Saturday, October 7, 2017

किन हुन्छ थाइराइड ?

पत्र पत्रिका बाट  -साभार  http://www.nagariknews.com/news/28230/

शनिबार, २१ असोज २०७४, ०९ : २७ नागरिक
बढ्दो व्यस्तता, भागदौडको तनावपूर्ण जिन्दगी अनि अस्वस्थ खानपानले पछिल्लो समय मानिसमा रोग बढिरहेको छ । जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण अहिले हरेक मान्छेमा केही न केही स्वास्थ्य समस्या भएकै हुन्छ । कसैलाई डायबिटिज, कसैलाई प्रेसर, कसैलाई मोटोपन त कसैलाई स्ट्रोक । जीवनशैलीका कारण इन्डोक्राइन डिसअर्डर बढिरहेको छ, यसले मधुमेह र थाइराइडको समस्या देखिन थालेको छ । थाइराइडको समस्या अहिले नेपाली समुदायमा देखिएको प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक हो । नेपालमा हुने मृत्युमध्ये ०.२ प्रतिशत इन्डोक्राइनमा हुने उतारचढावका कारण हुने चिकित्सक बताउँछन् । इन्डोक्राइन हुनुमा आयोडिनको कमी प्रमुख कारण मानिन्छ । नेपाल स्थायी रूपले नै आयोडिनको कमी हुने मुलुकमा पर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, संसारभर १९ करोडभन्दा धेरै मानिस आयोडिन कमीका कारण पीडित छन् ।
नेपालमा पनि धेरै थाइराइड पीडित छन् ।
थाइराइड के हो ?
थाइराइड शरीरको एक ग्रन्थी हो । हाम्रो शरीर करोडौँ कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड हर्मन अत्यावश्यक हुन्छ । थाइराइड हर्मोनविना बाँच्न नै असम्भव हुन्छ । शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्व बनाउने थाइराइड सबै मानिसमा हुन्छ ।  यसकारण थाइराइड हुनु समस्या होइन । तर, थाइराइडमा आउने उतारचढाव समस्या हुन सक्छ ।
शरीरमा आवश्यकभन्दा बढी थाइराइड हर्मोन बढी (हाइपर), कम (हाइपो)  हुनु वा थाइराइड हर्मोनको असामान्य रुपमा उत्पादन हुनु समस्या हो ।
मानिसका लागि अत्यावश्यक थाइराइड हर्माेनको उत्पादन थाइराइड ग्रन्थीले नै गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको बीच भागमा हुन्छ ।
जब थाइराइड हर्मोन उत्पादनमा उतारचढाव आउन थाल्छ, तब समस्या देखिन थाल्छ । शरीरमा धेरै मात्रामा थाइराइड हर्मोन हुने अवस्थालाई हाइपरथाइरोइडिजम् भनिन्छ । त्यस्तै, कम मात्रामा हर्मोन उत्पादन हुनु हाइपोथाइरोइडिजम् हो ।
थाइराइडलाई नियन्त्रण गर्ने अर्को ग्रन्थी टाउकोमा हुन्छ, जसलाई ‘पिट्युटरी’ भनिन्छ । पिट्युटरीको नियन्त्रणमा रहेर थाइराइडले हर्मोन उत्पादन गर्छ । पिट्युटरीबाट आउने ‘थाइराइड स्टिमिलेटिङ हर्मोन’ (टिएसएच) का कारण थाइराइड ग्रन्थीले ‘टि–थ्री’ र ‘टि–फोर’ नामक हर्मोन उत्पादन गर्छ । शरीरलाई आवश्यक परेमा ‘टिएसएच’का साथै ‘टि–थ्री’ र ‘टि–फोर’ बढी मात्रामा उत्पादन हुन्छ । शरीरलाई आवश्यक नपरेमा थाइराइड ग्रन्थीले पिट्युटरीमा ‘नेगेटिभ फिडब्याक’ पठाएर टिएसएच कम उत्पादन गर्ने गराउँछ । जसअनुसार पिट्युटरीले ‘टिएसएच’ कम उत्पादन गर्छ र त्यसकै कारण थाइराइड ग्रन्थीले पनि ‘टि–थ्री’ र ‘टि–फोर’ कम उत्पादन गर्छ ।
थाइराइड समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ तर यो पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । पुरुषको तुलनामा महिलालाई ‘हाइपरथाइरोडिथजम्’ वा ‘हाइपोथाइरोडिजम्’ हुने सम्भावना १० गुणा बढी हुन्छ । महिलासँगै बालबालिकामा पनि यो समस्या देखिन्छ । महिला गर्भवती छन् र थाइराइडको समस्या छ भने हर्मोनलाई तत्काल सच्याउनु जरुरी हुन्छ । गर्भावस्थामा थाइराइडको समस्या भए गर्भमा रहेको बच्चा र आमा दुवैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।
थाइराइड समस्याले गर्भावस्था र सुत्केरी भएपछि पनि बच्चाको जीवनमा असर गर्छ । गर्भावस्था भनेको विशेष अवस्था हो । बच्चाको मस्तिष्कको विकास गर्भमा रहेको पहिलो तीन महिनामा बढी हुन्छ । त्यतिबेला जति आमाले पौष्टिक आहार पाउँछिन्, त्यति नै बच्चा फूर्तिलो र तेजिलो हुन्छ । थाइराइड समस्यामा हर्मोनलाई सन्तुलनमा ल्याएर उपचार गर्न सकिन्छ ।
हाइपरथाइराइडिजम्ले अन्य स्वास्थ्य समस्यालाई बढाउन सक्छ, जसकारण उपचारमा समस्या आउन सक्छ ।
लक्षण
– तपाईंले खाने खाना र खानाको प्रकार एकै भएमा अकस्मात शरीरको तौल बढ्ने हुन्छ । 
– मुटु धेरै धड्किने, एक मिनेटमा एक सयभन्दा धेरैपटक धड्किने, असामान्य मुटुको धड्कन ।
० नर्भस हुने, तनाव लिने र झर्किने ।
० हात र औँलामा समय समयमा कम्पन हुने ।
० पसिना आउने ।
० महिलामा महिनावारी समयमा परिवर्तन ।
० तातो कुराप्रति बढी संवेदनशील ।
० थाइराइड ग्रन्थी सुनिने ।
० थकित हुने र मांशपेशी कमजोर हुने ।
० निदाउन गाह्रो हुने ।
० छाला पातलिने ।
कारण
टक्सिक एडेनोमास ः थाइराइड ग्रन्थीमा गाँठा बन्छन् र थाइराइड हर्मोनलाई प्रभाव पार्न सक्छ । यसले शरीरको केमिकल सन्तुलनलाई बिगार्न थाल्छ । केही भागमा यस्ता धेरै गाँठा हुन्छन् ।
सबएक्युट थाइरोइडाइटिस ः थाइराइडमा हुने जलनले ग्रन्थीबाट धेरै हर्मोन चुहावट हुन थाल्छ, जसले अस्थायी रूपमा हाइपरथाइरोइडिजम् सिर्जना गर्न सक्छ । सामान्यतः यो केही हप्तामा समाप्त हुन सक्छ तर कहिलेकाहीँ महिनौँसम्म पनि भइरहन सक्छ ।
पिट्युटरी ग्रन्थीमा समस्या वा थाइराइडमा क्यान्सर ः कमै मात्रामा भए पनि हाइपरथाइरोइडिजम् यी कारणले पनि हुन सक्छ ।
हाम्रो शरीरमा ऊर्जा उत्पादनका लागि केही मात्रामा थाइराइड हर्मोन चाहिन्छ । हर्मोन उत्पादनमा कमी हुनासाथ शक्तिको मात्रा कम हुन्छ । हाइपोथाइरोइडिजम् हुनुको कारण ः
हासिमोतोको थाइरोइडिटिस ः रोग प्रतिरोधात्मक क्षमता तलमाथि हुँदा शरीरले थाइराइड तन्तुलाई आक्रमण गर्छ । बिस्तारै तन्तु मर्छ र हर्मोन उत्पादन रोकिन्छ ।
थाइराइड ग्रन्थी हटाउने ः थाइराइड ग्रन्थी शल्यक्रिया गरेर हटाइएको वा केमिकल प्रयोग गरेर नष्ट गरिएको हुन सक्छ ।
आयोडाइडमा अत्यधिक असर पर्नु ः रुघाखोकी र साइनसका औषधि, मुटुको औषधि लगायतले हाम्रो शरीरमा हुने आयोडिनमा अत्यधिक मात्रामा असर पारेको हुन सक्छ । विगतमा पनि थाइराइडको समस्या भएमा हाइपोथाइरोइडिज्मको जोखिम बढ्छ ।
लामो समयसम्म उपचार नगरे हाइपोथाइरोइडिजम्ले कोमामा लैजान सक्छ, जसले निकै घातक अवस्थामा पु¥याउन सक्छ, जसका लागि तत्काल हर्मोन सन्तुलन गर्नुपर्ने हुन्छ । जीवनको प्रारम्भिक उमेरमा थाइराइड हर्मोनको कमीले मानसिक रुपमा अवरोध र शारीरिक रुपमा पुड्को बनाउन सक्छ । त्यसैले अचेल धेरै बालबालिकाको थाइराइडको मात्रा उनीहरु जन्मनासाथ जाँच गरिन्छ । यदि उनीहरुमा हाइपोथाइरोइडिज्म भएमा, उपचार तत्काल सुरु हुन्छ । वयस्कमा जस्तै बालबालिकामा पनि हाइपोथाइरोइडिजम् पिट्युटरी ग्रन्थीमा समस्या भएमा थाइराइड ग्रन्थीले काम नगरेमा वा ग्रन्थी नै नभएमा देखिन सक्छ ।
एजेन्सीको सहयोगमा
Below by bloger
Illu thyroid parathyroid.jpg
Thyroid system.png

हाइपरथाइरोइडिज्म

एक्कासि धेरै मात्रामा तौल घट्नु।
मुटुको धड्कन तीव्र तथा अनियमित हुनु।
हतास तथा चिट्चिटाहट हुनु।
हातहरू काम्नु।
धेरै पसिना आउनु।
कपालले हाँगा हाल्नु, झुरनिु, झर्नु।
मैनावारी नहुनु वा अल्प मात्रामा हुनु।
पटक-पटक दिसा लाग्नु।
सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु।
निन्द्रा नलाग्नु।
सास फेर्न गाह्रो हुनु।
आँखाहरू ठूला देखिनु।
जोर्नीहरू दुख्नु।
कमजोर अनुभव हुनु।
घाँटीमा गलगाँडजस्तै बढ्नु।
- बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु।
मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु।
मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु।

हाइपोथाइरोइडिज्म

कपाल र छाला सुक्खा हुनु।
नङहरू टुट्नु/झुरो हुनु।
छाला पहँेलो देखिनु।
अरुचि भए पनि तौल बढ्नु।
सुस्त हुनु।
छाला चिसो हुनु।
चिसो सहन नसक्नु।
थकित र कमजोर हुनु।
स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी हुनु।
कब्जियत हुनु।
महिनावारी अनियमित तथा धेरै हुनु।
त्यसबाहेक घाँटीमा गलगाँडजस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु, स्वर धोद्रो तथा भास्िसएको हुनु, मांसपेशीमा पीडा हुनु, बाउँडिनु, कोलेस्ट्रोल बढ्नु।
बच्चाहरूमा अरुचि, वृद्धिमा ह्रास, जन्डिस, कमजोरी तथा स्मरणशक्तिमा ह्रास हुनु। कुनै कुनै बच्चामा अस्वाभाविक तौल बढ्नु तथा यौवनावस्था ढिलो आउने पनि हुन्छ।

No comments:

Post a Comment