Thursday, September 14, 2017

अस्ट्रेलीयाको भिषा लाग्यो अब के गर्ने!!!

पत्र पत्रिका बाट  -साभार  http://www.enepal.com.au/news/2628.html     
बल्ल बल्ल भिषा लाग्यो लाट्रोब युनिभर्सीटी मेल्बोर्नको तर चिनेको कोही छैन। अब के गर्ने।एकजना भाईको जिज्ञासा हो यो। भिषा लाग्नु खुसी हुनु स्वभावीकै हो तर त्यो खुसीसँगै अब आउने दिनमा आई पर्ने झमेला अनि मन भित्र कुण्ठीत भएका के, कहाँ ,कस्तो, कसरी, किन भन्ने प्रश्नले पनि उत्तिकै परिल्न सुरु हुन्छ। कहाँ जाने, कता बस्ने, कलेज कहाँ छ, कहाँ बस्दा कलेज जान सजिलो हुन्छ, कतिको महङ्गो छ रासन, भाडा कसरि तिर्ने, सरकारी यातायातको सुबीधा छ कि छैन। काम अक्सर कहाँ पाईन्छ। यस्ता यावत प्रश्नहरु मनमा खेल्छ कि खेल्दैन।
ह्या भिषा त लाग्यो तर यी प्रश्नहरुको उत्तर पनि नेपालबाट लिएर व्यबस्थीत पाराले आउनु भयो भने शायद जति दु:ख सोच्नु भएको थियो नहोला। फेरी बेवास्ता गरेर ह्या गएपछि देखा जाएगा भनेर आउनु भयो भने बिदेशको बसाईको शुरुवातको गाँसमै ढुङ्गा पर्न सक्छ बिचार गर्नु होस्।

कुरो हो मेल्बोर्नको जहाँ सरकारी यातायातको रुपमा ट्रेन, ट्राम र बस चल्छन्। यी सबैमा प्रयोग हुने टिकट भनेको माईकी हो जुन तपाईले दैनीक, साप्ताहीक, मासीक, अनि बार्षीक रुपमा लिन सक्नु हुन्छ। अव कलेजको रुटीनले निर्धारण गर्छ। कति दिन कलेज जान पर्छ। यदि मासीक टीकट लिनु भयो भने केही पैसा बच्छ पनि र सुरुवातमा काम खोज्न अक्सर हिडीन्छनै मासीक माईकी लिएको नै बेश। अझ बार्षीक बिधार्थी सहुलीयतमा माईकी कार्ड लिए झनै फाईदा हुन्छ।

अहिले बिधार्थीको चापले गर्दा कोठा पाउन गार्हो छ। एउटा कोठाको मोटा मोटी पाँचसय भन्दा माथी हेरी हेरी पर्छ। फेरी भर्खर आएको बिधार्थीले एउटै कोठामा पाँचसय तिरेर बस्न गार्हो हुन्छ। अब गतिलो मिल्ने साथी भएर सँगै बस्दा त ठिकै हुन्छ तर मन नमिल्ने टिमोर्केको पर्यो भने दुवैलाई गार्हो। फेरी मेल्बोर्नमा कोठा भाडा प्राय मासीक बुझाउने चलन छ जो सिड्नीमा छैन। भाडा जति हो त्यतिनै बोन्ड भनेर लिन्छन् र पछि कोठा सहि सलामत छोडेमा बोन्ड फिर्ता हुन्छ।
प्रायले नेपालबाट ल्याउने २५०० देखी तिन हजार डलर हो। अब त्यस्तै घरबेटी छन् र मनकारी छन् भने घरमा रहेका म्याट्रेसहरु दिएर केही दिन काम चलाउ भन्लान। तर म्याट्रेस र बेड किन्न पर्यो भने लगभग पाँचसय जान्छ तर सेकेन्डह्यान्ड पाउने पसलहरु जस्तै स्याल्भेसन स्टोर आदी पनि हुन्छन् जहाँ धेरै सस्तोमा सामानहरुपनि पाईन्छ जुन कुरा पुराना अग्रजहरुले नयाँ भाई बहिनीलाई भन्दिनु पर्छ। मार्का माथी मार्का पार्नु भन्दा कसरि पैसाको जोहो हुन्छ त्यस्ता तरिका सिकाई दिदा कसैको पैसा सकिदैन।

रासन र तरकारीहरु पनि चाईनिज मार्केट, भ्यत्नामीहरुको पसलमा सस्तो पर्छ अन्य डिपार्टमेन्टल स्टोर भन्दा।कोल्स, उलओर्थ भन्दा केही सस्तोमा तरकारी अनि मासुहरु पाईन्छ।मेल्बोर्नको फुट्सक्रे मार्केट, भिक्टोरीया मार्केट यस्ता तरकारी अनि मासुको लागि प्रसीद्द छन्।

कतिपय मान्छेहरुले कोठा त दिन्छन् तर आएकै दिन भाडा र बोन्ड भनेर हजार डलर लिन्छन् अनि डिपार्टमेन्टल स्टोरमा लगेर लौ किन के के चाहिने हो किन भन्छन्। तर बिचरा नयाँ आएका भाई बहिनीलाई के थाहा कि कहाँ के पाईन्छ। कम्सेकम यसरी गर्न पर्छ है किनमेल भनेर तरीकाहरु सिकाई दिए नि कति राहत हुन्छन्। मुख्य चाहिने कुरा यसरी यहाँ किन। सस्तो यस ठाउँमा पाईन्छ नभनी कन एक्कासी लौ यो पनि किन त्यो पनि किन भनेर तर्साउनुको साटो राम्रो तरीकाले सम्झाई दिए मात्रनी ठुलो राहत हुन्छ।
ल्याएको पच्चिस सयबाट हजार कोठा भाडा र बोन्ड बापत लगेर पाँचसयको सपिङ् गराई दिए पछि बिचरा नयाँ आएका भाई बहिनीहरु अत्ताली हाल्छन् नि। काम त दुरको कुरा।
हेर्दा सामान्य लाग्छन् यी कुरा तर यिनै हुन सरुमा आवस्यक पर्ने आधाकभुत बस्तुहरु। कमसेकम कसैको कोही छैन त के भो तपाईनै उसको साहारा बन्न सक्नु हुन्छ। तपाईको सानो सहयोगले उसले तपाईलाई जिवन भर भुल्ने दुस्प्रयास गर्ने छैन। सक्नु हुन्छ सहयोग गर्नु होस् सक्नुहुन्न बचनले भए पनि राहत र सहानुभुती दिनुहोस् जो बाउ आमा घरपरिवार त्यागेर सुन्दर भविस्यको निर्माणमा परदेशीएका छन्।
लेखक: मनोज पौड्याल

No comments:

Post a Comment