https://nagariknews.nagariknetwork.com/news/70550/
काठमाडौं
– सरकारले खर्च गर्न नसकेपछि चालु आर्थिक वर्षको बजेट अंक नै संशोधन गरेको
छ। चालु आवका लागि कुल १३ खर्ब १५ अर्बको बजेट ल्याएका अर्थमन्त्री डा.
युवराज खतिवडाले ११ खर्ब ९९ अर्ब रुपैयाँ अर्थात् कुल बजेटको ९१.२ प्रतिशत
खर्च गर्ने संशोधित अनुमान बजेट मध्यावधि समीक्षामार्फत जानकारी गराएका
हुन्।
खर्च गर्न नसकेपछि अर्थमन्त्री खतिवडाद्वारा बजेट संशोधन

फाइल तस्बिर

यस आर्थिक
वर्षमा सात खर्ब ९८ अर्ब चालु खर्च गर्ने योजना बनाएको छ भने पुँजीखर्चतर्फ
दुई खर्ब ६५ अर्ब हुने अनुमान अर्थमन्त्री खतिवडाले गरेका छन्। वित्तीय
व्यवस्थातर्फ एक खर्ब ३५ अर्ब खर्च गर्ने सरकारको अनुमान छ।
सरकारले चालु
आवमा आठ खर्ब ४५ अर्ब चालु खर्च, तीन खर्ब १३ अर्ब पुँजीगत खर्च र एक खर्ब
५५ अर्ब वित्तीय व्यवस्थामा बजेट विनियोजन गरेको थियो।
No comments:
Post a Comment