Monday, March 11, 2019

चौधरी ग्रुपले बुझायो साढे नौ अर्ब राजस्व

http://rajdhanidaily.com/155676/

चौधरी ग्रुपले बुझायो साढे नौ अर्ब राजस्व

राजधानी समाचारदाता
24 hours ago
11/03/2019
काठमाडौं । चौधरी समूहले गत आर्थिक वर्षमा ९ अर्ब ६७ करोड रुपैयाँ राजस्व बुझाएको दाबी गरेको छ । यो समूहले आर्थिक वर्ष २०७३/७४ को तुलनामा आर्थिक वर्ष २०७४/७५ मा २२ दशमलव ७२ प्रतिशत बढी राजस्व बुझाएको हो ।
समूहले अघिल्लो वर्ष ७ अर्ब ८८ करोड रुपैयाँ राजस्वमा योगदान गरेको थियो । ‘सरकारी राजस्वमा उच्च योगदान पु-याउन सकेकोमा हामी गौरवान्वित छौं । नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट अन्ततः रोजगारी सिर्जना र राजस्वमा हाम्रो योगदान बढ्दै गएको छ’, समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘हामी उच्च व्यावसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्छांै । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो अटल विश्वास छ ।’
समूहले चालू आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २० अर्ब लगानी गर्ने जनाएको छ । उनका अनुसार पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिप्रपोज मल ‘ल्यान्डमार्क’, सुनसरीमा सीजी इन्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत रहेको पनि आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सीजी इन्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगको विस्तार र आधुनिकीकरणमा लगानी विस्तार गरिएको उनले बताए । समूहले अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सीजी लाइफ सेल’कार्यान्वयनको तयारीमा गरेको र सो परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुने जनाएको छ । समूहमा १० हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।
(Visited 45 times, 1 visits today)

No comments:

Post a Comment