Tuesday, September 12, 2017

रेल सपनाः लिक बन्यो, गुडाउने रेल छैन

पत्र पत्रिका बाट  -साभार  https://www.onlinekhabar.com/2017/09/625682
अनलाइनखबर



२८ भदौ, काठमाडौं । मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीहरुको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ । सो ट्रयाकमा सञ्चालन गर्ने रेल भने तयार छैन ।
जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास पुग्ने ६९.२ किलोमिटरमध्ये ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा रेल चलाउन सकिने विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल लिक बनिरहेको छ । भारतीय पक्षले पनि फागुनसम्म यो रेलमार्ग पूर्ण तयार हुने जनाएको छ ।
विभागले उक्त मार्गमा चलाउने रेलको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन । नागरिक दैनिकमा खबर छ ।
२०७४ भदौ २८ गते ६:४७ मा प्रकाशित

No comments:

Post a Comment