http://nepalihimal.com/article/14836
हाम्रो
भान्सामा अन्य चिजबिच फेरिए पनि घ्यू, तेलको प्रयोग सधैं उस्तै हुन्छ ।
दशैं–तिहारलगायत चाडपर्वका बेला त घ्यू, तेलको खपत अत्यधिक बढ्छ । तर, हरेक
पटक घ्यू, तेलको भाँडो खोल्दा स्वास्थ्यमा यसले पार्ने असरहरू सम्झ्नु
बुद्धिमानी हुन्छ । हृदयघात, मस्तिष्कघात जस्ता स्वास्थ्य समस्याको प्रमुख
कारक घ्यू, तेललगायतका चिप्लोचाप्लो नै हुन् । वनस्पति घ्यू प्रयोग गर्दा त
अझ् होशियार हुनुपर्छ ।
मानव शरीरका कोषको झ्ल्लिी निर्माण र भरथेगका लागि आवश्यकमध्येको ८०
प्रतिशत कोलेस्टेरोल कलेजोमा उत्पादन हुन्छ । कोलेस्टेरोलले भिटामिन डी,
चिल्लो पचाउने पित्त र यौन हर्मोन उत्पादनमा सघाउँछ । वनस्पति घ्यूमा यो
प्रक्रियालाई असर गर्ने तत्व धेरै हुन्छन् । १०० ग्राम अन्य वनस्पति घ्यूमा
३४ प्रतिशतसम्म संतृप्त (खराब) बोसो र ५० प्रतिशतसम्म ट्रान्सफ्याट
हुन्छ । डाल्डा घ्यूमा त संतृप्त बोसोको मात्रा ५० प्रतिशतसम्म हुन्छ ।
कोलेस्टेरोल बढाउने जंकफूड
वनस्पति घ्यूलाई लामो समय टिकाउ बनाउन ‘हाइड्रोजिनेशन’ गरिएको हुन्छ । त्यस्तो वनस्पति घ्यूमा ट्रान्सफ्याट (खराब बोसो) बन्छ, जसले मानव शरीरका लागि हानिकारक संतृप्त बोसो बढाएको हुन्छ । खानाबाट पनि प्राप्त गर्न सकिने कोलेस्टेरोल बोसो जस्तै हो । रगतमा कोलेस्टेरोलको मात्रा बढ्यो भने रक्तनलीहरूको भित्तामा जम्न जान्छ । त्यसरी रक्तनलीहरू साँघुरिन पुग्दा उच्च रक्तचाप, मस्तिष्कघात, हृदयघात आदिको सम्भावना बढ्छ ।
शहरी क्षेत्रमा निकै प्रचलित फास्टफूड, प्याकेज्ड फूड, फ्रोजन फूड तथा प्रशोधित खानेकुरामा ट्रान्सफ्याटको मात्रा अधिक हुन्छ । ट्रान्सफ्याट्टी एसिडले स्वस्थकर बोसोको मात्रा घटाइदिएर शरीरका विभिन्न अंगमा नकारात्मक असर पार्छ । आजकल बजारमा पाइने अधिकांश जंकफूडमा अत्यधिक ट्रान्सफ्याट हुन्छ । लामो समयसम्म यस्ता खानेकुरा खाँदा प्रजनन् क्षमतामा कमी आउनुका साथै मधुमेह, क्यान्सरलगायतका रोग लाग्ने जोखिम बढ्छ ।
मुटु रोगबाट भइरहेको मृत्युमा कोलेस्टेरोलको अधिक वृद्धि मूल कारक हो । त्यस्तै रगतमा कोलेस्टेरोल बढ्नुको मुख्य कारण संतृप्त बोसो हो । पशुको मासु, दुग्ध पदार्थ, चिप्सलगायतका प्रशोधित खानेकुरा मुटुको लागि हानिकारक संतृप्त बोसोको मुख्य स्रोत हुन् । यी सबै खानेकुराले रगतमा कम घनत्व हुने नराम्रो प्रकारको कोलेस्टेरोल बढाउँछन् ।
ट्राईग्लाइसेराइड र कोलेस्टेरोल
ट्राईग्लाइसेराइड र कोलेस्टेरोल दुवै चिल्लो पदार्थ नै हुन् । लिपोप्रोटिनको मद्दतले यी दुवै तत्व रक्तसंचार प्रणालीमा प्रवाहित भइरहेको हुन्छ । मानव शरीरमा लिपोप्रोटिन पनि राम्रो खालको (हाई डेन्सिटी लिपोप्रोटिन÷एचडीएल) र नराम्रो (लो डेन्सिटी लिपोप्रोटिन) गरी दुई थरीका हुन्छन् । शरीरभित्र ट्राईग्लाइसेराइड टुक्रिंदा ऊर्जा प्राप्त हुन्छ भने कोलेस्टेरोल कोष र कतिपय हर्मोन निर्माणमा सक्रिय हुन्छ । त्यसैले कोलेस्टेरोललाई शरीरभित्रको ‘बिल्डर’ मानिन्छ ।
ट्राईग्लाइसेराइड र कोलेस्टेरोलको मात्रा उच्च हुँदा रक्तसंचार र मुटु सम्बन्धी समस्या निम्तिन्छन् । कोलेस्टेरोल शरीरभित्र आवश्यकता अनुसार उत्पादन भइरहेको हुन्छ भने ट्राईग्लाइसेराइड हाम्रो खानामा निर्भर हुन्छ । कलेजोले फ्याटी एसिड र ग्लुकोजबाट ट्राईग्लाइसेराइड बनाउँछ । ट्राईग्लाइसेराइड अधिक भएपछि कलेजो वा मांसपेशीभित्र जम्मा हुन थाल्छ । शरीरलाई ऊर्जा आवश्यक पर्दा सञ्चित ट्राईग्लाइसेराइड टुक्रिन थाल्छ ।
कोलेस्टेरोलले चाहिं यौन हर्मोन निर्माण गर्न मद्दत गर्छ । महिलाका लागि निकै महŒवपूर्ण यौन हर्मोनहरू इस्ट्रोजेन र प्रोजेस्टेरोन बालिकाबाट किशोरी अनि महिलामा परिणत हुनुका साथै सामान्य महीनावारी, गर्भधारण, गर्भवती तथा प्रसवका लागि पनि निकै आवश्यक हुन्छ । कोलेस्टेरोलले पुरुषमा पनि शुक्रकीट उत्पादनमा सघाउ पुर्याउने टेस्टोस्टेरोन बनाउन मद्दत गर्छ । महिला र पुरुष दुवैमा यौनाङ्गको विकास, काखी तथा जननेन्द्रिय वरिपरि रौं पलाउने, पुट्ठा र जीउमा बोसो लगाउनेलगायतका काम कोलेस्टेरोलबाट बनेको यौन हर्मोनले गर्छ ।
कोलेस्टेरोलले स्टे«स हर्मोन (कर्टिसोल), भिटामिन डी र पित्त बन्न पनि सघाउँछ । पित्तले चिल्लो पचाउने र खानेकुराबाट भिटामिन ए, डी, ई र के सोसेर लिन मद्दत गर्छ । अधिक कोलेस्टेरोल र ट्राईग्लाइसेराइडले भने हृदयघातको सम्भावना बढाउँछ । मोटोपना, मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिमा ट्राईग्लाइसेराइड बढी पाइएको छ । यी दुवै तत्व आफैंमा रोग नभए पनि घातक स्वास्थ्य समस्याका कारक तत्व हुन् । त्यसैले आफ्नो खानपानको बानीव्यहोरा अनुसार, कोलेस्टेरोलको मात्रा जँचाइराख्नु बुद्धिमानी हुन्छ ।
तेल राम्रो तोरीको
शुद्ध घ्यू नै भए पनि स्वास्थ्यको दृष्टिले यो त्यति उपयोगी मानिंदैन । बजारमा उपलब्ध सनफ्लावर, मकै, भटमासको तेलमा पनि बोसोको मात्रा हुन्छ, तर ती वनस्पति घ्यूको राम्रो विकल्प भने हुन् । किनकि, तिनमा असंतृप्त (हानि नगर्ने) बोसोको मात्रा तुलनात्मक रूपमा बढी हुन्छ । असंतृप्त बोसोले नराम्रो कोलेस्टेरोल घटाउन मद्दत गर्छ । एउटै तेल बारम्बार तताएर पुनः प्रयोग गर्दा चाहिं हानिकारक नै हुन्छ, जुन मिठाई पसल, रेस्टुराँ वा भोजनालयहरूमा बढी प्रयोग गरेको पाइन्छ ।
नेपालमा पाइने खानेतेलहरूमध्ये तोरीको तेलमा असंतृप्त बोसोको मात्रा बढी हुने भएकोले स्वस्थकर छ । यसमा संतृप्त बोसोको मात्रा ८ प्रतिशत मात्र छ । तोरीको तेलमा मुटुको लागि राम्रो ओमेगा ३ र ओमेगा ६ पाइन्छ । ओमेगा ३ ले खाद्य प्रणालीमा क्यान्सरको सम्भावना घटाउँछ । बजारमा पाइनेभन्दा आफैं तयार गरेको तोरीको तेल बढी राम्रो हुन्छ ।
भान्सामा वनस्पति घ्यू नभित्र्याएकै राम्रो। तोरीको तेल त्यसको उत्ताम विकल्प हो।

No comments:
Post a Comment