https://www.onlinekhabar.com/2019/03/750785
डेढ वर्षभित्र नेपालको बिजुली उत्पादन दोब्बर !
आगामी वर्ष विजुली उत्पादनमा ‘कोशेढुंगा’ हुने दाबी
२०७५ चैत ४ गते १९:०३ मा प्रकाशित
2 प्रतिक्रिया
४ चैत, काठमाडौं । आगामी साढे ३ वर्षमा नेपालले करिब २४ सय मेगावाट थप
बिजुली उत्पादन गर्ने भएको छ । हाल नेपालसँग १ हजार मेगावाटको हारारहाीमा
मात्रै छ ।
ऊर्जा मन्त्रालयका अनुसार निर्माण सुरु भएका आयोजना समयमै सकिए आगामी डेढ वर्षभित्रै नेपालको विजुली उत्पादन क्षमता दोब्बर हुनेछ ।
चालु आर्थिक वर्ष २०७५/७६भित्रै २ सय ८७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिनेछन् । विद्युत प्राधिकरणले निर्माण गरिरहेका र निजी क्षेत्रबाट बनिरहेका गरी २० वटा आयोजनाले आगामी साउन अगावै उत्पादन थाल्ने ऊर्जा मन्त्रालयको आँकलन छ ।
कुन–कुन आयोजना यसैवर्ष ?
प्राधिकरणको लगानीमा बनिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘ए’ आयोजनाको निर्माणको काम सकिएको छ । अब भौतिक पूर्वाधारको परीक्षणपछि यसले विद्युत उत्पादन थाल्न लागेको छ ।
यो वर्ष लक्ष्यअनुसार काम भए २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाले उत्पादन थाल्नेछ । सोलुखुम्बुमा बनिरहरहेको यो आयोजना अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको छ ।
यसैगरी २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना पनि राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ । मान्डु हाइड्रोले मकवानपुर र ललितपुरको सीमा क्षेत्रमा निर्माण गरिरहेको भौतिक निर्माणको काम सकिएर परीक्षण उत्पादनको चरणमा पुगेको छ ।
यसैगरी प्राधिकरणको १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजना पनि परीक्षण उत्पादन थाल्ने चरणमा छ । मकवानपुरको भैंसेमा निर्माणाधीन यो आयोजनाको भौतिक निर्माणको काम सकिएर विभिन्न परीक्षण भइरहेको छ ।
पाँचथरको काबेली बी–१ आयोजना पनि यसैवर्ष निर्माण भएर सञ्चालनमा आउने अपेक्षा छ । २५ मेगावाटको यो आयोजनामा अरुण कावेबी पावर कम्पनीले लगानी गरेको छ ।
यो वर्ष सिन्धुपाल्चोकको माथिल्लो चाुक ‘ए’ आयोजनाले पनि उत्पादन थाल्ने अपेक्षा छ । यो आयोजनाको जडित क्षमता २२.२ मेगावाट हो । यो आयोजना शिव श्री हाइड्रोपावर कम्पनीले बनाइरहेको छ ।
यस्तै पाँचथरमा निर्माण भइरहेको तल्लो हेवा खोला आयोजना पनि यसैवर्ष राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना छ । यसबाट २१.६ मेगावाट बिजुली थपिन्छ । यो आयोजनाको निर्माण माउन्टेन हाईड्रोपावर नेपाल प्रालिले गरिरहेको छ ।
कास्कीमा हिमालयन हाइड्रोपारले निर्माण गरिरहेको १२ मेगावाटको नमार्जुन मादी आयोजनाले पनि यसैवर्ष पूर्णता पाउनेछ । कास्कीकै ७ मेगावाटको माथिल्लो मार्दी आयोजना पनि साउन लाग्नुअघि नै राष्ट्रिय प्रसारणमा जोडिने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।
यसबाहेक ताप्लेजुङमा बनिरहेको इवा खोला जलविद्युत आयोजनाबाट पनि यसैवर्ष विजुली सुरु हुनेछ । ९.९ मेगावाटको यो आयोजनामा रियरिङ हाइड्रोपावर कम्पनीले लगानी गरेको छ ।
कास्की र लमजुङको सीमा क्षेत्रमा बनेको ८.८ मेगावाटको रुदीखोला ‘ए’ आयोजनाले परीक्षण उत्पादन गरिरहेको छ । यो आयोजनाबाट उत्पादित विजुली हालसालै राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रुदी ‘बी’ले पनि यसैवर्षबाट उत्पादन थाल्नेछ । यो आयोजना ६.४ मेगावाट क्षमताको हो । यी दुबै आयोजनालाई बिन्दबासिनी हाइड्रोपावरले प्रवद्र्धन गरेको हो ।
यो वर्ष रामेछापमा निर्माणाधीन माथिल्लो खिम्ति–२ आयोजनाले पनि उत्पादन थाल्नेछ । हिमालय ऊर्जा विकास कम्पनीले यो आयोजनामा लगानी गरेको छ ।
रसुवाको माथिल्लो मैलुङ ए आयोजनाबाट ६.४ मेगावाट बिजुली पनि यसैवर्ष राष्ट्रिय ग्रीडमा थपिने ऊर्जा मन्त्रालयले जनााएको छ । कास्कीको विजयपुरखोला–२ (४.५ मेगावाट), दोलखाको घट्टेखोला (५ मेगावाट), डोटीको कपालीगाड (३.३ मेगावाट), म्याग्दीको घलेम्दीखोला (५ मेगावाट) र सिन्धुपाल्चोकको गेलुनखोला (३.२ मेगावाट)ले पनि यसैवर्ष पूर्णता पाउनेछन् ।
आगामी वर्ष विजुली उत्पादनमा ‘कोशेढुंगा’
यी आयोजनाहरुको प्रगति अवस्था हेरेर ऊर्जा मन्त्रालयले यसैवर्ष राष्ट्रिय प्रसारणमा जोड्ने गरी तयारी भइरहेको बताएको छ ।
मन्त्रालयका अनुसार आगामी आर्थिक २०७६/७७ वर्षमा मात्रै ९ सय ८२ मेगावाट क्षमताका आयोजनाबाट विजुली उत्पादन सुरु हुनेछ । आगामी वर्ष ४५६ मेगावाट विजुलीको उत्पादन सुरु हुनेछ । त्यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पनि आगामी वर्षबाटै सञ्चालनमा ल्याउने लक्ष्य छ ।
८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको सान्जेन, मस्ट्री खोलाको ४२ मेगावाट, ४० मेगावाटको खानी खोला–१, अपर बलेफी एको ३६ मेगावाट बिजुली पनि आगामी वर्ष नै राष्ट्रिय प्रसारणलाइनमा थपिने छ ।
खानीखोलाबाट ३० मेगावाट, दोर्दीखोलाबाट २७ मेगावाट, अपर दोर्दी ‘ए’बाट २५ मेगावाट, सिंगटीखोलाबाट १६ मेगावाट, अपर सान्जेनबाट १४.८ मेगावाट र अपर खिम्तीबाट १२ मेगावाट विजलीको उत्पादन पनि आगामी आर्थिक वर्षबाटै सुरु हुनेछ ।
आगामी वर्षबाट नेपालले वर्षायाममा ठूलो परिमाणमा विजुली ‘बैंकिङ’ गर्न सक्ने नेपाल विद्युत प्राधिकरण्को दावी छ । आगामी वर्ष नेपालको विसली उत्पादनका लागि कोसेढुंगा बन्नेछ, किनभने हाल उत्पादनमा रहेको विजुलीको क्षमता बराबरकै विजुली राष्ट्रिय प्रसारणमा थपिनेछ ।
त्यसपछि आव ०७७/७८ मा थप ४ सय ४५ मेगावाट विजुली आन्तरिक उत्पादनबाटै जोडिने अनुमान छ । आव ०७८/७९मा ६६८ मेगावाट विजुली थपिनेछ ।

No comments:
Post a Comment