्वीलचियरहरुमा लामो समयसम्म बस्ने मानिसहरुको ढाडमा समस्या आउन सक्छ । तर यसमा राम्रोसँग हावा छिर्ने गरि बनाईएकाले प्रयोग गर्दा ढाडमा समस्या नहुने पनि इन्जिनियरहरुले दाबी गरेका छन् ।
ह्वीलचियरको अनावरणपछि अर्थराज्यमन्त्री शमशेरले युवा ईन्जिनियरहरुको कामको प्रसंसा गर्दै यस्तो खाले ह्वीचियरको प्रवर्द्धनको लागि आउँदो दिनहरुमा आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आफ्नो मन्त्रालयबाट ईन्फिनिटी ल्याब र युवा ईन्जिनियरहरुलाई गर्न सकिने सहयोग गर्ने उनले बताए । कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा नै केही गर्छु भन्ने प्रतिभाहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।
यस्तै बरिष्ठ कलाकार हरिवंश आचार्यले ह्वीलचियर निर्माण गर्ने युवाहरुलाई नेपालमा नै स्थापित गराउनका लागि सरकारले केही सोच्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काग्रेसका सांसद उषा गुरुङ्गले युवा ईन्जिनियरहरुको कामको प्रसंसा गर्दै विद्यूतिय ह्वीलचियरको स्थायीत्वको लागि आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सीआइएलका अध्यक्ष गणेश केसीले विद्युतीय हृविलचियर बनाउन सहकार्य गर्न पाँउदा खुसी लागेको बताउदै यसको व्यवसायिकरणको लागि सरकारले पहल गर्नुपर्ने अवश्यकता औल्याए ।
२०७४ भदौ १९ गते १८:३५ मा प्रकाशित

 

No comments:

Post a Comment