https://www.nayapatrikadaily.com/news-details/7760/2019-03-06
भारतले अस्पताललाई दिएको आठ करोडको मेसिन तीन वर्षदेखि स्टोरमै
आधारभूत स्वास्थ्य सेवा दिन चाहिने औजार–उपकरणलाई महत्व दिनुपर्छ । किनिएका उपकरण थन्किएको गुनासो मन्त्रालयमा पनि आउने गरेको छ । दक्ष कर्मचारी व्यवस्थापनका विषयमा अध्ययन अनुसन्धान नगरी खरिद गरिएका कारण धेरै समस्या आएको छ । पेट स्क्यान, सिटी स्क्यान, एक्सरे, डायलाइसिस उपकरण अस्पतालहरूमा पठाउँदा सञ्चालन गर्ने व्यक्ति नभएको हुन सक्छ । यस विषयमा गम्भीर हुनुपर्ने वेला आएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा क्याथ ल्याबका लागि आवश्यक पर्ने उपकरणहरू पर्याप्त रहेका छन् । उसले मुटुरोगीहरूका लागि ठूलो सेवा दिन सक्छ । तर, त्यहाँ सेवा प्रवाह गर्न मुटुरोग विशेषज्ञ छैनन् । करोडौँको उपकरण त्यसै थन्किएको छ । सीमित व्यक्तिहरूको स्वार्थका कारणले अस्पतालहरूले उपकरण खरिद गरेका छन् । तर, त्यसबाट जनताले सेवा पाउन सकेका छैनन् । उपकरण किन्नैपर्ने, तर सेवा चलोस्–नचलोस् भन्ने जमात पनि छ ।
मेडिकल कलेज, नर्सिङ होमहरू पर्याप्त सञ्चालनमा छन् । सेवामुखीभन्दा पैसामुखी स्वास्थ्यकर्मीले सरकारी अस्पतालका उपकरण सञ्चालनमा ल्याउँदैनन् । उनीहरू सरकारीभन्दा निजी अस्पतालमा बिरामी आएको हेर्न चाहन्छन् । तर, आधारभूत स्वास्थ्य सेवामा चाहिने उपकरणहरू भएकाले मन्त्रालयले अब यसलाई व्यवस्थित गर्ने भएको छ ।
भारतले अस्पताललाई दिएको आठ करोडको मेसिन तीन वर्षदेखि स्टोरमै
२०७५ फाल्गुण २२ बुधबार ०६:१३:०० | काठमाडौं
सरकारी
अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् ।
बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया
लागेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत
रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम
(क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक
इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्षदेखि थन्किएर बसेको छ ।
भारतले बनाइदिएको ट्रमा सेन्टरमा क्याथ
ल्याब पनि उसैले अनुदानमा दिएको हो । तर, सेन्टरका निमित्त निर्देशक डा.
विनोद शेरचनका अनुसार सिटी स्क्यान राख्ने कोठाको व्यवस्थापन भएको छैन ।
मेसिन ०७२ मै आएको हो, अहिलेसम्म जडान हुन सकेको छैन । चार वर्षअघि
सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्यान मेसिन बिग्रिएको अढाई वर्ष
भयो । ६ महिनादेखि इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा
दिन समस्या भएको छ । घाइतेलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाउने गरिएको
छ ।
ट्रमा सेन्टरका निमित्त निर्देशक डा. विनोद शेरचन भन्छन्–इमर्जेन्सी एक्सरे ६ महिनादेखि बन्द छ
ट्रमा सेन्टरको इमर्जेन्सीमा दैनिक ७० देखि ८० बिरामी आउँछन्, तर सिटी स्क्यान मेसिन बिग्रिएको छ । अप्रेसन गर्दा प्रयोग हुने इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि बिग्रिएको छ । त्यस्तै, इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । भारत सरकारले दिएको उपकरण भएकाले नेपालका प्राविधिकले मर्मत गर्न मानेका छैनन् । यो अवस्थामा ट्रमा सेन्टरले चाहेजस्तो सेवा दिन सकेको छैन । मुटुको उपचार गर्न ल्याइएको क्याथ ल्याब मेसिन कोठाको अभावमा जडान गर्न नसकिएकाले थन्किएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकु-याल भन्छन्–सीमित व्यक्तिको स्वार्थले महँगा उपकरण थन्किएट्रमा सेन्टरको इमर्जेन्सीमा दैनिक ७० देखि ८० बिरामी आउँछन्, तर सिटी स्क्यान मेसिन बिग्रिएको छ । अप्रेसन गर्दा प्रयोग हुने इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि बिग्रिएको छ । त्यस्तै, इमर्जेन्सी एक्सरे मेसिनसमेत बिग्रिएकाले बिरामीलाई सेवा दिन समस्या भएको छ । भारत सरकारले दिएको उपकरण भएकाले नेपालका प्राविधिकले मर्मत गर्न मानेका छैनन् । यो अवस्थामा ट्रमा सेन्टरले चाहेजस्तो सेवा दिन सकेको छैन । मुटुको उपचार गर्न ल्याइएको क्याथ ल्याब मेसिन कोठाको अभावमा जडान गर्न नसकिएकाले थन्किएको छ ।
आधारभूत स्वास्थ्य सेवा दिन चाहिने औजार–उपकरणलाई महत्व दिनुपर्छ । किनिएका उपकरण थन्किएको गुनासो मन्त्रालयमा पनि आउने गरेको छ । दक्ष कर्मचारी व्यवस्थापनका विषयमा अध्ययन अनुसन्धान नगरी खरिद गरिएका कारण धेरै समस्या आएको छ । पेट स्क्यान, सिटी स्क्यान, एक्सरे, डायलाइसिस उपकरण अस्पतालहरूमा पठाउँदा सञ्चालन गर्ने व्यक्ति नभएको हुन सक्छ । यस विषयमा गम्भीर हुनुपर्ने वेला आएको छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा क्याथ ल्याबका लागि आवश्यक पर्ने उपकरणहरू पर्याप्त रहेका छन् । उसले मुटुरोगीहरूका लागि ठूलो सेवा दिन सक्छ । तर, त्यहाँ सेवा प्रवाह गर्न मुटुरोग विशेषज्ञ छैनन् । करोडौँको उपकरण त्यसै थन्किएको छ । सीमित व्यक्तिहरूको स्वार्थका कारणले अस्पतालहरूले उपकरण खरिद गरेका छन् । तर, त्यसबाट जनताले सेवा पाउन सकेका छैनन् । उपकरण किन्नैपर्ने, तर सेवा चलोस्–नचलोस् भन्ने जमात पनि छ ।
मेडिकल कलेज, नर्सिङ होमहरू पर्याप्त सञ्चालनमा छन् । सेवामुखीभन्दा पैसामुखी स्वास्थ्यकर्मीले सरकारी अस्पतालका उपकरण सञ्चालनमा ल्याउँदैनन् । उनीहरू सरकारीभन्दा निजी अस्पतालमा बिरामी आएको हेर्न चाहन्छन् । तर, आधारभूत स्वास्थ्य सेवामा चाहिने उपकरणहरू भएकाले मन्त्रालयले अब यसलाई व्यवस्थित गर्ने भएको छ ।
No comments:
Post a Comment