Monday, September 4, 2017

ब्रान्डेड पसलमा उपभोक्ता ठगिए,२६ सयको जुत्तालाई २६ हजार

पत्र पत्रिका बाट  -साभार 

https://www.karobardaily.com/news/82081

    supervisor_accountलक्ष्मी सापकोटा   
समाचार प्रतिनिधि तस्विर
काठमाडौंः काठमाडौंको दरबारमार्गमा रहेका ब्राण्डेड पसलले ‘सेल’का नाममा अत्यधिक मूल्य लिइ उपभोक्तालाई ठग्ने गरेको पाइएको छ ।
आपूर्तिमन्त्री शिवकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले नाम चलेका ब्रान्डेड पसलले उपभोक्तालाई ठग्ने गरेको फेला पारेको हो ।
दरवारमार्गका ब्रान्डेड पसलले प्रचलित मूल्यभन्दा तेव्बर मूल्य राखेर ५० प्रतिशतभन्दा बढी छुट दिइ सेलमा राखिएका सामानबाट उपभोक्तालाई सिधै ठगी गर्ने गरेको सोमबार गरिएको अनुगमनमा फेला परेको छ । 
अनुगमन टोलीले दरबारमार्गमा रहेको  पुमा, नाइक, बेन्ट्ले र स्टोर वानमा अनुगमन गरेको थियो । त्यस क्रममा अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएको हो । उच्च मुनाफा राखी कालोबजारी गर्ने ती पसलमा विभागले शिलबन्दी गरेको छ  । 
अनुगमनको क्रममा १ हजार रुपैयाँ पर्ने कपडा ४ देखि ५ हजार, २६ सय रुपैयाँ पर्ने जुत्ता २७ हजार रुपैयाँसम्म लिने गरेको अनुगमनमा फेला परेको छ ।  शेलको नाममा ब्रान्डेड पसलले दोव्बर तेव्बर मूल्य राखेर उपभोक्ता ठगेको पाइयो विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, “ सिधै उपभोक्ता ठगी गरेको  देखिएकाले चार वटैपसलमा शिलबन्दी गरेका छौ ।”
 व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छौ, उनले भने“ थपअनुसन्धान गरेर कालाबजारी अथवा ठगी अन्र्तगत कारबाही प्रक्रिया अगाडि बढाउछौ ।”२० प्रतिशत भन्दा बढी नाफा खान नपाइने कानुनी व्यवस्था भएपनि शतप्रतिशत मूल्य बढाएर व्यवसायीले उपभोक्ता ठगिरहेका छन् ।
दरबारमार्गका नाइक,वेन्टले,स्टोर वान र पुमाको बिलविजक हेर्दा दुई सय प्रतिशतसम्म नाफा लिएको भेटिएको उनले बताए । विभागका अनुसार नाइकले २६ सयमा किनेको जुत्ता २६ हजार रुपैयाँमा विक्री गरेको पाइएको छ ।
आपूर्तिमन्त्री मण्डलले उपभोक्ता ठग्ने व्यापारीलाई कडा कारवाही गर्ने बताए । अनुगमनका क्रममा व्यवासायीले अत्यधिक मूल्य लिइ उपभोक्ता ठगिरहेको देखियो, मन्त्री मण्डलले भने, “जतिसुकै दवाव आए पनि उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही गर्नबाट बिचलन हुनु हुँदैन ।”
व्यवसायको नाममा मनपरी मूल्य लिई उपभोक्ता ठग्ने व्यवसायीलाई आवश्यक छानविन गरी कारबाही प्रक्रिया अगाडि बढाउने मन्त्री मण्डलले जानकारी दिए  ।  राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले ब्रान्डेड शपले ५० प्रतिशत छुट दिएर  उपभोक्तालाई सयौ गुणा मूल्य बढी लिने गरेको बताए ।
“२ हजार ६ सय रुपैयाँ पर्ने नाइक जुत्तालाई २६ हजार रुपैयाँसम्म लिने गरेको पाइयो,” उनले भने “उपभोक्ता ठग्ने व्यवसायीलाई कारवाही नगर्दा बजारमा अराजकता बढ्दै गएको हो ।”
यसअघि अनुगमनका क्रममा कैफियत भेटिएपनि व्यवसायीलाई कारबाही नगरी उन्मुक्ति दिँदा बजार नियन्त्रणबाहिर गएको उनको भनाइ छ । उनले भने, “सरकारले देखावटीरूपमा अनुगमन गरे पनि दोषीलाई कारबाही नहुँदा बजार व्यवस्थित बन्न सक्दैन ।”
अनुगमनका क्रममा  व्यवसायीले ९ सयदेखि २ हजार ३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु विक्री गरेको पाइएपछि चारवटा पसललाई सिलबन्दी गरिएको विभागले जानकारी दिएको छ । ति पसलले ‘सेल’को नाममा उपभोक्ता ठगेको देखिएको छ ।
अनुगमनका क्रममा २ हजार ६ सय रुपैयाँ मूल्यमा खरिद गरिएको नाइक ब्राण्डको जुत्तालाई २६ हजार रुपैयाँसम्म नाफा खाएर विक्री गरेको पाइएको छ । त्यस्तै, एक सय रुपैयाँ खरिद मूल्य रहेको जुत्तालाई २ हजार ४ सय रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको अनुगमनका क्रममा पाइएको छ ।
कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था भए पनि व्यापारीहरूले अधिकांश सामानमा आफूखुसी मूल्य कायम गरी उपभोक्ता ठगिरहेका छन् ।
व्यवसायीले पुराना कमसल सामान दोब्बर वा तेब्बर मूल्य राखेर ५० प्रतिशतको छुट दिइ खुलेआम ठगिरहेका छन् । बजारमा कालाबजारी, कृत्रिम अभाव, कम तौलको सामान विक्री, लेबल नभएका म्याद नाघेका सामान विक्री जस्ता विकृति मौलाउँदै गएका छन् ।

No comments:

Post a Comment