Wednesday, March 20, 2019

न्युरोडको महर्जन कम्प्लेक्स डोजर लगाएर भत्काउ - माधवकुमार नेपाल

https://nagariknews.nagariknetwork.com/news/71852/

न्युरोडको महर्जन कम्प्लेक्स डोजर लगाएर भत्काउ - माधवकुमार नेपाल

बुधबार, ०६ चैत २०७५, १७ : २१ नागरिक

1.6K

काठमाडौं - राजधानीको मुटु मानिने न्युरोडको बीचमा जुद्द शमशेरको शालिक छ। त्यहि शालिकको पछिल्तिर विश्व सम्पदा सूचीमा सुचिकृत हनुमानढोका पुनर्निर्माण भइरहेको छ। तर हनुमानढोकाको आवरण नै ढाक्ने गरि जुद्द शमशेरको शालिक छेउमा एउटा व्यापारिक कम्प्लेक्स बन्दैछ।  
विश्व सम्पदा संरक्षित क्षेत्रमा बन्ने घरको उचाइ ३५ फिटभन्दा कम हुनुपर्ने, भूमिगत तह खन्न नपाइने, ३/५ फिटभन्दा ठूला झ्याल राख्न नपाइने, घरको गारोमा इँटा देखिनुपर्नेलगायत मापदण्ड तोकिएको छ। तर ति सबै मापदण्ड लत्याउदै महर्जन कम्प्लेक्स निर्वाद निर्माण भइरहेको छ। लाग्छ कुनै शक्तिको आडमा बिना रोकावट महर्जन कम्प्लेक्स निर्माण भइरहेको छ। त्यस्तै सम्पदाको संरक्षण गर्ने काठमाडौं महानगरपालिका हनुमान ढोकाको मौलिकता बचाउन अग्रसर हुनु पर्नेमा व्यापारिक इशारामा चलिरहेको छ।
तर ढिलै भए पनि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हनुमानढोका अघिल्तिर बन्दै गरेको महर्जन कम्प्लेक्सको बदमासीमा चासो देखाएको छ। समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरोकारवाला निकायलाई चुनौती दिंदै सांस्कृतिक सम्पदा नै मासिने गरि महर्जन कम्प्लेक्स कसको आडमा निर्माण भइरहेको छ भनेर प्रश्न गरे ?
थप जानकारीका लागि दिनेश लुइटेलले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस :

No comments:

Post a Comment