Monday, March 18, 2019

ब्वायफ्रेण्डसँग सहवास गर्दागर्दै अपस्ताल दौडाइएपछि…

https://www.onlinekhabar.com/2019/03/749811

ब्वायफ्रेण्डसँग सहवास गर्दागर्दै अपस्ताल दौडाइएपछि…

स्पेनमा एक अनौठो घटना भएको छ । त्यहाँ एकजना युवतीलाई आफ्नो प्रेमीसँग शारीरिक सम्बन्ध सम्बन्ध राख्दाराख्दैको अवस्थामा अस्पताल दौडाउनु परेको छ।
कहिलेकाहीँ यौनक्रिया मानिसका लागि घातक पनि बन्दो रहेछ । स्पेनकी ३१ वर्षीया एक युवतीले आफ्नो ब्वायफ्रेण्डसँग ओरल सेक्स गरिरहेको अवस्थामा घातक एलर्जी भएर गम्भीर रुपले निरन्तर वान्ता हुन थाल्यो । जसका कारण उनलाई आकस्मिक रुपमा अस्पताल पुर्‍याउनु परेको हो । घटनाबारेमा थाहा पाउँदा डाक्टरहरु नै अचम्ममा परे ।
डाक्टरहरुका अनुसार प्रेमीसँगको यौनक्रिडाका क्रममा मुखमैथुन गर्दा जब प्रेमीको    ......निलिन् । तब उनलाई वान्ता आउन सुरु भएको थियो । साथै उनलाई स्वास फेर्न पनि कठीन भयो । उनलाई तत्कालै अस्पताल पुर्‍याइयो ।
पछि के थाहा भयो भने यौनक्रिडाको चार घण्टाअगाडि ती युवतीका प्रेमीले एमोक्सिलिन क्लेभुलेनिक एसिड पेनिसिलिन औषधि लिएका रहेछन् । ती युवतीलाई पेनिसिलिनको एलर्जी रहेछ । प्रेमीले सेवन गरेको औषधिको मात्रा उनको वीर्यमा समेत मिसिएका कारण मुखमैथुनका कारण उनलाई गम्भीर एलर्जी भएर वान्ता भएको रहेछ ।
ती युवती र उनका प्रेमीको नाम खुलाइएको छैन ।
एजेन्सीको सहयोगमा

No comments:

Post a Comment